केहि प्रश्न उत्तरहरु र केहि राष्ट्रिय दिवसहरु.....


  • नेपालको विकट जिल्ला मुगु कहिलेदेखि सडक सञ्जालमा जोडिएको हो ?    – वि.सं २०६९ पौष १ गते
  • नेपालले भारतसँग लगानी प्रर्बदन सम्झौता ( BIPPA ) कहिले गरिएको थियो ?  – सन् २०११ अक्टोबर २१
  • सबैभन्दा बढी क्षेत्रफल भएको औद्दोगिक क्षेत्र हेटौडा हो भने सबैभन्दा कम क्षेत्रफल भएको औद्दोगिक क्षेत्र कुन
  • हो ?      – धनकुटा
  • विलास मन्दिरका नामले नेपालको कुन दरबारलाई चिनिन्छ ?    – बसन्तपुर दरबार
  • यूनेस्को दिवस कहिले मनाईन्छ ?    – नोभेम्बर ४
  • चारकुने मुद्राको चलन चलाउने राजा को हुन् ?    – प्रताप मल्ल
  • इन्टरपोलको ८२ औं महासभा कहिले र कहाँ बसेको थियो ?  – सन् २०१३ अक्टोबर २१ – २४, कोलम्बियाको
  • कोर्टगेना शहर
  • विश्वको सबैभन्दा पुरानो अन्न भटमास,धातु तामा भए सबैभन्दा पुरानो खेल कुन हो ?    – पोलो 
  • नेपालको अन्तरिम शासन विधान २००७ कहिले जारी भयो ?    - २००७ फागुन ७ गते
  • विश्वमा सबैभन्दा धेरै कुन धर्म मान्ने मानिसहरुको संख्या रहेको छ ?  - इसाई/क्रिश्चियन ३३ प्रतिशत
  • ५२ कुटी ७२ कुण्डको सहर भनि कुन ठाउँलाई चिनिन्छ ?     - जनकपुर
  • काठमाडौ नामको गा.वि.स. कुन जिल्लामा पर्छ ?     -  डोटी
  • पृथ्वीमा पाउने धातुहरु मध्ये सुन कति औ स्थानमा पर्छ ?    - ७३ औं स्थानमा 
  • नेपालमा सबै भन्दा ठूलो फलामखानी फुलचोकीमा रहेको छ भने तामा खानी बुद्धखोला कहाँ रहेको छ ?  - तनहुँ मा रहेको छ ।
  • नायिका निसा अधिकारीले कहिले सगरमाथा आरोहण गरिन ?   - २०७० जेठ २
  • दामन कुन जिल्लामा पर्छ ?    -  मकवानपुरमा
  • सगरमाथाको प्रवेशद्धरा मानिने नाम्चे बजार कति उचाईमा रहेको छ ?   -  ३३४० मी.
  • वैदि कालमा राजालाई के भनिन्थ्यो ?    - पोप
  • किरातकालिन समयमा राजालाई हाङ्ग भनिन्थ्यो भने मन्त्रीलाई के भनिन्थ्यो ?    - तुम्याङ
  • वि.स. २००७ सालमा महिला साक्षरता प्रतिशत कति थियो ?     - ०.७ प्रतिशत
  • त्रिभुवन विश्व विद्यालयले प्रमाणपत्र तह कहिले खारेज गर्यो ?    - २०६७ साउन ७
  • अरुण उपत्यका समुन्द्र सतह देखि कति उचाईमा रहेको छ ?    - ४५७ मिटर
  • नेपालका लागि बेलायतका प्रथम राजदूत क्याप्टेन नक्स हुन भने बेलायती नागरिक को हुन ?    - जेसुइट पादरी ग्रोबर 


 राष्ट्रिय दिवसहरु

  • व्यक्तिगत घटना दर्ता दिवस – वैशाख १ गते ।
  • लोकतन्त्र दिवस – वैशाख ११ गते ।
  • कानुन दिवस – वैशाख २६ गते ।
  • गणतन्त्र दिवस – जेष्ठ १५ गते ।
  • राष्ट्रिय जनगणना दिवस – असार ८ गते ।
  • वन दिवस – असार १३ गते ।
  • धान दिवस – असार १५ गते ।
  • भानु दिवस – २९ गते । 
  • मुक्ति दिवस – भाद्र १ गते ।
  • निजामती सेवा दिवस – भाद्र २२ गते ।
  • विज्ञान दिवस – आश्विन १ गते ।
  • हात धुने दिवस – आश्विन २८ गते ।
  • प्रहरी दिवस – आश्विन ३१ गते ।
  • कर दिवस – मङ्सिर १ गते ।
  • भूकम्प सुरक्षा दिवस – माघ २ गते ।
  • नर्सिंग दिवस – माघ १५ गते ।
  • सहिद दिवस – माघ १६ गते ।
  • प्रजातन्त्र दिवस – फाल्गुन ७ गते ।
  • लेखक दिवस – चैत्र ३ गते ।
  • जनआन्दोलन दिवस – चैत्र २६ गते ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment