२०७२ भदौ २३ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्न-उत्तरहरु !!

  •  अनौपचारिक शिक्षा केन्द्रले वि.सं. २०७२ भदौ १७ मा सार्वजनिक गरेको तथ्यांकअनुसार देशभर निरक्षर जनसंख्या कति प्रतिशत रहेको छ ?      →     ७.५ प्रतिशत (२,८३,९१९ जना)
  •  नेपाल ओलम्पिक कमिटी (NOC) को अध्यक्ष को निर्वाचित भएका छन् ?      →     जीवनराम श्रेष्ठ
  •  विश्वकै होचा व्यक्तिका रुपमा गनिज बुकअफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल नेपालका चन्द्रबहादुर डाँगीको ७५ वर्षको उमेरमा कहिले निधन भयो ?      →     वि.सं. २०७२ भदौ १८
  •  आयत प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै व्यापार घाटा कम गर्ने उद्देश्यसहित सरकारले नयाँ वाणिज्य नीति कहिले सार्वजनिक गर्‍यो ?      →     वि.सं. २०७२ भदौ १६

  •  भारतको उडिसास्थित एक विश्वविद्यालयद्वारा मानार्थ विद्यावारिधि प्राप्त गर्ने नेपाली को हुन् ?      →     विनोद चौधरी
  •  दिगो विकास लक्ष्य (SDG) सम्बन्धी प्रतिवेदनअनुसार नेपाललाई कहिलेसम्ममा जोखिममुक्त र सुरक्षायुक्त मानव विकास भएको मुलुक बनाउने लक्ष्य तय भएको छ ?      →     सन् २०३०
  •  नेपालमा दीगो आर्थिक विकास र मजबुत ग्रामीण अर्थतन्त्रद्वारा गरिबी निवारण गर्ने बलियो आधार केलाई मानिएको छ ?      →     कृषि
  •  नेपालमा लैंगिक समानता तथा महिला सशक्तिकरण राष्ट्रिय कार्ययोजना कहिले तर्जुमा गरियो ?      →     वि.सं. २०५४
  •  पृथ्वीको भित्री भागमा रहेको तापबाट उत्पन्न शक्तिलाई के भनिन्छ ?      →     जियोथर्मल ऊर्जा (Geothermal Energy)
  •  ग्रह तथा उपग्रहहरुले आ-आफ्नो सतहमा रहेका बस्तुहरुलाई केन्द्रतिर तान्ने बललाई के भनिन्छ ?      →    गुरुत्व बल
  •  नेपालमा निजी क्षेत्रको लगानीमा निर्मित पहिलो जलविद्युत आयोजना कुन हो ?      →     खिम्ती जलविद्युत आयोजना (६० मे.वा.)
  •  वातावरण तथा विकाससम्बन्धी विश्व आयोग (ब्रुर्टल्याण्ड आयोग) ले हाम्रो साझा भविष्य नामक प्रतिवेदनमा दिगो विकास शब्दको प्रयोग कहिले गरेको थियो ?      →     सन् १९८७
  •  “भविष्यका पुसताका आवश्यकतासँग सम्झौता नगरिकन वर्तमान पुस्ताका आवश्यकता परिपुर्ति गर्नु नै दिगो विकास हो ।“ भन्ने परिभाषा कसको हो ?      →     ब्रुटल्याण्ड आयोग
  •  प्रसिद्ध कृति ‘Theory of Natural Selection’ कसले प्रतिपादन गरेका हुन् ?      →     चार्ल्स डार्बिन
  •  नेपालमा सर्वप्रथम कहिलेदेखि जन्म, मृत्यु, विवाह, बसाइसराइ आदिको दर्ता प्रणाली शुरु गरिएको हो ?      →    वि.सं. २०३४ वैशाख १
  •  रोगका किटाणुहरु एक व्यक्तिबाट अर्को व्यक्तिमा सार्ने तर आफूलाई कुनै असर नदेखाउने माध्यमलाई के भनिन्छ ?      →     बाहक (Carrier)
  •  शारीरिक तथा मानसिक स्फूर्ति बढाउन खेलाडिहरुले प्रतिबन्धित ‍औषधि सेवन गरे नगरेको पत्ता लगाउन गरिने परीक्षणलाई के भनिन्छ ?      →     डोपिङ टेस्ट
  •  नेपालको पहिलो लिखित संविधान कुन हो ?      →     नेपाल सरकार बैधानिक कानुन, २००४ (घोषणा गरिएको तर कार्यान्वयनमा भने नआएको)
  •  स्थानीय प्रशासनको संरचनामा जनसहभागिताको महत्वलाई कुन अवधारणागत पक्षले जोड दिन्छ ?      →     विकेन्द्रिकरण
  •  Four Pillars of Good Governance अन्तर्गत पर्ने विषयहरु के-के हुन् ?      →     उत्तरदायित्व, जनसहभागिता, पारदर्शिता र कानुनको शासन
  •  कुनै सैनिक गुटमा आबद्ध नभई अन्तर्राष्ट्रिय शान्तिको मान्यतालाई आत्मसात गरी तटस्थ रहने नीतिलाई के भनिन्छ ?      →     असंलग्न नीति
  •  ‘Agenda For Development’ नामक विकाससम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने UNO का महासचिव डा. बुत्रोस बुत्रोस घाली हुन् भने UNO को सुधारसम्बन्धी Quite Revolution नामक प्रतिवेदन प्रस्तुत गर्ने महासचिव को हुन् ?      →     कोफी अन्नान
  •  नेपालले कहिलेदेखि संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा आफ्ना सैनिकहरुलाई सहभागी गराउँदै आएको छ ?      →     सन् १९५८
  • सहुलियतपूर्ण व्यापरसम्बन्धी सार्क सम्झौता (Agreement On SAARC Preferential Trading Arrangement – SAPTA ) कहिले देखि लागू भएको हो ?      →     सन् १९९५ डिसेम्बर ७ (साफ्टालाई अनुमोदन गर्ने पहिलो राष्ट्र नेपाल र अन्तिम राष्ट्र बंगलादेश ।)
  •  ब्युटिसियन डिभा २०१५ को उपाधि कसले जितिन् ?      →     अनिशा महर्जन
  •  नेपालमा निजामती सेवा दिवस कहिले मनाइन्छ ?      →     भदौ २२ 
  •  दुई हात प्रयोग गरी बजाइने आवाजलाई ताली भनिन्छ भने दुई ‍औंला प्रयोग गरी बजाइने आवाजलाई के भनिन्छ ?      →     चुट्की
  •  Double Track Strategy of Development कस्तो रणनीति हो ?      →     शान्ति र विकासका लागि एकै साथ लगानी गर्ने रणनीति
  •  नेपालको कुन विमानस्थललाई तेन्जिङ हिलारी विमानस्थल नामकरण गरिएको छ ?      →     लुक्ला विमानस्थल, सोलुखुम्बु
  •  लोकसेवा आयोगको केन्द्रिय कार्यालय कमलपोखरीबाट अनामनगर कहिले सारिएको हो ?      →     वि.सं. २०६६ असार १२
  •  विश्वमै सबैभन्दा धेरै पशुबली चढाउने प्रसिद्ध गढीमाई मन्दिर कहाँ रहेको छ ?      →     बारा जिल्लाको बरियापुरमा
  •  जनसंख्यासम्बन्धी अध्ययन गर्ने शास्त्रलाई के भनिन्छ ?      →     Demography
  •  राष्ट्रिय जनगणना २०६८ अनुसार सबैभन्दा बढी जनसंख्या भएका पाँच शहर कुन-कुन हुन् ?      →     क्रमशः काठमाण्डौं, पोखरा, ललितपुर, विराटनगर र भरतपुर
  •  बनस्पति, जनावर एवं वातावरणबीचको अन्तरसम्बन्धलाई के भनिन्छ ?      →     पारिस्थितिक पद्धित (Ecosystem)
  •  पृथ्वी वरिपरि रहेको हावाको आवरणलाई के भनिन्छ ?      →     वायुमण्डल (Atmosphere)
  •  शैक्षिक क्षेत्रसँग सम्बन्धित संस्था पीपी फाउन्डेसनद्वारा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार २०१५ बाट सम्मानित हुने शिक्षक को हुन् ?      →     बेनी समुदायिक उच्च माविका प्राचार्य दीपक श्रेष्ठ (म्याग्दी)
  •  एउटा थैलीमा जति रुपैयाँको सिक्का छन् त्यसको दुई गुणा मोहर र चार गुना सुकी छन् । यदि थैलीमा जम्मा १५ रुपियाँ छ भने रुपियाँको सिक्का कति रहेछन् ?      →     पाँच
  •  २०७२ सालमा मनाइएको शिक्षा दिवसको नारा के रहेको छ ?      →     दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था
  •  नेपाल चलचित्र प्राविधिक संघद्वारा हरेक वर्ष प्रदान गरिने कलारत्न उपाधिबाट सम्मानित (२०७२ मा) हुने कलाकार को हुन् ?      →     हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य
  •  “जिउँदो सिंह (The Living Lion Of Nepal)” भनी कसलाई चिनिन्छ ?      →    अमरसिंह थापा





Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment