देश अराजनीति र बेथितिको तातो गोलिले घाइते बनेर थलिएको बेला बिकाशका कुरा कती सान्दर्भिक हुन्छ थाहा छैन, तर राज्य शासन सँग जोडीएको राजनीति, राजनिती सँग जोडीएको अर्थतन्त्र र अर्थतन्त्र सँग जोडीएको आम जनताका जीवन स्तर र जीवन पधति बुझ्न राजनीति सँग संगै बिकाशका सम्भावना र चुनौतीका कुरा गर्नु पर्ने हुन्छ। राजनीतिलाई साच्चै राजनीतिकै रुपमा बुझ्ने हो भने यसको मुख्य उदेस्य मध्य स्रोत र साधनहरुको उचित प्रयोगबाट आर्थिक उन्नती गर्दै आम जनतामा उत्पादनको समुचित तथा न्यायपूर्ण बितरण गर्नु नै हो। त्यसैले अर्थतन्त्रमा उन्नती गर्ने मुख्य उदेश्य बिनाको राजनीति गोली बिनाको बन्दूक बोकेर युध मैदानमा उत्रने सेनाको जस्तो कुरो मात्र हो; यसले युधमा ठुलो हुल त देखिएला, बिरोधिलाइ सिध्याउने ठुला ठुला दार्शनिक सिप र कला त भट्याइएला तर लडाईं हार्ने पक्का हुन्छ, सत्यानाश भइने ग्यारेन्टि हुन्छ र फेरी फेरी युध मैदानमा उत्रने हैसियत सम्म गुम्ने हुन्छ। नेपाली राजनीति यतिबेला डरलाग्दो किसिमले गोली बिनाको बन्दूक बोकेर रण भुमिमा उत्रिएको छ अनी आँफैले आफ्नो मृत्यु पत्रमा हस्ताक्षर गर्ने अभियानमा लागेको छ। २१ औ सताब्दीको रकेट गतिमा दौडिरहेको बिस्व माझमा बसेर हामी नेपाली १६ औ सताब्दिको सम्राटि महत्वकान्छामा एक अर्कालाई सखाप पार्न उध्धत छौ, गरिवी र अभाव सँग जोडीएको जन सम्बेदनालाई एटम बम भित्र भरिएको अणु झै प्रयोग गरिरहेका छौ।
एसियन महाद्विपका अधिकान्श राष्ट्रहरुमा ब्रिटिश कालिन साम्राज्य रहदा पस्चिमा मुलुकले पुर्वी एसियाका प्राकृतिक स्रोत साधनहरु प्रयोग गर्न स्थानिय बन्दरगाहाको रुपमा प्रयोग गरेको सिङ्गापुरको आफ्नै केही उल्लेख्य स्रोत छैन। पस्चिमाहरुले बढाएको आर्थिक सस्कृतिबाट पाठ सिकेको सिङापुर आज सम्रिधशाली राष्ट्र बनेको छ। मुस्लिम र क्रिस्चियन बिचको जातिय युधबाट थलिएको अफ्रिकन देश नाइजेरियाको एक कम्पनी समेतले नेपालमा ७० अर्ब बराबर लागतको सिमेन्ट उध्योग सन्चालन गर्ने भएको छ। भारतीय बजार हुँदै तेस्रो मुलुक समेत सिमेन्ट निर्यात गर्ने सम्भावना देखेर हामी भन्दा हज्जारौ किलो मिटर टाढा रहेको एउटा अफ्रिकन कम्पनी हामी सँग भएको स्रोत साधनको प्रयोगबाट आर्थिक उन्नती देखिरहदा हामी भने बिकास र सम्ब्रिधिको चौतारे गफमा रणभुल्ल छौ। राजनीतिको यस्तै दुर्गती रही रहने हो, अप्राकृतिक र चमत्कारीक उन्नतिका ठुला ठुला आदर्शका गफमा भबिस्य खोजिरहने हो र वस्तुबादी प्राकृतिक परिवर्तन र उन्नतिका बाहक हरुलाई चिनेर राज्य नेत्रित्वमा नपुर्याउने हो भने भोली नेपालमा सोमालिया, सुडान, इथियोपिया र लिबिया जस्ता देशहरुले समेत् लगानी गर्न आए भने आस्चर्य नमान्दा हुन्छ। युधको चपेटाबाट थलियका सियरालिओन, ईराक,अफ्घानिस्तान, लिबिया, रुवान्डा, इथियोपिया जस्ता मुलुकहरु समेत युधबाट तङ्रिदै दुई अंकको आर्थिक ब्रिधी गर्ने दौडमा छन। एक दशक अघी सम्म खराब र कुशासनको उखान बनेको बिहार आज एघार प्रतिशतको आर्थिक बृ्दि गरेर हाम्रै कान्ला मुनीबाट हामीलाई गिज्याउदै छ। तर हामी भने आर्थिक ब्रिधिको उल्टो दिशामा कुदिरहेका छौ अनी देशका उर्जाशिल युवाहरुले खाडीका मुलुकहरुमा अती न्युन ज्यालामा भाग्य घोटेर बेचेको श्रमको पैसाले १० महिना आयात धान्ने बेद पाठ गरेर आर्थिक मजबुतिको परिचय दिदैछौ।
ठुला ठुला चामत्कारीक परिवर्तनका गफ गर्न छोडेर राजनीतिले सामान्य बाटो मात्र लिने र आर्थिक उन्नतिमा जोड दिने हो भने नेपालको बिकास दस बर्षमा हामीले नसोचेको स्तरमा पुर्याउन सकिन्छ। तर त्यसको लागि १६ औ सताब्दिको नारकिय जीवन बिताउन वाध्य जनताका गरिबिमा पौडी खेलेर आफु मात्र सम्पन्न बन्ने नियत होइन आफु सहित सबैलाई सम्पन्नताको उचाइमा पुर्याउने नियत र इछ्छ्या शक्ती जरुरी छ शासक हरुमा जुन आजको दिनमा साह्रै महँगो बनेको छ नेपालीहरुको निम्ती। नेपालको आर्थिक बिकास गर्ने हो भने खाध्यान्नमा आत्म निर्भर कृषिको बिकास, निर्यात गर्न सक्ने ढंगमा जलबिध्युतको बिकास अनी बिदेशी मुद्राको प्रमुख स्रोत बन्ने गरी पर्यटनको बिकास गर्नु जरुरी छ। सताब्दियौ सम्म हाम्रो मुलुक आर्थिक बिकासको प्राथमिकता समेत पहिचान गर्न नसकेर पनि यो दुर्दशा भोग्नु परेको हो। पञ्चायत हुँदा सम्म त हरियो बन नेपालको धन भनेर भट्याउदै बस्यौ। जङल हाम्रो धन हो तर हाम्रो भु बनोट नै यस्तो छ कि हामीले जङललाई ब्यापरिक प्रायोजनमा प्रयोग गर्ने गरी र आर्थिक उन्नतिको प्रमुख साधनको रुपमा प्रयोग गर्नेगरी बुझ्नै सकिदैन। बन जङल हाम्रा अन्य स्रोत साधान सम्रक्षण गर्ने प्राकृतिक साधन हो। मलेसियाले बन पैदावार निर्यात गरेझै हामीले बन जङल सखाप पार्ने हो भने आर्थिक उन्नती होइन, हाम्रो बास समेत् भोली खन्डहरमा परीनत हुन्छ।
नेपालमा कृषिको बिकास गर्ने हो भने आन्तरिक स्रोत परिचालन गर्नु जरुरी हुन्छ। त्यसको निम्ती ब्यापक रुपमा लघु बित्त प्रणाली अन्तर्गत ग्रामीण क्षेत्रमा आर्थिक स्रोत परिचालन गरिनु पर्दछ। केही लघु बित्त प्रणाली अन्तर्गत सन्चालित समुहगत रुपमा खेति गर्ने देशको पुर्वी भागका किसानहरुले यसको सफलता पुस्टि गरिसकेको अवस्था छ। यसलाई ब्यापक बनाउदै कृषि उत्पादनका हरेक क्षेत्रमा पुर्याउनु जरुरी हुन्छ। यसरी उत्पादित बस्तु खुला बजारको साथ साथै उचित बजार प्रबर्धन नहुन्जेल सरकारले नै खरिद गरी बिक्री बितरणको ब्यबस्था गर्नु पर्दछ। अहिले खास किसानले उत्पादित बस्तुको मुल्य अती कम प्राप्त गर्ने र उपभोग गर्नेले अती चर्को मुल्य तिरिरहनु परेको छ। यसरी उत्पादक र उपभोक्ताको बिचमा बसेर ठुलो रकम मुनाफा गर्ने दलाली प्रथाको अन्त्य गरिनु पर्दछ। त्यसै गरी पहाडी क्षेत्रमा रहेको अपार जडिबुटि खेतिमा कृषि कार्यालय मार्फत निसुल्क परामर्श र न्युन ब्याजमा ऋण उपलब्ध गराएर सामुहिक रुपमा उत्पादन गर्ने गरी ब्यापक बनाइनु पर्दछ। जडिबुटी खुला बजारमा सिधै खपत हुने बिषय नभएकोले सरकारले यसको खरिद गर्ने र प्रसोधन गर्ने ब्यबस्था मिलाएर तेस्रो मुलुक निर्यात गर्ने काममा जोड दिनु जरुरी छ। कृषि उत्पादनको ब्रिध्धी र उचित ब्यबस्थापन गर्न यस सँग सम्बन्धित साना उध्योगहरुलाई आन्तरिक लगानिमा बिकास गरिनु पर्दछ र ठुला लगानी लाग्ने मल कारखाना जस्ता उध्योग हरुका निम्ती बिदेशी लगानी खोजिनु पर्दछ! तर यसको निम्ती चाहिने ठुलो मात्राको बिध्युतको ब्यबस्था सुनिस्चित गर्न जरुरी हुन्छ। बरु आबस्यक बिध्युत उत्पादन नहुन्जेल केही समयलाई अन्य घरेलु प्रयोगमा बिध्युत कटौति गरेरै भएपनी यसको ब्यबस्था गर्न सकिन्छ। त्यसको निम्ती ५ बर्ष भित्र १००० मेगा वाट बिध्युत मात्र उत्पादन गर्न सकियो भने ठुलो राहत हुन सक्छ।
नेपालको जलबिध्युतको द्रुत बिकासले मात्र हामी आर्थिक क्षेत्रमा गुनात्मक फड्को मार्न सक्छौ। त्यसको निम्ती आन्तरिक मागलाई लक्ष गरेर होइन कि ठुलो मात्रामा अती महँगो थर्मल उर्जा उत्पादन गर्न वाध्य भारतलाई निर्यात गर्ने ढंगमा निती र योजना तय गरिनु पर्दछ। भारत आज पनि उसको झन्डै एक लाख दस हजार मेगा वाट उर्जा उत्पादनको ७५% थर्मल उर्जा भट्टि सन्चालनबाट पुरा गरिरहेको छ। प्रती युनिट झन्डै २० भारतीय रुपैयाँको बिध्युत उपयोग गरिरहेको भारतले हामीले उत्पादन गर्ने ४ रुपैयाँ प्रती युनिटको बिध्युत पायो भने उसले हामीले भनेको मुल्य तिर्न तयार नहुने कुरै छैन। अझ महत्वपूर्ण बिषय त के छ भने हामीले हाम्रा जलबिध्युत केन्द्रबाट पूर्ण क्षमतामा जलबिध्युत उत्पादन गर्न सक्ने बर्षा याममा नै भारतमा उर्जाको माग धेरै हुने गर्छ। त्यसैले बर्षा याममा उत्पादन हुने हाम्रो सर प्लस उर्जा भारतलाई सजिलै निर्यात गर्न सकिन्छ। नेपालको आन्तरिक मागलाई लक्षित गरेर स्वदेशी लगानीमा साना तथा मझौला जलबिध्युत उत्पादनमा जोड दिनु पर्दछ। यसको निम्ती चाहिने पर्याप्त रकम आन्तरिक स्रोत बाटै जुटाउन सकिन्छ भन्ने मलाई लाग्छ। यसको निम्ती आबस्यक प्रबिधि, ज्ञान, क्षमता र सिप पनि हाम्रै देशमा निक्कै बिकशित भैसकेको कुरा केही स्वदेशी लगानिमा बनेका सफल आयोजनाहरुबाट पुस्टि भैसकेको छ। ठुलो रुपमा रहेको कर्मचारी सन्चयकोशको रकम, सेना कल्यानकोशको रकम, सुरक्षित लगानिको क्षेत्र नपाएर ठुलो तरलता बोकेर बसेका ब्यान्क तथा बित्तिय संस्था र देश भित्र वा बाहिर काम गर्ने नेपालीहरुबाट पुँजी परिचालन गर्ने हो भने हामी छोटो समयमा हाम्रो अन्तरिक उर्जाको माग पुरा गर्न सक्छौ। अर्को तर्फ FDI (Foreign Direct Investment) मार्फत बिदेशी लगानी भित्र्याएर ठुला जलबिध्युत आयोजना निर्माणमा जोड दिदै भारत र बाङलादेश निर्यात गर्ने लक्षका साथ निती निर्माण र आबश्यक बातावरण तयार गर्नु पर्छ। पानीको राजनीति पूर्ण रुपमा बन्द गरेर यसरी हामी अगाडि नबढ्ने हो भने हाम्रो डलर पानी बनेर सदा बगिरहने छ र हामी त्यसैको गफमा नदी किनारामा बसेर गरिवी सँग संघर्श गरिरहेको हुनेछौ।
नेपालको प्राकृतिक स्वन्दर्य र ऐतिहासिक धरोहर खुर्पाको बिड बनेको स्रिखन्ड झै दर्जिएको छ। पृथ्वीमा रहेको समुन्द्र बाहेक सम्पूर्ण विश्वकै बिबिधता एउटा सानो भुगोल भित्र समेटिएको सुन्दर देश हो नेपाल। हाम्रो बिशिस्ट प्राकृतिक मनोरम भु बनोट र विश्व सम्पदा सुचिमा रहेका आधा दर्जन भन्दा बढी ऐतिहासिक धरोहर ति र त्यस्ता बिषयको महत्व बुझेका बिदेशी पर्यटकलाइ भ्रमण गर्न आबस्यक भौतिक पुर्वाधारको अभावमा घुम्टोले छोपिएकी सुन्दर बेहुली झै बनेको छ। पर्यटनको बिकास, बिस्तार र प्रबर्धन गर्न बनेको पर्यटन बोर्ड नेपालमा भ्रमण गर्ने पर्यटको सन्ख्या गनेर तथ्यान्क बनाउनमै सिमित छ। पर्यटनको बिकास पर्यटकको सन्ख्या बढेर मात्र हुँदैन। पर्यटकलाइ आबस्यक पर्ने भौतिक पुर्वाधार नभये तिनले नेपाल भ्रमण अबधी छोट्याउने मात्र होइन खर्च गर्ने अवसरनै पाउदैनन। पर्यटन बाट फाईदा लिन सेवाका पुर्वाधारहरुको बिकास गरिनु पर्दछ। सगरमाथा चढ्न आउने पर्यटकले टेक्ने लौरो समेत आँफैले बोकेर आउनु पर्ने भएपछी कसरी बिकास हुन्छ पर्यटनको? त्यसैले पर्यटनलाइ एउटा उध्योगको रुपमा बिकास गर्नु जरुरी छ। पर्यटकलाइ आवश्यक हुने सम्पूर्ण भौतिक पुर्वाधार (सुबिधा सम्पन्न होटल,रिजोर्ट,कटेज,अन्तरराष्ट्रिय तथा आन्तरिक हवाइ उडान) को बिकासमा जोड दिनु जरुरी छ। सँग सँगै यस क्षेत्रमा लागेका हरुले आतिथ्य सन्स्क्रिती सिक्नु जरुरी छ। हामी मन बाट बिदेशी पाहुनाको असाध्य सम्मान गर्छौ तर सम्मान दर्सिने सामान्य शब्द "सरी" सम्म भन्न सक्दैनौ। बनाबटी सम्मानमा बिदेशिहरु पर्यटक रिझाउछन हामी भने आफ्नो उनिहरु प्रतिको आत्मै देखिको सम्मान समेत् दर्साउन सक्दैनौ। जन्मै देखी कन्क्रिटका घर, अन्य कन्क्रिटकै भौतिक पुर्वाधार र बनावटि मनोरन्जन स्थल देखे भोगेका पर्यटकलाइ हाम्रो मनोरम प्राकृतिक सुन्दरता,श्वछ्छ बातावरण र सताब्दियौ पहिलेका कला सन्स्क्रिती झल्काउने ऐतिहासिक धरोहरले चकित मात्रै पार्दैन बरु नेपाल र नेपालीको परिचय, सम्मान र इज्यत विश्वमै बढाउछ। त्यसैले पर्यटकको गुनात्मक ब्रिधिको कुराले होइन, पर्टकले नेपाल बसाइमा प्रसस्त खर्च गर्न सक्ने पुर्वाधार खडा गरेर क्वालिटी पर्यटक भित्र्याउने कुरामा जोड दिनु जरुरी छ। होइन भने राशन पानी बोकेर आउने भारतीय पर्यटक र बेरोजगार भत्ता पचाउन आउने निम्न स्तरका युरोपियन पर्यटकको सन्ख्या गन्ने काम मात्र हुन्छ, त्यसबाट हामीले केही फाईदा लिन सक्दैनौ।
नायब सुब्बा को लागी योग्यता के के चाहिन्छ सर?
ReplyDelete