स्थानीय सरकार भनेकाे के हाे?

 स्थानीय सरकार भन्नाले नेपालकाे संविधान धारा ५६(४) बमाेजिमका स्थानिय तहहरूलाइ बुँझाउछ। संघीय शासन प्रणालिमा स्थानिय सरकार संघीयताकै अंग (राज्य संरचना) तथा कुनै संघीय इकाइकाे उप इकाइकाे रूपमा समेत अभ्यास गरिदै अाएकाे देखिन्छ। नेपालमा स्थानिय सरकार स्थानीय तहकाे नाममा संघीय इकाइकाे रूपमा कार्यान्वयनमा छ।

राज्य संयन्त्रमा अाम नागरिकले स्थानीय रूपमै त्यहाँकाे विकास, प्रशासन, शान्ति सुरक्षा र स्थानिय कानुन एवंम अर्थतन्त्रकाे संचालनका खातिर निर्माण गरेकाे स्थानीय कार्यकारिणि अधिकार प्राप्त निकाय नै स्थानिय सरकार हाे। स्थानीय सरकार अाफुलाइ प्राप्त अधिकार क्षेत्रमा स्थानीय अावश्यकता अनुरूप नीति निर्माण गर्न, याेजना छनाैट तथा वजेट विनियाेजन गर्न र समग्र स्थानीय शासनकाे मेरूदण्डकाे रूपमा कार्य गर्न स्वतन्त्र र स्वायत्त रहन्छ। यद्यपि त्यस्ताे स्वतन्त्रता र स्वायत्तताकाे सिमा सम्बन्धित राज्यकाे स्थानीय शासन सम्बन्धि कानुन र प्रदत्त अधिकार मुताबिक हुन्छ।

स्थानीय सरकार/स्थानीय शासनकाे अावश्यकता/महत्व

स्थानीय सरकारकाे अावश्यकता निम्नलिखित कार्यहरूका लागि अावश्यक पर्दछः

स्थानीय सरकार

  • स्थानीय नेतृत्व क्षमता विकास गर्न
  • शासनमा नागरिककाे संलग्नता अभिवृद्धि गर्न
  • स्थानीय अावश्यकता र चाहानाकाे यथाेचित सम्बाेधन गर्न
  • सुशासन प्रवर्धन गर्न
  • विकास प्रकृयामा नागरिक संलग्नतालाइ अधिवृद्धि गर्न
  • स्थानीय स्राेत,साधन, सिप र पुँजिकाे यथाेचित परिचालन गर्न
  • स्थानिय अर्थतन्त्रकाे सवलीकरण गर्न
  • प्रत्यक्ष लाेकतन्त्रकाे विकास गर्न

नेपालमा स्थानीय सरकार

नेपालमा प्रथम पटक स्थानीय सरकारकाे अवधारणा नेपालकाे संविधान २०७२ ले अवलम्बन गरेकाे संघीयताकाे व्यवस्था अनुरूप प्रारम्भ भयाे। यस अघि स्थानीय शासनलाइ प्रवर्द्धन गर्न कानुनि रूपमा स्थानीय स्वायत्त शासन एेन २०५५ र नियमावली २०५६ ले स्थानीय सरकारकाे रूपमा गाँउ विकास समिति र नगरपालिकाकाे व्यवस्था गरेपनि त्याे प्रत्याेजित अधिकार थियाे र त्यस्ले पुर्ण तया व्यवस्थापकिय कार्य सम्पादन गर्न असमर्थ स्थानीय निकायहरू थिए। नेपालमा एेतिहासिक काल देखिनै कुनै न कुनै नाम बाट स्थानीय शासनलाइ प्रवद्धन गर्ने प्रयास हुदै अाएकाे देखिन्छ। लिच्छिविकाल,किँरातकाल, शाहकाल तथा राणाकाल सम्म अाइपुग्दा विभिन्न नामहरू बाट स्थानिय शासन स्थानीय निकाय सम्म अाइपुग्याे।

नेपालकाे संविधानले धारा ५६ (१) मा संघीय लाेकतान्त्रिक गणतन्त्र नेपालकाे मूल संरचना संघ, प्रदेश र स्थानीय तहकाे गरि तीन तहकाे हुनेछ। भन्ने व्यवस्था गरे सँगै नेपालमा संघियताकाे एक इकाइकाे रूपमा स्थानीय सरकार र स्थानीय शासन स्थापित हुन पुगेकाे छ। हाल नेपालमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुरूप स्थानीय सरकार संचालित छ।

कम्प्युटर सँग सम्बन्धित 100+ कोर्स र अन्य कार्यको लागी सम्झनुपर्ने ठाँउ
Microsoft | Veloces | Certiport जस्ता प्रसिद्द संस्थाको नेपालको राष्ट्रिय पार्टनर ।
𝗗𝗘𝗘𝗣 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲 (𝗗𝗲𝗲𝗽 𝗜𝗧 & 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲)
(𝗡𝗲𝗮𝗿 𝗣𝗼𝗸𝗵𝗮𝗿𝗮 𝗠𝗲𝘁𝗿𝗼𝗽𝗼𝗹𝗶𝘁𝗮𝗻 𝗪𝗮𝗿𝗱 𝗡𝗼. 𝟴 𝗢𝗳𝗳𝗶𝗰𝗲, 𝗧𝗵𝗶𝗿𝗱 𝗙𝗹𝗼𝗼𝗿)
Phone No.: 061-550521
Mobile No.: 9856025421 (Viber | WhatsApp) | 9824138027
email: info@deepci.com.np
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment