समस्या समाधानमूलक प्रश्नोत्तरः- (शारीरिक शिक्षा)-छात्राहरूको सहभागिता !!

प्रश्नः-
शारीरिक शिक्षा विषयका प्रयोगात्मक पाठहरूको शिक्षण गर्दा छात्राहरूको सहभागिता न्यून भएको पाइन्छ । यसो हुनुका कारणहरू पहिचान गरी यस्ता पाठहरूमा प्रयोगात्मक अभ्यास गराउँदा छात्राहरूको सहभागिता बढाउने उपयुक्त उपायहरू उल्लेख गर्नुहोस् ।


उत्तरः‬-
शारीरिक शिक्षा शिक्षणमा सहभागिता एउटा प्रमुख भागको रूपमा आउँछ । विशेषगरी प्रयोगात्मक कक्षामा विद्यार्थीहरूले धेरै समय कार्यकलापमा नै बिताउनुपर्ने हुन्छ । शारीरिक शिक्षामा धेरैजसो कार्य वा सीपहरू छात्रछात्राहरूले आफै गरेर सिक्दछन् । त्यसैगरी शारीरिक शिक्षा शिक्षणसिकाइमा क्रियात्मक सीपको अभ्यास हुने भएकाले छात्रछात्राको सहभागितालाई प्रमुख रूपमा लिइन्छ । तापनि प्रयोगात्मक कक्षामा छात्रहरूको तुलनामा छात्राहरूको सहभागिता कम हुने गर्दछ । अतः शारीरिक शिक्षा विषयका प्रयोगात्मक पाठहरूको शिक्षण गर्दा छात्राहरूको सहभागिता न्यून हुनुका सम्भावित ‪‎कारणहरू‬ निम्नलिखित छन्:-
  •  छात्राहरूमा शारीरिकरूपले कमजोर छौँ भन्ने मानसिकता हुनु ।
  •  समाजमा महिलाहरूले पनि खेल खेल्नुपर्दछ भन्ने मान्यताको अभाव हुनु ।
  •  छात्राहरूकव व्यक्तिगत इच्छा, आवश्यकता, परिपक्वता, व्यक्तिगत भिन्नता आदिलाई ध्यान नदिई शिक्षण गर्नु ।
  •  परम्परागत शिक्षण विधिको प्रयोग गर्नु ।
  •  समयमा पृष्ठपोषण प्रदान नगर्नु ।
  •  परामर्श तथा निर्देशनको अभाव हुनु ।
  •  छात्राहरूले अभ्यासका लागि पर्याप्त समय नपाउनु ।
  •  उचित इनाम तथा पुरस्कारको व्यवस्था नहुनु ।
  •  पर्याप्त मात्रामा शिक्षण सामग्रीको व्यवस्था नहुनु ।
  •  शिक्षण सिकाइ क्रियाकलाप विद्यार्थी केन्द्रित र बालमैत्री नहुनु ।
  •  दक्ष तथा तालिमप्राप्त विषय शिक्षकको व्यवस्था नहुनु ।
  •  तालिमप्राप्त महिला शिक्षक/प्रशिक्षकको अभाव हुनु ।
  •  शारीरिक शिक्षाको पाठ्यक्रममा अनिश्चितता रहिरहनु ।
  •  अवैज्ञानिक परीक्षा प्रणालीको प्रयोग नहुनु ।
  •  निदानात्मक तथा निरन्तर मूल्याङ्कन प्रणाली नहुनु ।
  •  लैङ्गिक विभेद हुनु ।
शारीरिक शिक्षा विषयका प्रयोगात्मक पाठहरूको शिक्षण गर्दा छात्राहरूको सहभागिता बढाउन माथि उल्लिखित कारणहरूलाई ध्यानमा राखि निम्नलिखित उपायहरू‬ अपनाउन सकिन्छः-
  •  छात्राहरूले आफूहरू शारीरिकरूपमा कमजोर छौँ भन्ने मानसिकतालाई हटाएर प्रयोगात्मक कक्षामा सहभागी हुनुपर्दछ ।
  •  महिलाहरूले खेल खेल्नुहुँदैन भन्ने समाजमा विद्यमान मान्यतालाई निरुत्साहित गर्नुपर्दछ ।
  •  छात्राहरूको व्यक्तिगत इच्छा, आवश्यकता, परिपक्वता, व्यक्तिगत भिन्नता आदिलाई ध्यान दिई शिक्षण गर्नुपर्दछ ।
  •  विद्यार्थी केन्द्रित तथा आधुनिक शिक्षण विधिको प्रयोग गर्नुपर्दछ ।
  •  समयमा पृष्ठपोषण प्रदान गर्नुपर्दछ ।
  •  समय समयमा परामर्श तथा निर्देशन दिइनुपर्दछ ।
  •  उचित इनाम तथा पुरस्कारको व्यवस्था हुनुपर्दछ ।
  •  पर्याप्त मात्रामा शिक्षण सामग्रीको व्यवस्था गर्नुपर्दछ ।
  •  शिक्षणसिकाइ क्रियाकलाप विद्यार्थी केन्द्रित र बालमैत्री हुनुपर्दछ ।
  •  दक्ष तथा तालिमप्राप्त विषय शिक्षकको व्यवस्था हुनुपर्दछ ।
  •  तालिमप्राप्त महिला शिक्षकको व्यवस्था हुनुपर्दछ ।
  •  शारीरिक शिक्षाको पाठ्यक्रममा निश्चितता ल्याउनुपर्दछ ।
  •  परीक्षा प्रणालीमा एकरूपता हुनुपर्दछ ।
  •  निदानात्मक तथा निरन्तर मूल्याङ्कन प्रणाली लागू गर्नुपर्दछ ।
  •  छात्राहरूलाई पुनर्बलको व्यवस्था गर्नुपर्दछ । 



Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment