शिक्षक तयारीका लागी केही वस्तुगत प्रश्न उत्तरहरु (भाग - एक ) !!




१) खुला विश्व विद्यालयको प्रारम्भ कहिले र कहाँ बाट भएको थियो?
उत्तरः-  सन् १९६९, बेलायत

२) curriculum शब्दलाई पहिलो पटक प्रयोग गर्ने को हुन?
उत्तरः-  वविट ( Bobbitt)

३) उपत्यका बाहिर पहिलो एस. एल. सी. केन्द्र कहाँ खुलेको थियो?
उत्तरः-  वि. स. २००१ साल, विरगन्ज

४) बाल अधिकार सम्बन्धि महासन्धिमा नेपालले कहिले हस्ताक्षर गर्यो?
उत्तरः-  सन् १९९० सेप्टेम्बर १४

५) नेपालमा भाषा पाठशालाको लागि लेखिएको पहिलो पाठ्यपुस्तक कुन थियो?
उत्तरः-  अक्षराङ्क शिक्षा

६) कुन शिक्षालाई "पिढी शिक्षा " उपनामले चिनिन्छ?
उत्तरः-  संस्कृत शिक्षा

७) संस्कृत शिक्षा हेर्ने पहिलो डाइरेक्टर को थिए?
उत्तरः-  हेमराज पाण्डे

८) नेपालमा शिक्षक तालिमलाई कुन योजनाले अनिवार्य गरेको हो?
उत्तरः-  राशिपयो २०२८

९) लिंगभेद भन्नाले के बुझिन्छ?
उत्तरः-  स्त्री र पुरुष विचको प्राकृतिक वा जैविक भिन्नता

१०) समाहित शिक्षा कार्यक्रम सुरु गरिएको पहिलो जिल्ला कुन हो?
उत्तरः-  बाँके

११) शिक्षकहरुलाई तालिमका लागि छनोट गर्ने काम कसले गर्छ?
उत्तरः-  वि. व्य. स.

१२) "बालकको घर" र "इन्द्रिय तालिमको " अवधारणा को संग संबन्धित छ?
उत्तरः-  मेरिया मोन्टेस्वरी

१३) "गुञ्ज सत्र " कुन विधि अन्तर्गत पर्दछ? 
उत्तरः-  छलफल विधि

१४) प्रदर्शन विधिको पहिलो चरणमा के गरिन्छ?
उत्तरः-  विषयवस्तु छनोट

१५) नवजात शिशुको उचाइ कति हुन्छ?
उत्तरः-  २० इन्च

१६) व्यावहारिक मनोविज्ञानका जन्मदाता को हुन?
उत्तरः-  थर्नडाइक

१७) बालकमा सबैभन्दा पहिले कुन संवेग देखा पर्दछ?
उत्तरः-  डर

१८) "सफल प्रतिक्रिया दोहोरिन्छन्, गलत प्रतिक्रिया हट्दछ " यो भनाइ कुन सिद्धान्त सँग सम्बन्धित छ?
उत्तरः-  प्रयत्न र भूलद्वारा सिकाइ

१९) निरन्तर विधार्थी मूल्यांकन के संग सम्बन्धित छ?
उत्तरः-  उदार कक्षोन्नति

२०) सार्क राष्ट्रहरु मध्ये न्युन साक्षरता भएको देश कुन हो ?
उत्तरः-  अफगानिस्तान

२१) शिक्षक सेवा आयोग नियमावली २०५७, शिक्षा ऐन २०२८ (संशोधनसहित) को कुन दफाले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले बनाएको हो ?
उत्तरः-  दफा १९

२२) शिक्षा ऐन २०२८ (संशोधनसहित) मा गाउँ शिक्षा समितिको अध्यक्षमा को रहने व्यवस्था गरिएको छ ?
उत्तरः-  गाउँ विकास समितिको अध्यक्ष वा अध्यक्षको काम गर्न तोकिएको व्यक्ति

२३) राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जाति, लिङ्ग, उत्पति, भाषा र वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव गरिनेछैन– भनी नेपालको अन्तरिम संविधान २०६३ को कुन मौलिक हकमा भनिएको छ ?
उत्तरः-  समानताको हक

२४) कुनै प्राथमिक तहको शिक्षक २५ वर्ष सेवा अवधि पूरा गरी अवकाश हुँदा निजको आखिरी महिनाको तलब भत्ता रु १८,००० रहेछ भने उसको मासिक निवृतिभरणको रकम कति हुन आउछ ?
उत्तरः-  रु ९,०००

२५) विद्यालय व्यवस्थापन समितिको अध्यक्षको राजीनामा कसले स्वीकृत गर्दछ ?
उत्तरः-  सम्बन्धित जिल्ला शिक्षा समितिले

२६) शिक्षक सेवालाई समावेशी बनाउन सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने शिक्षक दरबन्दीमध्ये ४५ प्रतिशत पद समावेशी समूहका लागि छुट्याइएकामा सोको कति प्रतिशत महिलाका लागि छुट्याइएको हुन्छ ?
उत्तरः-  ३३ प्रतिशत

२७) सार्वजनिक शैक्षिक गुठीका रुपमा सञ्चालित विद्यालयले उत्तराधिकारी तोक्दा कुन निकायबाट स्वीकृत लिनुपर्ने व्यवस्था छ ?
उत्तरः-  शिक्षा मन्त्रालय

२८) तलका मध्ये कुन क्षेत्रमा घुम्ती विद्यालय बढी आवश्यक हुन्छ ?
उत्तरः-  भौगोलिक रुपमा विकट हिमाली क्षेत्रमा (दिईएका मध्ये)

२९) शिक्षक सेवा आयोगमा लिइने प्रतियोगितात्मक परीक्षाका लागि अन्तर्वार्ताको पूर्णांक कति हो ?
उत्तरः-  २५ अङ्क

३०) मातृभाषामा शिक्षासम्बन्धी व्यवस्था गर्ने सम्बन्धमा शिक्षा ऐन २०२८ (संशोधनसहित) मा भएको प्रावधान तलका मध्ये कुनचाहि हो ?
उत्तरः-  प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा दिन सकिनेछ

३१) सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) ले प्राथमिक तहको कुल भर्नादर कति पुर्याउने लक्ष्य राखेको छ ?
उत्तरः-  १०४

३२) शैक्षिक प्रणालीमा निर्णयात्मक मूल्यांकनको प्रमुख उद्देश्य कुन हो ? 
उत्तरः-  विद्यार्थीको शैक्षिक उपलब्धिको प्रमाणीकरण गर्नु

३३) प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले कक्षा १–३ को गणित विषयलाई कुल पाठ्यभारको कति भार छुट्याइएको छ ?
उत्तरः-  ६

३४) विद्यालयमा वार्षिक शैक्षणिक योजना निर्माण गर्ने मुख्य जिम्मेवारी कसको हो ?
उत्तरः-  शिक्षक

३५) तल दिइएकामध्ये आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम (१९९९–२००४) को उद्देश्य कुन रहेको छ ?
उत्तरः-  शिक्षामा पहँुच बढाउने

३६) राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८–२०३२) मा निर्धारित विद्यालय तहको शिक्षाको संरचना तलकामध्ये कुनचाहिं हो ?
उत्तरः-  ३+४+३ (दिईएका मध्ये)

३७) स्थानीय पाठ्यक्रम निर्माणका चरणहरुको उपयुक्त क्रम तलकामध्ये कुन हो ?
उत्तरः-  आवश्यकता पहिचान, उद्देश्य निर्धारण, विषयवस्त’ छनोट, सिकाइ उपलब्धी निर्धारण, शिक्षण प्रक्रिया, विद्यार्थी मूल्यांकन

३८) तल दिइएका मध्ये कुनचाहिं नेपालको प्राथमिक शिक्षाको उद्देश्य हो ?
उत्तरः- आधारभूत भाषिक तथा गणितीय सीप विकास गर्नु

३९) प्राथमिक तहमा बहुकक्षा शिक्षण भन्नाले तलकामध्ये कुन हो ?
उत्तरः-  एकै शिक्षकबाट एकभन्दा बढी कक्षामा एउटै समयमा शिक्षण गर्ने तरिका

४०) मानव विकासका चरणहरुमध्ये पूर्ववाल्यवस्था भन्नाले तलकामध्ये कुन अवस्थालाई बुझाउँछ ?
उत्तरः-  २ वर्षदेखि ६ वर्षसम्म




(प्रस्तुत प्रश्न-उत्तरहरुमा कुनै गलत भएमा कृपया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला । ) 


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment