कम्पुटरको परिचय
कम्प्युटर एउटा प्रोग्रामेबल यन्त्र हो। कम्यप्युटर शब्द ल्याटिन शब्द "Computare" बाट आएको हो । जस्को अर्थ "गणना गर्नु" हो । यन्त्रको बनावट लगातार र स्वचालित भई गणितिय अथवा तार्क्रिक क्रमाङ्कहरूको कार्य पुरा गर्ने हुन्छ। निश्चित निर्देशनअनुसार कार्य सम्पादन गरि नतिजा प्रस्तुत गर्ने मानव निर्मित यन्त्रलाई कम्प्युटर भनिन्छ । जुन एउटा विधुतीय साधन हो । अाज भन्दा करिब 60/70 बर्ष पहिले हिसाब गर्ने यन्त्रलाई कम्प्युटर भन्न थालिएको थियो । सुरु सुरुमा कम्प्युटर भन्नाले एउटा साधारण हिसाब गर्ने विधुतीय यन्त्र भन्ने बुझिन्थ्याे। तर अाज कम्प्युटर जुनसुकै पनि कार्य गर्न सक्ने शक्तिशाली साधन बन्न् पुगेको छ। विकासकाे लागि हरेक क्षेत्रमा कम्प्युटरकाे प्रयाेग हुन थालेको छ। कुनै पनि क्रमांकको कार्यलाई चाहे जति परिवर्तन गरेर कम्प्युटरलाई एक भन्दा धेरै समस्याहरू समाधान गर्न प्रयोग गर्न सकिन्छ।
विशेष गरि कम्प्युटर दुई ओटा तत्वहरु मिलेर बनेको हुन्छ । ती हुन् कम्प्युटर हाडवेर र कम्प्युटर सफ्टवेर । यि दुई बिच निकै घनिष्ठ सम्बन्ध रहेको हुन्छ । हाडवेर विना सफ्टवेरले केही काम गर्न सक्दैन र सफ्टवेर विना पनि हाडवेरले केही कार्य सञ्चालन गर्न सक्दैन । यि दुवै हाडवेर र सफ्टवेरको पुर्ण मिलन भएपछी मात्र कम्प्युटरले कार्य सञ्चालन गर्न सक्छ । त्यसैले यि दुई तत्वहरूलाई एकै सिक्काको दुई पाटोको रूपमा वर्णन गर्न सकिन्छ ।
सामान्यत: कम्प्युटरमा हुने एक प्रकारको मेमोरिमा तथ्याङ्क भन्डारण गरिन्छ, कुनै एक वस्तुले गणितिय तथा तार्क्रिक कार्य गर्दछ भने अर्को क्रमांक तथा नियन्त्रण वस्तुले कार्यहरूको श्रेणि जानकारिको भन्डारणको आधारमा परिवर्तन गर्दछ। यसमा हुने पेरिफेरल साधनहरूले जानकारिलाई बाहिरि स्रोतबाट भित्र्याउनुका साथै परिणामलाई बाहिर श्रोता समक्ष पुर्याउँछन्।
कम्प्युटरको प्रोसेसिङ विभागले जानकारिहरूको पंक्ति सम्पादन गरेर तथ्याङ्क पठ्ने, निर्वाहित गर्ने तथा भन्डारण गर्ने गर्दछ। निर्णायक जानकारिले क्रमांकिक जानकारिलाई यन्त्रको अथवा वातावरणको हालको अवस्थाको क्रित्यका आधारमा परिवर्तन गर्छ।
पहिलो विध्युतिय कम्प्युटरहरू २०औं शताब्दिको मध्य (सन् १९४०-१९४५) मा विकसित भएका हुन्। मौलिक रूपमा, तिनिहरू ठुला कोठाको जत्रो नाप भएका र विध्युतिय खपत हजारौं आधुनिक कम्प्युटरहरूले जति गर्ने खालका थिए।
आधुनिक कम्प्युटरहरू ईन्टिग्रेटेड सर्किट्स प्रविधिका आधारमा बन्ने भएकाले यिनिहरू पहिलेका यन्त्रभन्दा लाखौं-करोणौं गुना बडि क्षमतावान् र नाप मात्र केही अंशका हुन्छन् । सामान्य कम्प्युटरहरू प्रशस्तै सानो हुने हुँदा यिनिहरू मोबाईल साधनमा सजिलै अटाउँछन्, मोबाईल कम्प्युटरलाई विध्युतिय पावर साना ब्याट्रिबाट सजिलै उपलब्ध गराउन सकिन्छ। पर्सनल् कम्प्युटरहरू आफ्नो अनेकौँ रूपमा ईन्फर्मेसन् युगका मर्तिहुनुका साथै धेरै मानिसले सोच्ने गरेका 'कम्प्युटर्स्' हुन्। अन्तत: ईम्बेडेड कम्प्युटरहरू धेरै खाले उपकरणहरू एम पि थ्रि प्लयेर्स् देखि आधुनिक युध्द विमान र खेलौना देखि उध्योग यन्त्रमानव सम्म प्रचुर मात्रामा प्रयोग गरिन्छ।
कम्प्युटरको इतिहास
कम्प्युटर भन्ने शब्दको पहिलो उच्चारण सन् १६१३ मा भएको तथ्याङ्क छ, जुन शब्दले हिसाब र गणना गर्ने ब्यक्तिलाई २० औँ शताब्दिको मध्य सम्म पनि जनाईन्थ्यो। १९औँ शताब्दिको अन्त्यदेखि चाहिँ, सो शब्द आफ्नो वास्तविक अर्थमा प्रयोग गर्न थालियो, जसले गणाना गर्ने यन्त्र भनेर जनाउथ्यो। सन् १६१४ मा जाेन नेपियर्सले नेपियर बाेनकाे अविष्कार गरे । त्यसैगरी १६२० विलियम अाउटर्डले स्लाईड रूलकाे अविष्कार गरे । जुन जाेड घटाउ गर्न सक्थ्याे । १६४२ मा ब्लेज पास्कलले पास्कलाईन काे अविष्कार गरे । सन १८२२ मा चालर्स बेवेजले डिफरेन्स इन्जीनकाे निमार्ण गरे । त्यस्तै १८३३ मा एनालाईटिकल इन्जीन पनि बनाए । उनकाे याे इन्जीनमा स्टाेर काेे सिद्दान्त प्रयाेग भएकाले चालर्स बेबेलाई कम्प्युटरकाे पिता पनि भनिन्छ । पहीलाे इलेक्ट्र्राेनिक कम्प्युटर जेट वान (Z1)हाे । जसकाे निमार्ण काेनर्ड जुस हुन ।
कम्प्युटरका अविष्कारक
चालर्स बेबेजलाईर कम्प्युटरका पिता भनिन्छ । नयाँ इलेक्ट्राेनिक डिजिटल कम्प्युटरका अविष्कारक अलान मेथिजन ट्युरीङ(Alan methison turing)हुन । उनी इङल्यान्डका बैज्ञानिक थिए । उनले नै अटाेमेटिक कम्प्युटिङ इन्जीन काे अविष्कार गर्न सहयाेग पुर्याए ।
कम्प्युटरका केहि रोचक कुरा
- सन् १९४६, ENIAC लाई १७४ kW पावर लाग्थ्यो। येसको तुलनामा हेर्दा, एउटा आधुनिक ल्याप्ट्प कम्प्युटरले लगभग ३० W; पावर खपत् गर्छ, झन्डै ६ हजार गुणा कम।
- पुरातात्विक कम्प्युटरहरू जस्तै: कोलोस्स् र ENIAC ले ५ देखि १०० बिचका कार्यको एक सेकेन्डमा रिति पुरा गर्थे। एक आधुनिक "सामाग्रि" माईक्रोप्रोसेसर (सन् २००७ सम्ममा) ले करोडौँ कार्यको एक सेकेन्डमा रिति पुरा गर्छ, र धेरै जसा कार्यहरू पुरतात्विक कार्यभन्दा अप्ठ्यारा र फाईदाजनक छन्
कार्यालय व्यवस्थापनामा कम्प्यूटर प्रणालीको आवश्यकता र महत्व
संकलन गरेका कच्चा सूचना तथा तथ्यांकको प्रवेश गराई प्रशोधनमार्फत उत्पादन गरी सोको व्यवस्थित भण्डारण ( Input, Processing, Output, Store) गर्ने विद्युतीय उपकरणलाई कम्प्यूटर प्रणाली भनिन्छ । नेपालीमा यसलाई सुसाङ्ख्य भनिन्छ । कार्यालयको काम कारवाहीलाई छिटो छरितो बनाउन‚ सेवा प्रवाहमा गुणस्तर बढाउन‚ Paperless Office को अवधारणा लागू गर्न तथा कार्यालयलाई आधुनिक बनाउन समेत यसले सहयोग गर्दछ । कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्यकता र महत्व सेवा प्रदान गर्ने स्थान कार्यालय हो ।कार्यालयको निश्चित उद्देश्य हुन्छ । उही उद्देश्य प्राप्ति गर्न कार्यालयले योजना तर्जुमा गर्ने ‚ संगठन गर्ने‚ समन्वय गर्ने‚ नियन्त्रण गर्ने‚ साधन स्रोतको परिचालन गर्ने गर्दछ । कार्यालयले गर्ने उपरोक्त कार्य कार्यालय व्यवस्थापन हो ।कार्यालय व्यवस्थापनले गर्ने यस सूचना र तथ्यांकको आवश्यकता पर्दछ । त्यही सूचना र तथ्याङकको संकलन‚ प्रशोधन‚ उत्पादन एवं भण्डारणको कार्य कम्प्यूटर प्रणालीले गर्दछ । समग्रमा कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्कता र महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।
- कार्यालयको नीति निर्माण‚ योजना तर्जुमा एवं निर्णय गर्नका लागि भरपर्दो सूचना उपलब्ध गराउन‚
- कार्यालको काम कारवाहीलाई पारदर्शी एवं आवश्यकता अनुसार गोपनियता कायम गर्न‚
- अभिलेख कार्यलाई थप व्यवस्थित बनाउन‚
- भविष्यमा खोजेको बखत तुरुन्तै पाउने गरी Document सुरक्षित राख्न‚
- आवश्यक परेको समयमा प्रमाणको रुपमा कागजात जुटाउन‚
- कार्यालयमा सूचना सजिलै उपलब्ध गराउन‚
- खोजेको समयमा कागजात सजिलै प्राप्त गरी समय‚ श्रम र साधन स्रोतको वचत गर्न‚
- नयाँ कर्मचारीलाई कार्य गर्न सजिलो बनाउन‚
- कार्यालयको कुशल व्यवस्थापन गर्ने कार्यमा मद्दत गर्न‚
- कार्यालयको समग्र प्रगति प्रतिवदेन बनाउने कार्यलाई व्यवस्थित गर्न‚ आदि । -
Thank you Google
ReplyDeleteVery Useful
ReplyDelete