खरिदार तथा सुब्बाको तयारीमा रहेकाहरुको लागी सहयोगी जानकारी - भाग एक


  • न्युयोर्कमा रहेको कमिटि प्रोजेक्ट जर्नालिस्ट को दण्डहीनता सूचकांक अनुसार नेपाल छैठौ स्थानमा पर्दछ ।
  • पर्वतारोहणको क्षेत्रमा 7500 मिटर भन्दा माथिको क्षेत्रलाई डेथ जोन भनिन्छ ।
  • ओजनतह समतापमण्डलमा पाइने ओजन ग्यासको तह हो ।
  • विश्वकै सबैभन्दा गहिरो गल्छि म्याग्दि जिल्लाको दाना भन्ने ठाँउमा कालिगण्डकी नदीले बनाएको गल्छी हो ।
  • विश्वकै सबभन्दा ठूलो हिराखानि किम्वरखान हो जुन अफ्रिकामा पर्दछ ।
  • उत्तर अमेरिकाको सबैभन्दा होँचोभाग क्यालिफोर्नियाको डेथ भ्यालीहो ।जुन संसारकै सबैभन्दा बढि गर्मी हुने ठाँउ पनि हो ।
  • विश्वकै लामो पर्वतमाला एन्डिज पर्वतमाला हो जुन दक्षिण अमेरिकामा पर्दछ ।
  • बोलिभियाको लापाज विश्वकै अग्लो स्थानमा रहेको राजधानी हो ।
  • रोस र वेडेल नामका दुइ समुद्र अन्टार्कटिकामा घुसेका समुद्र हुन् ।
  • सबैभन्दा पछि पत्ता लगाईएको महादेश अन्टार्कटिका हो ।
  • रोटिको टोकरी भनेर चिनिने यूरोपेली मुलुक युक्रेन हो ।
  • युरोप र एशियालाइ संयुक्त रुपमा युरेसिया भनिन्छ ।
  • प्रशान्त महासागरको सबैभन्दा गरिरो भाग मारियाना ट्रेन्च हो ।
  • मारियाना ट्रेन्चको गहिराइ 11,776 मिटर छ ।
  • विश्वकै सबैभन्दा ठुलो समुद्र साउथ चाइना सि हो जुन 29,74,600 बर्ग कि मी क्षेत्रफलमा फैलिएको छ ।
  • साढे 23॰ उत्तरी अक्षांशलाइ कर्कट रेखा भनिन्छ ।
  • साढे 23॰ दक्षिणी रेखालाइ मकर रेखा भनिन्छ ।
  • साढे 66॰ उत्तरि अक्षाँशलाइ सुमेरु वृत्त भनिन्छ ।
  • साढे 66॰ दक्षिणी अक्षांशलाइ कुमेरु वृत्त भनिन्छ ॰
  • अक्षाशँमा 60 सेकेन्डको 1 मिनेट हुन्छ भने 60 मिनेटको 1॰ हुन्छ ।
  • 1॰ अक्षांशको फरकमा सरदर 111 किलोमिटर दुरीको फरक पर्दछ ।
  • नेपालको प्रामाणिक समय 86॰15 मिनेट पूर्वि देशान्तरमा पर्ने गौरिशंकर हिमाललाइ आधार मानेर 2042 बैशाख 1 गतेबाट लागू गरिएको हो ।
  • एउटै सतहमा रहेका दुइ स्थान वा वस्तुको दुरीलाई क्षितिज दूरी भनिन्छ ।
  • दुरीको सम्बन्ध अक्षांश संग हुन्छ भने समयको सम्बन्ध देशान्तर संग हुन्छ ।
  • सामान्यतया 7.1 देखि 8.7 रेक्टर स्केलको भुकम्पलाइ बढि विनाशकारी मानिन्छ ।
  • हालसम्मकै ठूलो भुकम्प 1960 मे 22 का दिन चिलीमा गएको थियो जुन 9.5 रेक्टर स्केलको थियो ।
  • वि सं 1890,1990,2045, 2068 र 2072 सालमा नेपालमा क्रमश 7.8, 8.4, 6.5, 6.9 र 7.9 रेक्टर स्केलका भुकम्प गएका थिए ।
  • ज्वारभाटा चन्द्रमाको गुरुत्वाकर्षको कारणले आउँदछ भने सुनामी भुकम्पको कारणले आउँदछ ।
  • पृथ्वीको भित्रिभागमा पग्लेको अवस्थामा रहेको तातो पदार्थ म्याग्मा हो भने ज्वालामुखि बिस्फोटन पछि पृथ्वीको सतहमा आएको म्याग्मा नै लाभा हो ।
  • लाभा निस्कने मार्गलाइ नलि भनिन्छ भने लाभा निस्कने प्वाललाइ क्रेटर भनिन्छ ।
  • ज्वालामुखि सकृय , सुषुप्त र मृत गरी तिन प्रकारका हुन्छन् ।
  • नेपालमा साना ठूला गरि करिब 6000 वटा नदिहरु छन् ।
  • ठूलो नदिबाट छुटिएर गएको नदीलाइ शाखा नदि भनिन्छ भने मुख्य नदीसंग मिल्ने स साना नदीलाइ सहायक नदि भनिन्छ ।
  • बयलजुरे ताल भनेको नदी बग्दै जाँदा नदीले बाटो परिवर्तन गर्ता विचमा पानी थुनेर बनेको ताल हो ।
  • 6690 किमि लम्बाइ भएको नाइल नदि विश्कै लामो नदि हो भने अमेजन विश्वकै ठूलो नदि हो ।
  • वन्यजन्तु संरक्षण ऐन 2029 ले संरक्षीत वन्यजन्तुको सुचिमा 26 प्रजातीका स्तनधारी, 9 प्रजातीका पंक्षी र 3 प्रजातिका सरिसृपलाइ राखेको छ ।
  • बर्दिया रा . नि . कृष्णसारका लागि प्रख्यात छ भने शुक्लाफाँटा रा . नि . बाह्रसिंगेका लागि प्रख्यात छ ।
  • कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाकालागि प्रख्यात छ भने शे – फोक्सुण्डो रा नि तिब्बती खरायोकालागि प्रख्यात छ ।
  • चितवन रा नि एकसिंगे गैडा र घडियालका लागि प्रख्यात छ ।
  • क्षेत्रफलका हिसाबले सबैभन्दा बढि 35 % वन क्षेत्र सुदुरपश्चिमाञ्चल विकास क्षेत्र मा रहेको छ ।
  • क्षेत्रफलका हिसाबले सबैभन्दा कम 25 % वन क्षेत्र पश्चिमाञ्चल विकास क्षेत्र मा रहेको छ ।
  • कुरीलो , सर्पगन्धा , अश्वगन्धा , सतुवा , बोझो , कालो मुस्ली , बकाइनो , किम्बु आदि बनस्पतिको जरा उपयोगी हुन्छ ।
  • भृगराज ,दत्तिवन , पुदिना , गन्धेझार ,पुर्ननवा , दुवो , असुरो ,कण्ठकारी , आकाशवेली, भ्याकुर अदि वनस्पतिको पुरै भाग उपयोगी हुन्छ ।
  • नेपालमा हाल भु-उपयोगी नीति 2069 लागू छ ।
  • नेपालको माटोलाइ मोटामेटि पाँगो , बलौटे पत्थरिलो , रातो फुस्रो ,तलैया र हिमाली माटो गरि 5 भागमा बाँडिएको छ ।
  • नेपालमा हालसम्म सुन उत्खनन् का लागि 41 वटा कम्पनीले अनुमती पाएका छन् ।
  • माछापुच्छ्रे हिमालमा वि सं 2020 फागुन 5 गते आरोहण प्रतिबन्ध लगाइएको थियो ।
  • विश्वकै सबैभन्दा लामो पदयात्रा ‘ग्रेट हिमालयन ट्रेल हो ।
  • ग्रेट हिमालयन ट्रेलको लम्बाइ 4500 कि मि रहेको छ ।
  • सन् 2012 मे 29 मा सोलुखुम्बुमा सम्पन्न 10 औँ तेन्जिङ हिलारी एभरेष्ट म्याराथनको पुरुष तर्फको उपाधि फुर्वा तामाङ र महिला तर्फको उपाधि आङफुटी शेर्पाले जितेकी थिइन ।
  • छ वटा चुचुरा भएको हिमाल धौलागिरि हो ।
  • तिब्बति भाषामा सगरमाथालाइ झोमोलोङ्गमा भनिन्छ ।
  • बाबुराम आचार्यले माउन्ट एभरेष्टलाइ सगरमाथा नामाकरण गर्नु अगाडि यसलाइ पन्ध्रौँ चुली भनिन्थ्यो ।
  • नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा हो ।
  • नेपालमा सन् 1949 देखि पर्वतारोहणका लागी खुला गरिएको हो । पहिलो आरोहण प्रयास गरिएको हिमाल अन्नपूर्ण हो ।
  • सगरमाथा अरोहण गर्ने पहिलो ब्रिटिश ईन्डिया माउन्ट एभरेष्ट एक्स्पिडिशन टिम , दोस्रो स्वीस टिम र तेस्रो चिनिया टिम थियो ।
  • सगरमाथा आरोहणगर्ने पहिलो पत्रकार नर्बेका स्टाइन एसिन हुन् भने नेपाली पत्रकार आङछिरिङ शेर्पा हुन उनी कान्तिपुर दैनिकमा आबद्ध दिए ।
  • ओलम्पिक ज्योतिलाइ वि सं 2065 वैशाख 26 मा सगरमाथाको शिखरमा पुर्याइएको थियो ।
  • सगरमाथा 27॰59′ उत्तरि अक्षांश र 86॰55′ पूर्वी देशान्तरमा पर्दछ ।
  • नेपालमा सबैभन्दा बढि पर्वतारोहण मे महिनामा गरिन्छ ।
  • विश्वको दोस्रो सर्वोच्च शिखर माउन्ट के टु आरोहण गर्ने प्रथम नेपाली सेरावजाङ्बु शेर्पा हुन्
  • फेवा तालबाट निस्कने खोला पार्दि खोला हो भने रारा दहबाट निस्कने खोला खत्याड हो।
  • रेडियो नेपालको स्थापना 2007 साल चैत्र 20 गते भएको हो।
  • गंगा जमुना झरना नेपालको धादिङ् जिल्लामा पर्छ।
  • राउटे जातिले बिना गीत बाजा मात्र बजाई सामुहिक रुपमा नाच्ने नृत्यलाई वैशाली नृत्य भनिन्छ।
  • गौतम बुद्द अन्तराष्ट्रिय शान्ति पुरस्कारको राशी 50 हजार अमेरिकी डलर छ।
  • भुमध्ये रेखाले नछुने महादेश युरोप हो।
  • पाँचथरको च्याङथापु देखि बैतडिको झुलाघाट सम्मको मध्यपहाडी मार्गलाई पुष्पलाल लोकमार्ग भनिन्छ।
  • नेपाल खेलकुद परिषद्को स्थापना बि.सं. 2017 सालमा भएको हो।
  • नेपालले विश्व व्यापार संगठनको सदस्यता 23 अप्रिल 2004 मा प्राप्त गर्यो।
  • अन्तराष्ट्रिय जैविक विविधता दिवश डिसेम्बर 29 मा मनाईन्छ।
  • नेपालमा हाल दिइने सबैभन्दा ठुलो राष्ट्रिय सम्मान ” नेपाल रत्न ” हो।
  • कालापत्थरमा मन्त्रीपरिषद्को बैठक 2066 मसिँर 19 गते बसेको थियो।
  • मानव शरीरको सबैभन्दा सानो हाड कानमा हुन्छ।
  • विश्वमा सबैभन्दा बढि HIV सक्रमित भएको देश भारत हो।
  • शिक्षाको सिकाई हुन्छ भने उपचारको निको हुन्छ।
  • काष्ठमाण्डपको निर्माण लक्ष्मि नरसिहं मल्लले गरेका हुन्।
  • पित्ताशय नहुने जीव उँट हो।
  • ” घरमा छैन पिठोको प्वाङ्, बाहिर गर्छ अठार स्वाङ् ” भनेको सुकुलगुन्डो हो।
  • सगरमाथा हिमालको उचाई 29028 फिट छ।
  • नेपालमा मात्र पाईने फुल स्टेलेरिया डिकम्बेन्स हो।
  • बुद्धको शाब्दिक अर्थ ब्युंझेको मान्छे हो।
  • लुम्बिनी भ्रमण वर्ष 2012, 2012 जनवरी 14 मा राष्ट्रपति रामवरण यादवले बिधिवत सुरुवात गरेका हुन्।
  • आकाशबाट खिचेको फोटोलाई एरियल फोटो भनिन्छ।
  • ठुलो बोट बिरुवालाई छाँटकाँट गरेर सानो बनाउने प्रविधिलाई बोन्साई भनिन्छ।
  • मान्छेको टाउकोमा 29 ओटा हाड हुन्छन्।
  • ब्रिटिस उपनिवेशबाट मुत्त हुने पहिलो देश घाना हो।
  • बिश्वको जनसंख्या 7 अर्ब पुगेको दिन 2011 अक्टोबर 31 का दिन हो।
  • 2068 साउन 22 गतेबाट सार्बजानिक स्थलमा धुम्रपान निषेध गरियो।
  • बृहत्तर नेपालको क्षेत्रफल 2,04,917 वर्ग कि.मी. थियो।
  • पृथ्वी प्रतिमिनेट 79 KM को गतिमा घुम्छ।
  • औद्योगिक क्रान्तिको सुरुवात बेलायतको कपडा उत्पादन क्षेत्रबाट भएको थियो ।
  • जेम्सवाट ले वाफ बाट चल्ने मेसिन ,हम्फे डेभी ले सेफ्टि ल्याम्प ,मेकडम ले पक्की सडक बनाउने तरिका पत्ता लगाएका थिए ।
  • म नै राज्य हुँ राज्य नै म भन्ने फ्रान्षेली राजा लुइ चौधौ हुन् ।
  • फ्रान्सको राज्यक्रान्ति सन्1789 मा भएको थियो ।
  • नेपोलियन बोनापार्टले कानुनहरुको संकलन र परिमार्जन गरी मुलुकभर लागू गर्न बनाएको कानुनलाई नेपोलियन कोड भनिन्छ ।
  • अमेरिकी स्वतन्त्रता संग्राम सन 1775 मा सुरु भएर सन 1783 मा सकिएको थियो ।
  • भर्साइलको सन्धि पछि बेलायति उपनिवेशबाट अमेरिका मुक्त भए संगै अमेरिकी स्वतन्त्रता संग्राम सकिएको थियो ।
  • अमेरिका स्वतन्त्र हुदा त्यहाँ जम्मा 13 वटा राज्य थिए तर अहिले 50 वटा राज्य छन् ।
  • अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिँटनले अमेरिकी संग्रामको नेतृत्वगरेका थिए ।
  • अक्टोबर क्रान्ति भनेर चिनिने रुसको राज्यक्रान्ती सन्1917 मा भएको थियो ।
  • रुसको राजालाइ जार,रानी लाइ जरिना र संविधानसभा लाई डुमा भनिन्थ्यो ।
  • जुलाइ 28 ,1914 मा अष्ट्रियाले सर्बियामाथि आकर्मण गरि प्रथम विश्वयुद्ध को थालनी गरेको थियो
  • प्रथम विश्वयुद्धको समयमा जर्मनी अष्ट्रिय र हंगेरी सम्मिलित गुट लाई त्रिगुट भनिन्थ्यो ।
  • प्रथम विश्वयुद्धको समयमा फ्रान्स ,रुस र बेलायत सम्मिलित गुट लाई त्रिराष्ट्रियगुट भनिन्थ्यो ।
  • प्रथम विश्वयुद्धपछि राष्ट्रसंघ को स्थापना 1920 जनवरी 10 मा भएको थियो ।
  • प्रथम विश्वयुद्धमा 36 वटा राष्ट्र सम्मिलित थिए भने नेपालले बेलायतलाइ सहयोग गरेको थियो ।
  • सन्1939 सेप्टेम्बर 1मा पोल्याण्डमाथी जर्मनीले आकर्मण गरेपछी दित्तिय विश्वयुद्ध सुरु भएको थियो ।
  • सन्1945 अगस्ट 9 का दिन जापानको नागासाकीमा अणुबम खसालेपछी सन 1945 अगस्ट 14 का दिन जापानले आत्मसमर्पण गरेपछि दित्तिय विश्वयुद्ध अन्त्य भएको थियो ।
  • दित्तिय विश्वयुद्धमा फ्रान्स ,बेलायत ,अमेरिका ,रुस , रुमानिया ,आदि सम्मिलित गुटलाई एल्लाइज पावर भनिन्थ्यो ।

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

1 comments: