लोक सेवा आयोगको तयारी कक्षा सबैका लागी सबैतिरका केहि प्रश्न-उत्तरहरु !! भाग- सात !!


  •  करिब एक शताब्दी लामो ब्रिटिस राजपछि सन् १९४७ अगस्त १५ तारिखमा भारत स्वतन्त्र हुदाँ कुन बार परेको थियो ?        शुक्रबार 
  •  महात्मा गान्धीले अभ्यास गरेको भद्र अवज्ञा आन्दोलन उनको भौतिक बिचार थिएन । उनले कुन प्रसिद्द साहित्यकारबाट प्रभावित भएर उक्त विचार अगालेका थिए ?        हेनरिक डेभिड थोरो 
  •  महात्मा गान्धीको नेतृत्वमा आन्दोलन थप सशक्त बनाउँदै भारत छोड आन्दोलन घोषणा कहिले गरिएको थियो ?        सन् १९४२ जुलाई १४ 
  •  नेपालको कुन हिमाललाई स्थानीय भाषामा घन्जेङजुङ्गा भनिन्छ ??       कुम्भकर्ण 
  •  हिमनदीले बगाएर ल्याएको पदार्थलाई के भनिन्छ ?        हिमोढ
  •  हिमोढ थुप्रिएर बन्ने लामो ढिस्को जस्तो भू–आकृतिलाई के भनिन्छ ?        एस्कर 
  •  कैलालीमा सञ्चालित परम्परागत सिँचाई प्रणाली अन्तर्गत जमरा र कुलरिया कुलाका लागि बर्सेनि कुलो खन्नो किसानी मेलालाई स्थानीय भाषामा के भनिन्छ ?        देशावर 
  •  नेपालको हिमाली डोल्पा जिल्ला घुम्ने ६० प्रतिशत पर्यटक कुन मुलुकका हुन्छन् ?        फ्रान्स 
  •  सोलुखुम्बुको तेन्जिङ हिलारी बिमानस्थल (लक्ला) को वैकल्पिक विमानस्थलका रुपमा प्रयोग गरिने गुँदेल गाबिस बा नं २ र ४ को बिचमा रहेको लाम्पामा भन्ने स्थानमा कुन बिमानस्थल निर्माण गर्न लागिएको छ ?        महाकुलुङ बिमानस्थल 
  •  २०६८ सालको कृषि गणना अनुसार कति प्रतिशत महिला कृषिमा प्रत्यक्ष सहभागी भएका छन् ?        १९ प्रतिशत 
  •  नेपालको राष्ट्रिय अर्थतन्त्रमा औद्दोगिक क्षेत्रको कुन स्थान छ ?        तेस्रो 
  •  नेपालमा कहिले देखि नागरिकता वितरण कार्य शुरु भएको हो ?       वि.सं २००९
  •  १६ बर्ष उमेर पुगेका झण्डै कति नेपाली नागरिकता लिनबाट बञ्चित भएको तथ्यांक छ ?        ४३ लाख 
  •  २०६८ सालको जनगणना अनुसार नागरिकता प्रमाणपत्र नभएका व्यक्तिको संख्या सबैभन्दा बढी मनाङमा ४३.३९ प्रतिशत छ भने सबैभन्दा कम कुन जिल्लामा रहेको छ ?       कञ्चनपुर ( १.७४ प्रतिशत ) 
  •  संविधान सभा २ मा राजधानी बाहिरका जिल्लामध्यै सर्वाधिक सभासद भएको जिल्ला कुन हो ?        धनुषा ( प्रत्यक्ष तर्फ समानुपातिक गरी २७ सभासद ) 
  •  संविधानसभा–२ मा समानुपातिक तर्फ सिरहा जिल्लाबाट १२ सभासद बनेकोमा सर्वाधिक संख्या कुन राजनीतिक दलको रहेको छ ?       नेपाली काग्रेस 
  •  कुनै पनि नेपाली राजदूतले विदेशमा सहयोगीका रुपमा कति जना नेपालबाट लाने सुविधा दिइएको छ ?        २ जना 
  •  दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ ३१ दलले मात्र सिट पाउनसके भने प्रत्यक्ष तर्फ कति दलले मात्र चुनाव जित्न सके ?        ११ दल 
  •  अपराध नियन्त्रण बिरुद्द अन्तराष्ट्रिय प्रहरी संगठन ( इन्टरपोल ) को ८२ औ महाधिवेशन कोर्टगेना सहरमा सम्पन्न भयो भने यो सहर कुन मुलुकमा पर्दछ ?        कोलम्बिया 
  •  नेपाल जेसिसको बाग्लुममा सम्पन्न ४० औ महाधिवेशनले अध्यक्षमा कसलाई चयन गर्यो ?        शुशिल बाबु श्रेष्ठ 
  •  नेपाल जेसिसका नेपालभर कति शाखा छन् ?        १२३ वटा 
  •  नेपाल जेसिसको १२ औ महाधिवेशनका अवसरमा कुन शाखा उत्कृष्ट भयो ?        बाग्लुङ्ग शाखा 
  •  सितारा ए सुज्जत कुन सार्क मुलुकको सबैभन्दा उच्च पुरस्कार हो ?        पाकिस्तान 
  •  प्राध्यापक एवम्र कूटनीतिज्ञ लोकराज बरालको आत्मकथा कृतिको नाम के हो ?       रोमाञ्चित जीवन 
  •  माघ १ गतेलाई नयाँ आर्थिक बर्षका रुपमा लिने नेपालको कुन जाती हो ?        थारु 
  •  साघेसंक्रान्तीलाई थारु जातिले माघी पर्वका रुपमा मनाउँछन् भने कुन जातिले माघेसंक्रान्तिलाई आफ्नो राष्ट्रिय चाडका रुपमा मनाउँछ ?        मगर 
  •  प्रसिद्द गितकार विनोद गौचनको ५८ बर्षको उमेरमा कहिले निधन भयो ?        २०७० पुष २० गते




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment