- नेपालले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१५ को सेप्टेम्बरबाट कार्यान्वयन हुने १५ वर्षे दिगो विकास लक्ष्य (सस्टेनेबल डेभलपमेन्ट गोल— एसडीजी)का लक्ष्यगत सूचक तयार गरेको छ । राष्ट्रसंघले तय गरेका १७ वटा लक्ष्य र १५९ वटा उद्देश्यमध्येबाट नेपालको आवश्यकताअनुसार विषय छनोट र कार्यान्वयन गर्ने गरी राष्ट्रिय योजना आयोगले लक्ष्यगत सूचक तय गरेको हो । नीतिगत सहजीकरण र संस्थागत क्षमता अभिवृद्धिमार्फत यी लक्ष्य हासिल गरिने सरकारी प्रतिवेदनमा उल्लेख छ । एसडीजी प्रतिवेदनमा उल्लेख भएअनुसार नेपाललेः-
- दिगो विकास लक्ष्य गरिबी ६ प्रतिशतमा झार्ने
- कुपोषण हटाउने मातृमृत्युदर प्रत्येक १ लाखमा ७० कायम गर्ने
- नवजात शिशुको मृत्युदर १ प्रतिशतभन्दा कम गर्ने
- सरुवा र नसर्ने रोगको प्रकोप एकतिहाइ कम गर्ने
- ९० प्रतिशतसम्म सुरक्षित प्रसूति सेवा कायम गर्ने
- सबैका लागि गुणस्तरीय शिक्षा, पूर्ण साक्षरता र प्राथमिक शिक्षा सुनिश्चित गरिने
- कक्षा ८ सम्म ९५ प्रतिशत भर्नादर कायम गर्ने
- ९० प्रतिशत बालबालिकालाई पूर्व प्राथमिक शिक्षा
- संसद् र निजामती सेवाको निर्णायक तहमा ४० प्रतिशत महिला कोटा सुनिश्चित गर्ने
- शतप्रतिशत घरधुरीलाई पाइपमार्फत खानेपानी सेवा
- सबै समुदाय खुला दिसामुक्त क्षेत्र
- ९९ प्रतिशत घरधुरीलाई विद्युत्,
- दाउरा प्रयोग १० प्रतिशतमा सीमित गर्ने
- कम्तीमा ७ प्रतिशतको आर्थिक वृद्धि
- कृषि र निर्माण क्षेत्रमा ५ देखि १० प्रतिशतसम्मको वृद्धि
- सडक घनत्व हालको ०.५ वर्गकिलोमिटरबाट ५ प्रतिवर्गकिलोमिटर
- उपभोग असमानता सूचक ०.३३ बाट ०.१६ प्रतिशतमा झार्ने
- सामाजिक, आर्थिक र राजनीतिक सशक्तीकरण सूचक ०.७० प्रतिशत कायम गर्ने
- बहुआयामिक गरिबी ११ प्रतिशतमा कायम गर्ने
- ६० प्रतिशत नागरिकलाई सुरक्षित आवास
- ५० प्रतिशत सडक अन्तर्राष्ट्रिय मापदण्डको
- ५० वटा स्याटेलाइट सहर विस्तार
- जैविक इन्धन उपभोग १५ प्रतिशत कायम गर्ने
- ४५ प्रतिशत वनक्षेत्र सामुदायिक व्यवस्थापनमा
- पारदर्शिता र जवाफदेहिता स्केल ३ बाट ५ पुर्याउने
- सुशासन –०.८३ बाट २.५ पुर्याउने लक्ष्य नेपालले लिएकोछ ।
- विश्वकै होचा व्यक्तिका रुपमा वि.स. 2068 फागुन 14 गते गिनिज बुक मा नाम लेखाउन सफल नेपालका चन्द्र बहादुर डाँगीको वि.स. 2072 भाद्र 18 गते निधन भयो ।
- सरकारले लखन थापालाई औपचारीक रुपमा वि.स. 2072 असोज 3 गते प्रथम सहिद घोषणा गरेको छ ।
- सन् 2015 सेप्टेम्बर बाट कायान्वयन भएको 15 वर्षे दिगो विकासको लक्ष्य अनुसार नेपालको गरिबी 6 प्रतिशत कायम गर्ने योजना छ ।
- भारतको रक्सौल देखि नेपालको अमलेखगञ्जसम्म 41 किलोमिटर लामो पेट्रोलियम पाइपलाइन निर्माणमा वि.स. 2072 भाद्र 7 मा सम्झौता भयो ।
- वि.स. 2071 मंसिर 15 गतेबाट नेपाल र चीनबीचको रसुवागढी नाका सञ्चालन भएको थियो ।
- निजामति सेवा नियमावली १२ औ पटक संशोधन वि.स. २०७२ असोज ७ गते भएको थियो ।
- सिएनएन हिरो - २०१५ उपाधी नेपालको तर्फबाट सिफारिस भएकी कोपिला भ्याली सेवा समाज, सुर्खेतमा कार्यरतअमेरिकि नागरिक म्यागी डोयनले प्राप्त गरेकी छन ।
- एशियाली पुर्वाधार विकास वैङ्क (AIIB) स्थापना गर्ने सहमति पत्रमा नेपाल सहित ५० राष्टले 2015 जुन 29 हस्ताक्षर गरे ।
- सरकारले २०७२/०७३ लाई वजेट कार्यान्वयन वर्षको रुपमा मनाउने घोषणा गरेको छ ।
- नेपाल राष्ट्र बैंकद्वारा साउन ७, २०७२ मा सार्वजनिक १३ औं मौद्रिक नीतिमा आर्थिक वृद्धि दर ६ प्रतिशत हासिल गर्ने लक्ष्य राखिएको छ ।
0 comments:
Post a Comment