महत्वपूर्ण समसामयिकको..!!


1. नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको सुरुवात कहिलेबाट हुन थालेको हो ?
उत्तरः २०७२ मंसिर १६

2. बैंक अफ दी इयर-२०१५ बाट सम्मानित हुने बैंक कुन् हो ?
उत्तरः स्टाण्डर्ड चार्टर्ड बैंक, नेपाल

3. रु.२ लाख राशिको विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार २०७२ बाट कसलाई सम्मान गरिने भएको छ ?
उत्तरः प्रा.डा.छविलाल गजुरेल

4. वि.सं.२०७२ मा प्रदान गरिएको ५१ हजार राशिको भारती खरेल स्मृति पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुन् ? 
उत्तरः प्राध्यापक चेतोनाथ शर्मा आचार्य

5. संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको सम्मेलन (कोप २१) कहाँ आयोजना भएको छ ?
उत्तरः फ्रान्सको राजधानी पेरिस (२०७२ मंसिर
१४-२५, सन् २०१५ नोभेम्वर ३०-डिसेम्वर ११)

6. सरकारले दुई वा सो भन्दा बढी गाविसहरु एकापसमा गाभिएमा थप अनुदान दिने योजना कहिले ल्याएको हो ?
उत्तरः आ.व.२०७२/०७३को बजेटमार्फत (२ वटा गाभिए ५० लाख, ३ वटा गाभिए १ करोड, ४ वटा गाभिए १ करोड ५० लाख)

7. नेपाल राष्ट्र बैंकद्वारा अनुसार २०७२ असोज मसान्तमा वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त गरी हाल वित्तीय कारोवार गर्दै आएका इजाजतपत्र प्राप्त क, ख, ग र घ वर्गका वित्तीय संस्थाहरु कति-कति रहेको छन् ?
उत्तरः क्रमशः ३०, ७६, ४८ र ४०


8. नेपालको संविधान, २०७२ अनुसार शासन व्यवस्थाको सामान्य निर्देशन, नियन्त्रण र सञ्चालन गर्ने अभिभारा कसमा रहने व्यवस्था छ ?
उत्तरः मन्त्रीपरिषद

9. राष्ट्रिय युवा नीति २०७२ ले कुन उमेर समूहलाई युवाको रुपमा लिएको छ ?
उत्तरः १६-४० वर्ष (नेपालमा युवाको संख्याः १ करोड ६ लाख ८९ हजार ८४२ युवकको संख्या ४८,९०,८८४ र युवतीको संख्या ५७,९८,९५८)

10. युवालाई सवल सक्षम प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरुको सार्थक सहभागिता र नेतृत्वमार्फत शान्तिपूर्ण न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्ने परिकल्पनाका साथ नेपाल सरकारद्वारा ल्याइएको युवासम्बन्धी रणनीतिक योजना कुन हो ?

उत्तरः युथ भिजन २०२५ (नेपाल सरकारले २०७२
असोज १९ मा १० वर्षे रणनीतिक योजना सहित युथ
भिजन २०२५ स्वीकृत गरेको)


11. सन् २०१६ को ३१ औं ग्रीष्मकालीन ओलम्पिक खेलकूद प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ? 
उत्तरः ब्राजिल

12. संविधान सभाबाट निर्मित नेपालको संविधानका विशेषतावारे आमजनतालाई सुसूचित गराउने उद्येश्यले 
सरकारले २०७२ मंसिर २१ देखि पौष २१ सम्म एक महिना सञ्चालन गर्ने प्रचार अभियानको नारा के हो ?
उत्तरः जनताको संविधानः जनताकै माझमा

13. काठमाडौं महानगरपालिकामा औपचारिक रुपमा विद्युतीय नक्सा पास प्रणाली को सुरुवात कहिदेखि भएको छ ?
उत्तरः २०७२ मंसिर २०

14. सरकारले गरिव परिवारलाई सामाजिक सुरक्षा र विभिन्न गरिव लक्षित सेवा तथा कार्यक्रम सञ्चालनमा सहजताका लागि कहिलेदेखि स्मार्ट कार्ड वितरण गर्ने भएको छ ?

उत्तरः आ.व.२०७२।७३ (वि.सं.२०६९ भाद्रमा नै गरिवलाई परिचय पत्र वितरण गरिने (चार महिनाभित्र) घोषणा गरिएको भए पनि धेरै नै ढिलो गरी यो कार्य सुरु हुन लागेको हो ।)


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment