नेपालमा रोजगारीको कति आयमा हाल कति आयकर
नेपालमा रोजगारीको आयमा आर्थिक ऐन‚ २०७२ अनुसार आयकर लाग्ने व्यवस्था रहेको छ । जस्मा रहेको ब्यवस्थाहरु निम्न
अनुसार रहेका छन् ।
(१) एक्लो व्यक्तिको हकमा :
Ø दुई लाख पचास हजारसम्मको करयोग्य आयमा एक प्रतिशत‚
Ø दुईलाख पचास हजारभन्दा बढी तीनलाख पचास हजारसम्मको करयोग्य
आयमा पन्ध्र प्रतिशत‚
Ø तीन लाख पचास हजारभन्दा बढीको करयोग्य आयमा पच्चीस प्रतिशत‚
Ø पच्चीस लाखभन्दा बढी करयोग्य आय भएमा बढी भए जति करयोग्य
आयको पच्चीस प्रतिशत बमोजिम लागेको करको दरमा थप चालीस प्रतिशत अतिरिक्त कर लाग्ने
ब्यवस्था रहेको छ ।
(२) दम्पतीको हकमा :
Ø तीन लाखसम्मको करयोग्य आयमा एक प्रतिशत‚
Ø तीन लाखभन्दा बढी चार लाखसम्मको करयोग्य आयमा पन्ध्र
प्रतिशत‚
Ø चार लाखभन्दा बढीको करयोग्य आयमा पच्चीस प्रतिशत‚
Ø पच्चीस लाखभन्दा बढी करयोग्य आय भएका बढी भए जति करयोग्य
आयको पच्चीस प्रतिशत अतिरिकक्त कर‚
छुट प्रावधान :
v नेपाल सरकारले तोकेको दूर्गम क्षेत्रमा कार्यरत व्यक्तिको
दुर्गम भत्त बापत तोकिए बमोजिम बढीमा पचास हजारसम्म करयोग्य आयबाट घटाई बाँकी रहने
रकममा मात्र करको गणना गरिने व्यवस्था‚
v नेपालका विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको
वैदेशिक भत्ताको पचहत्तर प्रतिशत रकम करयोग्य आयबाट घटाई बाँकी रहने रकममा करको
गणना गरिने व्यवस्था‚
v अपाङ्ग भएको व्यक्तिका लागि दुई लाख पचास हजारको र अपाङ्गता
भएको दम्पतिका लागि तीन लाखको पचास प्रतिशत थप रकम करयोग्य आयबाट घटाई बाँको
रहने रकममा मात्र करको गणना गरिने व्यवस्था‚
v पारिश्रमिक आय मात्र आर्जन गर्ने महिलाले तिर्नुपर्ने कर रकममा
दश प्रतिशत छुट हुने व्यवस्था रहेको छ ।
मानव संशाधन विकासका विशेषताहरु
संगठनमा कार्यरत जनशक्तिको ज्ञान बढाउने‚ सीप सिकाउने तथा धारणामा सकारात्मक परिवर्तन ल्याउने कार्य मानव संशाधन विकास
हो । यो कर्मचारीको क्षमता अभिबृद्धि गर्ने कार्य हो । यसमा Operating Level का कर्मचारीलाई सोहीसम्बन्धी तालिम तथा Management Level का व्यवस्थापकलाई
व्यवस्थापन विकास तालिम दिइन्छ । मानव संशाधन व्यवस्थापनका कार्य जस्तैः मानव
संशाधनको प्राप्ति‚ विकास‚ उपयोग र सम्भारमध्ये मानव संशाधन विकास एक महत्पूर्ण कार्य
हो । मानव संशाधन विकासको यस अर्थबाट पनि यसका केही विशेषता बुझ्न सकिन्छ । बुदागत
रुपमा यस्का विशेषताहरु निम्न रहेका छनः -
v मानव संशाधन विकास संगठनको लक्ष्य हासिल गर्न गरिने कार्य
हो ।
v यो एक निरन्तर प्रक्रिया हो । प्रतिस्पर्धात्मक वातावरणमा
कर्मचारीलाई सक्षम बनाई रहनुपर्ने भएकाले संगठनको अस्तित्व रहेसम्म मानव संशाधन
विकास निरन्तर चलिरहन्छ ।
v यो मानव केन्द्रित कार्य हो । तालिम र व्यवस्थापन
विकासजस्ता सबै कार्य मानवलाई केन्द्रमा राखेर बनाइन्छ ।
v यो व्यवस्थापन र कर्मचारी वीच असल सम्बन्ध कायम गराउने
कार्य हो ।
v मानव संशाधन विकास एक Systematic कार्य हो‚ जस अन्तर्गत Inputs, Processing र Outputs पर्दछन् ।
v यो व्यवस्थापनले गर्ने कार्य हो संगठन र कर्मचारी दुवैका
लागि यो आवश्यक हुन्छ ।
v यसले कर्मचारीमा ज्ञान बढाउँछ‚ जसबाट कर्मचारीको उत्प्रेरणा बृद्धि हुन पुग्दछ ।
v यो कर्मचारीको वृत्ति विकासको आधार पनि हो यसमा तालिम‚ अभिमुखीकरण‚ सामाजिकीकरण‚ स्वदेश विदेश अध्ययन तथा भ्रमण‚ सरुवा‚ बढुवा जस्ता कार्य गरिन्छ ।
0 comments:
Post a Comment