लोक सेवा आयोगको तयारी कक्षा सबैका लागी सबैतिरका केहि प्रश्न-उत्तरहरु !! भाग- तेर्ह !!


  • नेपालमा राष्ट्रिय गौरवका आयोजनाहरु कति छन् ?          २१ 
  •  छिमेकि राष्ट्र भारतले कहिले देखि लोकपाल विधेयक पारित गर्यो ?           २०१३ डिसेम्वर १७
  •  भारतका प्रथम गर्भनर को हुन ?          Warren Hastings (1732–1818)
  •  युरोपेलि समुदायमा पछिबाट सदस्यता पाउने मुलुकलाई के भनि चिनिन्छ ?          Outer six
  •  आसियानमा विश्वको कूल जनसंख्याको कति प्रतिशत जनसंख्या रहेको छ ?           ८.८ प्रतिशत
  •  BIMSTEC को तेस्रो कहिले र कहाँ सम्पन्न भएको थियो ?           २०१४ मार्च १-४ मा म्यान्मारमा
  •  काठमाडौको हावापानीलाई कुन वर्गमा राखिन्छ ?          समशितोष्ण
  •  दोस्रो संविधान सभाको निर्वाचनमा समलिगी मतदाता कति रहेका थिए ?           १५५
  •  माल्दिभसका नयाँ राष्ट्रपतिको नाम के हो ?           अब्दुल यहमी 2013-11-16
  •  दोस्रो संविधान सभामा प्रत्यक्ष तर्फ कति जना महिला सभासद विजय भएका छन् ?          १०
  •  बाबुले लेखेर छोराले पुरा गरेको विश्व प्रसिद्ध कृति कुन हो ?          कादमबरी
  •  सबै भन्दा बढी क्षेत्रफल भएको औद्योगिक क्षेत्र हेटौडा हो भने कम क्षेत्रफल भएको औद्योगिक क्षेत्र कुन हो ?          धनकुटा
  •  नेपालमा रहेको सार्क क्षेत्र कै नमुना गाउँ कुन हो ?           लम्जुंगको घले गाउँ
  •  गायत्री मन्त्रमा कुन देवताको प्रशंसा गरिएको छ ?          सूर्य
  •  सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?           बैतडी (नासु २०६९)
  •  नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ?          सेन्सस गोश्वारा (नासु २०७०)

  •  नेपालमा सर्बप्रथम कुन बंशका राजाहरुले राज्य गरेका थिये ?           गोपाल (नासु २०६९)
  •  राणाकालमा नेपाललाइ कति भागमा बिभाजन गरिएको थियो ?           ३५ जिल्ला (खरिदार २०६८)
  •  नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ?           २०६४ चैत्र २८ (खरिदार २०७०)
  •  लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ?          अ्मात्य (खरिदार २०६८)
  •  राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ?          श्री ३ को कार्यलय (खरिदार २०६८)
  • सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ?          क्रीतिनिधी बिष्ट (खरिदार २०६८)
  •  नेपालमा बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ?          लोकतन्त्र दिबस (खरिदार २०६८)
  •  कसको हत्याको कारण कोतपर्ब भएको थियो ?          गगनसिंह (खरिदार २०६८)
  •  नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ?          २०६३ मंसिर ०५ (खरिदार २०६८)
  • नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ?          २००८ माघ २१ (खरिदार २०६९)
  •  रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ?          नरेन्द्रदेव (खरिदार २०६९)
  •  नेपालमा सर्ब प्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ?          महिन्द्र मल्ल (खरिदार २०६९)
  •  नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ?           २०३७ बैशाख २० ( नासु २०७१)
  •  गोपाल भन्नाले केलाई बुझाउछ ?           गाईपालक समुदायलाई
  •  नेपालमा सर्वप्रथम राज्य चलाउने गोपालहरु कुन वंशका थिए ?           गुप्तवंशी
  •  गोपालहरुको राजधानी कहाँ थियो ?           किर्तिपुरको दक्षिणी मातातिर्थ
  •  गोपालहरुले कति बर्ष राज्य चलाएको थिए ?          ५२१ वर्ष
  •  नेपालमा प्राप्त सबैभन्दा पुरानो वंशावली कुन हो ?          गोपालराज वंशावली
  •  गोपालवंशी राजाहरु नि:सन्तान हुँदा नेपालको सत्ता कसको हातमा पुग्यो ?          आभिर(महिषपाल)
  •  सिम्रौनगढ र जनकपुरबीचको भुमिमा भैसी पाल्ने भएकोले आभिरहरुलाई के भनिन्छ ?          महिषपाल
  •  आभिरवंशहरुले कति वर्ष शासन गरेका थिए ?          १११ वर्ष
  •  किराँतहरुको मुलथलो कहाँ हो ?          पुर्वी पहाडको तामाकोशी र दुधकोशिको किनार
  •  किराँति राजा हुमतिले महाभारत युद्दमा कसको साथ दिएको मानिन्छ ?          कौरवहरुको
  •  गौतम बुद्द कसको पालामा नेपाल आएका थिए ?           सातौं किराती राजा जितेदास्तिको पालामा
  •  अन्तिम किराँति राज को हुन ?           गस्ती
  •  प्रथम सोमवंशि राजा को थिए ?          निमिष
  •  सोमवंशीहरुले कुन ठाँउमा केन्द्र बनाई राज्री गरेका थिए ?           गोदावारी
  •  अन्तिम सोमवंशि राजा को हुन ?          भाष्कर वर्मा
  •  लिच्छविहरु को थिए ?          भारतको वैशालिबाट आएका सुर्यवंशि क्षेत्रीयहरु
  •  प्रथम राजा ?           जयदेव प्रथम
  •  अन्तिम राजा ?            जयकामदेव
  •  लिच्छविकालमा कसलाई के भनिन्थियो ?
  1.  महासवर्दण्डनायक            प्रधानन्यायाधिश
  2.  आमत्य            मन्त्री
  3.  महाबलाध्यक्ष            सेना प्रमुख
  4.  बलाध्यक्ष            राजदरबारको सर्वच्चो अधिकारी
  5.  वणिक            साधरण व्यापारी
  6.  प्रसादाधिकृत            कार्यलय प्रमुख
  7.  भट            सेना- सिपाहि
  •  लिच्छविकालमा ललितपुरलाई के भनिन्थियो ?           युपग्राम
  •  लिच्छविकालमा कुन लिपि प्रचलमा थियो ?           गुप्त लिपि
  •  लिच्छविकालमा एक जातिले अर्को जातीसँग बिहे गरेमा के लाग्थ्यो ?           वर्णशंकर
  •  लिच्छविकालमा वस्तुको तौल लिन के को प्रयोग गरिन्थियो ?          तुलादण्ड
  •  नेपाल सम्वत कुन राजाको पालादेखी प्रचलनमा आएको हो ?           राघवदेव
  •  लिच्छविकालिन अभिलेखहरु कुन भाषामा लेखिएका छन ?           संस्कृत
  •  जयस्थिती मल्लले कति वर्ष शासन चलाएका थिए ?          १४ वर्ष
  •  नेपाललाई ४ वर्ण ३६ जातमा कायम गर्ने राजा को हुन ?          जयस्थिती मल्ल
  •  प्रताम मल्लले कति बर्ष शासन गरे ?          ३३ वर्ष
  •  रानिपोखरिको निर्माण कसले गरेका हुन ?           प्रताप मल्ल
  •  हनुमानढोकामा १५ भाषामा लेखिएको शिलालेख कसको पालाको हो ?          प्रताम मल्ल
  •  कुमारिको रथ तान्ने चलन कसले चलाएका हुन ?           जयप्रकाश मल्ल
  •  सुनको मुद्रा प्रयोग ल्याउने राजा को हुन ?          जयप्रकाश मल्ल
  •  सिद्दिनरसींह मल्लले कति वर्ष शासन गरेका थिए ?          ५२ वर्ष
  •  पाटनको २१ गजुर भएको कृष्ण मन्दिर कसले बनाएका हुन ?          सिद्दिनरसींह मल्ल
  •  ज्योतिष बस्न मणिमण्डप बनाउने राजा को हुन ?          योगेनरेन्द्र मल्ल
  •  चाँगु जानुअघी योगनरेन्द्र मल्लले मन्त्रीलाई के भनेको थिए ?          जबसम्म मेरो शालिकबाट चरो उड्दैन तबसम्म मलाई जीवित सम्झनु
  •  नेपाल दक्षिण एसियामा अवस्थित एक भूपरिवेष्ठित मुलुक हो ।
  •  यो समुद्र सतह देखि करीब ११२७ कि.मि. टाढा छ ।
  •  यो एसियाका दुई विशाल मुलुकहरु भारत र चीनको बीचमा पर्दछ ।
  •  नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि. अर्थात ५६,८२७ वर्गमील छ ।
  •  नेपालको पूर्व–पश्चिम लम्बाइ ८८५ कि.मि. र उत्तर दक्षिण चौडाइ सरदर १९३ कि.मि. छ ।
  •  नेपाल २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ ।
  •  नेपालले विश्वको कुल भूभागको ०.०३ प्रतिशत र एसिया महादेशको ०.३ प्रतिशत भाग ओगटेको छ ।
  • यसको दक्षिणमा भारतको विहार राज्य, पश्चिममा भारतको उत्तराखण्ड राज्य, पूर्वमा पश्चिम बङ्गाल र उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ ।
  •  नेपालको प्रमाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानिएको छ ।
  • नेपालको समय ग्रीनबीच मानक समयभन्दा ५ घण्टा ४५ मिनेट छिटो छ । यो समय वि.सं. २०४२ साल वैशाख १ गतेदेखि लागू गरिएको हो ।
  • विश्वका ८,००० मिटरभन्दा उच्च १४ चुचुराहरुमध्ये नेपालमा ८ वटा पर्छन् । ६,००० मिटर र सोभन्दा अग्ला चुचुराहरू १,३०० भन्दा बढी छन् । मुस्ताङ इलाकामा मात्र ६,००० मिटरका लगभग ३०१ चुचुराहरु रहेका छन् ।
  • नेपालमा हिमालयका साथसाथै कोशी, गण्डकी, कर्णालीजस्ता महानदीहरु र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरु छन् । भू–स्वरूपको भिन्नताले जलवायु र मौसमको अत्यधिक विभिन्नताले गर्दा उष्ण (Tropical), उर्धोष्ण (Mesontermal), सूक्ष्म तापीय (Micro thermal), टाइग्रा र तुन्द्रा प्रकारका जलवायु ११. नेपालमा हिमालयका साथसाथै कोशी, गण्डकी, कर्णालीजस्ता महानदीहरु र रारा, फेवा, गोसाइँकुण्डजस्ता सुन्दर तालहरु छन् । भू–स्वरूपको भिन्नताले जलवायु र मौसमको अत्यधिक विभिन्नताले गर्दा उष्ण (Tropical), उर्धोष्ण (Mesontermal), सूक्ष्म तापीय (Micro thermal), टाइग्रा र तुन्द्रा प्रकारका जलवायु छन् ।
  • नेपालको भौतिक स्वरुपमा उचाइगत विविधताले भौगोलिक विभिन्नताको अवस्था सिर्जना गरेको छ । विश्व मानचित्रमा नेपाल सगरमाथाको देश, गौतम बुद्धको जन्मस्थल लुम्बिनीको देश, तेश्रो ध्रुबको देश तथा विशिष्ट झण्डाको देशको रुपमा समेत परिचित छ

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment