वित्तीय विवरण, लेखापरीक्षण, लेखारीक्षणका उद्देश्यहरू र लेखापरीक्षणका प्रकारहरू !!

वित्तीय विवरण

वित्तीय विवरण (वित्तीय प्रतिवेदन) भन्नाले संस्थाको वित्तीय अवस्था तथा कार्य सम्पादनको चित्रण गर्ने आधिकारिक विवरणहरुलाई जनाउँदछ । नेपालको सन्दर्भमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले लागु गरेको नेपाल लेखामान अनुसार वित्तीय विवरणमा निम्नानुसारको पाँचबटा विवरणहरु पर्दछन् ।

  • बासलात     यस विवरणले संस्थाको वित्तीय अवस्थाको बारेमा चित्रण गर्दछ । यसमा संस्थाको सम्पत्ति, दायित्व तथा शेयरधनीहरुको पूँजीको विवरण उल्लेख हुन्छ ।
  • नाफा नोक्सान हिसाब    यस विवरणले संस्थाले वर्ष भरीको वित्तीय कार्य प्रर्दशनको वारेमा चित्रण गरिएको हुन्छ । यसमा संस्थाले वर्ष भरीमा आर्जन गरेको आम्दानी तथा खर्चको विवरण उल्लेख हुन्छ । नाफा नोक्सान हिसाबलाई सामान्यतया आय विवरण पनि भन्ने गरिन्छ ।
  • नगद प्रवाह विवरण    यस विवरणले संस्थाको वर्ष भरीमा विभिन्न श्रोतबाट भएको नगद प्राप्त तथा भुक्तानीको जानकारी चित्रण गरिएको हुन्छ ।
  • इक्विटीमा भएको परिवर्तनको विवरण     यस विवरणले संस्थाको वर्ष भरीमा शेयरधनीहरुको संस्थामा रहेको वित्तीय स्वार्थमा भएको परीवर्तनको जानकारी चित्रण गरिएको हुन्छ ।
  • महत्वपूर्ण लेखा नीतिहरु तथा प्रमुख लेखा सम्बन्धी टिप्पणीहरु    यस विवरणमा संस्थाले वित्तीय विवरण तयार गर्दा अपनाएको लेखा नीतिहरु तथा लेखा सम्बन्धी टिप्पणीहरु उल्लेख गरिएको हुन्छ ।
वित्तीय विवरणको उद्देश्य भनेको प्रयोगकर्तालाई आर्थिक निर्णय गर्नको लागी संस्थाको वित्तीय अवस्था,
वित्तीय कार्य दक्षता तथा वित्तीय अवस्थामा भएको परिवर्तन जस्ता आवश्यक जानकारी उपलब्ध गराउनु हो ।


लेखापरीक्षण

लेखापरीक्षण (Auditing) भन्नाले संस्थाको वित्तीय कारोवारको बाह्रय व्यक्तिबाट गराइने विशेष परीक्षणलाई जनाउने गर्दछ । लेखापरीक्षणको उद्देश्य भनेको संस्थाको वित्तिय कारोवार जाँच गरी सो वित्तीय विवरणले संस्थाको वित्तीय अवस्था तथा कार्यसम्पादनको यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा लेखापरीक्षण प्रतिवेदन मार्फत आफ्नो राय प्रकट गर्नु हो । लेखापरीक्षण भन्नाले सामान्यत वित्तीय लेखापरीक्षणलाई वुझाउँदछ ।


वित्तीय लेखापरीक्षण

वित्तीय लेखापरीक्षण भनेको कुनै पनि कानुनी रूपले स्थापना भएको नाफा कमाउने वा नकमाउने ठूला वा साना संस्थाको वित्तीय सूचनाहरूमा राय दिने कार्यका लागि प्रमाणहरू संकलन गर्ने र मूल्याँकन गरी लेखापरीक्षकले आफ्नो राय दिने प्रक्रिया हो ।

लेखारीक्षणका उद्देश्यहरू

  • संस्थाको वित्तीय विवरणले यथार्थ चित्रण गर्दछ वा गर्दैन भन्ने बारेमा राय प्रकट गर्ने ।
  • गल्ती तथा ठगी पत्ता लगाउने तथा दोहोरिन नदिन सुधार गर्न सुझाव दिने, आदि ।

लेखापरीक्षणका प्रकारहरू
  • बार्षिक वा बाह्रय लेखापरीक्षण
  • आन्तरिक लेखापरीक्षण
  • विशेष लेखापरीक्षण
  • लागत लेखापरीक्षण
  • परियोजना लेखापरीक्षण
  • प्राविधिक लेखापरीक्षण
  • व्यवस्थापन लेखापरीक्षण
  • वातावरणीय लेखापरीक्षण
  • सामाजिक लेखापरीक्षण
  • सुचना प्रविधि लेखापरीक्षण
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment