नेपालमा ‘क’ वर्गका वित्तीय सस्थाको काम, कर्तब्य र अधिकार ! र साथमा नेपालको बैंकिंग क्षेत्रका बिध्यमान चुनौतिहरु !!!



बैंक तथा वित्तीय सस्था सम्बन्धि ऐन, २०६३ अनुशार ‘क’ वर्गको इजाजतपत्र पाएको सस्थाले गर्ने काम कर्तब्य र अधिकारहरुका सम्बन्धमा ऐनको दफा ४७ उपदफा (१) को खण्ड "क" देखि खण्ड "स" सम्मको गरि ३२ खण्डमा उल्लेख गरिएको छ । जसलाई निम्न अनुसार प्रस्तुत गरिएको छ ।

  •  ब्याज वा बिना ब्याजमा निक्षेप स्वीकार गर्ने तथा त्यस्तो निक्षेपको भुक्तानी दिने ।
  •  राष्ट्र बैंकले तोकिदिए बमोजिमको कर्जा दिने ।
  •  प्रचलित कानुनको अधिनमा रही विदेशी विनिमय कारोबार गर्ने ।
  •  हायर पर्चेज, हाईपोथिकेसन, लिजिंग, हाउजिंग तथा सेवा व्यवशायको लागि कर्जा दिने । 
  •  राष्ट्र बैंकले दिएको निर्देशनको अधिनमा रही मर्चेन्ट बैंकिंग कारोबार गर्ने ।
  •  अन्य इजाजत प्राप्त सस्था संग मिलि सहवित्तीयकरणको आधारमा धितो विभाजन गर्ने गरि आपसमा भएको सम्झौता अनुसार संयुक्त रुपमा कर्जा दिने र दिलाउने व्यवस्था गर्ने ।
  • आफ्नु ग्राहकको तर्फबाट जमानत पत्र जारि गर्ने र सो वापत ग्राहकसँग आवश्यक शर्त गराउने, सुरक्षण लिने, निजको चल-अचल सम्पत्ति धितो बन्धक लिने वा तेस्रो व्यक्तिको जेथा जमानत लिने ।
  • स्वदेसी वा विदेशी बैंक वित्तीय सस्थाको जमानतमा कर्जा लिने ।
  • प्रतीतपत्र, विनिमय पत्र, प्रतिज्ञा पत्र, चेक, यात्रुचेक, ड्राफ्ट वा अन्य वित्तीय उपकरण निष्कासन गर्ने, स्वीकार गर्ने, भुक्तानी दिने, डिस्काउन्ट गर्ने वा खरिद बिक्रि गर्ने ।
  • राष्ट्र बैंकले दिएको निर्देशनको अधिनमा रही टेलिफोन, टेलेक्स, फ्याक्स, कम्प्युटर, वा म्याग्नेटिक टेप वा अन्य तेस्तै प्रकारका विद्युतीय उपकरण वा साधनको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने, रकमान्तर गर्ने ।
  • राष्ट्र बैंकले दिएको निर्देशनको अधिनमा रही क्रेडिट कार्ड, डेबिट कार्ड, चार्जकार्ड लगायतका अन्य वित्तीय उपकरण जारी गर्ने, स्वीकार गर्ने र सो सम्बन्धि कार्य गर्न एजेन्ट नियुक्त गर्ने ।
  • ए.टि.एम. र क्यास डिस्पेसिंग मेसिनको माध्यमबाट निक्षेप लिने, भुक्तानी दिने र कर्जा दिने ।
  • आफुले पत्याएको व्यक्तिलाई अधिविकर्ष कर्जा दिने ।
  • आफूकहाँ पहिले नै धितो रहिसकेको चल-अचल सम्पत्तिको मुल्यले थामेसम्मको रकम पुन: एकैपटक वा पटक-पटक गरि कर्जा दिने वा अन्य इजाजत प्राप्त सस्थामा धितोमा रहिसकेको चल-अचल सम्पत्तिको पुन: धितोमा त्यसको मुल्यले थामेसम्मको रकम पुन: एकैपटक वा पटक-पटक गरि कर्जा दिने ।
  • राष्ट्र बैंकले तोकेको शर्तमा राष्ट्र बैंकको एजेन्ट भई नेपाल सरकारको तर्फबाट सरकारी कारोबार लगायत अन्य कारोबार गर्ने ।
  • नेपाल राज्यभित्र वा विदेशमा विनिमयपत्र, चेक वा अन्य वित्तीय उपकरण द्वारा रकम पठाउने वा चलान गर्ने, सुन, चांदी. शेयर, डिबेन्चर, बन्ड आदि खरिद बिक्रि गर्ने र शेयरको लाभांस तथा प्रतिज्ञा पत्र, डिबेन्चर, बन्ड आदिको ब्याज असुल उपर गर्ने ।
  • ग्राहकको निमित्त कमिसन एजेन्ट भई शेयर, डिबेन्चर, वा सुरक्षणको ब्याज आदि उठाई दिने र सो को लाभांश, मुनाफा वा ब्याज नेपाल राज्यभित्र वा विदेशमा समेत पठाउने ।
  • नेपाल सरकार वा राष्ट्र बैंकले जारि गरेको ऋणपत्र खरिदबिक्री गर्ने वा साकार गर्ने ।
  • सेफ डिपोजिट भल्टको व्यवस्था गर्ने ।
  • राष्ट्र बैंकले तोकिदिएको शर्तमा वासलात बाहिरको कारोबार गर्ने ।
  • विपन्न वर्ग, न्यून आय भएका परिवार, दैबी प्रकोप पिडित तथा मुलुकको कुनै क्षेत्रका बासिन्दाको आर्थिक उत्थानका लागि व्यक्तिगत वा सामुहिक जमानीमा राष्ट्र बैंकले तोके बमोजिमको रकमसम्म कर्जा दिने ।
  • आफु तथा अन्य इजाजतपत्र प्राप्त संस्थाबाट कर्जा लिने, ऋणी वा ग्राहकको विवरण, सूचना वा जानकारी राष्ट्र बैंक वा अन्य इजाजतप्राप्त सस्थांबीच लिने र दिने ।
  • अन्य कुनै इजाजतपत्र प्राप्त संस्थाबाट आफ्नो ग्राहकलाई कर्जा उपलब्ध गराउन जमानी गर्ने ।
  • राष्ट्र बैंकले तोकिदिएको सीमाभित्र रही शेयर, डिबेन्चर, बन्ड, ऋणपत्र, बचतपत्र वा अन्य वित्तीय उपकरणको माध्यमबाट पुजी परिचालन गर्ने ।
  • आवश्यकता अनुसार राष्ट्र बैंकबाट पुनकर्जा लिने वा अन्य इजाजतपत्र प्राप्त सस्थाबाट कर्जा लिनेदिने ।
  • परियोजना स्थापना, संचालन र मुल्यांकन सम्बन्धि अध्ययन अनुसन्धान, सर्वेक्षण गर्ने गराउने तथा तालिम, परामर्श र अन्य जानकारी उपलब्ध गराउने ।
  • परियोजनाको प्रवर्धनका लागि नेपाल सरकार वा अन्य स्वदेसी वा विदेशी निकायबाट प्राप्त भएको रकम कर्जाको रुपमा प्रवाह गर्ने वा कर्जा व्यवस्थापन गर्ने ।
  • कुनै व्यक्ति वा सस्थालाई कर्जा दिदा वा निज सँग कारोबार गर्दा आफ्नो हितको संरक्षणको लागि आवश्यक शर्त गराउने ।
  • आफ्नु चल-अचल जायजेथा धितो राखी कर्जा लिने ।
  • समितिले बनाएको विनिमयको अधिनमा रही कर्जा अपलेखन गर्ने ।
  • आफ्नो जायजेथाको उचित प्रवन्ध वा बिक्रि गर्ने ।
  • राष्ट्र बैंकले तोकेको अन्य काम गर्ने ।

नेपालमा बैंक तथा वित्तीय सस्थाहरुको हालको अवस्था एकदमै फलदाई छ । बैंकहरुलाई अवसरहरु प्राप्त भईरहेको छ । जसले गर्दा बैंक तथा वित्तीय सस्थाहरुको दिन प्रतिदिन उपस्थिति बढ्दो छ । तर हालको अवस्था राम्रो हुँदा हुँदै पनि बैंकिंग व्यवशायमा देखिएका चुनौतिहरु निम्न अनुसार रहेका छन् ।

न्यून आर्थिक बृद्दीदर
नेपालको आर्थिक अवस्थाको बृद्दीदर ज्यादै न्यून रहेको छ । देशमा भएका उद्योग धन्दा बन्द हुने अवस्थामा छन् भने नयाँ उद्ध्योगधन्दाको आगमन ज्यादै न्यून छ । फलस्वरूप साधनहरुको अधिकतम परिचालन हुन पाउदैन जसले गर्दा बैंकिंग प्रणालीको विकाशको लागि धेरै भन्दा धैरै चुनौती सिर्जना हुन गएको छ ।

राजनैतिक अस्थिरता 
नेपालमा विगत वि.स. २००७ पहिले र २००७ देखि हालसम्म नै राजनीतिक स्थिरता रहेन । बैंकिंग व्यवसायमा पंचायती व्यवस्था तथा उदारीकरणको नीति अवलम्बन भएपछि १० बर्ष माओबादी सशस्त्र युद्द तथा २०६२/६३ पछिको गणतन्त्रपछी पनि विभिन्न सरकार परिवर्तन भए पनि त्यसले खासै उपलब्धि दिन सकेको छैन । राजनैतिक अस्थिरताको कारणले बैंकिंग क्षेत्रका नीति, नियम तथा कार्यविधिमा अस्थिरता आएको छ ।

उच्च प्रतिस्प्रधा
राष्ट्रले अंगालेको उदारीकरण नीति पश्चात नेपालमा बैंक तथा वित्तीय संस्थाहरु खोल्ने क्रम तीव्र रुपमा बढ्दै गयो । फलस्वरूप बैंकिंग ज्ञान भएका/नभएका व्यक्ति/ब्यापारीहरुको बैंकिंग क्षेत्रमा प्रवेश भयो । फलस्वरूप बैंकलाई कसरि संचालन गर्ने भन्ने ज्ञानको आभाव भयो । बैंक तथा वित्तीय संस्थाहरु बीच ग्राहक तान्ने होडबाजी नै चल्न गयो जसले गर्दा सम्भावित बजारलाई साघुरो बनाएको छ ।

उपयुक्त लगानीको अभाव
बैंक हरुले सस्तो दरमा निक्षेप संकलन गरे पनि त्यसको प्रयोगमा आएको कमीले गर्दा आज बैंकमा ठुलो धनरासी जम्मा भईरहेको छ । लगानीका अवसरहरुको अभावले गर्दा पूजीको व्यापक रुपमा परिचालन हुन सकेको छैन । यस्तो अवस्थामा बैंक तथा वित्तीय सस्थाको कर्जा प्रवाहको क्षेत्र साघुरिएको छ ।

प्रविधिको विकास
बिज्ञान तथा प्रविधिमा आएको परिवर्तनले गर्दा नयाँ-नयाँ कारोबारहरु भित्रिएका छन् । जसले गर्दा एकातिर बैंक तथा वित्तीय सस्थालाई सरल तथा सहज बनाएको छ भने अर्को तिर चुनौती पनि थपिएको छ । अर्को तिर अत्याधुनिक प्रविधिमा ठुलो लगानी गर्नुपर्ने भएकाले यसले बैंक तथा वित्तीय संस्थालाई अर्को समस्या खडा गरेको छ ।

खराब कर्जा लगानी 
भनिन्छ ग्राहक भनेको व्यवशायको राजा हो । ग्राहक बिना व्यवशायको परिकल्पना गर्न सकिदैन । तर बैंकका केहि ग्राहकहरुले गलत नियत राखी कारोबार गर्न प्रयास गरेको पाहिन्छ । ग्राहकहरुमा उत्त्पन्न भएको विकृत र गलत नियतले गर्दा बैंकहरुमा जालसाजी र ठगीका घटनाहरु बढ्दै गएको देखिन्छ । कर्जाका ब्याज तथा सावाँ तिर्ने हैसियत हुँदा हुदै पनि नतिरे के हुन्छ भन्ने गलत विचारका कारणले गर्दा बैंक लाई चुनौती थपिदै गएको छ  । 

ग्राहक पलायन 
नेपालमा उत्त्पन्न राजनैतिक समस्या र अस्थिरताले गर्दा निक्षेप ग्राहक बिभिन्न राष्ट्रहरुमा पलायन हुने गरेको पाईन्छ । बोर्डर क्षेत्रका बासिन्दाहरु आफुसंग भएको रकम भारततर्फ जम्मा गर्न जान्छन र यस प्रकार पुजी देश बाहिर जाने समाचार प्रकाशनमा बेला बेलामा पत्र-पत्रिकामा आईरहेको पनि पाहिन्छ । नेपालमा पर्याप्त नीति नियम अभावले गर्दा वित्तीय सस्थाहरु समस्या ग्रस्थ हुने र बैंक तथा वित्तीय सस्था प्रति जनताको विश्वास न्यून हुदै गएको कारणले गर्दा कतिपय ग्राहकहरु अन्यत्र पलायन हुने क्रम बढ्दो छ ।

अन्य केहि चुनौतीहरु
  •  दक्ष, कुशल जनशक्ति आभाव
  •  आधुनिक प्रविधिमा पछौटेपन
  •  विदेशी सहयोगमा निर्भर रहने प्रवित्ति
  •  व्यवशायिक निष्ठामा कमि
  •  बचत गर्ने बानीमा विकाश नहुनु
  •  बैंकिंग अपराध बृद्दी


सन्दर्भ सामग्री : बैंक तथा वित्तीय सस्था सम्बन्धि ऐन, २०६३
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment