कर लेखापरीक्षण
करदाताहरूले स्वयम कर निर्धारण प्रणाली अनुसार निर्धारण गरेको करयोग्य आय तथा कर दायित्वको रकम आयकर ऐन,२०५८ तथा आयकर नियमावली, २०५९अनुसार भए नभएको जाँच गर्ने लेखापरीक्षणलाई कर लेखापरीक्षण भनिन्छ । यो लेखापरीक्षण स्वतन्त्र व्यक्तिबाट गराईन्छ भने उक्त स्वतन्त्र व्यक्तिले निर्धारित करयोग आय तथा करको रकम ऐन तथा नियमावली अनुसार भएको नभएको जाँच गरि आफ्नो राय दिनु पर्दछ ।
आन्तरिक लेखापरीक्षण
परिचय
आन्तरिक लेखापरीक्षण (Internal Audit) भन्नाले व्यवस्थापनलाई संस्थाको प्रभावकारी रुपमा उद्देश्य प्राप्तीको तथा जोखिम व्यवस्थापन गर्नका लागि सहयोग गर्ने कार्य जुन संस्थाको कमर्चारीहरु वा बाहिरी अनुभवी व्यक्तिबाट (outsourcing) गराईने परीक्षण कार्यलाई बुझाउँदछ । आन्तरिक लेखापरीक्षणले विशेष गरी जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली तथा सुशासनमा केन्द्रित भइ कार्य गर्ने गर्दछ ।
अमेरिकाको आन्तरिक लेखापरीक्षणको संस्था इन्स्टिट्युट अफ इन्टरनल अडिटर्सले आन्तरिक लेखापरीक्षणको परिभाषा यसरी दिएको छ । "Internal auditing is an independent, objective assurance and consulting activity designed to add value and improve an organization's operations. It helps an organization to accomplish its objectives by bringing a systematic, disciplined approach to evaluate and improve the effectiveness of risk management, control, and governance processes."
आन्तरिक लेखापरीक्षणका बिशेषता तथा फाईदाहरु निम्न अनुसार रहेका छन् ।
- जोखिम तथा लागत न्यूनीकरण ।
- कमि कमजोरी, ठगीलाई कम गर्ने ।
- संस्थाको कार्य योजना पालना भए नभएको जाँच गर्ने ।
- संस्थाको नीति तथा कार्यविधिहरुमा सहयोग गर्ने ।
- संस्थाको कार्य प्रक्रियाहरुलाई सुधार गर्ने ।
- संस्थाको आन्तरिक नियन्त्रणलाई सुधार गरी मजबुत बनाउने ।
- शेयरधनी वा कम्पनीको मालिकको प्रश्नहरुको जवाफ उपलब्ध गराउने ।
आन्तरिक लेखापरीक्षण प्रतिवेदन
आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा विशेष गरी पाँच सि (5 C) को आधारमा प्रतिवेदन तयार गरि पेश गरिन्छ ।
- Condition: समस्या वा अवस्था के हो?
- Criteria: हुनु पर्ने के हो?
- Cause: समस्या वा हालको अवस्थाको कारणहरु के हो?
- Consequences: समस्याको प्रभावहरु के छन्?
- Corrective Action: सुधार गर्न के गर्नु पर्दछ?
आन्तरिक लेखापरीक्षणको भूमिकाहरु
- संस्थाको व्यवस्थापन तथा लागु भएका प्रणालीहरुको प्रभावकारीताको गुणस्तर मापन गर्ने ।
- संस्थाले पालना गर्नु पर्ने ऐन, नियम तथा कानुन पालना भए नभएको जाँच गर्ने ।
- संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा सञ्चालनमा कुनै समस्या भए नभएको पत्ता लगाउने ।
- समस्याहरुको समाधान तथा सुधारको लागी आवश्यक सुझाव दिने, अादि ।
आन्तरिक लेखापरीक्षणको फाइदाहरु
- लागु भएका प्रणालीको स्वास्थ्यको बारेमा जानकारी दिन्छ ।
- समस्याहरुको श्रोत कारण पत्ता लगाई सुधार तथा समाधानको योजना बनाउन सहयोगी हुने गर्दछ ।
- आवश्यक जानकारी दिइ श्रोत बाँडफाँडमा सहयोग गर्दछ ।
- समस्या ठूलो हुन भन्दा अगाडी नै समाधान गर्न वा समस्या ठूलो हुन नदिन सहयोग गर्दछ ।
- संस्थामा जाँच गर्ने बाह्य व्यक्तिले के हेर्छन भन्ने कुराको जानकारी संस्थालाई दिन्छ ।
- निरन्तर सुधारमा सहयोग गर्दछ ।
जोखिम आधारित आन्तरिक लेखापरीक्षण
परिचय
जोखिम आधारित आन्तरिक लेखापरीक्षण (Risk Based Internal Audit) ले निकायबाट तय गरिएको जोखिम बहन गर्न सक्ने तह (Appetite Level) भित्र आन्तरिक नियन्त्रण प्रणालीले निकायको जोखिमहरु व्यवस्थापन गरिरहेको बारे उच्च व्यवस्थापनलाई राय दिने कार्य गर्दछ । अर्को भाषामा सम्भावित जोखिमलाई केन्द्रित गरि निकायको महत्वपूर्ण कारोवार वा प्रक्रियाको हुने लेखापरीक्षणलाई जोखिममा आधारित आन्तरिक लेखापरीक्षण भनिन्छ । जोखिम आधारित आन्तरिक लेखापरीक्षणमा जोखिम पहिचान, विश्लेषण , व्यवस्थापन सबै कार्यको मुख्य जिम्मेवारी व्यवस्थापन पक्षको हन्छ भने लेखापरीक्षणले सो कार्यमा सहयोगीको भूमिका निर्वाह गर्ने गर्दछ र लेखापरीक्षण कार्यबाट उच्च व्यवस्थापनलाई जोखिमहरु सहि तरिकाले व्यवस्थापन भई रहे नरहेको बारे राय मार्फत जानकारी हुने गर्दछ । पारम्परिक आन्तरिक लेखापरीक्षण भन्दा जोखिम आधारित आन्तरिक लेखापरीक्षण दुई कारणले उच्चस्तरीय भएको मान्यता रहेको पाइन्छ । पहिलो परीक्षण लेखाका कागजात तथा रेकर्ड भन्दा पनि जोखिम तथा वित्तीय अनियमिततको कारणहरुमा केन्द्रित हुन्छ र दोश्रो जोखिम आधारित आन्तरिक लेखापरीक्षणले वित्तीय विवरण तथा सुचनाहरुको गुणस्तर जाँच गर्ने भन्दा पनि वित्तीय प्रस्तुतीकरण प्रक्रिया तथा निकायको संचालन प्रक्रियामा भ्यालु थप गर्ने तर्फ केन्द्रिय रहन्छ ।
जोखिम आधारीत आन्तरिक लेखापरीक्षणका तहहरु
जोखिम आधारीत आन्तरिक लेखापरीक्षणमा निम्न ४ तह अन्तरगत रहि कार्यान्वयन गर्न सकिन्छ ।
- जोखिमको पहिचान (Risk Identification)
सर्वप्रथम निकायको उद्देश्य प्राप्तको लागी गरिने सम्पूर्ण कार्यहरुमा रहेका सम्भाव्य जोखिमहरुलाई पहिचान गर्नु आवश्यक हुन्छ । जोखिम पहिचानको कार्य व्यवस्थापनबाट अथवा स्वतन्त्र परामर्शदाताहरुबाट गराउन सकिन्छ । यस तहमा निकायमा गरिने सम्पूर्ण कार्यहरुमा भएको सारभुत कमि कमजोरी तथा विभिन्न जोखिमहरुको पहिचान गरिन्छ । यसको लागि विभिन्न तरिकाबाट जोखिमको पहिचान गर्न सकिन्छ, जसमध्ये कागजातहरुको पुनरावलोकन, brain storming, Delphi technique, SWOT analysis, व्यवस्थापनसंग अन्तरवार्ता आदि बढी प्रचलनमा रहेका तरिकाहरु हुन् ।
- जोखिमको विश्लेषण (Risk Analysis)
सम्भाव्य जोखिमहरुको पहिचान भए पछी, सो जोखिमहरु निकायबाट तय गरिएको बहन गर्न सकिने तह (Appetite Level) भित्र छ छैन तथा सो बाट हुन सक्ने वित्तीय तथा गैर वित्तीय प्रभावहरुको विश्लेषण गरिन्छ । निकायमा भएको सबै जोखिमहरुको प्रभाव एउटै हुन्छ वा सबै जोखिमहरुमा व्यवस्थापन पक्षको ध्यानाकर्षण हुनु पर्छ भन्ने होईन । जोखिमको प्रकृती, त्यसले पार्ने प्रभाव तथा जोखिम हुन सक्ने सम्भाव्यता लाई मध्यनजर गर्नु आवश्यक हुन्छ । जस्तैः काठमाडौंमा भुईचालो आयो भने कम्पनीको सबै संरचना ध्वस्त हुन्छ भन्ने जोखिम छ, तर जोखिमको सम्भाव्यता अति न्यून छ भने व्यवस्थापनले त्यस्तो जोखिमलाई सामान्य सम्भाव्यताको अनुगमन गरे मात्र हुन्छ । तर सम्भाव्यता प्रचुर छ भने जोखिम व्यवस्थापनको प्रक्रिया अगाडी बढाई हाल्नु आवश्यक हुन्छ ।
- जोखिमको व्यवस्थापन (Risk Management)
- जोखिमको अनुगमन तथा नियन्त्रण (Risk Monitoring and Control)
0 comments:
Post a Comment