धोबी :–
मिथिला क्षेत्रको समाजमा धोबी जातिको पनि महत्त्वपूर्ण स्थान रहेको देखिन्छ । यस जातिलाई पनि पौनी–पसारी वर्ग अन्तर्गत मानिने गरिन्छ । मिथिला क्षेत्रको सामाजिक परम्परामा धोबी जातिलाई अस्पृश्य मानिने गरिएको देखिन्छ । यस जातिको जातीय कार्य भनेको लुगा सफा गर्नु हो । अर्कोतिर, मिथिलाको सामाजिक परम्परामा भनिन्छ कि धोबी जातिको दर्शन शुभकारक हुने गर्दछ । यात्राकालमा धोबीको दर्शन भएमा यात्रा सफल हुने विश्वास गरिन्छ । त्यस्तै नवनिर्मित गृहमा प्रवेश गर्ने मुहूर्तमा अन्य शुभकारक वस्तुहरूको दर्शनका साथै धोबीको दर्शन पनि गर्ने प्रचलन रहेको पाइन्छ । भनिन्छ कि यसै कारण धोबी जातिको निवास ग्रामीण क्षेत्रमा प्राय: गाउँमा प्रवेश गर्ने भागमा रहेको देखिन्छ । यसरी धोबी जातिलाई शुभ र स्वच्छताको प्रतीक मानिएको पाइन्छ ।
धोबी जातिको अधीनमा गाउँ क्षेत्र रहेको हुन्छ । यसरी गाउँमा निवास गर्ने सबै गृहस्थ परिवार धोबीका गिरहस–यजमान मानिने गरिएका हुन्छन् । धोबीले सबै घरका लुगा धुने गर्दछन् । समाजमा कसैको घरमा शिशुको जन्म हुँदा प्रसूताका वस्त्रादि धुने कार्य धोबीले गर्दछ । यस्ता अवसरमा यिनीहरूलाई विशेषरूपमा बक्सिस दिइने गरिन्छ । यसका साथै यिनीहरूलाई वार्षिकरूपमा निर्धारित परिमाणमा धरी भनेर समाजका प्रत्येक परिवारबाट अन्न प्रदान गर्ने गरिन्छ ।
यसका साथै शुभविवाहको अवसरमा सोहाग नामक विशेष विधि सम्पन्न गर्नमा यस जातिको आवश्यकता पर्ने गर्दछ । यस सोहाग विधि अन्तर्गत धोबी जातिकी सधवा महिलाद्वारा उसको देब्रे खुट्टाको बूढीऔंला, लगाइराखेको साडीको देब्रेपट्टिको किनारा (जसलाई मैथिली भाषामा ‘खूट’ भनिन्छ) तथा आफ्नो टाउकोको देब्रेपट्टिको कपाल (मैथिली भाषामा ‘लट’) –यी तीनवटै वस्तुलाई पानीले धोएर त्यो पानीलाई वर अथवा कन्याको टाउकोमाथि छर्किने गरिन्छ । यस अवसरमा धोबिनीको देब्रेपट्टि काठको ‘मुसरा’ (ढिकीमा प्रयुक्त हुने) राखिने गरिन्छ । त्यस मुसरामा वर अथवा कन्याले पिठार र सिन्दूर लगाइदिने गर्दछ । यस बेला अगाडिमा एउटा पातमा चिउरा, दही, चिनी पस्केर राखिएको हुन्छ । सोहाग शब्दको तात्पर्य सौभाग्य हुने भनिन्छ । यस प्रकार धोबी जातिकी सधवा महिलाद्वारा वर अथवा कन्याको सौभाग्यको आशीर्वाद प्रदान गरिने बुझिन्छ । यसबाट पनि धोबी जातिको सामाजिकरूपमा महत्त्वपूर्ण स्थान रहेको जानकारी पाइन्छ ।
चमार :–
यसैगरी मिथिला क्षेत्रमा पौनी–पसारी वर्ग अन्तर्गत चमार जातिलाई पनि मानिएको देखिन्छ । यस जातिलाई समाजमा अस्पृश्य मानिने परम्परा रहेको पाइन्छ । चमारको अधिकार क्षेत्र अन्तर्गत गाउँमा निवास गर्ने सबै गृहस्थ परिवार पर्ने गर्दछन् । यिनीहरूलाई समाजको प्रत्येक परिवारबाट वार्षिकरूपमा ‘धरी’ भनेर निर्धारित परिमाणमा अन्न प्रदान गर्ने गरिन्छ । यसका साथै अवसर तथा उत्सव विशेषका बखत अन्य प्रकारका दान, बक्सिस इत्यादिसमेत दिइने गरिन्छन् । पैतृक सम्पत्तिको अंशबण्डा हुँदा गाउँ क्षेत्रभित्र निवास गर्ने गृहस्थ परिवारहरूसमेतलाई भाग लगाइने गरिन्छ । वस्तुत: गाउँमा रहेको गिरहस (गृहस्थ) यिनीहरूका आयस्रोत रहेका हुन्छन् ।
चमार जातिको जातीय कार्य भनेको चमडा (छाला) विषयक कार्यहरू हुन्छन् । यस अन्तर्गत छालाबाट बनाइने विविध प्रकारका उपयोगी सामानहरू पर्दछन् । छालाको उपयोग जुत्ता आदिका साथै वाद्ययन्त्र यथा ढोल, ढोलक, मृद·, खजुरी, टड्ढी, नगारा, डम्फ, तासा, तबला इत्यादि निर्माण गर्नमा गरिन्छ । यसका लागि गाई, गोरु, भैंसी, राङा, बाख्रा, बोका, सनगोही (न्याउरी मुसा आकारको गोही) इत्यादि जनावरहरूको छाला सड्ढलन गरिएको पाइन्छ । यसरी नै गाउँ क्षेत्रमा पशु आदिको मृत्यु भएमा त्यसलाई फाल्ने कार्य पनि चमारले गर्दछन् ।
गाउँ क्षेत्रमा कुनै सार्वजनिक सूचना प्रवाह गर्नुपर्दा ‘डिगडिगिया’ दिइने गरिन्छ । यसलाई अर्को शब्दमा ‘ढोलहा’ पनि भनिन्छ । यसो गर्नु भनेको एकजना चमार एउटा ढोल बजाउँदै अगाडि–अगाडि हिंड्ने गर्दछ तथा त्यसको पछिपछि एकजना मानिस उच्च स्वरमा प्रसारित गर्नुपर्ने सूचना विषयक वाक्य उच्चारित गर्ने गर्दछ । यसरी ढोलको आवाजका साथ बोलिएको वाक्यप्रति लोकको ध्यान साकाङ्क्ष भएर जाने गर्दछ । मिथिला क्षेत्रमा आश्विन महिनाको शुक्ल पक्षमा प्रतिपदा (घटस्थापना) तिथिदेखि दशमी (विजयादशमी) तिथिसम्मका दश दिनको अवधिलाई दशमी–पर्व भनेर विशेष श्रद्धा तथा भक्तिपूर्वक श्रीदुर्गा भवानीको पूजापाठ गरी मनाइने गरिन्छ । यस सन्दर्भमा प्रतिपदाका दिन श्रीदुर्गा भवानीको आगमन एवं दशमीका दिन यात्रा (बिदाइ) हुने मान्यता समाजमा रहेको पाइन्छ । यसका साथै यो अवधि मिथिलाको संस्कृतिमा तन्त्रमन्त्रको साधना र सिद्धि विषयक क्रियाकलापका लागि समेत महत्त्वपूर्ण मानिन्छ । यस अवधिमा प्रत्येक दिन गाउँको आधिकारिक चमारले ब्रह्म–डिहबार स्थानमा (ग्रामदेवताको स्थान) ढोल बजाएर ढोग्ने गर्दछ तथा त्यसपछि त्यहींबाट आरम्भ गरी गाउँका प्रत्येक सडकमा ढोल बजाउँदै हिंड्ने गर्दछन् । यसलाई ‘डगहर देब’ भनिन्छ । मैथिली बोलीमा डगहर भनेको बाटो हुन्छ । यो कार्य प्रत्येक दिन सूर्यास्त भएपछिको समयमा गरिन्छ । यसबाट श्रीदुर्गा भवानीको समाजमा उपस्थिति रहेको बखत उनीप्रति सम्मान र भक्ति प्रदर्शित गर्न ढोल बजाइने गरिएको भनिन्छ । यसबापत चमारलाई खोंचिया भनेर अन्न प्रदान गर्ने गरिन्छ, जुन दशमी समाप्त भएपछि यिनीहरू प्रत्येक घरमा गएर माग्ने गर्दछन् । यसका साथै मिथिलाको सबभन्दा ठूलो मानिने छठी पर्वको अवसरमा साँझ र बिहान दुवै पख अघ्र्य दिइने बखत पोखरी वा नदीको घाटमा चमारले ढोल बजाउने गर्दछन् । यस्तै ग्रामदेवताको वार्षिक पूजाको अवसरमा समेत ढोल बजाइने गरिन्छ ।
समाजमा शिशुको जन्म हँुदा प्रसूति सेवामा चमइन (चमार जातिकी महिला)द्वारा योगदान पुर्याइने गरिन्छ । यस्तो प्रसूति सेवामा संलग्न रहने चमइनलाई अर्को शब्दमा दगरिन पनि भनिन्छ । यस अन्तर्गत शिशुको प्रसव कार्यदेखि लिएर प्रसूताको सेवाकार्यसम्म दगरिनले गर्ने गर्दछिन् । नवजात शिशु र प्रसूतालाई राखिने स्थानलाई ‘सोइरी’ घर भनिन्छ, जहाँ चमइनको प्रवेश मान्य रहेको हुन्छ । जन्माशौचको शुद्धिपश्चात् चमइनलाई अन्न, वस्त्र, द्रव्य आदि दिइने गरिन्छन् ।
यसका साथै चमार जातिका मानिसहरू समाजमा बाजा बजाउने कार्य गर्दछन् । मिथिला क्षेत्रमा यिनीहरूले बजाउने परम्परागत वाद्य अन्तर्गत ढोल र पिपही नामक वाद्ययन्त्र हुने गर्दछन्, जुन प्राय: प्रत्येक सांस्कारिक शुभ कार्य तथा अन्य शुभ अवसरहरूमा बजाइने गरिन्छ । यस क्षेत्रमा शुभविवाहको अवसरमा लोकप्रिय रहेको बाजा ढोल–पिपही बजाइएको सुन्दा शोभायमान लाग्ने गर्दछ, जसलाई मैथिली बोलीमा ‘सोहाओन’ भनेर भन्ने गरिन्छ । मैथिली संस्कार–गीतहरूमा ‘हे सोहाओन लागे...’ भन्ने वाक्यांश यत्रतत्र सुन्न सकिन्छ । यस्तै मिथिला क्षेत्रमा ‘बिन चमार बरियाती नहिं’ भन्ने वाक्यांश भन्ने गरिएको पाइन्छ । बरियाती भनेको जन्ती हो । यसको तात्पर्य चमार जातिको अर्थात् ढोल–पिपही बाजाको सहभागिता भएको जन्तीलाई शुभ तथा शुद्ध मानिन्छ, अत: जन्तीमा यो बाजालाई अनिवार्यरूपले सामेल गर्ने परम्परा रहेको देखिन्छ । अर्कोतर्फ, कतिपय अवस्थामा शवलाई श्मशानघाट लैजाने बेलामा मलामी अन्तर्गत पनि चमारहरूद्वारा ढोल–पिपही बाजा बजाइने प्रचलन रहेको देखिन्छ ।
डोम :–
पौनी–पसारी वर्ग अन्तर्गत मिथिलाको समाजमा डोम जातिलाई पनि राखिएको पाइन्छ । यस जातिलाई समाजमा अस्पृश्य मानिने परम्परा रहेको छ । डोम जातिको निवासस्थान प्राय: गाउँको बाहिरी क्षेत्रमा रहने गरेको देखिन्छ । यिनीहरूको अधिकार क्षेत्र अन्तर्गत गाउँका निवासी सबै गृहस्थ परिवार हुने गर्दछन् । कतिपय स्थानमा यिनीहरूको अधिकारमा एकाधिक गाउँहरूसमेत रहेका पाइन्छन् । यिनीहरूमा पैतृक सम्पत्तिको भाग लगाइँदा गाउँलाई भाग लगाइने गरिएको हुन्छ ।
यस जातिको जातीय कार्य भनेको बाँसबाट विविध प्रकारका सामग्रीहरू बनाउनु र तिनलाई समाजमा आपूर्ति गर्नु भनिन्छ । मिथिला क्षेत्रमा बाँसलाई एउटा पवित्र वनस्पतिको रूपमा मानिने गरिन्छ । बाँसको उपयोग अनेक शुभाशुभ सांस्कारिक कार्यका अवसरमा गरिएको पाइन्छ । यसका साथै यसबाट विभिन्न आकार र प्रकारका सामग्री, भाँडा, बर्तन आदि बनाइने गरिन्छन्, जसको आवश्यकता विभिन्न व्रत, पर्व आदिका साथै घरेलु उपयोगको कार्यमा पर्ने गर्दछ । डोमद्वारा बनाइने बाँसका सामग्रीहरूमा फटक (ढोकाविशेष), घोघी, मेघडम्मर, पैली, ढोङरा, सूप, डगरी, चालनी, बीऐन, झुनझुना, कोनीबेनी, सखारी, पेटारी, पौती, कोठी, बेढंी, बखाढंी, कोनियाँ (सुपती वा सुपली), पथिया, पनपथिया, भौकी, फूलडाली (साजी), डाला, डाली, धामा, चङेरा इत्यादि हुन्छन् । यस्ता बाँसका सामग्रीहरू डोमहरूद्वारा कलात्मक ढ·ले र·ीच·ी पारेर बनाइने गरिन्छन् ।
डोमहरूलाई ग्रहण लागेको बेलामा तथा ग्रहणोग्रास भएपछि समेत दान दिइने प्रचलन रहेको पाइन्छ । यस अवसरमा अन्न, वस्त्र तथा द्रव्य आदि दान गरिन्छन् । यसरी दान दिएमा पुण्यलाभ हुनुका साथै ग्रहणदोष नलाग्ने विश्वास गरिन्छ । यस्तै अन्त्येष्टि संस्कारको समयमा मृतकलाई मुखाग्नि दिंदा डोमको हातबाट ग्रहण गरिएको अग्नि शुद्ध मानिने परम्परा रहेको देखिन्छ । यसका साथै श्राद्ध–भोजमा डोमलाई भोजन गराएमा दिव·त पितृको स्वर्गमा बास हुने मान्यता रहे अनुरूप मिथिलाको समाजमा श्राद्धको अवसरमा डोमलाई विधिवत् निमन्त्रण दिएर भोजन गराइने प्रथा रहेको पाइन्छ । यस अवसरमा यिनीहरूलाई भोजन गराएर दक्षिणा द्रव्य र वस्त्रादिसहित बिदाइ दिइने गरिन्छ । यसका साथै समाजमा आयोजना हुने भोजको अवसरमा जूठो उठाउने कार्य डोमले गर्दछन् । यिनीहरूको सुङ्गुर जनावर पाल्ने गरेका देखिन्छन् ।
यस प्रकार मिथिला क्षेत्रको समाजमा निवास गर्ने सेवामूलक प्रकृति भएका जातिहरू समाजका लागि अत्यन्त महत्त्वपूर्ण रहेका देखिन्छन् । पौनी–पसारी वर्गका जातिहरूमध्ये धोबी, चमार र डोम जातिहरू अस्पृश्य वर्गमा मानिन्छन् । सामाजिक परम्पराको दृष्टिले पानी नचल्ने भनिएका यी जातिहरूलाई मैथिली बोलीमा ‘अछोप’ पनि भन्ने गरिन्छ । यसरी एकातिर यस्ता जातिहरूलाई अछोप भनिने, परन्तु अर्कोतिर भने सामाजिकरूपमा यिनीहरूको अत्यन्त महत्त्वपूर्ण योगदान रहने गरिएको देखिन्छ । समाजमा व्यक्तिको जन्मदेखि उसको विविध सांस्कारिक कार्यहरूको अवसरमा समेत यस्ता जातिहरूको उल्लेखनीय भूमिका रहेको हुन्छ । जन्मको अवसरमा चमार जातिकी महिलाद्वारा प्रसव गराइनु एवं धोबी जातिद्वारा लुगा आदि सफा गरिनु तथा जीवनभरि विविध सांस्कारिक उत्सव आदिमा योगदान पुर्याउँदै अन्त्यमा अन्त्येष्टि संस्कारको अवसरमा डोमको हातको अग्निद्वारा दाहक्रिया सम्पन्न गराइनु इत्यादि यस्ता कुराहरू हुन्, जसका विषयमा विचार गर्दा वास्तवमा यी अछोप भनिने जातिहरू एक प्रकारले समाजमा शुद्धि गर्ने कार्य गरिरहेका देखिन्छ । यसलाई अर्को शब्दहरूमा भन्ने हो भने मनुष्यको पृथ्वीमाथि आगमन हुँदा अर्थात् प्रसवकालमा चमार जातिको योगदान, जीवनकालमा स्वच्छता विषयक क्षेत्रमा धोबी जातिको योगदान एवं देहान्त भएपछिको पवित्र अग्नि–संस्कारको अवसरमा डोम जातिको योगदान रहेको पाइन्छ ।
यसरी नै जन्माशौचपश्चात् हजामद्वारा नङ काटिएपछि जच्चा र बच्चाको शुद्धि हुने भनिन्छ । यस्तै मुण्डन, चूडाकरण आदिका अवसरमा कपाल काट्नेदेखि विवाहका अवसरमा अनेक विधिहरू गर्दै मरणाशौचको शुद्धि हुने बेलामा क्षौरकर्म पनि हजामद्वारा गरिने हुन्छन् । यस्तै माली जातिद्वारा प्रदान गरिने फूलपात तथा मौर इत्यादि शुभ मानिन्छ । त्यस्तै बरईद्वारा पवित्र पानको पात तथा लोहारद्वारा अनेक प्रकारका विधिगत लौह तथा काष्ठ सामग्री प्रदान गरिएका हुन्छन् । यसरी नै कुम्हारद्वारा माटाका एवं डोमद्वारा बाँसका सामग्रीको आपूर्ति गरिने हुन्छन् । यस्तै प्रकारले समाजमा सर्वोच्च जातिका रूपमा देवतुल्य मानिएका ब्राह्मण जातिद्वारा पूजा–प्रतिष्ठा, यज्ञ–अनुष्ठानका साथै अनेक शुभ सांस्कारिक कार्य सम्पन्न गराइनुले गर्दा यस लोकका साथै परलोकको समेत सुधार हुने विश्वास रहेको पाइन्छ । यस्तै महापात्र ब्राह्मणद्वारा परलोकवासी पितृवर्गको प्रेततत्त्वबाट मुक्ति हेतु पिण्डदान इत्यादि कर्म सम्पन्न गराइने गरिन्छन् ।
यसरी विचार गर्दा मिथिला क्षेत्रको समाजमा निवास गर्ने यस्ता सेवामूलक प्रकृति भएका जातिहरूको योगदान एवं अन्य गृहस्थ वर्गीय जातिहरूसितको पारस्परिक सहयोग र सौहार्दको भावनाले गर्दा समाजमा एक प्रकारको सामाजिक अनुशासन कायम राख्नमा सहयोग पुगेको बुझिन्छ । यसबाट समाजमा निवास गर्ने सबै वर्ग र जातिहरूका बीचमा परस्पर निर्भरताको भावबोधको विकास हुने एवं सामाजिक एकता र उदार सामूहिक भावनाको भाव जागरित तथा सम्पोषित हुने विश्वास समाजमा रहेको पाइन्छ ।
मिथिला क्षेत्रमा पौनी–पसारी वर्गमा रहेका यी जातिहरू वस्तुत: प्राविधिक र व्यावसायिक जातिहरू बुझिन्छन् । समाजका लागि अत्यन्त अनिवार्य मानिने यस्ता जातिहरूका साथै अन्य व्यावसायिक जातिहरूले समेत परम्परागतरूपमा जातीय व्यवसाय गर्नुपर्ने मान्यता रहेको भए तापनि वर्तमान समयमा विकसित वैज्ञानिक र प्राविधिक क्षेत्रमा भएका प्रगति इत्यादिका कारणले गर्दा समयको परिवर्तनको आधारमा समाजमा खास जातिको पेसाको रूपमा निर्धारित रहेका कार्य सम्बन्धित जातिद्वारा मात्र हुने गरिएका देखिंदैनन् । यसैले परम्परागतरूपमा एउटा जातिले गर्ने भनेर निर्धारित गरिएको कार्य अहिले अर्को जातिद्वारा सम्पादित भइरहेको देख्न सकिन्छ । यसको फलस्वरूप एक जातिद्वारा अर्को जातिसित गरिने परम्परागत व्यवहारमा समेत परिवर्तन देखा पर्न थालेका छन् । यस सन्दर्भमा छुवाछूत, उठबस, खानपान, आवागमन, विधिव्यवहार इत्यादि क्षेत्रहरूमा पहिलेका प्रचलनहरूमा अहिले भने व्यापकरूपले भिन्नता देख्न सकिन्छ । यसरी नै आफ्नो जाति अन्तर्गत गरिने परम्परागत विधि–व्यवहार आदिका क्षेत्रमा पनि समयानुकूल तथा परिस्थितिजन्य अनेक परिवर्तन, संशोधन र परिवद्र्धन गरिएका देखिन्छन् । यसबाट सामाजिक मूल्य र मान्यता तथा परम्परामा समेत विस्तृत र व्यापक प्रभावहरू परिरहेका छन् । भनिन्छ कि प्रगतिशीलता समयको चाहना र आवश्यकता हो एवं यसको प्रवाहलाई रोक्न कठिन हुने हुन्छ । अर्कोतिर प्रत्येक समाजको सामाजिक संस्कृतिका केही राम्रा पक्षहरू पनि हुने गर्दछन्, जसबाट त्यस समाजका विशेषताहरू प्रकाशित भइरहेका हुन्छन् । यस कारण तिनीहरूको संरक्षणतर्फ प्रयास हुनु एवं यस्ता विषयहरूमा गहन अध्ययन र अन्वेषण गरिनु अति आवश्यक रहेको भनिन्छ । यसबाट परम्परागत सामाजिक र सांस्कृतिक गरिमा अक्षुण्ण रहनुका साथै आधुनिक वैज्ञानिक ज्ञानबाट प्राप्त उपलब्धिको लाभसमेत प्राप्त गर्न सकिने विश्वास गर्न सकिन्छ ।

0 comments:
Post a Comment