संयुक्त राष्ट्र संघका हाल सम्मका अन्तर्राष्ट्रिय दशकहरु तथा नेपालले निर्वाह गरेको भूमिकाहरु !!!


अन्तर्राष्ट्रिय रुपमा शान्ति र सूरक्षा कायम राख्दै राष्ट्रहरुकावीच मैत्रिपूर्ण सम्बन्ध कायम राख्ने पवित्र उद्धेश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था नै संयुक्त राष्ट्र संघ हो । यस संस्थाको स्थापना राष्ट्रसंघ नामक संस्थाको उत्तराधिकारी संस्थाको रुपमा भएको थियो । प्रथम विश्वयुद्धको समाप्ति पश्चात राष्ट्र«संघको स्थापना भएको र यसले आफ्नो उद्धेश्य मुताविक कार्य गर्न नसकेपश्चात दोस्रो विश्वयुद्ध भएको थियो । जुन राष्ट्रसंघको असफलताको रुपमा समेत लिने गरिन्छ । दोस्रो विश्वयुद्धको समाप्ति पश्चात सन् १९४५ अक्टुवर २४ मा संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । संयुक्त राष्ट्र«संघमा शुरुमा हस्ताक्षर गर्ने ५० राष्ट्रहरु र पछि तत्कालै हस्ताक्षर गर्ने पोल्यान्ड समेतका ५१ राष्ट्रलाई UNO का संस्थापक राष्ट्र भनिन्छ । अन्तर्राष्ट्रिय शान्ति नै प्रमूख उद्धेश्य लिएको संस्था संयुक्त राष्ट्र संघको वडापत्रमा १९ अध्याय,१११ दफा र १० हजार शब्दहरु रहेका छन् ।



१)  १९८५–१९९४ एसिया तथा प्रशान्त क्षेत्रका लागि यातायात सञ्चार दशक 
२)  १९८८–१९९७ संस्कृति विकासका लागि विश्व दशक 
३)  १९९०–१९९९ अफ्रिकाको लागि दोस्रो औद्योगिक विकास दशक 
४)  १९९०–१९९९ तृतीय निशस्त्रीकरण दशक 
५)  १९९०–१९९९ राष्ट्रसंघीय अन्तराष्ट्रिय कानुन दशक 
६)  १९९१–२००० चौथो राष्ट्रसंघीय विकास दशक 
७)  १९९१–२००० अफ्रिकाको लागि दोस्रो यातायात तथा सञ्चार दशक 
८)  १९९१–२००० लागू पदार्थ विरुद्धको राष्ट्रसंघीय दशक 
९)  १९९५–२००४ अन्तर्राष्ट्रिय जनजाति दशक 
१०)  २००५–२०१४ दिगो विकासका लागि अन्र्तराष्ट्रिय शिक्षा दशक, दोस्रो अन्तर्राष्ट्रिय आदिवासी दशक 
११)  २००५–२०१५ जीवनका लागि पानी अन्तर्राष्ट्रिय दशक
१२)  १९९७–२००६ संयुक्त राष्ट्रसंघीय गरिबी निवारण दशक 
१३)  २००१–२०१० उपनिवेश उन्मूलनका लागि दोस्रो अन्तर्राष्ट्रिय दशक, विश्व बालबालिकाका लागि शान्ति र अहिंसाको संस्कृतिको अन्तर्राष्ट्रिय दशक 
१४)  २००३–२०१२ संयुक्त राष्ट्रसंघीय साक्षरता दशक (सबैका लागि शिक्षा) 
१५)  २००६ –२०१६ प्रभावित क्षेत्रका लागि पुनःस्थापना र दीगो विकास दशक 
१६)  २००८–२०१७ दोस्रोसंयुक्त राष्ट्रसंघीय गरिबीको शिक्षा दशक 
१७)  २०१०–२०२० संयुक्त राष्ट्रसंघीय मरुभुमि तथा मरुभूमीकरण बिरुद्धको दशक 
१८)  २०११–२०२० संयुक्त राष्ट्रसंघीय जैविक विविधता दशक, सुरक्षित सडकका लागि कार्य दशक 
Image result for united nations

संयुक्त राष्ट्रसघंमा नेपालले निर्वाह गरेको भूमिकाहरु


  •  नेपाल सर्वप्रथम सन् १९६९/७० मा र पुनः १९८८/८९ मा सुरक्षा परिषदमा रही विश्वमा शान्ति स्थापना गर्नमा सघाउ पुर्‍याएको
  •  विश्व निः शस्त्रीकरण अभियान अन्तर्गन सन् १९८८ मा संयुक्त राष्ट्रसंघीय छैटौं सम्मेलनको उपाध्यक्ष भई काम गरेको,
  • पोर्चुगलले गिनी माथि गरेको आक्रमणका विरुद्ध पाँच सदस्यीय आयोगमा रही योगदान पुर्‍याएको,
  • लेवनान मध्यपूर्ब ,अफगानिस्तान, पाकिस्तान ,सोमालिया ,मोजाम्बिक ,क्यम्वोडिया र हैटी जस्ता देशमा शान्ति सेना पठाई योगदान पुर्‍याएको,
  • नामिवियाको स्वतन्त्रताको लागि गठित उपसमितिको अध्यक्ष भई काम गरेको
  • नेपाल आर्थिक तथा सामाजिक परिषदमा सन् २०१२ देखि २०१५ सम्मका लागि निर्वाचित भएको आदि ।




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment