नेपालको माटो, हावापानी, ऋतु तथा मौसम र जलवायुको फरक !!!


नेपालमा पाइने माटो

(क) पाँगो माटोः 
नदीले बगाएर थुपारेका कुहिएका झारपात बालुवा र माटोको मिश्रणबाट बनेको माटो हो । तराइ र बेशीमा यस्तो माटो पाइन्छ । धान उखु,सुर्ती,सनपाट र तेलहन फसलहरू यो माटोमा सप्रिन्छन् । 
(ख) बलौटे माटोः
नदीले बगाएर थुपारेको बालुवा,पत्थर,कंकड आदि मिलेर बनेको माटो हो । नेपालको भावर,भित्री मधेश र चुरे पर्वतमा यस्तो माटो पाइन्छ । पानीको मात्रा कम हुनाले साल,सिसौं,खयर जस्ता कडा रुखहरू यो माटोमा सप्रन्छन ।
(ग) रातो फुस्रो माटोः
महाभारत पर्वतबाट टुक्रिइ खसेका चट्टानहरूमा सडेका पतिंगर मिसिएर बनेको माटो हो । फलफुल,चिया,आलु,मकै कोदो आदि फसलहरू यो माटोमा सप्रन्छन् ।
(घ) तलैया माटोः
बषौं देखि बिभिन्न किसिमका झारपाता र हिलो कुहिएर बनेको माटो जुन ताल सुकेर बनेको हुन्छ ।काठमाण्डौ उपत्यका,पोखरा उपत्यकामा यस्तो माटो पाइन्छ । अन्नवालिका लागि यो माटो उपयुक्त मानिन्छ ।
(ङ) हिमानी माटोः
हिमनदीले बगाइ ल्याएर थुपारेको बालुवा,कंकड र पत्थर मिश्रीत माटो जुन हिमालको फेदिमा पाइन्छ भने त्यसलाई हिमानी माटो भनिन्छ ।

हावापानी : किसिम र विशेषता

हावापानीको आधारमा नेपालको वर्गीकरण 

फरक–फरक उचाई र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक नेपालमा पनि विविध प्रकारको हावापानी पाइन्छ । यसलाई निम्न अनुसार ५ प्रकारमा वर्गीकरण गर्ने गरिएको छः 

क) उष्ण मनसुनी हावापानी समुन्द्री सतहको १२०० मिटर सम्मको उचाईमा, 

ख) न्यानो समशीतोष्ण हावापानी — १२००—२१०० मिटर सम्म , 

ग) ठण्डा समशीतोष्ण हावापानी — २१००—३३०० मिटर सम्म, 

घ) लेकाली हावापानी — ३३०० —५००० मिटर सम्म, 

ङ) हिमाली हावापानी — ५००० मिटर देखि माथि ।


क) उष्ण मनसुनी हावापानी :

  • समुद्र सतहदेखि करिब १२०० मिटर(४०००फिट) उचाईसम्मका क्षेत्रहरु तराई, भावर, दुन र चुरे पर्वतको फेदतिर पाइने हावापानीलाई उष्ण हावापानी क्षेत्र भनिन्छ । 
  • यस क्षेत्रको सरदर तपक्रम १५—४० डिग्री से. सम्म हुन्छ भने शीतकालमा १५—५ डिग्री सम्म ओर्लिन्छ । 
  • अन्य क्षेत्रको तुलनामा यहाँ अत्याधिक गर्मी हुन्छ, जसमा बर्दिया, नेपालगन्ज, कैलाली, भैरहवा, बिराटनगर, बुटबल जस्ता ठाउँहरु पर्दछन् । 
  • वर्षा ऋतुमा यहाँ सरदर २०० सेन्टिमिटर (१३००—२६०० मिलिमिटर) सम्म वर्षा हुन्छ भने गृष्म ऋतुमा तातो हावा (लु) बहन्छ । 
  • जाडोमा अति जाडो र गर्मीमा अति गर्मी हुने हुँदा स्वास्थ्यका लागि उपयोगी नभएपनि कृषि कार्य (विशेषत: धान र जुट) का लागि उपयोगी मानिन्छ । 

ख) न्यानो समशीतोष्ण हावापानी :


  • चुरे पहाड र माहाभारत पर्वतको १२०० मिटरदेखि २१०० मिटरसम्मको उचाईमा पाइने हावापानीलाई न्यानो समशीतोष्ण हावापानी भनिन्छ । 
  • यस क्षेत्रमा गृष्म ऋतुमा न्यानो हुन्छ भने हिउँदमा निकै जाडो हुन्छ । 
  • गृष्म ऋतुमा तापक्रम २४—३० डिग्री से.सम्म पुग्दछ भने हिउँदमा ० डिग्री से. सम्म ओर्लिन्छ । 
  • गर्मीमा यस क्षेत्रमा १२५ सेन्टिमिटर सम्म बर्षा हुन्छ । वर्षा दक्षिणबाट उत्तरतर्फ क्रमश: कम हुदै जान्छ । 

ग) ठण्डा समशितोष्ण हावापानी :


  • महाभारत पर्वतको उच्च भाग र हिमालको तल्लो भागमा २१००—३३०० मिटर सम्मको उचाइमा ठण्डा समशितोष्ण हावापानी पाइन्छ । 
  • यस क्षेत्रमा तापक्रम गर्मिमा १५—२० डिग्री सेल्सियस र जाडोमा ० डिग्री से. भन्दा तल हुन्छ । गर्मीमा वर्षा १०० सेन्टिमिटरसम्म हुन्छ भने हिउदमा हिउँ वर्षिन्छ । 
  • न्यून तापक्रम र न्यून वर्षाको कारणले यहाँ खेतिपाति अत्यन्तै कम हुन्छ र जीवन कष्टकर भए पनि स्वास्थ्यको दृष्टिले यस्तो हावापानी उपयुक्त मानिन्छ । 


घ) लेकाली हावापानी :


  • ३३०० मिटरदेखि ५००० मिटर उचाईसम्मको हिमाली क्षेत्रको शुष्क ठण्डा हावापानीलाई लेकाली हावापानी भनिन्छ ।
  • यो क्षेत्रमा गर्मीमा १०—१५ डिग्री से. सम्म तापक्रम पाइन्छ भने जाडोमा ० डिग्री सेल्सियम भन्दा तल पुग्दछ। 
  • यहाँ वर्षा वर्षभरिमा करिब ४० सेन्टिमिटरसम्म हुन्छ । 
  • यस्तो हावापानी भएको क्षेत्रमा खेतिपाति हुँदैन तर पशुपालनका लागि राम्रो मानिन्छ । 

ङ) हिमाली वा टुन्ड्रा हावापानी

  • समुन्द्र सतहबाट ५००० मिटरभन्दा माथिको उचाईमा रहेको उच्च हिमाली क्षेत्रमा पाइने हावापानीलाई टुण्ड्राको हावापानी भनिन्छ ।
  • यहाँको तापक्रम ० डिग्री सेल्सियस भन्दा कम हुन्छ भने वर्षाको रुपमा हिउँ नै वर्षिन्छ । 
  • यहाँ मध्यान्हपछि हिउँको भीषण हुरी चल्दछ । 
  • यहाँको हावापानीलाई हिमाली मरुभुमि जलवायु पनि भनिन्छ । 

ऋतु परिवर्तनका कारणहरु 

(१) पृथ्वी गोलाकार हुनु,

(२) पृथ्वीको अक्ष साढे ६६ डिग्रीको कोणमा ढल्कनु,

(३) पृथ्वीले सूर्यको परिक्रमा गर्नु,

(४) पृथ्वीको कक्ष अन्डाकार हुनु,

(५) पृथ्वीको अक्ष सधै एकनास रुपमा ढल्कनु

हावापानीको आधारमा ऋतहरुको विभाजन 

१) चैत्र, बैशाख वसन्त ऋतु पालुवा पलाउने, रमाईलो वातावरण

२) जेठ, असार ग्रीष्म ऋतु अत्यन्त गर्मि हुने

३) साउन, भदौ वर्षा ऋतु अत्यधिक वर्षा हुने 

४) असोज, कार्तिक शरद ऋतु अनुकुल वातावरण 

५) मंसिर, पुस हेमन्त ऋतु ठन्डा वा चिसोको अनुभव 

६) माघ, फागुन शिशिर ऋतु हिँउ पर्ने बढी जाडो हुने 



मौसम र जलवायुमा के फरक छ त जानि राखौ !! 

कुनै स्थानको हावापानीको औषत अवस्थालाई जलवायु भनिन्छ भने दैनिक रुपमा बदलाव आउने घाम, पानी, बादल, हुरीबतास, कुहिरोको अवस्थालाई मौसम भनिन्छ । मौसम अस्थिर प्रकृतिको हावापानीको अवस्था हो भने जलवायु मौसमको कूल अवस्था हो ।

नेपालको हावापानीलाई असर पार्ने मुख्य तत्वहरु:


— समुन्द्री सतहदेखिको उचाई

— अक्षांशीय अवस्थिती

— जमिनको अवस्थिती

— सामुन्द्रिक दुरी

— वन क्षेत्रको क्षेत्रफल



         वृष्टि छायाँ

वृष्टि हुँदाका बखत सो बाट उत्पन्न छायाँलाई वृष्टि छाँया भनिन्छ । यो आद्रतायुक्त वायु वहँदा उच्च हिमाली तथा पहाडी भेगमा ठोक्किन गई एकातिर वर्षा हुने विपरित क्षेत्रमा सुख्खा रहने अवस्था हो । जस्तै वंगालको खाडिबाट आउने वायु नेपालका उच्च हिमालमा ठोक्किन जाँदा मनाङ्ग र मुस्ताङ्गमा सुख्खा रहँदा दक्षिणी भेगमा वर्षा हुनु ।


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment