शिक्षक तयारीका लागी केही वस्तुगत प्रश्न उत्तरहरु (भाग - दुई ) !!



१) शैक्षिक जनशक्ति तालिम निति कहिले बनेको हो?
उत्तरः-   २०६२

२) माध्यमिक शिक्षा पाठ्यक्रम ढाचा २०६४ अनुसार ऐक्षिक प्रथम पत्रमा निर्धारित भाषा समुहमा कति भाषा रहेको छ ?
उत्तरः-   २३ भाषाका विषय

३) अनौपचारिक शिक्षा बिस्तार कार्यक्रम कुन उमेर समुह का बालबालिकाहरु समाबेश हुन्छन् ?
उत्तरः-   ६ बर्ष देखि ८ बर्ष सम्म

४) नेपाल मा रेडियो शिक्षा शिक्षक तालीम कहिले सञ्चालन भयो?
उत्तरः-   सन् १९८०

५) मदरसा शिक्षा को पाठ्यक्रम ढाचा अनुसार सामाजिक अध्ययन (उर्दु भाषा ) को पठ्यभार कति हो?
उत्तरः-   ३

६) निर्माणात्मक मूल्याकंन को साधनहरु मध्ये प्रथम चरण कुन हो?
उत्तरः-   कक्षाकार्य
७) शिक्षा ऐन २०२८ को छैटौं संसोधन कहिले भयो ?
उत्तरः-   २०५५/१०/०१

८) नेपाल को संविधान २०७२ अनुसार अनुसूची ६ मा केको व्यवस्था छ ?
उत्तरः-   प्रदेशको अधिकार को सुची

९) राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन अनुसार बिशिष्टिकरणको पहिलो चरण कुन हो?
उत्तरः-   उच्च माध्यमिक शिक्षा

१०) गाउँ शिक्षा समितिको बैठक सामान्यतया कति समयमा बस्नु पर्छ ?
उत्तरः-   ३ महिना को एकपटक

११) शिक्षा दिवश 2072 नारा के रहेको थियो ....?
उत्तरः-   "दिगो विकासका लागि गुणस्तरीय शिक्षा, सबैका लागि सुरक्षित शिक्षण संस्था

१२) नेपालको सबैभन्दा पुरानो मावि कुन हो...?
उत्तरः-   भानु मावि

१३) दरबार हाइस्कुलको पुनर्स्थापना कहिले गरियो ..?
उत्तरः-   बि.स १९४८

१४) त्रिचन्द्र कलेजको स्थापना कहिले भयको हो ...?
उत्तरः-   बि.स १९७५ भाद्र, २७

१५) शिक्षाको ईस्तिहारमा कति दफाको व्यवस्था गरिएको थियो ...?
उत्तरः-   ४२

१६) बि.सं 1990 सालको SLC परीक्षामा कति बिद्यार्थी II श्रेणीमा उत्तीर्ण भएका थिए ...?
उत्तरः-   १० जना

१७) बि. सं. 1990 सालको SLC मा उतिर्णाङ्क कति तोकिएको थियो ...?
उत्तरः-   २८०

१८) त्रिचन्द्र कलेजमा अंग्रेजी शिक्षण गर्ने प्रथम नेपाली को हुन...?
उत्तरः-   गरूडध्वज राना

१९) ईस्तिहार अनुसार प्रावि तहमा दैनिक कति समय पठनपाठन हुनुपर्ने भनि तोकिएको थियो ..?
उत्तरः-   ४ घण्टा

२०) गोर्खा भाषा प्रकाशिनी समितिको प्रथम अध्यक्ष को हुन...?
उत्तरः-   राममणि आदी

२१) संस्कृत शिक्षाको प्रथम डाइरेक्टर को हुन...?
उत्तरः-   हेमराज पाण्डे

२२) आधार शिक्षक प्रशिक्षण केन्द्रको स्थापना कहिले भयको हो...?
उत्तरः-   बि.स २००४~०२~१०

२३) शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भयको हो...?
उत्तरः-   बि.स २०६६~०७~१३

२४) कार्यान्वयन नभयको संबिधान कुन हो..?
उत्तरः-   नेपाल सरकार वैधानिक कानुन -२००४

२५) बि.सं 2007 सालमा महिला साक्षारता कति % रहेको थियो ...?
उत्तरः-   ०.७%

२६) राणाकालीन समयमा 6 पासे लाई के भनिन्थ्यो ...?
उत्तरः-   निजामति प्रथमा

२७) नेपालको प्रथम अंग्रेजी स्कुल कुन हो...?
उत्तरः-   दरबार हाइस्कुल

२८) विद्यालय शिक्षक किताबखानाको स्थापना कहिले भयको हो...?
उत्तरः-   बि.स २०५४/१२/२६

२९) स्वतन्त्र शिक्षा मन्त्रालयको, पुनर्स्थापना कहिले भयको हो ?
उत्तरः-   बि.सं. २०६५/०५/१५

३०) NTV बाट दुर शिक्षा कार्यक्रम प्रशारण सुरूवात कहिले बाट गरियो...?
उत्तरः-   बि.सं. २०५२

३१) शिक्षक सक्षमताको प्रारूप (2072) शैक्षिक जनशक्ति बिकास परिषदबाट कहिले पारित भई लागु भयो.?
उत्तरः-   बि.सं २०७२-१२-०३

३२) सन 2030 सम्म शिक्षाको कार्यढाँचा प्रस्तुत गर्दै इन्च्योन सम्मेलन कहिले सम्पन्न भयो...?
उत्तरः-   सन 2015 May, 19-22

३३) शिक्षक सक्षमताको प्रारूप (2072) अनुसार शिक्षकको लागि कति वटा सक्षमताहरू तोकेको छ...?
उत्तरः-   ८ वटा

३४) A ग्रेड ल्याउने बिद्यार्थीको ग्रेड पोईन्ट कति हुन्छ..?
उत्तरः-   ३.६

३५) नेपालमा CAS को सुरूवात कहिले देखि भयको हो..?
उत्तरः-   बि.सं २०५४

३६) सर्वप्रथम CAS कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो...?
उत्तरः-   ५ जिल्ला

३७) UNESCO को लागि नेपाल राष्ट्रियआयोगको स्थापना कहिले भयको हो ..?
उत्तरः-   बि.सं २०१०

३८) शिक्षा विभागमा हाल कति वटा शाखा रहेका छन..?
उत्तरः-   २९ वटा

३९) अनौपचारिक शिक्षा केन्द्रको स्थापना कहिले भयको हो ..?
उत्तरः-   बि.सं २०५६

४०) तेह्रौँ त्रिबर्षिय योजना अनुसार 15-25 बर्षको साक्षारता योजनाको अन्त्य सम्ममा कति पुर्याउने लक्ष्य लिइएको छ ..?
उत्तरः-   ९५%

४१) एलिजाबेथ बि. हर्लकको अनुसार जन्म पूर्वको अवस्थालाई कति भागमा विभाजन गरेको छ ?
उत्तरः-   ३ चरण

४२) बि.सं 2028 सालमा महिला साक्षारता दर कति % रहेको थियो ?
उत्तरः-   ३.९%

४३) शिशेष शिक्षा परिषदमा अध्यक्षको अतिरिक्त कति सदस्य रहन्छन.?
उत्तरः-   ११ जना

४४) SSRP लाई कति जिल्लामा पाईलटिङ्ग गरिएको थियो .?
उत्तरः-   ३ जिल्लामा

४५) सेति परियोजना कहिले लागु गरियो.?
उत्तरः-   बि.सं २०३८ [१९८१]

४६) EFA अनुसार प्राथमिक तहको खुद भर्नादर सन 2015 सम्ममा कति पुर्याउने लक्ष्य लिएको छ?
उत्तरः-   १००%

४७) EFA [2001~2015] कार्यक्रमले कति सुचक तय गरेको थियो .?
उत्तरः-   १८ वटा

४८) NCF -2063 अनुसार हाल शिक्षाको राष्ट्रिय उद्देश्य कति वटा रहेका छन.?
उत्तरः-   १२ वटा

४९) NEC -2049 को गठन कहिले भयो.?
उत्तरः-   बि.सं २०४७-११-14

५०) शिक्षा नियमावली अनुसार प्रधानाध्यापक छनोटका आधारहरू कति वटा रहेका छन …??
उत्तरः-   ६ वटा

५१) शिक्षा नियमावली अनुसार प्रधानाध्यापक छनोटका आधारहरू मध्ये शिक्षण अनुभव बापत कति अंक प्रदान गरिन्छ…??
उत्तर :- २५ अंक

५२) शिक्षा नियमावलीमा आठौ संशोधन कहिले गरियो…??
उत्तर :- बि.सं २०७१-१-२९

५३) शिक्षा नियमावलीको आठौ संशोधनले अस्थाई शिक्षकको पदावधि कहिलेसम्म तोकेको छ…???
उत्तर :- २०७५ चैत्र मसान्त

५४) शिक्षक सेवा आयोगको नियमावलीमा नबौ संशोधन कहिले गरियो ….???
उत्तर :- बि.सं २०७१-११-२६

५५) शिक्षक सेवा आयोगको नियमावली नबौ संशोधनले अध्यापन अनुमतिपत्रको परीक्षाको उर्तिणाङ्क कति तोकेको छ…??
उत्तर :- ५०

५६) शिक्षा नियमावलीको आठौ संशोधनले कति समय पछि उत्तर पुस्तिका धुल्याउन सकिने व्यवस्था गरेको छ…???
उत्तर :- ६ महिना पछि

५७) प्रावि+निमाबि सञ्चालित बिद्यालयमा कति महिला शिक्षक रहने व्यवस्था शिक्षा नियमावलीले गरेको छ…??
उत्तर :- २ जना

५८) शिक्षकको कासमु अन्तर्गत सुपरीवेक्षकले अधिक्तम कति अंक दिने व्यवस्था शिक्षा नियमावलीमा रहेको छ..??
उत्तर :- ८ अंक

५९) महिला शिक्षकले मात्र कति प्रकारका बिदा लिन पाउछन…???
उत्तर :- ८ प्रकारका

६०) जिल्ला शिक्षा समितिको बैठकमा गणपूरक संख्या कति रहेको छ…??
उत्तर :-५०% भन्दा बढी

६१) गाउँ शिक्षा समितिको बैठक कति समयमा बस्छ…??
उत्तर :- ३ महिनाको एक पटक

६२) NCF 2063 अनुसार 9-12 को तहगत सक्षमता कति तोकेको छ…??
उत्तर :- १७ वटा

६३) हाल कार्यान्वयनमा रहेको विद्यालय शिक्षाको संरचना कुन हो…??
उत्तर :- ५+३+२+२

६४) NCF 2063 अनुसार आधारभूत शिक्षाको तहगत उमेर समुह कुन हो…??
उत्तर :- ५-१३ वर्ष

६५) स्वास्थ्य तथा जनसंख्या शिक्षाको साप्ताहिक पाठ्यभार कति रहेको छ …??
उत्तर :- ४

६६) NCF 2063 अनुसार, कक्षा 6-8 को शैक्षिक धार कति रहेका छन..??
उत्तर :- ५ वटा

६७) कक्षा नौ को नया परिमार्जित पाठ्यक्रम कुन शैक्षिक सत्र देखि लागु गरिएको छ ..??
उत्तर :- २०७३ देखि

६८) NCF 2063 अनुसार आधारभूत तह 6-8 साप्ताहिक पाठ्यभार कति रहेको छ..??
उत्तर :- ४०

६९) NCF 2063 अनुसार आधारभूत शिक्षाको उद्देश्यहरू कति वटा रहेका छन..??
उत्तर :- १४ वटा






( प्रस्तुत प्रश्न - उत्तरहरुमा केही गलत भएमा कृपया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला । धन्यवाद । ) 



Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment