- नेपालमा धेरै डल्फिन पाइने नदी कुन हो ? → कर्णाली
- नेपालमा कर्णाली , कोशी र नारायणी नदीमा डल्फिन पाइँदै आएको छ । भने हाल नेपालभर कति संख्यामा डल्फिन रहेका छन् ? → १५ वटा
- नेपालमा कति प्रजातिका जनावर पाइन्छन् ? → १८१ प्रजाति
- नेपालमा कुन किसिमको बोटबिरुवा बढी मात्रामा पाइन्छ ? → एनजिओस्पर्म
- जैविक विविधताको दृष्टिले समुद्र अथाह भण्डार हो । हालसम्म यहाँ लगभग कति प्रजातिका जीव, प्राणी र
- वनस्पतिको अभिलेख छ ? → दुइ लाख ५० हजार प्रजाति
- विश्वको सबैभन्दा गहिलो ताल बैकाल हो भने यो ताल कति मिटर गहिरा छ ? → १६४२ मिटर
- नेपालको कुन हिमाललाई आरोहीहरु टेक्निकल माउन्टेन भन्दछन् ? → आमादब्लम
- कति मिटर उचाईको हावापानीमा कफी खेती हुन्छ ?? → पाँच सय देखि १६ सय मिटरसम्म
- बोक्रासहितको कफीलाई के भनिन्छ ? → चेरी कफी
- नेपालमा मंसिर १ गते कफी दिवस मनाइन्छ भने कुन दिन राष्ट्रिय चिया दिवस मनाइन्छ ? → वैशाख १५ गते
- गेरीबाल्डी कुन युरोपेली मुलुक एकीकरणका नायक हुन् ? → इटाली
- प्रजातन्त्र भनेको पाखण्ड होइन, जीवन पद्दति हो । यो कुन विश्वप्रसिद्द व्यक्तिको भनाई हो ? → बेन्जामिन डिजरेली
- पृथ्वीनारायण शाहले नेपाल एकीकरणको सन्दर्भमा पहिलो विजय राज्य नुवाकोट ( वि.सं १८०१ ) हो भने दोस्रो विजय गरेको राज्य कुन हो ? → नगरकोट
- टेलिभिजनबाट सम्बोधन गर्ने पहिलो अमेरिकी राष्ट्रपति को हुन् ? → फ्रैंकलिन डिलारी रुजबेल्ट
- विमस्टेकको तेस्रो शिखर सम्मेलन २०७० साल फागुन १७ देखि २० गतेसम्म कुन मुलुकमा सम्पन्न भयो ? → म्यानमार
- सन् १९६५ मा मलेसियाबाट छुट्टिएर स्वतन्त्र बनेको मुलुक कुन हो ? → सिंगापुर
- नेपालका अन्तिम राणा प्र.म मोहन शमशेर कुन श्री ३ महाराजाका जेठा छोरा थिए ? → चन्द्र शमशेर
- वि.सं २०१४ मा छोटो अवधिका लागि नेपालको प्रधानमन्त्री भएका डा. कुँवर इन्द्रजित सिंह पेसाले के थिए ? → होमियोप्याथी डाक्टर
- अन्तराष्ट्रिय नारी दिवस कहिले मनाईन्छ ? → मार्च ८
- H1N1 भाईरसका कारण हुने स्वाईन फ्लू रोगलाई अर्को के नामले चिनिन्छ ? → टाईप ए इन्फ्लुएन्जा
- वि.सं २०७१ फागुन २२ मा नेपालका कुन स्रस्टाको तस्वीर अंकित चाँको सिक्का विमोचन गरियो ? → संस्कृतिविद सत्यमोहन जोशी
- नेपालमै पहिलेो वन्यजन्तु अस्पताल कहाँ निर्माण गरिने भएको छ ? → सौराहा, चितवन
- इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले सन् २०१५ मा प्रकाशित गरेको प्रतिवेदनअनुसार विश्वको सबैभन्दा महँगो सहरका रुपमा कुन सहर रहेको छ ? → सिंगापुर
- महिला उम्मेदवारलाई निजामती सेवामा प्रवेशका लागि उमेरको हद कति कायम गरिएको छ ? → ४० बर्ष
- सर्वप्रथम साझा पुरस्कार प्राप्त गर्ने स्रष्टा को हुन् ? → भूपि शेरचन
- पूर्वजबाट सरेर अनाएको तर पछि अकस्मात देखा पर्ने नयाँ गुणयुक्त सन्ततिको विकास हुने प्रक्रियालाई के भनिन्छ ? → उत्परिवर्तन
- मानव शरीमा सबैभन्दा बढी किसिमका कार्य गर्ने अंग कुन हो ? → कलेजो
- विकिरणबाट हुने तापशक्तिको नोक्सानलाई नगन्य मानेको अवस्थामा तातो बस्तुले गुमाएको तापशक्तिको परिमाण चिसो बस्तुले ग्रहण गरेको तापशक्तिको परिमाणसँग बराबर हुन्छ भन्ने तथ्यले केलाई बुझाउँछ ? → क्यारोलिमेट्री सिद्धान्त
Home
बस्तुगत सामाग्री
लोक सेवा आयोगको तयारी कक्षा सबैका लागी सबैतिरका केहि प्रश्न-उत्तरहरु !! भाग- आठ !!
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment