विभिन्न आधारमा ऋणपत्र (डिबेन्चर)का प्रकारहरु साथै ऋणपत्रका बिषेशता तथा महत्व !!


कुल ऋण पुँजीलाइ सर्बसाधारण सबैले खरिद गर्न सक्ने गरी स-साना एकाइहरुमा बिभाजित गरीसकेपछीको एक अंश वा इकाइ नै ऋणपत्र अथवा डिबेन्चर हो । कम्पनिले सार्वजनिक रुपमा सुचना प्रकाशन गरी कम्पनिको अचल जायजेथा धितो वा बन्धक राखी वा नराखी ऋण पुजी उठाउन सक्छ । ऋणपत्र भन्नाले कम्पनिले ऋणमा लगानी गर्ने पक्षलाई ऋणको रकम, ब्याज दर र भुक्तानी बिधी अचल जायजेथा धितो राखेको भए सो को अवस्था आदि शर्तहरु उल्लेख गरी अधिकारीक रुपमा गरिदिएको लिखत पत्र हो । हामीले यस्को बारेमा अघिल्लो पोष्टमा नै बृस्तित उल्लेख गरिसकेका छौ । त्यसैले अब लागौ डिबेन्चर के कस्तो प्रकारका हुन्छन भन्ने बारेमा । विभिन्न आधारमा डिबेन्चरका प्रकारहरु निम्नअनुशार रहेका छन् ।

(क) हस्तान्तरण वा अभिलेखको आधारमा
  • दर्ता वा पंजीकृत ऋणपत्र:
दर्तावाला डिबेन्चरको अभिलेखन कम्पनीको डिबेन्चर धारक पुस्तिकामा रहने भएकाले यी डिबेन्चर विभिन्न व्यक्तिहरुविच कारोबार हुँदा विना उचित प्रमाण अभिलेख गरिदैन ।
  • बाहक डिबेन्चर
बाहक नै धारक सिद्धान्तमा आधारित यी ऋणपत्रहरुको विभिन्न व्यक्तिहरुबीच कारोबार हुँदा अभिलेखन जरुरि देखिदैन ।
(ख) ऋण भुक्तानीको आधारमा
  • भुक्तानी योग्य 
भुक्तानी योग्य वा सोध्य ऋणपत्रको धारकलाई निश्चित अवधिको समाप्तिपछी कम्पनीले चाहेको बेलामा डिबेन्चरको सावाँ रकमलाई फिर्ता गर्ने ग्यारेन्टी गरिएको हुन्छ ।
  • असोध्य वा स्थाई ऋणपत्र
सावाँ भुक्तानीको परिपक्क अवधि नतोकिएका सम्पूर्ण डिबेन्चरहरु असोध्य वा स्थाई ऋणपत्र हुन् ।
(ग) सुरक्षणको आधारमा
  •  सुरक्षित डिबेन्चर
डिबेन्चर जारि गर्ने बेलामा यदि कम्पनीले स्थिर सम्पतिलाई सुरक्षण राखी निस्काशित गर्छ भने त्यस्तो डिबेन्चरलाई सुरक्षित डिबेन्चर भनिन्छ ।
  • असुरक्षित डिबेन्चर
डिबेन्चर निस्काशित गर्ने बेलामा कम्पनीले कुनै स्थिर पुजी सुरक्षण नराखी निस्काशित गरेमा त्यस्ता डिबेन्चर असुरक्षित डिबेन्चर हुनेछन ।
(घ) परिवर्तनको आधारमा 
  •  परिवर्तनीय डिबेन्चर
आगामी दिनहरुमा कम्पनीकै कुनै प्रकारको शेयर वा नयाँ डिबेन्चरमा परिवर्तन गर्न मिल्ने डिबेन्चरलाई परिवर्तनीय डिबेन्चर भनिन्छ ।
  • अपरिवर्तनीय डिबेन्चर
आगामी दिनहरुमा कम्पनीकै कुनै प्रकारको शेयर वा नयाँ डिबेन्चरमा परिवर्तन गर्न नमिल्ने डिबेन्चरलाई अपरिवर्तनीय डिबेन्चर भनिन्छ ।
(ङ) प्राथमिकताको आधारमा 
  • पहिलो डिबेन्चर
कम्पनीले आफ्नु कुनै स्थिर सम्पतिलाई धितो राखी पहिलो पटक जारि गर्ने डिबेन्चरलाई पहिलो डिबेन्चर भनिन्छ । यस्ता डिबेन्चरले विघटनको अवस्थामा सो सम्पतिमा प्रथम ऋणधारी स्वरूप आफ्नु सावाँ लिनेछ ।
  •  दोस्रो डिबेन्चर
कम्पनीले कुनै स्थिर सम्पतिमा दोस्रो दावी कायम गरि जारि गरिएको डिबेन्चरलाई दोस्रो डिबेन्चर भनिन्छ ।कम्पनीको विघटनमा यस्तो डिबेन्चरधारक सावाँ बुझ्ने पहिलो धारक पछी मात्रै योग्य हुनेछ ।
(च) ब्याजदरका आधारमा 
  • सुन्य ब्याजदर
यी डिबेन्चरहरु जारि गर्दा कुनै ब्याजदर किटानी गरिएको हुदैन । कम्पनीले सस्तो मुल्यमा ऋणहरु बेची भविष्यमा भुक्तानी बढी मुल्यमा गर्दछ ।
  • निश्चित ब्याजदर डिबेन्चर
यी डिबेन्चरहरुमा धारकले प्राप्त गर्ने ब्याजदर किटानी गरिएको हुन्छ ।
  • विचलन ब्याजदर ऋणपत्र
कम्पनीले ऋणपत्र निस्काशन गर्दा ब्याजदर उल्लेख गरेतापनि भविष्यमा आम ब्याजदर बढे र ब्याजदर घटे सोहिअनुरुप समायोजन गर्ने गरि जारि गरिएको डिबेन्चरलाई विचलन ब्याजदर डिबेन्चर भनिन्छ ।
विभिन्न आधारमा डिबेन्चरका प्रकारहरु जानिसकेपछी अब लागौ डिबेन्चरका बिषेशताहरु तथा महत्व जान्न तर्फ । डिबेन्चरका विषेशता तथा महत्व हरु निम्न अनुसार रहेका छन् । 

डिबेन्चरका विषेशताहरु
  • ऋणप्रलेख       कम्पनीले ऋणदातालाई ऋण लिएको एक लिखित प्रतिज्ञा दिनुपर्छ जसमा कम्पनीको छाप मोहर हुन जरुरि छ ।
  • परिपक्क अवधि      प्रत्येक ऋणपत्रमा ऋणपत्रधारकलाई किटानीसाथ सावाँ भुक्तानी हुने मिति उल्लेख गरिएको हुनुपर्दछ ।
  • दिर्घकालिन पुंजी      ऋणपत्रबाट उठाएको ऋणपुजी एक वर्षभन्दा वढी अवधिको हुने भएकाले यसलाई दिर्घकालिन ऋणपुजी भन्ने गरिन्छ ।
  • अंकित मुल्य र ब्याजदर      प्रत्येक ऋणपत्र जारि हुनुअघि अंकित मुल्य कायम भएको हुनुपर्दछ | किनकि ब्याजदर जहिले पनि अंकितमुल्यमा नै कायम हुन्छ ।
  • बन्धक       कुनै पनि पब्लिक कम्पनीले ऋण वा डिबेन्चर उठाउन आवस्यक ठानेमा त्यसको कारणबाट सम्पन्न हुने कार्ययोजना र त्यसको लागि आवस्यक बजेटसमेत निर्धारण गरि कम्पनीको अचल जाय जेथा धितो वा बन्धक राखी वा नराखी ऋण वा डिबेन्चर उठाउन सकिनेछ ।
  • मताधिकार      शेयर सदस्यलाई जस्तो कम्पनीको साधारण सभामा उपस्थिति भै मत हाल्ने आधिकार ऋणपत्र धारकलाई हुदैन ।

डिबेन्चरको महत्व 

डिबेन्चरलाई कम्पनीको पुजी बनावटको बाहिरी स्रोतको रुपमा लिने गरिन्छ । ऋणपत्रको सोध्य अवधि र ब्याजदर अनि सोको भुक्तानी प्रक्रिया पनि प्रस्टै यसमा लिखित रहन्छ। डिबेन्चरको महत्व निम्न अनुसार उल्लेख गर्न सकिन्छ ।
  • बाहिरी पुजी स्रोतको मदतले सस्थागत परियोजनाहरु आधुनिकीकरण गर्नु र नयाँ परियोजनामा विनियोजन गरि व्यवशायको विकाश गर्नु।|
  • कम्पनीले शेयर सदस्यको प्रतिफलको दरमा बृद्दी ल्याउन सस्तो ब्याजदरको डिबेन्चर जारि गरि व्यवशायमा विविधिकरण ल्याउने गर्दछ ।
  • डिबेन्चर धारकको मताधिकार नहुने हुनाले शेयर सदस्यहरुको अन्तरिक मामिलामा कुनै असर नपर्ने देखिन्छ ।
  • कम्पनीले डिबेन्चर जारि गर्दा एक निश्चित अंकित मुल्यको ऋणपत्र र सोमा भुक्तान गर्नुपर्ने ब्याजदर किटानी गरिएकाले पछी गएर ऋणपुजी मार्फत व्यवशाय गर्दा लाभ दोब्बर वा तेब्बर भएपनि किटानी ब्याजदर भन्दा बढी तिर्नु पर्दैन ।


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment