महत्वपुर्ण सम्भावित प्रश्न - उत्तरहरु .............


  • रातो मच्छिन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवि राजा को हन् ?       – वरदेव
  • राजा रणबहादुर शाहको हत्या सौतेनी भाइ शेरबहादुर शाहद्वारा कहिले गरिएको  थियो ?      – वि.सं. १८६३ बैशाख १४ (शेरबहादुर शाहलाई तत्काल जङ्बहादुरका बाबु लनरसिंह कुँवरले छप्काएका थिए)
  • पहिलो विश्वयुद्धमा बेलायती सेनामा खटिएका र अङ्गभङ्ग भई फर्केका सैनिकलाई बार्षिक रुपमा निश्चित रकम दिने परम्परा कुन राणा प्रमले बसालेका हुन् ?      – चन्द्र शमशेर
  • कुन राणा प्रमले सैनिक द्रव्यकोषको स्थापना गरी तोकिएको वर्ष सेवा पुरा गरेका जंगीतर्फका अफिसरहरुका लागि सैनिक द्रव्यकोषको व्यवस्था मिलाई नोकरी छुटेपछि एकमुष्ट रुपियाँ पाउने व्यवस्था मिलाएको थियो ?        – जुद्ध शमशेर
  • वि.सं. १३१० मा गएको भूकम्पमा परेर मर्ने मल्ल राजा को हुन् ?      – अभय मल्ल (यिनी पहिलो मल्ल राजा अरि मल्लका छोरा थिए)
  • कर्मचारीलाई निवृत्तिभरण (पेन्सन) दिने प्रचलन विश्वमा सर्वप्रथम सन् १८८३ मा कुन देशबाट प्रारम्भ भएको हो?       – जर्मनी
  • रोमन साम्राज्यका पहिलो सम्राट को हुन् ? जो ४० वर्षे लामो शासकका रुपमा रहेका थिए ?    –अगस्टस्
  • विश्वविख्यात योद्धा अलेकजेण्डर द ग्रेटकी पत्नीको नाम के थियो ?     – रोक्सना
  • सन् १४९२ मा अमेरिका पत्ता लगाउने भौगोलिकवेत्ता क्रिस्टोफर कोलम्बसको जन्म कुन देशमा भएको थियो ?      – इटली (इटलीको गेनोआमामा, अमेरिका पत्ता लगाउँदा उनी ४१ वर्षका थिए)
  • सर्बप्रथम रास्ट्रीय झन्डा प्रयोग गर्ने देश कुन हो?       – डेनमार्क
  • शनिबार नेपाल ले जस्तै बिदा दिने देस कुन हो?       – इजरायल
  • रवर को सडक कुन देश मा छ?      – फ्रान्स
  • पृथ्वी को पहिलो मानिस लाई के नाम दिइएको छ?      – रामापिथेकस
  • बाबू ले लेख्न सुरु गरेर छोरा ले पूरा गरेको बिस्वप्रसिद्ध कृति कुन हो?       – कादम्वरी
  • केन्द्रीय बैंक नभएको देश कुन हो ?      – पानामा
  • भारत का सम्राट अशोक ले लडेको एउटा मात्र युद्ध कुन हो ?     – कलिङ को युद्ध
  • विश्वका सात आश्चर्य मध्ये डायनादेभी को मुर्ती बनाउने ब्यक्ती को हुन?     – क्रोमस
  • इतिहास को बत्ती भन्नाले कुन देश लाई बुझाउछ ?     – ग्रीस
  • गोल्डने गेट नामक उपन्यासका लेखिका को हुन् ?      – सिर्जना शर्मा
  • सुदूर पश्चिममा कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथामा आधारित कालो छायाँ उपन्यासका लेखिका को हुन् ?    –   अनुपमा जोशी
  • नेपाल सरकारले २०७० सालको बरिष्ठ पत्रकार सम्मान ( जनही रु२ लाख ) कतिजना बरिष्ठ पत्रकारलाई गरिएको थियो ?   – तिनजनालाई ( हरिहर विरही, शम्भू श्रेष्ठ , र अर्जुन ज्ञवाली )
  • बुद्ध धर्ममा भिक्षु जीवनको सुरुवातलाई के भनिन्छ ?   – प्रवज्या
  • विश्वमा क्रिश्चियन धर्म मान्नेहरुको संख्या विश्वको कुल जनसंख्याको कति प्रतिशत रहेको छ ?   – ३३.७ प्रतिशत
  • एक अर्का भेट्दा सर्वप्रथम तिमीले खाना खायौँ? भनेर सोध्ने प्रचलन कुन एसियाली मुलुकका नागरिकमा रहेको छ ?    – चीन
  • एक सर्वेक्षण अनुसार चिनियाँ अर्थतन्त्र कहिले अमेरिकाको हाराहारीमा पुग्नेछ ?   – २०२५ मा
  • अर्थशास्त्रमा वस्तुको एकमात्र उत्पादन भएको अवस्थालाई मोनोपोली भनिन्छ भने कुनै पनि बस्तु एकमात्र खरिददार भएको अवस्थालाई के भनिन्छ ?     – मोनोब्सनी
  • अर्थमन्त्री डा. रामशरण महतले २०७१ असार २९ गते सार्वजनिक गरेको आ.व २०७१\७२ को बजेटमा कति प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य किटान गरेको छ ?    – ६ प्रतिशत
  • टेनिस जगतमा १७ वटा ग्राण्डस्लाभ जितेर विश्वमा सर्वाधिक ग्रान्डस्लाभ जित्ने पुरुषमा स्विट्जरल्यान्डका रोजर फेडेरर विश्व नम्बर एकको स्थानमा कति हप्ता विताएर र्कीर्तिमान बनाएका हुन् ?     – ३०२ हप्ता
  • दक्षिण अफ्रिकाका अलराउन्डर क्रिकेटर तथा विश्वकै उत्कृष्ट क्रिकेटर मानिने ज्याक कालिसले सबैखाले क्रिकेटबाट कहिले सन्यास लिए ?    – सन् २०१४ जुलाई ३०
  • ‘टाकिला’ कुन मुलुकको राष्ट्रिय पेयपदार्थ हो ?    – मेक्सिको
  • World Cup 2015 मा पहिलो सतक बनाउने खेलाडी को हुन् ?   – आरोन फिन्च (अस्ट्रेलिया)
  • नदीले कटान गरि ल्याएको माटो वा गिट्टीमा पाइने शुद्ध सुनको टुक्रा वा कणलाई के भनिन्छ ?   – प्लासर
  • निल आर्मस्ट्रङको निधन कहिले भएको हो   – 2012 अगष्ट 25
  • लैङ्गिक विकास सूचकाङ्कमा नेपाल विश्वको कति औं स्थानमा रहेको छ ?    – ९८ औं
  • मल्ल कालमा सैनिक अधिकारीलाई के भनिन्थ्यो ?    – उभय
  • जटजटिन नाच कुन जातिमा प्रचलित छ ?    – थारू
  • कुन जातिलाई ‘कारभोटे’ भनिन्छ ?    – ल्होमी
  • वाल्मीकि आश्रम कहाँ रहेको छ ?    – नवलपरासी (नारायणी नदीको किनारमा)
  • कौटिल्यको वास्तविक नाम के हो ?     – विष्णु गुप्त
  • नेपाल र बंगलादेशबिच दोहोरो करमुक्ति सम्झौता कहिेले भयो ?    – वि.सं २०७१ माघ १५ गते
  • मत्स्यपालनको विकास समृद्ध राष्ट्रको आधार भन्ने नाराका साथ राजधानीमा दोस्रो राष्ट्रिय मत्स्य महोस्सव कहिले सम्पन्न भयो ?         – वि.सं २०७१ माघ १६–१८
  • नेपालले सार्क सदस्य राष्ट्रभित्र कति सेवा व्यापार खुला गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ?     – ७०
  • "मनमा रिस पालिरहुन भनेको अर्कामाथि फ्याक्ने उद्येश्यले आगोको कोइला हातमा लिनुजस्तो हो , आखिर जल्ने त तिमी आफै हो" भन्ने भनाई कसको हो ?     – गौतम बुद्ध
  • नेपाल चार्टर एकाउन्टेन्ट संस्था ( आइक्यान ) को आयोजनामा पहिलो आईक्यान सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?    – वि.सं २०७१ माघ १७–१८, काठमाडौं
  • दार्जिलिङमा नेपाली भाषीहरुको छुट्टै राज्य निर्माणका लागि सञ्चालित गोर्खाल्याण्ड आन्दोलनका नेता सुवासघिसिङको निधन कहिले भयो ?       – वि.सं २०७१ माघ १५ गते
  • दोस्रो काठमाडौं अन्तराष्ट्रिय चलचित्र महोत्सव २०१५ कहिले हुने भएको छ ?    – वि.सं २०७१ माघ १९ –२३
  • मिस युनिभर्स २०१४ को उपाधि जित्ने युवती को हुन् ?     – पाउलिन मेगा
  • नेपालको हाल ( २०७१ माघ ) सम्म कति राष्ट्रसँग हवाई सम्झौता भएको छ ?       – ३६
  • साउदी नरेस अब्दुल्लाह विन अब्दलाजिजको ९० बर्षको उमेरमा कहिले निधन भयो ?      – सन् २०१५ जनवरी २३
  • विश्वमा नागरिक बडापत्रको सुरुवात कहिलेदेखि भएको हो ?    – सन् १९९१
  • समाज सुधारक, किराँत धर्म प्रणेता एवं दर्शनदाता फाल्गुणानन्दको जन्म कहिले र कहाँ भएको थियो ?    – वि.सं १९४२ कार्तिक २५, इलाम
  • तपसी महागुरु फाल्गुणानन्दलाई कहिले राष्ट्रिय बिभुति घोषणा गरिएको हो ?    – वि.सं २०६६ मंसिर १६ गते
  • वालन नाचगान कुन समुदायसँग सम्बन्धित छ?       – ब्राहमण-क्षेत्री दुबै सँग
  • नेपालको हालको राष्ट्रिय गानको संगीत संयोजन कोद्वारा गरिएको हो?     – अम्बर गुरुङ
  • राष्ट्रिय अभियानको रुपमा नेपाल पर्यटन वर्ष भनेर कुन वर्षलाई मनाइयो?     – सन् २०११
  • नेपालमा सबभन्दा पहिला बजेट प्रस्तुत कहिले भएको हो?     – वि.सं.२००८ माघ २१ गते
  • वेगनास तालको गहिराई ७.५ मिटर छ भने फोक्सुण्डो तालको गहिराई कति रहेको छ ?    – १४५ मिटर
  • नेपालको पोखरा पछि धेरै पानी पर्ने ठाउँ कुन हो ?        – सङ्खुवासभा
  •  दैलेख सावर छालाको लागि प्रसिद्ध छ भने खोकना के को लागि प्रसिद्ध छ ?        – तेल
  • च्छो रोल्पा हिमताल कुन जिल्लामा पर्दछ ?      – दोलखा
  • ग्रिनविच कति डिग्री देशान्तरमा पर्दछ ?      – 0 डिग्री
  • ‘चिना हराएको मान्छे’ पुस्तकको लेखकको हुन ?       – हरिवंश आचार्य
  • गेरुको लागी प्रसिद्ध स्थान कुन हो ?       – सिन्धुपाल्चोक
  • युरोपियन युनियनका प्रमुख अंग कति छन ?    – ४ (European ciuncil, European commission, Euripean court, European parliament)
  • लिच्छविकालको राजकीय भाषा कुन थियो ?        – संस्कृत
  • पेट्रोलको मुल्य बढेका कारण आर्थिक संकटमा परेको मुलुकलाई के भनिन्छ ?        – चौथो विश्व
  • ‘गर्जनेवाला चालिसा ‘ दक्षिणी गोलार्धको कति डिग्री बीचमा रहेको छ ?     – ४०॰-६० डिग्री
  • पानीको विशिष्ट ताप धारण क्षमता कति हुन्छ ?      – 4200 J/kg ॰C
  • EPR Paradox नामक सिद्धान्त कसले पत्ता लगाएका हुन् ?      – अल्वर्ट आइन्सटाईन
  • नेपाल अधिराज्यको संविधान २०१५ मा कति भाग कति धारा र कति अनुसूचीहरु थिए ?        – १० भाग ७७ धारा ३ अनुसूची
  • नेपालमा कफि खेतिको सुरुवात कति सालमा भएको थियो ?         – वि स २०११ सालमा
  • सिट्टा सिँचाई आयोजना कुन जिल्लामा सञ्चालीत छ ?      – बाँके
  • कति सालको जनगणना देखि पहाडमा भन्न थालेको हो ?       – २०४८ साल
  • प्रथम दक्षिण एसियाली खेलमा नेपालले कतिवटा स्वर्ण जितेको थियो ?      – ४ वटा
  • राष्ट्रिय जनगणना २०६८ अनुसार कति प्रतिशत नेपालीहरुले खाना पकाउन एल.पी ग्याँस प्रयोग गरेका छन्?    -  ७७. २१.०२%
  • वि सं २०६८ मा लिइएको जनगणना कति औँ हो ?       – एघारौ
  • द्वित्तिय विश्वयुद्धको अन्त्य कहिले भयो ?      – सन् १९४५
  • नेपाल पिक कुन जिल्लामा पर्छ ?          – ताप्लेजुङ
  • नेपालमा सबैभन्दा बढी सुपारी फल्ने जिल्ला कुन हो ?     – झापा
  • लाभा सतहमा आउने मार्गलाई के भनिन्छ?     – नली (neck)
  • नेपालले कहिले देखि हिमाल पर्वतारोहण गर्न थालेको हो ?       – सन् १९४९
  • सुर्योदयको दृष्यावालोकनको लागि प्रसिद्ध स्थल अन्तु डांडा कति उचाईमा रहेको छ ?      – १६७७ मिटर
  • ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमाल मध्ये नेपालमा कतिवटा छन् ?      – ८ ओटा 
  • सर्वाधिक अग्लो पर्वतमालाको रुपमा रहेको हिमालय पर्वतमालामा विश्वका १०९ पर्वत मध्ये कतिवटा पर्वत रहेका छन ?       – ९६
  • जनक हिमाल कुन जिल्लामा पर्दछ ?        – ताप्लेजुङ्ग
  • सगरमाथालाई पहिला के नामले चिनिन्थियो ?       – पन्ध्रौ चुली
  • नेपालमा ८५०० मिटर भन्दा बढी उचाई भएको हिमशिखरहरु कति वटा छन् ?    – ३ ओटा 
  • माछापुछ्रे हिमाल कुन हिमश्रृङ्खला अन्तर्गत पर्दछ ?         – अन्नपुर्ण
  • नेपाल पिक र सिंहलिला पर्वत कुन जिल्लामा पर्दछ ?        – ताप्लेजुङ्ग
  • हिल स्टेसन अफ नेपाल भनेर केलाई बुझिन्छ ?        – महाभारत पर्वत श्रेणी
  • रेडियो नेपालको स्थापना कहिले भएको हो ?      – बि.स.२००७ चैत्र २०
  • त्रिभुवन राजपथको सबैभन्दा अग्लो भाग कुन हो ?       – सिमभञ्जाङ
  • नेपालमा पर्यटन परिषदको अध्यक्ष को रहन्छ ?        – प्रधानमन्त्री
  • विश्वको पहिलो नगदेवाली कुन हो ?         – चिया
  • पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ?      – २६४ हेक्टर
  • साहित्यमा कति वटा रस छन ?       – ९ रस
  • लिम्बू भाषामा प्रयोग गरिने लिपि कुन हो ?       – सिरीजङ्घा
  • सर्वप्रथम मदन पुरस्कार पाउने कृति कुन हो ?        – मन
  • नेपालमा दोस्रो राष्ट्रिय स्काउट ज्याम्बारी कहिले र कुन ठाउँमा सम्पन्न भएको थियो ?       – वि.सं २०६९ चैत्र २९ देखि २०७० वैशाख २ गते सम्म चितवनमा 
  • प्राकृतिक तथा मानव सिर्जित प्रकोपबाट सरकारी तथ्यांक प्रणालीमा पुग्ने हानी कम गर्ने उद्देश्यले एकीकृत तथ्यांक केन्द्रका लागि डिजास्टर रिकभरी सेन्टर कहाँ स्थापना गरिने भएको छ ?              – हेटौंडा
  • बिरगंञ्ज उद्दोग वाणिज्य संघ र न्यू बिजनेस एज द्वारा विरगंञ्जमा आयोजित नेपाल लिडरसिप समिट कहिले सम्पन्न भयो ?       – वि.सं २०७० भाद्र २०
  • नेपाल कहिेले बारुदी सुरुङमुक्त क्षेत्र घोषित भएको हो ?         – वि.सं २०६८ जेठ ३१ गते
  • चन्द्रमाको सतहमा प्रथम पाईला टेक्ने अमेरिकी अत्तरिक्ष यात्री निल आर्मस्ट्रङको निधन कहिले भयो?     – सन. २०१२ अगस्ट २५
  • विश्वकै सबैभन्दा होची महिला को हुन् ?         – ज्योति अम्गे ( भारत )
  • सन् २०१४ को अर्थशास्त्र तर्फको नोबल पुरस्कार पाउने अर्थशास्त्री को हुन् ?      – जोन टिरोल ( फ्रान्स )
  • युरोपेली संघको सदस्यता प्राप्त गर्ने पछिल्लो ( २८ औं ) सदस्य राष्ट्र कुन हो ?      – क्रोएसिया
  • राष्ट्रिय भू उपयोग नीति २०६९ ले जग्गालाई कति भागमा विभाजन गरेको छ ?           – ७ भाग
  • सबैभन्दा सिधा सुर्यको ताप परि गर्मि हुने अक्षांश रेखा कुन हो ?      - भू-मध्य रेखा
  • दुइ अक्षांश रेखाबीच कति दुरीको फरक हुन्छ ?      - १११ कि.मि.
  • नाइल नदिको उत्पति कहाँ बाट हुन्छ ?      - भिक्टोरिया ताल
  • पृथ्वीमा कति वटा महासागर रहेको छ ?      - ५ वटा
  • दक्षिण ध्रुबीय महासागरको नामले कुन महासागरलाई चिनिन्छ ?    - कुमेरु महासागर
  • ७१ % जल सतह मध्ये कति % भाग महासागरले ढाकेको छ ?      - ८८.९ %
  • त्रिभुज आकारको महासागर भनेर कुन महासागरलाई बुझिन्छ ?       - प्रशान्त महासागर
  • रहस्यमय बर्मुडा त्रिकोण कुन महासागरमा पर्दछ ?        - आन्ध्र महासागर
  • अमेरिका र दक्षिण अमेरिकालाई जोड्ने नहर कुन हो ?       - पानामा नहर
  • डेन्युब नदि विश्वको कतिवटा देश भएर बग्दछ ?         - ७ ओटा 
  • महासागरको सबैभन्दा गहिरो भाग मारियाना ट्रेन्च कुन देशको नजिक पर्दछ ?      - फिलिपिन्स
  • नयाँ संसार भनेर कुन महादेशलाई चिनिन्छ ?       - उत्तर अमेरिका
  • हजारौ तालको देश भनेर कुन देशलाई चिनिन्छ ?       - फिनल्याण्ड
  • प्रायद्विपको पनि प्रायद्विप भनेर कुन महादेशलाई चिनिन्छ ?      - युरोप
  • अमेरिका महादेशको सबैभन्दा लामो नदिको नाम के हो ?       - मिसिसिपी
  • जनशुन्य महादेश भनेर कुन महादेशलाई चिनिन्छ ?      - अन्टार्कटिका
  • कुन महादेशमा मरुभूमि रहेको छैनन् ?     - युरोप
  • कुन महादेशलाई भू-मध्यरेखाले बीच भागमा काटेको छ ?     - अफ्रिका
  • भूपरिवेष्ठित राष्ट्र नभएको महादेश कुन हो ?       - उत्तर अमेरिका
  • विश्वको दोश्रो ठुलो महादेश कुन हो ?      - अफ्रिका
  • विश्वको सबैभन्दा ठुलो मरुभूमि सहारा मरुभुमि कुन महादेशमा पर्दछ ?       - अफ्रिका
  • माउण्ट एल्ब्रुज कुन महादेशमा पर्दछ ?       - युरोप
  • नेपाल सरकार मन्त्रिपरिषद्को कहिलेको निर्णयबाट कौशी तोषाखाना कार्यालयको नाम परिवर्तन गरी निवृत्तिभरण व्यवस्था कार्यालय कायम गरिएको छ ?     – वि.सं. २०६९ श्रावण १२
  • २०१५ को क्रिकेट विश्व कप कुन देशले सयुक्त रुपमा आयोजना गरदैछ ?      - Australia र Newzealand 
  • Machine Readable Passport विश्वभर कहिले देखी लागु भयो ?       - सन २०११/०१/०१ 
  • पृथ्वीमा चल्ने वायुको प्रकृतिको आधारमा बायुलाई कति भागमा बिभाजन गर्न सकिन्छ ?      - ४ भाग 
  • पृथ्वीमा सबैभन्दा लामो दिन कुन हो ?       - जुन २१ 
  • पृथ्वीको कुन आन्तरिक संरचनालाई Nife समेत भनिन्छ ?      - केन्द्र मण्डल
  • डा. बफ़नको सिद्धान्त के संग सम्बन्धित छ ?     - पृथ्वीको उत्पति
  • सुर्यको सतहलाई के भनिन्छ ?      - Photosphere
  • कुन ग्रहको बायुमंडलमा कार्बनडाइअक्साइडको मात्रा अधिक छ ?       - शुक्र
  • फोबोस र डिमोस नामक दुई उपग्रह कुन ग्रहका हुन् ?       - मंगल
  • पृथ्वीको कुल क्षेत्रफलको कति प्रतिशत भाग जमिनले ओगटेको छ ?      - २९ %
  • सूर्यलाई आफ्नो अक्षमा परिभ्रमण गर्न कति दिन लाग्छ ?      - ३० दिन
  • सबैभन्दा बढी उपग्रह हुने ग्रह कुन हो ?      - बृहस्पति
  • पृथ्वीले सूर्यलाई परिक्रमा गर्ने गति कति रहेको छ ?        - ३० km/s
  • ग्रहहरुको राजा भनेर कुन ग्रहलाई चिनिन्छ ?      - बृहस्पति
  • जङग बहादुर राणाको देहावसान कुन जिल्लामा भएको हो ?       - सर्लाही
  • सिलालेख सम्बन्धि अध्ययन गर्ने बिज्ञान इपिग्राफी हो, फलफुल सम्बन्धि अध्ययन गर्ने
  • बिज्ञान पोमोलोजी हो भने बृद्धा अवस्था सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?      - जेरेन्टोलोजी
  • हवाई उडान सम्बन्धि अध्ययन गर्ने बिज्ञान एयरोनौटिक्स हो भने अन्तरिक्ष यात्रा सम्बन्धि अध्ययन गर्ने बिज्ञान कुन हो ?   - आस्ट्रोनौटिक्स
  • जैविक प्रविधि शब्द सर्वप्रथम प्रयोग गर्ने व्यक्ति को थिए ?     - कार्ल एरेली
  • जैविक प्रविधि कति प्रकारका हुन्छ ?    - २ प्रकारका 
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment