कुनै देशको नागरिकले अन्य देशमा गइ आय आर्जन गर्नका लागि रोजगारी गर्ने कार्यलाई नै वैदेशिक रोजगार भनिन्छ । वैदेशिक रोजगारीको स्वर्णिम पक्ष भनेको विदेशी मुद्रा आर्जन हो । नेपालले २०० वर्ष अगाडीदेखि वैदेशिक रोजगारमा जान थालेको इतिहास पाइन्छ ।
हालको अवस्था
- ०६७/०६८ को फाल्गुन मसान्तसम्म १९ लाख ६४ हजार ३८३ जना वैदेशिक रोजगारमा गएका (औपचारिक माध्यमबाट भारत वाहेक)
- वैदेशिक रोजगारबाट (विप्रेषण आय) GDP मा योगदान आ.व. ०६७\०६८ मा १९.८ %(गत आ.व.मा यो १९.३% थियो)
- विप्रेषण आयको वृद्धिदर -१२ % छ ।
- विदेशी विनियम संचितिमा विप्रेषण आयको महत्वपूर्ण योगदान रही आएको
- रोजगारी वृद्धिदर – ३.० (त्रिवर्षीय योजनामा पुर्या उँने लक्ष्य ३.६ %)
- श्रम शक्ति सहभागिता दर – ८३.४ %
- आर्थिक हिसाबले सक्रिय जनसंख्या – (१५ वर्ष – ६४ वर्ष) को – करिब ५७ %
- कृषि क्षेत्रमा संलग्न जनसंख्या – ७४ %
वैदेशिक रोजगार र चुनौतीहरु
- अन्तर्राष्ट्रिय माग अनुरुपको जनशक्ति निर्माण गर्नु चुनौतिपूर्ण छ ।
- यो अस्थायी प्रकृतिको हुने भएकोले आन्तरिक रोजगारिको दिगो समाधान खोज्नु चुनौतिपूर्ण छ ।
- वैदेशिक रोजगारमा गएका कामदारको सुरक्षाको विषय ।
- यसलाई मर्यादित र सम्मानपूर्ण बनाउने कसरी
- यस क्षेत्रमा हुने ठगीको नियन्त्रण गर्नु पनि चुनौतीपूर्ण छ ।
सरकारले गरेका प्रयासहरु
- वैदेशिक रोजगार विभागको पुनर्गठन,
- श्रम कुटनीतिको बिस्तार,
- वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको गठन,
- आप्रवासी स्रोत केन्द्रको स्थापना,
- चार मुलुकमा श्रम सहचारीको व्यवस्था,
- पाँच मुलुकसँग श्रम सम्झौता,
- वैदेशिक रोजगार न्यायाधीकरणको स्थापना,
- रोजगारीका लागि १०८ मुलुक खुला गरिएका छन् ।
इ.पि.एस. भन्नाले के बुझिन्छ
दक्षिण कोरिया सरकाले लागू गरेको रोजगार अनुमति प्रणाली Employment Permit System लाई छोटकारीमा E.P.S. भनिन्छ । यसको माध्यमबाट हरेक बर्ष नेपालीहरु द. कोरिया गएका छन् ।
JITCO भन्नाले के बुझिन्छ
औद्योगिक प्रशिक्षणमै तथा अभ्यास साथै कामदार पठाउँन Japan ले स्थापना गरेको Japan International Training Cooperation Organization लाई छोटकारीमा JITCO भनिन्छ ।
वैदेशिक रोजगार सम्बन्धी कानुन, वैदेशिक रोजगार सम्बन्धी ऐन-२०६४ वैदेशिक रोजगार सम्बन्धमा निम्न संस्थागत व्यवस्था रहेको छ ।
- श्रम मन्त्रालय
- वैदेशिक रोजगार प्रवर्द्धन विभाग (२०६५ मा गठन)
- श्रम विभाग
- १४ वटा रोजगार सूचना केन्द्र स्थापना
वैदेशिक रोजगार सम्बन्धी प्राय जसो सोधिने छोटो प्रश्नहरु
१. वैदेशिक रोजगार भन्नाले के बुझ्नुहुन्छ ?
२. "वैदेशिक रोजगार नै नेपालको विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हो" पुष्टी गर्नुहोस् ।
३. वैदेशिक रोजगार किन आवश्यक मानिन्छ ? उल्लेख गर्नुहोस् ।
४. नेपालको आर्थिक विकासमा वैदेशिक रोजगारको योगदान के कस्तो छ ? प्रष्ट पार्नुहोस् ।
५. नेपालले वैदेशिक रोजगारलाई प्रभावकारी बनाउन के कस्ता कदम चालेको छ ? उल्लेख गर्नुहोस् ।
जनशक्ति (मानव संसाधन(Human Resource)
सीप र क्षमताले युक्त कुनै पनि देशको नागरिक नै त्यस देशको लागि जनशक्ति वा मानव संसाधन हो । क्षमता विहिन व्यक्ति मानव हुँदैमा जनशक्तिको परिभाषामा पर्दैन । उत्पादनका साधनहरु भूमी पुँजी,प्रविधिको जति महत्व हुन्छ जनशक्तिको महत्व सो भन्दा अझै धेरै रहेको हुन्छ । किनकी जनशक्तिले नै अन्य साधनको परिचालन गर्छ, योजना बनाउछ, नियन्त्रण गर्छ । त्यसैले भनिन्छ जनशक्तिबिना कुनै शक्ति, शक्ति रहदैन ।
जनशक्ति सम्बन्धमा विद्यमान केही तथ्यहरु
- आर्थिक रुपले सक्रिय जनसंख्या : ५७ % (१५ देखि ६५ उमेर समूह)
- वैदेशिक रोजगारमा सबैभन्दा बढी मलेसियामा गएका,
- नेपालमा हाल रोजगारी वृद्धिदर ३.० %
- रोजगारीको स्थिति – पूर्ण रोजगारी– ६६.८ %
- पूर्ण + अर्ध रोजगारमा रहेको जम्मा जनसंख्या – ९७.९ %
- पूर्ण वेरोजगारी – २.१ %
- कृषि कार्यमा संलग्न जनशक्ति ७४ % - (-स्रोत, आर्थिक सर्वेक्षण, श्रम शक्ति सर्वेक्षण २००८)
महत्व
- जनशक्ति उत्पादनको प्रमुख साधन हो ।
- जनशक्ति नै अन्य शक्तिको परिचालक, नियामक, नियन्त्रक र नियोजक हो ।
- जनशक्तिसँग बुद्धि विवेक, संवेदनशीलता आदि हुन्छ जुन अरु साधनमा हुँदैन ।
- मानव संसाधन नै आर्थिक सामाजिक विकासको पूर्वधार हो ,
- गरिबी घटाउँन होस् वा आर्थिक वृद्धिदर ल्याउन गुणस्तरीय मानव संसाधनको अहम् भूमिका रहन्छ।
नेपालमा मानव संसाधन विकासमा देखिएका समास्याहरु
१. कार्य संस्कृतिको नै अभाव रहेको ।
२. गैर कानूनी र बिना लगानीको आयलाई सामाजिक प्रोत्साहन ।
३. श्रम बजारको आवश्यकता र सम्भावना आँकलन गर्न नसकिएको ।
४. व्यवसायिक शिक्षा कमजोर रहेको ।
५. मानव संसाधन विकासका लागि सरकारको एकिकृत र व्यवस्थित योजना नभएको ।
६. मानव संसाधनको पूर्ण र समुचित प्रयोग गर्ने नीतिकै अभाव ।
७. कम रोजगारीका अवसर।
८. विदेश पलायनको प्रवाह बढ्दो रहेको (E.D.V मार्फत सैनिक सेवामा बेलायत, दैनिक करिब १,००० युवाहरु विदेश पलायन Student भिसा, अन्य )
९. राष्ट्रिय प्रथमिकता अनुसारको जनशक्ति उत्पादन नहुँदा माग र आपूर्तिबीच असन्तुलन भएको अवस्था ।
जनशक्ति शिर्षकबाट आउने सम्भावित प्रश्नहरु :
- जनशक्ति भन्नाले के बुझ्नुहुन्छ ?
- “समृद्ध राष्ट्रको लागि जनशक्तिनै प्रमुख स्रोत हो” पुष्टि गर्नुहोस् ।
- जनशक्तिबिना कुनै शक्ति रहँदैन पुष्टि गर्नुहोस् ।
- जनशक्तिको महत्व प्रष्ट्याउनुहोस् ।
- जनशक्तिको विकासका लागि नेपाल सरकारको कार्यक्रम के छ ? उल्लेख गर्नुहोस् ।
- नेपालको जनशक्तिको वर्तमान अवस्थाको विश्लेषण गर्नुहोस् ।
कृषि
देशको ग्राहस्थ उत्पादनको ठूलो हिस्सा कृषिले ओगट्ने र वहुसंख्यक जनता कृषिमा निर्भर रहने भएकोले नेपाललाई कृषि प्रधान देश भनिएको हो ।
हाल GDP मा कृषिको योगदान: ३५.७% (गैर कृषिको योगदान ६४.३%) रहेको छ । नेपालमा करिब ७४% जनता कृषिमा निर्भर रहेको अवस्था छ ।
नेपालको कृषि क्षेत्रको अवस्था झल्काउने प्रमुख सूचकहरु
- GDP मा कृषिको योगदान → ३५.७% (गैर कृषिको योगदान ६४.३%)
- कृषि क्षेत्रको बृद्धिदर → ४.१% (त्रिवर्षीय योजनाको लक्ष्य ३.९%)
- गैरकृषि क्षेत्रको बृद्धिदर → ३.१% (त्रिवर्षीय योजनाको लक्ष्य ६.४%)
- २०६७\०६८ मा खाद्यान्न उत्पादन बृद्धिदर → १०.३६%
- कूल कृषि योग्य भूमिको कति प्रतिशत भागमा सिचाँइ सुविधा उपलव्ध छ → ६६ प्रतिशत
- कुल भु-भागको कति प्रतिशत भूमि खेतियोग्य छ → १७.९७ प्रतिशत
- कृषिमा आश्रित जनता → ७४ प्रतिशत (त्रिवर्षीय योजना अनुसार)
(स्रोत आर्थिक सर्भेक्षण ०६७\०६८ र त्रिवर्षीय योजना)
कृषि सम्बन्धि विविध
- प्रमुख खाद्यान्न बालीमा क्रमश → धान, मकै, गहुँ, कोदो पर्दछन् ।
- जनताको तटबन्ध कार्यक्रम सुरु २०६७\०६८ मा भएको हो ।
- कृषि विकासका लागि संस्थागत व्यवस्था → कृषि मन्त्रालय, कृषि विभाग, साना किसान विकास बैंक,सहकारी विभाग, कृषि अनुसन्धान परिषद छन् ।
- वर्तमान राष्ट्रिय कृषि नीति कहिले ल्याइयो ? → २०६१
- राष्ट्रिय कृषि व्यवस्थापन नीति कहिले ल्याइयो ? → २०६३
- चिया खेतीको सुरुवात कहिले गरियो ? → १९२० देखि
- नेपालमा भुमिसुधार कार्यक्रम कहिले ल्याइयो ? → वि.स.२०२१ मा
- २० वर्षे कृषि विकास योजना कहिले तर्जुमा गरियो ? → वि.स. २०५२ साल
- नेपालको प्रमुख खाद्यान्न बाली कुन हो ? → धान
- कुन नगदे बालीलाई नगदको खैरो कागज भनिन्छ ? → सनपाट
- ५ अ को जिल्ला भनेर कुन जिल्लालार्इ चिनिन्छ ? → इलाम (ओलन, आलु, अलैची, अम्लिसो र अदुवा)
- नेपाल अदुवा उत्पादनमा विश्वको कतिऔं राष्ट्र हो ? → चौथो राष्ट्र
- विर्ता भन्नाले राष्ट्रको लागि उल्लेख्य कार्य गरेवापत राज्यद्वारा प्रदान गरिएको जग्गालाई बुझिन्छ ।
गुठी
कुनै मठ, मन्दिर, शिक्षालय वा अन्य संस्थालाई दान गरिएको जग्गा वा सम्पति नै गुठी हो । गुठी दुई प्रकारका हुन्छन्
१) राज गुठी
२) दुनीया गुठी
- कुनै जाति विशेषलाई भोगचलन गर्न पाउने गरी प्रदान गरिएको जग्गालाई के नाम दिइएको थियो ? → किपट
- सरकारले किपट जग्गा खारेज गरी रैकरमा कहिले परिणत गर्यो् ? → २०१८
- राजदरवारको खर्च सञ्चालनको लागि प्रदान गरिने जग्गा लाई सेरा भनिन्थ्यो ।
- नेपाल चिया विकास निगमको स्थापना कहिले भयो ? → २०३३
- चिया क्षेत्र कहिले घोषणा भयो ? → २०३९ साल
- नेपालमा सर्वप्रथम कहिले कफी खेती गरियो ? → वि.स. २०११ सालमा
- चिया क्षेत्र भनिने पाँच जिल्ला → इलाम, झापा, पाँचथर, धकुटा, तेह्रथुम
- नेपालको सुपारी उत्पादन हुने प्रमुख जिल्ला कुन हो ? → झापा
- २०२३ वि.सं. मा नेपालमा भूमिसुधार वचत संस्थाको स्थापना गरियो ।
- नेपालमा कृषि गणना प्रत्येक १०\१० वर्षमा गर्ने गरिन्छ ।
- नेपालको दशौं र एघारौं योजनालाई कृषि दशकको रुपमा मनाउने निर्णय गरिएको थियो ।
- छैटौं राष्ट्रिय कृषि गणना कहिले सुरु भयो ? → २०६८ मंसिर २९ देखि
- नेपालमा कृषि गणना कहिले देखि सुरु भयो ? → वि.सं. २०१८
नेपालमा उद्योगको अवस्था
- उद्योगमा विदेशी लगानी → २०६८ असारको अन्तसम्म २०१८ उद्योगमा स्वीकृति प्रदान, ६० अर्ब ४४ करोड लगानी, १लाख ४९ हजार रोजगारी सिर्जना हुने ।
- नेपालको पहिलो उद्योग कुन हो ? → (विराटनगर जुट मिल १९९३ वि.सं.)
- लघु उद्यम विकास कार्यक्रमलाई कति जिल्लामा बिस्तार गरिएको छ ? - ३
- औद्योगिक व्यवासय ऐनः २०४९ अनुसार उद्योगको स्तर निर्धारण
- घरेलु उद्योग
- साना ३ करोड सम्म स्थिर जेथा (सम्पत्ति) भएको ।
- मझौला ३ देखि १०
- ठूला १० भन्दा माथि
उद्योगको वर्गीकरण
- उत्पादन मुलक उद्योग
- उर्जा मुलक उद्योग
- कृषि तथा वन जन्य उद्योग
- खनिज उद्योग
- सेवा उद्योग
- निर्माण उद्योग
- पर्यटन उद्योग
घरेलु उद्योग
श्रममुलक देशको परम्परा, कला र संस्कृतिसँग सम्वर्द्धन खास सीप वा स्थानीय कच्चा पदार्थ र साधन परिचालन गर्ने परम्परागत किसिमका अनुसूची–१ मा उल्लेख भए बमोजिमको घरेलु उद्योग हुनेछ ।
उद्योग सम्बन्धी विविध जानकारीहरु
- औद्योगिक गणना ५\५ वर्षमा गरिन्छ ।
- One Stop Service Center → उद्योगलाइ आवश्यक पर्ने सबैकुरा एकै थलोबाट उपलब्ध गराउने व्यवस्था ।
- विषेश आर्थिक क्षेत्र → निर्यात बृद्धि र प्रतिस्पर्धात्मक क्षमताको विकासको गरी विदेशी मुद्रा आर्जन गर्ने अवसर प्राप्त गर्न स्थापित क्षेत्र ।
- BIPPA भन्नाले Bilateral Investment Promotion and Protraction Agreement अर्थात दोहोरो लगानी प्रवर्द्धन तथा सुरक्षण सम्झौता भन्ने बुझिन्छ ।
- नेपालले हालसम्म ६ वटा देशसँग विपा सम्झौता सम्पन्न गरिसकेको छ ।
- वैदेशिक लगानी प्राप्त संभावना रहेका राष्ट्रहरु त्यो लगानीको र त्यसबाट हुने उत्पादनको सुरक्षा गर्नका लाविङ यो सम्झौता गर्दछन् ।
0 comments:
Post a Comment