- पानीमा घुल्दा H+ आयोन दिने यौगिक अम्ल हो । (जस्तै HCl)
- धातुको अक्साइड र हाइड्रो अक्साइडलाई क्षार भनिन्छ । (MgO & KOH)
- क्षारले पानीमा घुल्दा OH- आयोन दिन्छ भने त्यो अल्काली हो । (KOH)
- सबै अल्काली क्षार हुन तर सबै क्षार अल्काली होइनन । किनकि सबै क्षार पानीमा घुल्दैन पानीमा नघूल्ने क्षारलाई अल्काली भन्न मिल्दैन ।
- अम्ल र क्षार प्रतिक्रिया गरेमा लवण र पानी बन्छ । जस्तै अम्ल HCl र क्षार NaOH प्रतिक्रिया गरी लवण अर्थात खानेनुन NaCl र पानी H2O बन्छ ।
- साधारण तरिकाले अम्ल क्षार र लवण छुट्याउन लिट्मस पेपर प्रयोग गरिन्छ । त्यसैले लिट्मस पेपर सूचक पदार्थ हो ।
- अम्लले लिट्मसलाई रातो र क्षारले निलो बनाउछ भने लवणमा कुनै प्रतिक्रिया जनाउदैन ।
- अम्ल क्षार र लवण छुट्याउन PH स्केल पनि प्रयोग गरिन्छ । यसमा 1-14 सम्म अंक हुन्छ । 1-6 सम्मको PH मान अम्लको हो जुन 1 चै अति कडा अम्लको हुन्छ । 7 PH मान हुने लवण हो भने 8-14 PH मान हुने क्षार हो जसमा 14 चैं अति कडा क्षार हो ।
- मेण्डललाई वंशज विज्ञानका पिता भनिन्छ ।
- उनले केराउको बिरुवा (Pisum sativum) मा आफ्नो प्रयोग गरेका थिए ।
- शुद्ध अग्लो केराउ TT र शुद्ध होचो केराउ tt बीच क्रस गराउदा पहिलो वंशमा १००% ठिमाहा अग्लो Tt केराउ निस्कन्छ ।
- दोस्रो वंशमा शुद्ध अग्लो केराउ १ भाग ठिमाहा अग्लो २ भाग १ भाग शुद्ध होचो केराउको विरुवा निस्कन्छ ।
- १ मात्र फरक गुण जस्तै अग्लोहोचो बीच गराइने क्रस मोनोहाइब्रिड क्रस हो भने २ फरक गुण भएका बीच हुने क्रस डाइहाइब्रिड क्रस हो ।
- मोनोहाइब्रिड क्रसको phenotype ratio 3:1 & genotype ratio 1:2:1 हुन्छ ।
- डाइहाइब्रिड क्रसको phenotype ratio 9:3:3:1 हुन्छ ।
- लेन्सको सामर्थ्य डायप्टर एकाइमा नापिन्छ ।
- लेन्सको सामर्थ्य p=1/f हुन्छ जसमा f लेन्सको केन्द्रीकरण दुरी हो । जसको एकाइ m हुन्छ ।
- कन्भेक्स लेन्सको सामर्थ्य धनात्मक र कन्केभ लेन्सको सामर्थ्य ऋणात्मक हुन्छ ।
- दुरदृष्टिको उपचारमा कन्भेक्स र अदुर दृष्टिको उपचारमा कन्केभ लेन्स प्रयोग गरिन्छ ।
- न्युटनको चाल सम्बन्धि ३ नियम
- यसलाई law of inertia पनि भनिन्छ । अर्थात कुनै वस्तुलाई बाहिरी बल प्रयोग गरिएन भने वस्तु जुन अवस्थामा छ त्यही अवस्थामै रहन्छ ।
- यसमा F=ma हुन्छ । अर्थात कुनै वस्तुमा उत्पन्न हुने प्रवेग बलसंग समानुपातिक र पिण्डसंग व्युत्क्रमानुपातिक हुन्छ ।
- यो नियम अनुसार हरेक क्रियामा विपरीत तर बराबर प्रतिक्रिया हुन्छ । डुङ्गा बाट हाम्फाल्दा डुङ्गा पछाडि हट्नु यहि नियममा आधारित हुन्छ ।
- पानीको घनत्व 4 डिग्री सेल्सियसमा सबैभन्दा बढी अर्थात 1000 kg/m3 हुन्छ । यहि तापक्रममा पानीको आयतन सबैभन्दा कम हुन्छ । 4 डिग्री सेल्सियसबाट तापक्रम घटेपनि बढे पनि पानीको आयतन बढ्ने र घनत्व घट्ने हुन्छ ।
0 comments:
Post a Comment