शिक्षक सेवा तयारीमा रहेकाहरुको लागि महत्वपुर्ण प्रश्नहरु (नि. माध्यमिक तह)......



नि. माध्यमिक तहका वस्तुगत प्रश्नहरु 

१) माध्यमिक तहको सामुदायिक विद्यालय खोल्ने अनुमतिका लागि विद्यालय सञ्चालनको सुरक्षण वापत विद्यालयले कति रकम धरौटी राख्नुपर्ने प्रावधान छ ?
क) दुई लाख
ख)एक लाख
ग) पचास हजार
घ) एक लाख पचास हजार

२) शिक्षकलाई तालिमको लागि छनौट गर्ने प्रमुख जिम्मेवारी कसको होे ?
क) प्रधानाध्यापक
ख) जिल्ला शिक्षा अधिकारी
ग) विद्यालय व्यवस्थापन समिति
घ) जिल्ला शिक्षा समिति

३) खाइपाई आएको अन्तिम तलब रु.२००००।— र सेवा अवधि ५ वर्ष भएको स्थायी शिक्षकले कति रकम उपदान पाउँछ ?
क) रु. १५०००। —
ख) रु. १००,०००। —
ग) रु. ७५,०००।—
घ) रु. ५०,०००।—

४) ५+३+२+२ को विद्यालय तहको शैक्षिक संरचना कुन प्रतिवेदनले सिफारिस गरेको हो ?
क) राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन २०११
ख) सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन २०१८
ग) राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८—२०३२
घ) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९

५) वालवालिका सम्बन्धी ऐनले कति वर्ष नपुगेका व्यक्तिलाई वालवालिका मानेको छ ?
क) १६ वर्ष
ख) १७ वर्ष
ग) १८ वर्ष
घ) १९ वर्ष
६) सन १९८९ नोभेम्वर २० मा संयुक्त राष्ट्र संघको महासभाबाट पारित बाल अधिकार सम्वन्धी महासन्धीमा कति दफाहरु रहेका छन् ?
क) ४४
ख) ४८
ग) ५४
घ) ५५

७) विद्यालय सुधार योजना (SIP) कार्यान्वयन गर्ने दायित्व कसको हो ?
क) शिक्षक र प्रधानाध्यापक
ख) वि.व्य.स. र प्रधानाध्यापक
ग) अभिभावक,समुदाय र गा.वि.स.
घ) विद्यालय र जिल्ला शिक्षा कार्यालय

८) राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८—२०३२ अनुसार निम्न माध्यमिक विद्यालयको संरचना तलको मध्ये कुन चाहिं हो ?
क) कक्षा ६—८
ख) कक्षा ६—७
ग) कक्षा ५—८
घ) कक्षा ४—७

९) भारतको माध्यमिक शिक्षा कति बर्षको रहेको छ ?
क) २ बर्ष
ख) ३ बर्ष
ग) ४ बर्ष
घ) ६ बर्ष

१०) राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ अनुसार शिक्षाका राष्ट्रिय उद्धेश्यहरु कतिवटा रहेका छन् ?
क) ७ वटा
ख) ९ वटा
ग) ११ वटा
घ) १३ वटा

११) निर्णयात्मक मूल्यांकनको प्रमुख उद्धेश्य के हो ?

क) अवलोकन गर्ने
ख) विद्यार्थी सिकाइमा सुधार गर्ने
ग) कक्षा उत्तीर्ण गराउने
घ) निरन्तर मूल्यांकन गर्ने

१२) करारमा शिक्षक छनौट गर्ने प्रयोजनका लागि गठन हुने शिक्षक छनौट समितिको अध्यक्ष को रहने प्रावधान छ ?
क) प्रधानाध्यापक
ख) विद्यालय निरीक्षक
ग) वि.व्य.स. अध्यक्ष
घ) विषय विशेषज्ञ

१३) सामान्यतया पूर्व प्राथमिक तथा प्राथमिक तहका तल्ला कक्षाहरुमा कुन शिक्षण विधि प्रभावकारी हुन्छ ?
क) कक्षा शिक्षण
ख) विषय शिक्षण
ग) मिश्रित शिक्षण
घ) वहुवर्ग शिक्षण

१४) दैनिक पाठयोजना निर्माण गर्दा सबैभन्दा वढी केको सहायता लिनुपर्छ ?
क) पाठ्यपुस्तक
ख) पाठ्यक्रम
ग) शिक्षक निर्देशिका
घ) विषय विस्तृतिकरण

१५) सामान्यतया कानुनी र नीतिगत रुपमा लैङ्गिक विभेद अन्त्य गर्ने कुरा उल्लेख भएपनि व्यवहारमा त्यस्तो हुन सकेको छैन, यसमा सुधार ल्याउन के गर्नुपर्ला ?
क) कानुनी नियन्त्रण
ख) आरक्षण
ग) सकारात्मक विभेद
घ) महिलालाई विषेश अधिकार

१६) नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा मौलिक हकको व्यवस्था गरिएको छ ?
क) २०
ख) २२
ग) २१
घ) २३

१७) राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ अनुसार प्राथमिक तहको अन्त्यमा कस्तो प्रकारको परीक्षा लिइने उल्लेख थियो ?
क) क्षेत्र स्तरीय
ख) विद्यालय स्तरीय
ग) अञ्चल स्तरीय
घ) जिल्ला स्तरीय

१८) नेपालमा अंग्रेजी शिक्षाको शुरुवात कहिले देखि भएको हो ?
क) वि.सं. २०१२
ख) वि.सं. २०१३
ग) वि.सं. १९१०
घ) वि.सं. २०११

१९) शिक्षकको वढुवाको लागि प्रतिशत निर्धारण गर्दा कति प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि छुट्याइन्छ ?
क) ३५
ख) २५
ग) ३०
घ) १०

२०) बालबालिकाको वैयक्तिक भिन्नता ल्याउने आन्तरिक तत्व कुन हो ?
क) सिकाइमा भिन्नता
ख) वंशानुगत गुण
ग) मानसिक तिक्ष्णता
घ) विशेष क्षमता

२१) जिल्ला शिक्षा समितिमा कति जना महिला सदस्य रहने प्रावधान छ ?
क) एक जना
ख) दुई जना
ग) तीन जना
घ) चार जना

२२) शिक्षकलाई तालिमको लागि छनौट गर्ने प्रमुख जिम्मेवारी कसको हो ?
क) प्रधानाध्यापक
ख) जिल्ला शिक्षा अधिकारी
ग) विद्यालय व्यवस्थापन समिति
घ) जिल्ला शिक्षा समिति

२३) १५ वर्ष स्थायी सेवा अवधि र अन्तिम तलवमान रु १६०००। भएको शिक्षकको उपदान रकम कति हुन्छ ?
क) ३ लाख ८४ हजार
ख) २ लाख ५६ हजार
ग) १ लाख २८ हजार
घ) ३ लाख २० हजार

२४) ५+३+२+२ को विद्यालय तहको शैक्षिक संरचना कुन प्रतिवेदनले सिफारिस गरेको हो ?
क) राष्ट्रिय शिक्षा योजना आयोगको प्रतिवेदन २०११
ख) सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको प्रतिवेदन २०१८
ग) राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८—२०३२
घ) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९

२५) वालवालिका सम्बन्धी ऐनले कति वर्ष नपुगेका व्यक्तिलाई वालवालिका मानेको छ ?
क) १६ वर्ष
ख) १७ वर्ष
ग) १८ वर्ष
घ) १९ वर्ष

२६) संयुक्त राष्ट्र संघको साधारण सभाले अपाङ्ग वाल वालिका सम्बन्धी सन्धि कहिले पारित गरेको थियो ?
क) सन् १९९०
ख) सन् १९९१
ग) सन् १९९२
घ) सन् १९९३

२७) विद्यालय सुधार योजना ९क्क्ष्ए० कार्यान्वयन गर्ने दायित्व कसको हो ?
क) शिक्षक र प्रधानाध्यापक
ख) वि.व्य.स. र प्रधानाध्यापक
ग) अभिभावक,समुदाय र गा.वि.स.
घ) विद्यालय र जिल्ला शिक्षा कार्यालय

२८) राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८—२०३२ अनुसार निम्न माध्यमिक विद्यालयको संरचना तलको मध्ये कुन चाहिं हो ?
क) कक्षा ६—८
ख) कक्षा ६—७
ग) कक्षा ५—८
घ) कक्षा ४—७

२९) दक्षिण यसियाका देशहरुमा विद्यालय जीवन अवधि मध्ये सबैभन्दा बढी अवधि रहेको देश कुन हो ?
क) अफगानिस्तान
ख) भारत
ग) माल्दिभ्स
घ) पाकिस्तान

३०) राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ अनुसार शिक्षाका राष्ट्रिय उद्धेश्यहरु कतिवटा रहेका छन् ?
क) ७ वटा
ख) ९ वटा
ग) ११ वटा
घ) १३ वटा

३१) निर्णयात्मक मूल्यांकनको प्रमुख उद्धेश्य के हो ?
क) अवलोकन गर्ने
ख) विद्यार्थी सिकाइमा सुधार गर्ने
ग) कक्षा उत्तीर्ण गराउने
घ) निरन्तर मूल्यांकन गर्ने

३२) सबैका लागि शिक्षा कार्यक्रम (२००४– २००९) को उद्देश्य कुन चाँही हो ?
क) अनिवार्य प्राथमिक शिक्षा लागू गर्ने
ख) गुणस्तरीय प्राथमिक शिक्षाको विकास गर्ने
ग) शिक्षक विकास गर्ने
घ) विद्यालय सुधार योजनामा आधारित शिक्षा विकास कार्यक्रम सञ्चालन गर्ने

३३) सामान्यतया पूर्व प्राथमिक तथा प्राथमिक तहका तल्ला कक्षाहरुमा कुन शिक्षण विधि प्रभावकारी हुन्छ ?
क) कक्षा शिक्षण
ख) विषय शिक्षण
ग) मिश्रित शिक्षण
घ) वहुवर्ग शिक्षण

३४) दैनिक पाठयोजना निर्माण गर्दा सबैभन्दा वढी केको सहायता लिनुपर्छ ?
क) पाठ्यपुस्तक
ख) पाठ्यक्रम
ग) शिक्षक निर्देशिका
घ) विषय विस्तृतिकरण

३५) सामान्यतया कानुनी र नीतिगत रुपमा लैङ्गिक विभेद अन्त्य गर्ने कुरा उल्लेख भएपनि व्यवहारमा त्यस्तो हुन सकेको छैन, यसमा सुधार ल्याउन के गर्नुपर्ला ?
क) कानुनी नियन्त्रण
ख) आरक्षण
ग) सकारात्मक विभेद
घ) महिलालाई विषेश अधिकार

३६) नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा मौलिक हकको व्यवस्था गरिएको छ ?
क) २०
ख) २२
ग) २१
घ) २३
३७) राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ अनुसार प्राथमिक तहको अन्त्यमा कस्तो प्रकारको परीक्षा लिइने उल्लेख थियो ?
क) क्षेत्र स्तरीय
ख) विद्यालय स्तरीय
ग) अञ्चल स्तरीय
घ) जिल्ला स्तरीय

३८) नेपालमा अंग्रेजी शिक्षाको शुरुवात कहिले देखि भएको हो ?
क) वि.सं. २०१२
ख) वि.सं. २०१३
ग) वि.सं. २०१०
घ) वि.सं. २०११

३९) शिक्षकको वढुवाको लागि प्रतिशत निर्धारण गर्दा कति प्रतिशत आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि छुट्याइन्छ ?
क) ३५
ख) २५
ग) ३०
घ) १०

४०) निम्न माध्यमिक तहको पाठ्यक्रम ढाँचामा रहेको संस्कृत शिक्षाको वैकल्पिक विषयको रुपमा नागरिक तथा नैतिक शिक्षालाई कहिले देखि समावेश गरिएको हो ?
क) वि.सं. २०५९
ख) वि.सं. २०६३
ग) वि.सं. २०५८
घ) वि.सं. २०६०

४१) सार्क सदस्य राष्ट्र भुटानको शिक्षा प्रणाली कुन धर्मबाट प्रभावित रहेको छ ?
क) किराँत धर्म
ख) क्रिस्चियन धर्म
ग) बौद्ध धर्म
घ) यहुदी धर्म

४२) निम्न मध्ये कुन चाहिं नेपालको शिक्षाको राष्ट्रिय उद्देश्य होइन ?
क) व्यक्तित्व विकासका सम्भावनालाई प्रस्फुटित गर्ने
ख) व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्ने ।
ग) नेपाली कला र सौन्दर्यको संरक्षण गर्ने
घ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने क्षमता आर्जन गर्ने ।

४३) नेपालमा अंग्रेजी शिक्षाको शुरुवात कहिले भएको हो ?
क) वि.सं. २००७
ख) वि.सं. २०१०
ग) वि.सं. २०११
घ) वि.सं. २०१३

४४) अन्तर्राष्ट्रिय साक्षरता दिवश प्रत्येक वर्ष कुन दिन मनाइन्छ ?
क) डिसेम्बर ८
ख) मे ८
ग) सेप्टेम्बर ८
घ) अक्टोबर ८

४५) महिलाका लागि सेवा सुविधामा आरक्षणको व्यवस्था मिलाउनुको प्रमुख उद्देश्य के हो ?
क) लैङ्गिक समानता कायम गर्ने
ख) लैङ्गिक समता कायम गर्ने
ग) सकारात्मक विभेद गर्ने
घ) कानुन विपरीत काम गर्ने

४६) माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३—२००८) कसको सहयोगमा नेपाल सरकारले सञ्चालन गरेको हो ?
क) विश्व वैंक र जापान सरकार
ख) एडिवी र डानिडा
ग) नेपाल सरकार र युरोपियन युनियन
घ) नेदरल्याण्ड सरकार र डेनिस सरकार

४७) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले कति कक्षा देखि विज्ञान शिक्षा शुरु गर्न सुझाव दिएको थियो ?
क) ५ कक्षा
ख) ६ कक्षा
ग) ३ कक्षा
घ) ४ कक्षा

४८) वार्षिक कार्यतालिका निर्माण गर्ने प्रमुख दायित्व कसको हो ?
क) वि.व्य.स. अध्यक्ष
ख) प्र.अ.
ग) शिक्षक
घ) वि.नि.

४९) उत्तरवाल्यावस्था उमेर समूहका केटीहरु कुन कारणबाट बढी प्रभावित हुने गर्दछन् ?
क) पढाइमा ज्यादा समय दिनुपर्दा
ख) तीव्र शारीरिक परिवर्तन हुँदा
ग) जीवनका बारेमा सबै कुरा जानकारी हुँदा
घ) जिम्मेवारीको बोध हुने हुँदा

५०) माध्यमिक तहको अनिवार्य विषय स्वास्थ्य जनसंख्या र वातावरणको पूर्णाङ्क र पाठ्यभार कति हो?
क) १०० र ४
ख) १०० र ३
ग) १०० र ६
घ) १०० र ५

५१) स्थायी शिक्षकहरु मध्येबाट जिल्ला शिक्षा समितिको सदस्य हुनको लागि कम्तिमा कतिवर्ष सेवा गरेको हुनु पर्दछ ?
क) ५ वर्ष
ख) ७ वर्ष
ग) १० वर्ष
घ) १५ वर्ष

५२) कसैले विद्यालयको सम्पती हिना मीना वा नोक्सान गरेमा विगो असुल गरी बढीमा कति रकमसम्म जरिमाना हुन्छ ?
क) ५ हजार रुपैंया सम्म ।
ख) १५ हजार रुपैंया सम्म ।
ग) २५ हजार रुपैंया सम्म ।
घ) २० हजार रुपैंया सम्म ।

५३) शिक्षा ऐन २०२८ को कुन दफामा नियम बनाउने अधिकार उल्लेख गरिएको छ ?
क) दफा १२
ख) दफा १९
ग) दफा १७
घ) दफा २१

५४) नि.मा. तहको कक्षा सञ्चालन गर्ने अनुमति प्रदान गर्ने अधिकारी को हुन्छ ?
क) शिक्षा सचिव
ख) शिक्षा विभागका महानिर्देशक
ग) क्षेत्रीय शिक्षा निर्देशक
घ) जिल्ला शिक्षा अधिकारी

५५) १० वर्ष स्थायी सेवा गरेको माध्यमिक तहको शिक्षकले कति महिना बराबरको रकम उपचार खर्च वापत् पाउँछ ?
क) १२ महिना
ख) १८ महिना
ग) ६ महिना
घ) २१ महिना

५६) नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा मौलिक हकको व्यवस्था गरिएको छ ?
क) १४
ख) २१
ग) १५
घ) २३

५७) शिक्षा नियमावली २०५९ ले शिक्षकको सेवामा वहाल छँदै मृत्युभएमा नजिकको नाताको व्यक्तिलाई प्रदान गरिने विमाको रकम निम्न माध्यमिक शिक्षकको हकमा कति तोकेको छ ?
क) एकमुष्ट २० हजार
ख) एकमुष्ट ३० हजार
ग) एकमुष्ट २५ हजार
घ) एकमुष्ट १५ हजार

५८) नेपालको अन्तरिम संविधान २०६३ अनुसार विद्यालयको कुन तहसम्म मातृभाषामा शिक्षा पाउने हक हुनेछ ?
क) आधारभूत तह
ख) प्राथमिक तह
ग) निम्न माध्यमिक तक
घ) माध्यमिक तक

५९) शिक्षक सेवा आयोगको सदस्य पदमा मनोनयन हुन कति शैक्षिक योग्यता चाहिन्छ ?
क) एसएलसी
ख) प्रमाणपत्र तह
ग) स्नातक तह
घ) स्नात्तकोत्तर तह

६०) शिक्षक सेवा आयोगका सदस्यहरुको पदावधि कति अवधिको हुन्छ ?
क) ३ वर्ष
ख) ४ वर्ष
ग) ५ वर्ष
घ) ६ वर्ष

६१) सार्क सदस्य राष्ट्र माल्दीभ्सको कुन कक्षालाई जुनियर सेकेण्डरी मानिन्छ ?
क) कक्षा ६—१०
ख) कक्षा ७—१०
ग) कक्षा ९—१०
घ) कक्षा ८—१०

६२) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार नेपालको शिक्षाका राष्ट्रिय उद्देश्यहरु कतिवटा रहेका थिए ?
क) ११ वटा
ख) ७ वटा
ग) ६ वटा
घ) १० वटा

६३) नेपालको निम्नमाध्यमिक तहको शिक्षाको उद्देश्यमा तलको मध्ये कुन पर्दैन ?
क) प्राकृतिक वातावरण प्रति सचेत बनाउने ।
ख) भाषिक व्यवहारमा सक्षम बनाउने ।
ग) लोकतन्त्रको मर्म र भावना बुझी सो अनुसार अभ्यास गर्ने ।
घ) श्रमप्रति सकारात्मक प्रवृत्तिको विकास गर्ने ।

६४) कसको पालामा दरबार स्कूलमा सर्व साधारणका छोराछोरीले पढ्न पाउने व्यवस्था भयो ?
क) वीर शम्शेर
ख) चन्द्र शम्शेर
ग) जुद्ध शम्शेर
घ) पद्म शम्शेर

६५) नेपालमा आधारभूत शिक्षा पूर्व दिइने २ वर्षको बाल विकास शिक्षाको उमेर समुह कुन हो ?
क) २—६ वर्ष
ख) ३—५ वर्ष
ग) ४—६ वर्ष
घ) ३—४ वर्ष

६६) निम्नमध्ये माध्यमिक तहको ऐच्छिक द्वितीय पत्र अन्तर्गत पर्ने विषय कुन हो ?
क) भूगोल 
ख) अर्थशास्त्र
ग) समाजशास्त्र
घ) वास्तुकला

६७) संयुक्त राष्ट्रसंघीय चौथो अन्तर्राष्ट्रिय नारी सम्मेलन कहाँ भएको थियो ?
क) जापानको टोकियोमा
ख) डेनमार्कको कोपनहेगन
ग) चीनको वेइजिङमा 
घ) केन्याको नैरोवी

६८) रा.शि.प.यो. २०२८–३२ ले नि.मा. तहमा कति कक्षा सम्म रहने व्यवस्था गरेको थियो ?
क) कक्षा ४—७
ख) कक्षा १ —७
ग) कक्षा ६—९
घ) कक्षा ६—८

६९) राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ ले कति समय भन्दा बढी हिडेर जान नपर्ने गरी कक्षा ८ सम्मको शिक्षाको पहुँच पु¥याउनु पर्ने सिफारिश गरेको छ ?
क) १ घण्टा
ख) १½ घण्टा
ग) २ घण्टा
घ) २½ घण्टा

७०) विद्यालय सुधार योजना तर्जु ागर्न गठन हुने क्क्ष्ए निर्माण कार्य टोलीको संयोजक को हुने व्यवस्था छ ?
क) वि.व्य.स. अध्यक्ष
ख) सम्बन्धित क्षेत्रको वि.नि.
ग) वि.व्य.स. ले तोकेको समितिको सदस्य
घ) प्रधानाध्यापक

७१) नेपालको अन्तरिम संविधान २०६३ मा उल्लेख भएको पहिलो मौलिक हक कुन हो ?
क) समानताको हक
ख) स्वतन्त्रताको हक
ग) शिक्षा तथा संस्कृति सम्बन्धी हक
घ) बालबालिकाको हक

७२) नेपालको राज्यको कार्यकारीणी अधिकार कसमा निहित हुने व्यवस्था छ ?
क) मन्त्रिपरिषद्
ख) प्रधानमन्त्री
ग) राष्ट्रपति
घ) सर्वोच्च अदालत

७३) नेपालको अन्तरिम संविधान २०६३ अनुसार कसलाई मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुने उल्लेख छ?
क) प्रत्येक नागरिकलाई
ख) प्रत्येक व्यक्तिलाई
ग) प्रत्येक समुदायलाई
घ) प्रत्येक नेपालीलाई

७४) शिक्षा ऐन २०२८ अनुसार विद्यालय शिक्षाको माध्यम भाषा कुन हो ?
क) नेपाली
ख) अंग्रेजी
ग) राष्ट्रिय भाषा
घ) नेपाली, अंग्रेजी वा दुवै ।

१५) शिक्षा ऐन २०२८ को को प्रावधान बमोजिम कुनै विद्यालयको विद्यालय व्यवस्थापन समितिले तोकिएको जिम्मेवारी पूरा गर्न नसकेमा त्यस्तो विद्यालय व्यवस्थापन समिति कसले विघटन गर्न सक्छ ?
क) जिल्ला शिक्षा अधिकारी
ख) जिल्ला शिक्षा समिति
ग) नेपाल सरकार
घ) जिल्ला शिक्षा कार्यालय

७५) शिक्षा नियमावली २०५९ अनुसार शिक्षकले हाजिरी पुस्तिकामा जनाएको गयल वापतको तलब कट्टी गर्ने अधिकार कसलाई रहेको छ ?
क) प्र.अ.
ख) जि.शि.का.
ग) विद्यालय व्यवस्थापन समिति
घ) जि.शि.अ.

७६) बहालवाला शिक्षकको तलव वृद्धि हुँदा निवृत्त शिक्षकको निवृत्तिभरण कुन अनुपातमा बृद्धि हुने व्यवस्था छ ?
क) सोही बराबर
ख) एक तिहाई
ग) पचास प्रतिशत
घ) दुई तिहाइ

७७) विद्यार्थीहरुले पालना गर्नुपर्ने आचार संहिता निर्माण गराई लागु गर्ने कर्तव्य कसलाई तोकिएको छ ?
क) वि.व्य.स.
ख) जि.शि.का.
ग) जिल्ला शिक्षा समिति
घ) गाउँ शिक्षा समिति

७८) शिक्षकको सेवा शर्त र सुविधा सम्बन्धी विषयमा शिक्षा मन्त्रालयलाई सुझाव दिने निकाय कुन हो ?
क) शिक्षा विभाग
ख) शिक्षक सेवा आयोग
ग) जिल्ला शिक्षा कार्यालय
घ) क्षेत्रीय शिक्षा निर्देशनालय

७९) शिक्षा सेवा आयोगलाई समावेशी बनाउन सामुदायिक विद्यालयका स्वीकृत दरबन्दीमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति गर्दा कुल पद संख्याको कति प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ ?
क) ४०
ख) ५०
ग) ६०
घ) ४५

८०) शिक्षा विद्हरुका अनुसार उत्तरबाल्यावस्थाको विशेषता कुन हो ?
क) नाजुक अवस्था
ख) खेल उमेर
ग) फोहरी उमेर
घ) झगडालु उमेर


कृपया उत्तर इ-मेल अथवा कमेन्टमा लेख्नुहोस् ।

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment