आर्थिक विधेयकको परिचय र साथमा आयकर भनेको के हो !!



आर्थिक विधेयकको परिचय 

नेपाल सरकारले प्रचलित कर सम्बन्धी दर, शुल्क वा कानुन परिवर्तन वा संशोधन गर्नको लागी प्रत्येक वर्ष आर्थिक विधेयक तयार गर्ने गर्दछ । आर्थिक विधेयक भनेको अर्थ विधेयक हो र यसको मुख्य उद्देश्य महसुल, कर, पोत, शुल्क र दस्तुर लगाउन वा लगाई राखेकोलाई चालु राख्न वा कर दस्तुरमा छुट प्रदान गर्न वा हेरफेर तथा प्रचलनमा रहेको कानुन परिवर्नत गर्न सम्बन्धी व्यवस्था यस आर्थिक विधेयकमा समावेश गरिएको हुन्छ । यसको अलावा यसले आयकर ऐन, २०५२, अन्तः शुल्क ऐन, २०५८, मुल्य अभिवृध्दि कर ऐन, २०५२ तथा राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ मा समायानुकुल संशोधन गर्ने गर्दछ। आर्थिक विधेयक सामान्यतया आर्थिक वर्ष शुरू हुन भन्दा अगावै अर्थ मन्त्रालयबाट तयार गरि व्यवस्थापिका-संसदको वैठकमा स्विकृतीको लागी पेश गरिन्छ ।




आयकर (Income Tax) 

आयकर भन्नाले कुनै पनि व्यक्तिको आयमा लाग्ने प्रत्यक्ष करलाई जनाउँदछ । आयकर राज्यले व्यवस्था गरे
अनुसार फरक-फरक राज्यमा फरक-फरक दरमा लागू हुन्छ। नेपालमा लाग्न आयकरलाई आयकर ऐन, २०५८ तथा आयकर नियमावली, २०५९ ले निर्दिष्ट गर्ने गर्दछ । नेपालको आयकर कर प्रणाली अनुसार व्यक्तिको आयमा आयकर लाग्दछ भने, कर प्रयोजनको लागी व्यक्ति भन्नाले दुई प्रकारको व्यक्तिलाई बुझाउँदछ, जुनः-
  • प्राकृतिक व्यक्ति 
  • निकाय ।

आयकर ऐन, २०५८ को दफा २(ढ) अनुसार आयकर भन्नाले आयकर ऐन बमाजिम लाग्ने कर तथा निम्नानुसारको भुक्तानीलाई सम्झनु पर्दछ ।
  • कर बक्यौता रहेको व्यक्तिको सम्पत्तिका सम्बन्धमा दावी र लिलाम बिक्री बापत बिभागले गरेका दफा १०४ को उपदफा (८) को खण्ड (क) मा उल्लिखित खर्चहरु,
  • अग्रिम कर कट्टी गर्ने व्यक्ति वा कर कट्टी हुने व्यक्तिले दफा ९० बमोजिम वुझाउनु पर्ने रकम वा किस्तावन्दीमा दाखिला गर्ने व्यक्तिले दफा ९४ वमोजिम वुझाउनु पर्ने रकम वा अग्रिम कर दाखिला गर्नु पर्ने व्यक्तिले दफा ९५क. वमोजिम बुझाउनु पर्ने रकम वा दफा ९९, १००, १०१ बमोजिम कर निर्धारण भए अनुसार बुझाउनु पर्ने रकम,
  • दफा १०७ को उपदफा (२), दफा १०८ को उपदफा (३) वा (४), दफा १०९ को उपदफा (१) र दफा ११० को उपदफा (१) बमोजिम तेस्रो पक्षको कर दायित्वको सम्बन्धमा विभागलाई बुझाउनु पर्ने रकम,
  • शुल्क तथा ब्याज बापत बुझाउनु पर्ने परिच्छेद–२२ बमोजिमको रकम, र
  • बिभागले आदेश दिए बमोजिम दाखिला गर्नु पर्ने दफा १२९ बमोजिमको जरिवाना रकम ।

आयकरका लागी आयका शिर्षकहरु

  • व्यावसायबाट हुने आय
  • रोजगारीबाट हुने आय
  • लगानीबाट हुने आय
  • आकस्मिक आय

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment