नेपालको ईतिहासका केहि कुराहरु !!!


१. लिच्छिविकालमा शासन सञ्चालनको सबैभन्दा तल्लो प्रशासनिक एकाईलाई गाम भनिन्थियो ।
२. नुवाकोटसँगको युद्दमा पराजयपछी पृथ्विनारायण शाहले काशी गएर तिर्थस्नान गरि गोत्र परिवर्तन गरेको थियो ।

३. सर्वप्रथम वीरविक्रम पदवी धारण गर्ने राजा गीवार्णयुद्द वीरविक्रम शाह हुन ।
४. “म राष्ट्र नोकर हुँ” भन्ने पद्म शमशेरको भनाई हो ।
५. नेपालमा छापाखानाको स्थापना वि•सं• १९०८ मा भएको हो ।
६. वि•सं• २००६ साउन ११ गते हलो क्रान्ति लमजुङ जिल्लाबाट सुरुवात भएको हो ।
७. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था सेन्सस गोश्वरा हो ।
८. प्रथम विश्वयुद्दमा नेपाली सेनाको नेतृत्व बबरशमशेरले गरेका थिए ।
९. उपत्यका विभाजन हुनुभन्दा अघिका राजा यक्ष मल्लको राजधानी कान्तिपुरमा थियो ।
१०. १७ भाई छोरा हुने धीरशमशेरका भाई जङ्गबहादुर हुन ।
११. सरकारले डाँफे, लालीगुराँस,सिम्रीकलाई वि स २०१९ असार २० मा राष्ट्रीय चिन्ह घोषणा गर्यो ।
१२. अरनिको चीन जाँदा नेपालका राजा जयभिमदेव थिए ।
१३. प्राचिनकालमा काठमाडौं जलमय हुँदा तक्षक नागको बासस्थान भएको मानिन्छ ।
१४. नेपालमा राष्ट्रीय अभिलेखालयको स्थापना वि•सं• १९५६ मा भएको हो ।
१५. धवल पुस्तकालय पाल्पामा स्थापना भएको छ ।
१६. केन्द्रीय कारागार वीरशमशेरको पालामा स्थापना भएको हो ।
१७. राम शाहले नापतौलका लागि मानो एकाई निर्धारण गरेका थिए ।
१८. लाखे जात्रा प्रताप मल्लले चलाएका हुन ।
१९. ´साम्यवाद मोटर चढेर आउदैन ` भन्ने भनाई राजा महेन्द्रको हो ।
२०. नागार्जुन दरबार निर्माण हुँदा नेपालमा जुद्द शमशेर प्रधानमन्त्री थिए ।






Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment