२०७२ भदौ १६ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्न-उत्तरहरु !!

  •  राष्ट्रिय योजना आयोगले हालै तय गरेको दिगो विकास लक्ष (एसडीजी) सम्बन्धी प्रतिवेदनअनुसार सन् २०३० सम्ममा नेपालमा कति प्रतिशत घरधुरीमा विद्युत सेवा उपलब्ध गराउने योजना छ ?      →     ९९ प्रतिशत
  •  भारतको चेन्नईमा हालै सम्पन्न ‘मिस एसिया-२०१५’ प्रतियोगिताको उपाधि जित्ने युवती को हुन् ?      →     भारतकी कनिका कपुर
  •  “सफलतामा खुशी मनाउनु राम्रो हो तर असफलताको शिक्षामा ध्यान दिनु त्योभन्दा पनि महत्वपूर्ण हो ” भन्ने विचारक को हुन् ?      →     बिल गेट्स, प्रमुख माइक्रोसफ्ट कर्पोरेसन

  •  सन् २०१५ अगस्ट २७ मा ‘युईएफ सर्वश्रेष्ठ फुटबलर’ को घोषित भएका छन् ?      →     लियोनल मेसी
  •  आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बढुवा गरिने राजपत्राङ्कित द्वितीय श्रेणीसम्मको पदमा सो पदका लागि तोकिए बमोजिमको सेवा अवधि र योग्यता पुगेका निजामती सेवा ऐन २०४९, व्यवस्थापिका-संसद सचिवालयसम्बन्धी ऐन, २०६४ र नेपाल स्वास्थ्य सेवा ऐन २०५३ बमोजिमको सेवामा कार्यरत सबै कर्मचारी सम्भावना उम्मेदवार हुने व्यवस्था निजामती सेवा ऐनको कतिऔं संशोधनले गरेको हो ?      →     चौथो संशोधन (२०७२)
  •  निजामती सेवा ऐन, २०४९ को चौथो संशोधन (२०७२) अनुसार नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि तथा बन सेवा, नेपाल न्याय सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल प्रशासन सेवा र नेपाल लेखा परीक्षण सेवाको विशिष्ट श्रेणीको पदमा कार्यरत कर्मचारी कुन-कुन सेवाको पदमा सरुवा हुन पाउने व्यवस्था छ ?      →     सोही सेवाको विशिष्ट श्रेणीको पदमा मात्र
  •  राजपत्र अनङ्कित निजामती कर्मचारीलाई लोकसेवा आयोगबाट जुन अञ्चलअन्तर्गत सिफारिस गरिएको हो, सोही अञ्चलभित्रका कार्यालयबाहेक कति वर्षसम्म अन्यत्र सरुवा नगरिने व्यवस्था छ ?      →     पाँच बर्ष
  •  हाल विश्वकै बढी उमेरका व्यक्तिको रुपमा गिनिज बुकमा नाम रेकर्ड भएका व्यक्ति को हुन् ?      →     जापानका यातारो कोइडे
  •  नेपालमा सर्वप्रथम बजेट कहिले प्रस्तुत भएको हो ?      →     वि.सं. २००८ माघ २१ गते
  •  ISO-9000 बस्तुको गुणस्तर चिह्नसँग सम्बन्धित छ भने ISO-14000 के सँग सम्बन्धित छ ?      →     वातावरण व्यवस्थापन
  •  ‘सङ्गीत शिरोमणि’ भनी यज्ञराज शर्मालाई चिनिन्छ भने ‘बाद्य शिरोमणि’ भनी कसलाई चिनिन्छ ?      →     उस्ताद गणेशलाल
  •  मुटुबाट शरीरका विभिन्न भागमा रगत पुर्‍याउने रक्त नलीलाई के भनिन्छ ?      →     धमनी (Arteries) 
  •  “प्राकृतिक, सांस्कृतिक र सामाजिक प्रणालीहरु, आर्थिक तथा मानवीय क्रियाकलापहरु र यिनका अवयव तथा ती अवयवबीचको अन्तरक्रिया तथा अन्तरसम्बन्धलाई वातावरण भनिन्छ ।” भनी कुन ऐनमा परिभाषित गरिएको छ ?      →     वातावरण संरक्षण ऐन, २०५३
  •  बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक “भिक्टोरिया क्रस” पाउने पहिलो नेपाली को हुन् ?      →     कुलवीर थापा (प्रथम विश्वयुद्धमा वीरता प्रदर्शन गरेका)
  •  महान दार्शनिक सुकरातको जन्म कहाँ भएको थियो ?      →     ग्रिसको एथेन्स सहरमा
  •  हाल आसियानका सदस्य राष्ट्र कति रहेका छन् ?      →     १०
  •  सार्कमा हालसम्म कति महिला महासचिव नियुक्त भएका छन् ?      →     एक (माल्दिभ्सकी फथिमाथ धियान शैयाद)
  •  सन् २०१५ अगस्ट २०-२९ सम्म नेपालमा सम्पन्न प्रथम संस्करणको यु-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि कसले जित्यो ?      →     नेपाल (उपविजेताः भारत)
  •  नेपालमा सर्वप्रथम स्थापना भएको औधोगिक क्षेत्र कुन हो ?      →     बालाजु औधोगिक क्षेत्र (वि.सं. २०१६)
  •  नेपालको आर्थिक तथा वाणिज्य राजधानी भनी कुन ठाउँलाई चिनिन्छ ?      →     वीरगञ्ज
  •  नेपालको सबैभन्दा पहिले स्थापना भएको वाणिज्य बैङ्क कुन हो ?      →     नेपाल बैङ्क लिमिटेड
  •  रेडक्रसका संस्थापक को हुन् ?      →     हेनरी ड्युना
  •  Optical Fiber केसँग सम्बन्धित छ ?      →     दूरसञ्चार र भू-उपग्रह
  •  “नेपालीले नेपालीका लागि” भन्ने नारा कसको हो ?      →     प्रथम गैरआवासीय नेपाली सम्मेलन-२०६०
  •  अपराधिहरुलाई खोजतलास एवं पक्राउ गर्न अन्तर्राष्ट्रियस्तरमा जारी गरिने सूचनालाई के भनिन्छ ?      →    रेड कर्नर नोटिस
  •  लोपोन्मुख कुसुन्डा जातिबाट नागरिकता प्राप्त गर्ने पहिलो व्यक्ति को हुन् ?      →     राजामामा (तनहुँ)
  •  नेपालको बहुचर्चित सिक्टा आयोजना कुन जिल्लामा पर्छ ?      →     बाँके
  •  २०१५ सालको आमनिर्वाचनमा नेपाललाई कति निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो ?      →     १०९
  •  गौतम बुद्धको पहिलोपटक आफ्नो ज्ञानको प्रचार-प्रसार गरेको स्थल (ठाउँ) कुन थियो ?      →     सारनाथ
  •  भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ?      →     धर्म कचहरी
  •  ग्रिनविच कति डिग्री देशान्तरमा पर्छ ?      →     ० डिग्री
  •  सरकारले २०७२ भदौमा त्रिभुवन विश्वविद्यालको उपकुलपतिमा कसलाई नियुक्त गर्‍यो ?      →     प्रा.डा. तीर्थराज खनिया
  •  संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषदमा अस्थायी सदस्य राष्ट्र कति हुन्छन् ?      →     १० (दश)
  •  नेपालमा धामी-झाँक्रीको गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?      →     ढ्याङ्ग्रो
  •  ‘माधवी’ कसले लेखेको कुन विधाको रचना हो ?      →     मदनमणि दिक्षितको उपन्यास
  •  वि.सं. २०७२ भदौ १२ मा पारिजात बाल साहित्य सम्मानबाट सम्मानित हुने साहित्यकार को हुन् ?      →     शारदारमण नेपाल
  •  झाँगड भाषा कुन भाषिक परिवारभित्र पर्दछ ?      →     द्रविड (Dravidian)
  •  अर्थशास्त्रको पुस्तक ‘The Wealth of Nations’ का लेखक को हुन् ?      →     एडम स्मिथ
  •  नेपालको एकीकरण अभियानमा काजी कालु पाण्डे कहाँ वीरगति प्राप्त गरेका थिए ?      →     कीर्तिपुर
  •  आ.ब. २०७१/७२ मा नेपालले १८० मुलुकसँग गरो द्विपक्षीय व्यापारमध्ये कति मुलुकसँग व्यापारमा नेपाल नाफामा रहेको छ ?      →     ३१



Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment