नेपालको ईतिहासमा भएका केहि घटनाहरु को चर्चा !!


प्रजा परिषद्

                                            राणविरोधी उद्देश्यले वि.स. १९९३ जेष्ठ २२ गते आमशाहल काठमाडौंमा टंकप्रसाद आचार्य, धर्मभक्त माथेमा, दशरथ चन्द, जीवनराम शर्मा, रामहरि शर्र्मा, आदिद्धारा नेपाल प्रजा परिषद्को स्थापना भएको थियो । निरंकुश राणशासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्थाको स्थापना गर्ने उेद्देश्यले गठन भएको यस संस्थाले लुकीलुकी राणविरोधी पर्चा छर्ने, भारतबाट प्रकाशित हुने ‘जनता’ र एडभान्स जस्ता पत्रिकामा लेखहरु छपाउने आदि कार्य गर्ने गथ्र्यो ।

यस अभियानमा पछि संस्थाका सदस्य रामजी जोशीले राणहरुसमक्ष पोल खोलेकाले यसका सदस्यहरु पक्रिए । चारजनालाई मृत्युदण्ड, तथा थुप्रैलार्य जन्मकैदको साथै सर्वस्वहरण गरियो । वि.स. १९९७ माघ १० गते राति शुक्रराजलाई टेकुमा झुण्ड्याएर उनको शरीरमा ‘सरकारको विरोध गर्नेको यस्तो हालत हुन्छ’ भनेर लेखिएको थियो । माघ १२ गते धर्मभक्तलाई सिफलमा झुण्ड्याइयो । माघ १४ गते गंगालाल र दरशथलार्य विष्णुमती भौचाखुसीमा गोली हानेर मारियो । टंकप्रसाद, रामहरि शर्मा ब्राह्मण भएकाले मृत्युदण्ड दिइएन । यसरी प्रजा परिषद उपर व्यापक दमन गरिएको थियो ।


दिल्ली सम्झौता

नेपालमा प्रजातन्त्र प्राप्तिका लागि नेपाली जनताले आफ्नो ज्यानको प्रवाह नगरी संघर्षमा लागि परेकाले राणहरु त्रसित भएर राजा त्रिभुवन, नेपाली काङ्ग्रेस र राणा सरकारका प्रतिनिधिहरुबीच दिल्लीमा एउटा सम्झौता भएको थियो । यसैलाई दिल्ली सम्झौता भनिन्छ । उक्त सम्झौताका शर्तहरु निम्नबमोजिम थिए ।

  •     श्री ५ त्रिभुवन नै राजा रहनेछन् उनी फर्कन नचाहेमा नायव राख्न पाउने छन् ।
  •     संविधान निर्माण समितिको गठन सन् १९५२ भित्रै गर्ने र यसले संविधान निर्माण गर्ने ।
  •     १४ सदस्यीय मन्त्रिमण्डल बनाउने जसमा राणा पक्षबाट ७ र लोकमतको प्रतिनिधित्व गर्ने सर्वसाधारणबाट ७ जना राख्ने ।
  •     सबै राजनीतिक बन्दीलाई आममाफी दिने ।


उखडा जाँच कमिशन

तत्कालीन बुटवल जिल्लाको भैरहवा र तौलिहवामा जमिन्दारहरुले जोताहा किसानहरु लाई चर्को दमन गरी दुःख दिएकाले भीमशमशेरले जमिन्दारी प्रथामा सुधार ल्याउन तेजशमशेरको नेतृत्वमा सन् १९३१ मा गठन गरेको कमिशन (आयोग) लाई नै उखडा जाँच कमिशन भनिन्छ । उखडा जाँच कमिशननको नामले चिनिने यो आयोग उनको शासनकालमा सफल हुन सकेन ।

महावीर स्कुल काण्ड

जुद्धशमशेरको पालामा भारतमा महात्मा गान्धीले राष्ट्रिय विद्यापीठहरुको स्थापना गरी जनचेतना फैलाउन गरेको प्रयासबाट प्रभावित भई केही उत्साही युवाहरुले वि.स.( १९९३ मा काठमाडौंमा महावीर स्कुलको स्थापना गरे । यसमा चिनियाँमान, फत्तेबहादुर, पूणनारायण, टंकविलास, सिद्धिचरणहरुले पढाउने थाले । जुद्धशमशेर लाई यो कुरा सह्य भएन र यस स्कुलका २८ जना शिक्षकहरु समातिए । चिनियाँमान र फत्तेबहादुरलाई आजीवन कारावास, पूर्णनारायण, चन्द्रमान र सिद्धिचरणलाई १२÷१२ वर्ष कैद र अरुलाई नगद जरिवाना गरियो । चिनियामानको जेलमानै मृत्यु भएको थियो । यसैलाई महावीर स्कुल काण्ड भनिन्छ ।


जयतु संस्कृतम्

वि.स. २००४ साल आषाढ १ गतेदेखि काठमाडौं तीनधारा पाठशालामा अध्यनरत करिब २०० विद्याथीहरुले पाठशालामा भूगोल, इतिहास, राजनीतिशास्त्र, अर्थशासन्त्र, अंग्रेजी आदि विषयहरु समावेश गरिनुपर्छ भनी हड्ताल सुरु गरेका थिए । संस्कृतविरोधी आन्दोलनको संज्ञा दिइ राणशासकहरुले उक्त आन्दोलनलाई दबाउने कोशिस गर्न थाले भने आन्दोलनकारीहरुले जयतु संस्कतम् भन्दै घरघरमा गई भिक्षा माग्न थाले । यसको नेतृत्व श्रीभद्र शर्मा, राजेश्वर दवकोटा, कमलराज रेग्मी, काशीनाथ गौतम, बलराम शर्मा, गोकर्णराज ास्त्री आदिे गरेका थिए । पद्मशमशेरले विद्यार्थीहरुको माग पूरा गर्ने घोषणा गरेपछि आन्दालन रोकिएको थियो । तर उनले माग परा नगरी आन्दालनकारीहरुलाई निष्कासन गरेका थिए । यो आन्दोलन मुख्यरुप्मा राणशासन विरुद्ध जनचेताना जगाउने कुरामै केन्द्रित थियो

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment