नेपालको बजेट २०७८/७९ सम्पुर्ण जानकारी ।

नेपाल सरकारले नेपालको बजेट २०७८/७९ सार्वजनिक गरेकाे छ। नेपालकाे बजेट 2077/78 अध्यादेश मार्फत अर्थ मन्त्रि विष्णु प्रसाद पाैडेल ले २०७८ ज्येष्ठ १५ गते सार्वजनिक गर्नु भएकाे हाे। वर्तमान नेपालकाे संविधान लागु भएपछि पहिलाे पटक नेपालकाे बजेट अध्यादेश मार्फत सार्वजनिक भएकाे हाे। ज्येष्ठ ०८ गते मन्त्रिपरिषदकाे सिफारिसमा प्रतिनिधि सभाकाे विघटन भएकाले नेपालकाे बजेट अध्यादेश मार्फत सार्वजनिक गर्नुपर्ने बाध्यता रहेकाे थियाे। नेपालकाे संविधान धारा ११९ बमाेजिम नेपालमा प्रत्येक वर्ष ज्येष्ठ १५ गते बजेट सार्वजनिक हुने गरेकाे छ।

बजेटकाे समग्रता,नेपालकाे बजेट २०७८/७९ काे देखापढि इन्फाेग्राफिक्स
बजेटकाे समग्रता,
नेपालकाे बजेट २०७८/७९ काे देखापढि इन्फाेग्राफिक्स
विभिन्न शिर्षकमा विनियाेजित बजेट,नेपालकाे बजेट २०७८/७९ काे देखापढि इन्फाेग्राफिक्स
विभिन्न शिर्षकमा विनियाेजित बजेट,
नेपालकाे बजेट २०७८/७९ काे देखापढि इन्फाेग्राफिक्स

बजेट सम्बन्धि संवैधानिक व्यवस्था

नेपालकाे संविधान २०७२

११९. राजस्व र व्ययको अनुमानः

(१) नेपाल सरकारको अर्थमन्त्रीले प्रत्येक आर्थिक वर्षको सम्बन्धमा संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा देहायका विषयहरू समेत खुलाई वार्षिक अनुमान पेश गर्नु पर्नेेछः–
(क) राजस्वको अनुमान,
(ख) संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकमहरू, र
(ग) संघीय विनियोजन ऐन बमोजिम व्यय हुने आवश्यक रकमहरू ।

(२) उपधारा (१) बमोजिम वार्षिक अनुमान पेश गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्च
अनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण पनि साथै पेश गर्नु पर्नेछ ।

(३) नेपाल सरकारको अर्थमन्त्रीले उपधारा (१) बमोजिमको राजस्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महीनाको पन्ध्र गते संघीय संसदमा पेश गर्नेछ ।

नेपालको बजेट २०७८/७९ का उद्देश्य तथा प्राथमिकताहरू

नेपालको बजेट २०७८/७९
नेपालको बजेट २०७८/७९

अर्थमन्त्रि विष्णु प्रसाद पाैडेल द्वारा ज्येष्ठ १५ गते सार्वजनिक नेपालकाे बजेट 2078/79 का प्रमुख उद्देश्य तथा प्राथमिकताहरू निम्नानुसार छनः

नेपालको बजेट २०७८/७९ का उद्देश्यहरू

  • संक्रामक लगायत सवै राेग र विपद बाट नागरिककाे जीवन रक्षा गर्दै जनजीवनलाइ सहज र सुरक्षित बनाउने,
  • उपलब्ध साधन स्राेत, अवसर र क्षमताकाे उच्चतम परिचालन गरि उच्चतम अार्थिक पुनराेत्थान गर्दै विकासकाे गतिलाइ निरन्तरता दिने,
  • नागरिकका माैलिक हक र अधिकारका रूपमा रहेका अावश्यकता परिपुर्ति मार्फत लाेककल्याणकारी भुमिका बढाउने र
  • सामाजिक, अार्थिक र भाैतिक पुर्वाधार विकास मार्फत उत्थानशील, समुन्नत, स्वाधिन, समृद्ध एवम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्दै जाने

नेपालको बजेट २०७८/७९ का प्राथमिकताहरू

  • काेराेना लगायत सवै किसिमका स्वास्थ्य जाेखिमबाट नागरिक सुरक्षित राख्न र गुणस्तरीय स्वास्थ्य सेवा सर्वसुलभ बनाउन स्वास्थ्य सेवाकाे दायरा विस्तार, स्वास्थ्य पुर्वाधार निर्माण तथा स्तराेन्नति तथा स्वास्थय जनशत्ति विकास,
  • काेराेना भाइरस संक्रमणकाे राेकथाम तथा नियन्त्रणका लागि चालिएका कदमबाट टुटेका उत्पादन र अापुर्ति श्रृङखलालाइ पुनस्थापित गर्दै कृषि, उद्याेग, पर्यटन, निर्माण लगायत प्रभावित व्यवसायकाे पुनरूत्थान,
  • नागरिकका लागि काम र राेजगारीका अवसर, खाद्य सुरक्षा, सुरक्षित अावास, सर्वकालिन सामाजिक सुरक्षा र संरक्षण,
  • विकासकाे शिघ्र प्रतिफल प्राप्त हुने र अागामि वर्ष भित्र सम्पन्न हुने अधुरा अायाेजना कार्यान्वयन,
  • गुणस्तरीय र जीवनपयाेगी शिक्षा, सूचना प्रविधिकाे विस्तार, अाधारभुत खानेपानि लगायतका सामाजिक, अार्थिक तथा भाैतिक पुर्वाधारहरूकाे विकास तथा निर्माण र
  • संघीयता कार्यान्वयन, गुणस्तरीय तथा पहुँचयुत्त सार्वजनिक सेवा र उत्तरदायि तथा पारदर्शि शासन व्यवस्थाकाे सुदृढिकरण ।

अघिल्लाे आ‍.व‍. सँग बजेटकाे तुलना

चालु अा.व २०७७/७८ र अागामि अा.व. २०७८/७९ काे नेपालकाे बजेटका बिचमा तुलना गराैः

बजेट शिर्षकआ व २०७८/७९आ व २०७७/७८
कुल बजेट रकम
(रूपैयाँ कराेडमा)
१६,४७,५७ कराेड१४,७४,६४ कराेड
चालु खर्च६,७८,६१ कराेड९,४८,९४ कराेड
पुँजिगत खर्च३,४७२,६ कराेड३,५२,९१ कराेड
वित्तिय व्यवस्था२,०७,९७ कराेड१,७२,७९ कराेड
राजश्व अनुमान१०,२४,९० कराेड८,८९,६२ कराेड
वैदेशिक अनुदान६३,३७ कराेड६०,५२ कराेड
ऋण
अान्तरिक ऋणः
वैदेशिक ऋणः

२,५० कराेड
३,०९,२९ कराेड
५,२४,५० कराेड
२,२५,०० कराेड
२,९९,५० कराेड
वित्तिय समानिकरण अनुदानः
प्रदेशः
स्थानीय तहः
३,८६,७१ कराेड
५७,९५ कराेड
९४,५६ कराेड

५५,१९ कराेड
९०,५ कराेड
सशर्त अनुदानः
प्रदेशः
स्थानीय तहः

३५,८७ कराेड
१,७३,५० कराेड

३६,३५ कराेड
१,६१,८ कराेड
राजश्व बाँडफाँड१,२६,६९ कराेड१,२२,१४ कराेड
समपुरक अनुदान१२,३८ कराेड९ अर्व ९६ कराेड
विशेष अनुदान१२,४६ कराेड९ अर्व ९७ कराेड
अघिल्लाे आ‍.व‍. सँग नेपालकाे बजेट २०७८/७९ काे तुलना

नेपालको बजेट २०७८/७९ का मुख्य प्रावधानः

  • अघिल्लाे आ.व. भन्दा झण्डै दुइ अर्वले बजेटमा बढाेत्तरी भए पनि चालु र पुजिँगत खर्च कटाैति भएकाे छ।
  • वित्तिय व्यवस्था तर्फकाे बजेटमा बढाेत्तरी भयाे।
  • काेराेना महामारी नियन्त्रणका लागि कूल ३७ अर्ब ५३ कराेड रकम विनियाेजन।
  • १०० शैयाका प्रत्येक अस्पतालले अनिवार्य अक्सिजन प्लान्ट जडान गर्नुपर्ने व्यवस्था। निजी अस्पतालहरूलाइ अक्सिजन प्लान्ट जडान गर्दा लाग्ने सुक्लकाे ५० प्रतिशत अनुदान प्रदान गरिने ।
  • प्रत्येक स्वास्थ्य चाैकि तथा सरकारी अस्पतालहरूमा कुल ७० प्रकारका विभिन्न अाैषधिहरू निशुल्क पाउने व्यवस्था गर्ने कार्यमा निरन्तरता याे सेवाका लागि ५ अर्व ६० कराेड रकम विनियाेजन।
  • सवै प्रदेशमा ५० शैयाकाे सरूवा राेग सम्बन्धि अस्पताल निर्माण र काठमाडाैमा ३०० शैयाकाे सरूवा राेग सम्बन्धि विशेषश अस्पताल निर्माण गरिने।
  • देशभरका बालबालिकालाइ विभिन्न १३ प्रकारका खाेपहरू अनिवार्य लगाइने र अागामि वर्ष नेपाललाइ पुर्ण खाेपयुत्त देशकाे रूपमा घाेषणा गरिने।
  • देशै भर थप २९,४०० हेक्टर जमिनमा सिँचाइ सेवा पुर्याउने।
  • पाँच, दश र पन्ध्र शैयाका अस्पताल निर्माणका लागि (स्थानिय तहमा) अावश्यक बजेट विनियाेजन।
  • आर्थिक वृद्धिदर र मुद्रास्फ्रिती दर ६.५ प्रतिशत हुने अनुमान
  • कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने’
  • ‘खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैया बिनियोजन
  • ‘कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रूपैयाँ बिनियोजन’
  • ‘मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयं सेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि,अब मासिक १२ हजार रूपैयाँ पाउने’
  • ‘ढल्केबर,बर्दघाट र लम्कीमा ट्रमा सेन्टर निर्माणको लागि बजेट बिनियोजन’
  • सशर्त अनुदान तर्फ प्रदेशलाई ३७ अर्ब ८७ करोड र स्थानीयत तहलाई १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरिएको छ ।
  • प्रदेशलाई वित्तिय समानिकरण अनुदान ५७ अर्ब ५४ करोड र स्थानीय तहलाई ९४ अर्ब सामानिकरण अनुदान विनियोजन गरेको
  • समपुरक अनुदान तर्फ १२ अर्ब ३७ करोड र बिषेश अनुदान तर्फ १२ अर्ब ४६ करोड विनियोजन भएको छ
  • निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य वीमाअन्तर्गत ५० प्रतिशत घरपरिवारलाई पहुँच ल्याउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको
  • सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि, वृद्ध भत्ता ४००० पुग्यो
  • सामाजिक सुरक्षा कोषमा योगदानकर्ता र रोजगारदाताले योगदान गर्नुपर्ने जेठ र असार महिनाको योगदान रकम सरकारले व्यहोर्ने
  • ‘युवालाई ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्मको कर्जाको व्यवस्था गरिने’ ⇨सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा, निजीलाई प्रोत्साहन गरिने
  • निषेधाज्ञा अवधिभरको विद्युत महसुलमा ५० प्रतिशतसम्म छुट
  • ‘५ वर्षभित्र नेपाललाई चामलमा आत्मनिर्भर बनाइने
  • आगामी एक वर्षमा १ लाखलाई नि:शुल्क तालिम दिने
  • रसायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको ⇨प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई लाख रोजगारी सिर्जना गर्न १२ अर्ब बजेट छुट्याईएको
  • सबै प्रदेशमा भू बैंक स्थापना, खाली जग्गा व्यवसायिक खेतीमा लगाइने
  • भूमिहिन दलित, सुकुम्बासी, जग्गाविहिनलाई आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने घोषणा ⇨गरिबी निवारण कोष खारेज गर्ने
  • साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने
  • पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी लाई २०८८ सम्म विद्युतीय सवारीले विस्थापन गरिने ⇨मौसम सम्बन्धी सूचना प्रवाहका लागि सरकारले छुट्टै टेलिभिजन सञ्चालन गर्ने भएको छ ।
  • मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय आगामी वर्ष संचालनमा ल्याइने
  • सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।उक्त अभियानमार्फत सिमेन्ट, औषधि र फलामे डण्डीमा निर्यात तथा प्रर्वधन गरिने
  • चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाईने
  • दलित, मुस्लिम र मुक्त कमलरी महिलालाई उच्च शिक्षासम्म सबै विषय पढ्नेका लागि नि:शुल्क पढ्न पाउने व्यवस्था गरेको
  • बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलव १५ हजार पुग्यो
  • चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत शुल्क छुट, इजाजत तथा नवीकरण शुल्क पनि नलाग्ने
  • काठमाडौं उपत्यकामा सञ्चालित उद्योगलाई मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने
  • हुम्लाको सदरमुकाम सिमिकोटलाई आगामी वर्षमा राष्ट्रिय राजमार्गमा जोडिने
  • तीनकुने-जडिबुटिमा सुरङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन
  • पूर्वपश्चिम राजमार्गलाई सुरक्षा व्यवस्थासहित विस्तार गर्न १५ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
  • २ वर्षमा सबै सामुदायिक विद्यालयमा नि:शुल्क ईन्टरनेट ।
  • मुस्ताङमा यूरेनियम सम्भाव्यताको अध्ययन गरिने ।
  • झापाको दमकमा अन्तर्राष्ट्रिय रङ्गशाला । २ वर्षमा सप्पन्न हुने ।
  • पूर्वपश्चिम रेलमार्ग सहितका रेलमार्ग आयोजनाका लागि १० अर्ब ३ करोड बजेट छुट्याएको
  • दार्चुलादेखि ताप्लेजुङसम्म हिमालय पदमार्ग बनाइने,
  • विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै काठमाडौंमा नयाँ १ सय वटा विद्युतीय बस संचालन गर्ने
  • विद्युतबाट चल्ने घरायसी सामग्रीको भन्सार मूल्य घटाउने
  • १ लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गरिने, अनुदान ७५ हजार
  • संसद विकास कोषको नामले परिचित ‘स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम’ खारेज
  • साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याइने ।
  • ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व.पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको छ भने स्व. आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिने
  • भूकम्पपछिको पुनर्निर्माणका लागि ३३ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको छ
  • नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा
  • २ वर्षमा सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिने
  • सुरक्षाकर्मीको राशन भत्ता १५ प्रतिशत भएको
  • सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि भएको छ भने १० लाखको दुर्घटना विमा र १ लाखको स्वास्थ्य बीमा हुने
  • वर्षमा २० लाखसम्म कारोबार गर्नेलाई आयक करमा ९० प्रतिशत छुट, २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आयक करमा ७५ प्रतिशत छुट, ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई आयकरमा ५० प्रतिशत छुट दिइएको

Download नेपालको बजेट २०७८/७९

नेपाल बजेट २०७८/७९ प्राप्त गर्न तपाँइले अर्थ मन्त्रालयकाे वेवसाइट मा जान सक्नुहुन्छ। याे र यस भन्दा अघिल्ला वर्षहरूकाे सम्पुर्ण बजेटहरू pdf फर्म्याटमा अर्थ मन्त्रालयकाे वेवसाइटकाे बजेट शिर्षकमा उपलब्ध छन। यस्का अलावा तपाँइले तलकाे Download Bottom क्लिक गरि नेपाल बजेट 2078/79 pdf प्राप्त गर्न सक्नुहुन्छ।

Download 



कम्प्युटर सँग सम्बन्धित 100+ कोर्स र अन्य कार्यको लागी सम्झनुपर्ने ठाँउ
Microsoft | Veloces | Certiport जस्ता प्रसिद्द संस्थाको नेपालको राष्ट्रिय पार्टनर ।
𝗗𝗘𝗘𝗣 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲 (𝗗𝗲𝗲𝗽 𝗜𝗧 & 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲)
(𝗡𝗲𝗮𝗿 𝗣𝗼𝗸𝗵𝗮𝗿𝗮 𝗠𝗲𝘁𝗿𝗼𝗽𝗼𝗹𝗶𝘁𝗮𝗻 𝗪𝗮𝗿𝗱 𝗡𝗼. 𝟴 𝗢𝗳𝗳𝗶𝗰𝗲, 𝗧𝗵𝗶𝗿𝗱 𝗙𝗹𝗼𝗼𝗿)
Phone No.: 061-550521
Mobile No.: 9856025421 (Viber | WhatsApp) | 9824138027
email: info@deepci.com.np






Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment