कम्प्यूटर प्रणाली, कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्यकता र महत्व साथै लैंगिक बजेट र लैगिक बजेटका उद्देश्यहरु ।

कम्प्यूटर प्रणाली
संकलन गरेका कच्चा सूचना तथा तथ्यांकको प्रवेश गराई प्रशोधनमार्फत उत्पादन गरी सोको व्यवस्थित भण्डारण ( Input, Processing, Output, Store) गर्ने विद्युतीय उपकरणलाई कम्प्यूटर प्रणाली भनिन्छ । नेपालीमा यसलाई सुसाङ्ख्य भनिन्छ । कार्यालयको काम कारवाहीलाई छिटो छरितो बनाउनसेवा प्रवाहमा गुणस्तर बढाउन‚ Paperless Office को अवधारणा लागू गर्न तथा कार्यालयलाई आधुनिक बनाउन समेत यसले सहयोग गर्दछ । कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्यकता र महत्व सेवा प्रदान गर्ने स्थान कार्यालय हो । कार्यालयको निश्चित उद्देश्य हुन्छ । उही उद्देश्य प्राप्ति गर्न कार्यालयले योजना तर्जुमा गर्नेसंगठन गर्नेसमन्वय गर्नेनियन्त्रण गर्नेसाधन स्रोतको परिचालन गर्ने गर्दछ । कार्यालयले गर्ने उपरोक्त कार्य कार्यालय व्यवस्थापन हो । कार्यालय व्यवस्थापनले गर्ने यस सूचना र तथ्यांकको आवश्यकता पर्दछ । त्यही सूचना र तथ्याङकको संकलनप्रशोधनउत्पादन एवं भण्डारणको कार्य कम्प्यूटर प्रणालीले गर्दछ । समग्रमा कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्कता र महत्वलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः

कार्यालय व्वस्थापनमा कम्प्यूटर प्रणालीको आवश्यकता र महत्व
v  कार्यालयको नीति निर्माणयोजना तर्जुमा एवं निर्णय गर्नका लागि भरपर्दो सूचना उपलब्ध गराउन
v  कार्यालको काम कारवाहीलाई पारदर्शी एवं आवश्यकताअनुसार गोपनियता कायम गर्न
v  अभिलेख कार्यलाई थप व्यवस्थित बनाउन
v  भविष्यमा खोजेको बखत तुरुन्तै पाउने गरी Document सुरक्षित राख्न
v  आवश्यक परेको समयमा प्रमाणको रुपमा कागजात जुटाउन
v  कार्यालयमा सूचना सजिलै उपलब्ध गराउन
v  खोजेको समयमा कागजात सजिलै प्राप्त गरी समयश्रम र साधन स्रोतको वचत गर्न
v  नयाँ कर्मचारीलाई कार्य गर्न सजिलो बनाउन
v  कार्यालयको कुशल व्वस्थापन गर्ने कार्यमा मद्दत गर्न

v  कार्यालयको समग्र प्रगति प्रतिवदेन बनाउने कार्यलाई व्वस्थित गर्नआदि ।

लैंगिक बजेट
महिला र पुरुषवीच समानता कायम गर्नका लागि सार्वजनिक साधनस्रोतको न्यायोचित विनियोजन गर्ने कार्यलाई लैंगिक बजेट (Gender Budget) भनिन्छ । यो महिलाको लागि छुट्टै बजेट भने होइन । यो यस्तो बजेट वा कार्यक्रम वा आयोजना होजसले आयोजनाको तर्जुमाकार्यान्वयनअनुगमनर मूल्याङ्कन तथा आयोजनाको प्रभाव मूल्याङ्कन सबै पक्षमा महिलाको संख्यात्मक र गुणात्मक सहभागिता गराई उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । नेपालमा आ.व. २०६४/६५ देखि लैंगिक बजेट लागू गरिएको छ । लैङ्गिक बजेटका उद्देश्यहरु निम्न अनुसार रहेका छन्-  
लैगिक बजेटका उद्देश्यहरु
v  महिला र पुरुषवीच समानता कायम गर्न सहयोग गर्नु
v  सार्वजनिक स्रोतसाधनसम्पतिको न्यायोचित वितरण गर्नु
v  महिला र पुरुपका फरक फरक आवश्यकता हुन्छन्तिनलाई त्यसरी नै सम्बोधन गर्नु
v  बजेट/कार्यक्रम/आयोजनाबाट महिलाकाको क्षमता अभिबृद्धि गर्नुसशक्तिकरण गर्नु
v  आयोजना चक्रमा सबै प्रक्रियामा महिलाको सक्रिय एवं सार्थक सहभागिता गराउनु

v  लाभको बाँडफाँडमा महिलाको हिस्सा बृद्धि गुर्नु आदि रहेका छन् ।


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment