परिक्षामा प्रश्नहरुको उत्तर लेख्दा ध्यान दिनु पर्ने कुराहरु.... !!


  • प्रश्नको अन्तमा सोधिने शव्द प्रश्नको शाव्दीक अर्थ (उत्तर लेख्दा लेख्नु पर्ने खास खास कुराहरु ।)
  • परिचय दिनुहोस          राम्ररी चिन्ने जान्ने काम, चिना पर्चि, वटुल वाटुल, सँगालो राम्ररी चयन गर्ने काम
  • विवेचना गर्नुहोस          कुनै विषय, विचार आदिको गहिराइसम्म पुगेर त्यसको समिक्षा गरिने काम; व्याख्या समिक्षा, ध्यान विचार, अशल खराव को पूरा पारख गर्ने काम, SWOT Analysis
  • चर्चा परिचर्चा          खासखास विषय वारेको छलफल, चिरफार विश्लेषण
  • दृष्टिकोण           जुनसुकै विषय वस्तुमा पनि आफ्नै खालको ढंगले हेर्ने र सोच्ने ढंग, स्वतन्त्र मत वा विचार, हेराई
  • सुझाव          राय, सल्लाह, प्रस्ताव, अनुरोध, संझना स्वीकृती योग्य कुरा
  • तर्कपूर्ण          छलफल बहस, वकालत, विवादलाई आफ्नो पुष्टयाइ सहित
  • अभिव्यक्ति          स्पष्टीकरण, विषयवस्तुको अनुभव, स्पष्ट गर्ने कला, मनको कुरा
  • विश्लेषण          एउटै भएर रहेको कुरालाई अलग अलग तुल्याउने काम, साहित्यमा व्याख्या रचनामा व्याकरण प्रयोग भाव आदिको केलाउने काम के किन कारण
  • टिप्पणी          रचना कार्य क्रिया व्यवहार आदिको .... कुराको बुँदा बुँदामा समीक्षा गर्नु टिपोट
  • अन्र्तसम्बन्ध          गहिरो नाता, भित्री नाता जोड्ने, एक अर्काको कार्यमा आपसी सम्बन्ध
  • समालोचक           रचना विषय वस्तु, व्यवहार आदिमा राम्रा नराम्रा पक्षको तटस्थरुपले मूल्यांकन गर्ने व्यक्ति, टिका टिप्पणी गर्ने, गुण दोष देखाउन
  • रुपरेखा          गराइने कामकाजको पूर्वानुमान, पूर्व योजना अग्रिम खाका, लेख आदिको मस्यौदा, खेस्रा
  • मौलिक           धारणा मूलभूत, मूख्य, प्रधान, अर्काको आधार नलिएको, नविन श्रृजनात्मक विचार
  • स्पष्ट         प्रष्ट, छर्लङ्ग, शुद्ध सफा यथार्थ, प्रकट, वास्तविक व्यक्त
  • व्याख्या          कुनै कार्य, घटना, दृश्य, विचार आदिको विस्तारमा गरिएको वर्णन, कुनै कुराको अर्थ वा भाव स्पष्ट पार्ने विवरण
  • जानकारी         सूचना, संकेत, पत्तो, थाहा ज्ञान
  • समीक्षा          निस्पक्ष, विवेचना, समालोचना, अन्वेषण, नियालार्इ, कुनै कृति, लेख, विचार आदिको अध्ययन गरेर मूल्याङ्कन गर्ने काम, घटना, परिस्थितिको निष्पक्ष छानबिन वा अनुसन्धान गर्ने काम
  • धारणा          स्वीकार भाव, प्रभाव, जुनसुकै एउटा वस्तु वारेको मानसिक केन्द्रीत शक्ति
  • वर्णन         कुनै विषय, वस्तु, घटना आदिको रूप, गुण, प्रक्रिया आदिबारे जस्ताको तस्तै भन्ने काम वा त्यसरी भनिएको कुराको बयान
  • पहिचान         चिनजान, परिचय, महत्व,जाँचवुझ
  • विशेषता         विलक्षणता, प्रकृती, स्वभाव
  • उत्प्रेरणा         भित्री प्रेरणा, भित्री जोश, अभिप्रेरणा, उमंग, आत्मिक ईच्छा समेतको जोश
  • पूरक         आत्मा अनुसन्धान गर्ने वानी वा अभ्यास, परिपूर्ण सम्पूर्ण गराउने पूरा गराउने अर्थ दिने
  • प्रकृत्ति         झुकाउ, तत्परता, संलग्नता, मनको लगन आनीवानी, आचार विचार, वृतान्त वार्ता, समाचार
  • सुनिश्चित          राम्ररी निधो नगरेको, पक्का अठोट भएको
  • मूल्यांकन         प्रस्टाउनु, स्पष्ट गरिनु, छल्यांग पारिन
  • समालोचना         समालोचन, गुण दोष केलायर हेर्ने काम, गुण दोषको वस्तुगत विवेचना, टिका टिप्पणी
  • रचना          विषय वस्तु, व्यवहार आदिमा राम्रा नराम्रा पत्रको तटस्थ रुपले मूल्यांकन गर्ने कार्य
  • उल्लेख          लेख्ने काम, विचार, मत वर्णन, धेरै किसिमको लेखवाट धेरैले एउटाको वा एउटाले धेरै किसिमले धेरैको वर्णन गर्दा पर्ने एक  अर्थ, उच्चारणमा ल्याउनु, प्रशंगमा ल्याउनु, वर्णनयोग्य, वर्णनीय प्रसंगमा
  • मूल्यांकन          कुनै पनि चिज वा व्यक्तित्व, गुण वा कामकाजको सहिमोल, महत्व बुझ्ने, सोच्ने आक्ने र तोक्ने काम, भाउ राख्ने काम, विशेषता महत्व, कार्य योग्यता, क्षमता, विशिष्ठता आदिको तुलनात्मक अध्ययन
  • टिप्पणी         कठोर र भित्री अर्थको व्याख्या, टीका, विशेष कुराको संझनोमा लेखिने सानो लेख, कुनै विषय, व्यक्तिका वारेमा प्रकट गरिने विचार समालोचना, कुनै कार्य वारेको प्रतिक्रिया समीक्षा जल्दो वल्दो सम्पादकको बिचार, विषयको ज्ञापन
  • उपाय         युक्ति, जुक्ति, प्रयास, यत्न, कोशिस, नजिकसम्म पुग्नु, भेटृाउन
  • प्रक्षेपण          थपेर जोड्नु, पठाउन ठिक पार्नु, निक्षेपण
  • प्रस्तुती         प्रस्तावना, प्रशंसा सभा आदिमा प्रस्ताव पेश गर्ने काम वा प्रक्रिया, उपस्थिती, तयारी
  • सिंहावलोकन         पूराना वा घटित विषयको समिक्षात्मक हेर विचार, साहित्यमा यथार्थ चर्चा गरिएको समालोचना
  • व्यवहारिक         व्यवहारमा चल्ने मिल्ने, व्यवहार सुहाउदो व्यवहार जाने बुझेको
  • वर्णन         वेलिविस्तार, वखत, वयान, विवरण, प्रशंसा, तारिफ रंग रोगन गर्ने काम
  • उपादेयता          उत्तम, उत्कुष्ठ, ग्राह्य, उपयुक्त, उपयोगी, कामलाग्दो हुनाको भाव वा स्थिति
  • दृष्टिकोण         जुनसुकै विषय वस्तुमा पनि आफ्नै खालको ढंगले हेर्ने र सोच्ने ढंग स्वतन्त्र मत वा विचार हेराई
  • अभिव्यक्ति          विषय वस्तुको अनुभव स्पष्ट पार्ने काम
  • मन्तव्य         सम्मति, राय, मनको विचार, कुनै सभा समिति प्रस्ताव, वक्तव्य, आशय उक्ति
  • प्रकाश          घाम, जुन, आगो, लुकिरहेको वस्तु प्रकट गर्ने काम
  • विधामा          विधि, विधान, कानून वा सर्वोच्च नियम, खास खास विचार, विधि व्यवहार, तरिका, शैली, क्रम, भाग, खण्ड आदि कुरामा
  • प्रभाव         :शक्ति, गुण वा असर, महिमा, महत्व, असर
  • कारक         काम गर्ने, कर्ता, मुख्य भएर वा प्रतिनिधिका रुपमा काम गर्ने, कारणी । प्रत्यक्ष सम्बन्ध स्पष्ट गर्न
  • पुष्टी          पुष्टी भाव, बृद्धि बद्धती, तर्क वा प्रमाण आदिद्वारा समर्थन गर्ने काम, समन्वय
  • कारण          उद्देश्य, मूल आधार, आधारित्व, मूल तत्व
  • संक्षेप          छोटकीमा, तात्पर्य मात्र 
  • वयान          वर्णन, विवरण, राम्रो कुरामा खुसी भएर गरिने वयान, विषयगत विवरण, वक्तव्य
  • राय         सैद्धान्तिक विचार, नियमपर्ण आशय, मत सम्मती, सुझाव, सल्लाह परामर्श
  • प्रकृति         गुण, स्वभाव, विशेषता
  • तर्कपूर्ण          छलफल बहस, वकालत, विवादलाई आफ्नो पुष्टयाइ सहित 

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment