ऋणपत्र भनेको के हो ?


कुल ऋण पुँजीलाइ सर्बसाधारण सबैले खरिद गर्न सक्ने गरी स-साना एकाइहरुमा बिभाजित गरीसकेपछीको एक अंश वा इकाइ नै ऋणपत्र हो । कम्पनिले सार्वजनिक रुपमा सुचना प्रकाशन गरी कम्पनिको अचल जायजेथा धितो वा बन्धक राखी वा नराखी ऋण पुजी उठाउन सक्छ । ऋणपत्र भन्नाले कम्पनिले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याज दर र भुक्तानी बिधी अचल जायजेथा धितो राखेको भए सो को अवस्था आदि शर्तहरु उल्लेख गरी अाधिकारीक रुपमा गरिदिएको लिखत पत्र हो ।

तोकिएको दर र समयमा सावाँ तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारि गरिएको धितोपत्र लाइ डिबेन्चर भनिन्छ । यसको अंकित मुल्य हुन्छ र यसका लगानीकर्ता आफुले लगानी गरेको रकममा तोकिएको दरमा ब्याज प्राप्त गर्दछन । साधारण शेयर र अग्राधिकार शेयरमा लाभांश दिनु अघि नै यसका लगानीकर्ताले ब्याज प्राप्त गर्दछन । संगठित संस्था नोक्सानीमा भए पनि लगानीकर्ताले प्राप्त गर्ने ब्याजमा कुनै बाधा पर्दैन । लगानीकर्ता र लगानि लिने संस्था बिचको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । कथम्कदाचित कम्पनीले तोकिएको दर र समयमा ब्याज प्राप्त गर्न असमर्थ भएमा लगानीकर्ताले कम्पनि खारेजीमा पठाउन कारवाही चलाउन सक्छन । यसमा प्राय: जोखिम लिन नचाहने लगानीकर्ताहरु लगानी गर्न रुचाउछन । लगानीकर्तालाई कम्पनीको वार्षिक साधारणसभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुदैन ।

कुनै सार्वजनिक कम्पनीको ऋणपुजी डिबेन्चर उठाउन चाहेमा आफ्नु जारि पुजी पूर्ण रुपमा चुक्ता भएको हुनु पर्दछ । पूजीको हकमा कम्पनीको मुलत २ थरिका पुजी देखिन्छन 
  • शेयर पुजी 
कम्पनीले आफ्नु शेयर सदस्यहरुको प्रतिफलको दर बृद्दी गराउन सस्तो ब्याजदरको ऋण संकलन गर्ने गर्दछन । साधारणतया शेयर पुजी र ऋण पूजीको बनावटमा १:२ को अनुपात राम्रो मानिन्छ । कम्पनीका मालिक पक्षले लगानी गरेको कुल रकमका स-साना कित्तालाई शेयर भनिन्छ र सो शेयर धारकलाई शेयर सदस्य र सो पुजीलाई मालिकहरुले पुजी भनिन्छ । 
  • ऋण पुजी 
ब्याज र सावा स-शर्त तिर्ने गरि संकलन गरिएको पुजीलाई ऋणपुजी र सोहि ऋण पूजीको स-साना कित्तालाई डिबेन्चर भनिन्छ । डिबेन्चर भनेको कम्पनिद्वारा जारि गरिएको, कम्पनीको शिलमोहर लागेको लिखित प्रतिज्ञापत्र हो । जसमा कम्पनीले ऋणपत्रधाराकलाई सावाँ भुक्तानी हुने मिति, ब्याज भुक्तानी दर, प्रक्रिया र प्रत्येक ऋणपत्रको अंकित मुल्य पनि सोहि पत्रमै उल्लेख गरिएको हुन्छ । सोहि कारण ऋणपत्र भन्नाले कुनै व्यक्तिसंग लिएको ऋण र सोका लागि तिरेको ब्याज समेत दर्शाई कम्पनीद्वारा शिलमोहर लगाई जारी गरिएको आधिकारिक प्रमाणपत्र हो । 



Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment