प्रथम पत्र
पूर्णअंक : १०० समय : ३ घण्टा
दिइएका सबै प्रश्न अनिवार्य छन् । ( ५*२० = १००)
१. ‘क’ वर्गका वित्तीय सस्थाको काम, कर्तब्य र अधिकार लेख्दै नेपालको बैंकिंग क्षेत्रका बिध्यमान चुनौतिहरु लेख्नुहोस ।
२. नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम नेपाल राष्ट्र बैंकले नियमन गर्ने क्षेत्राधिकार तथा निरीक्षण र सुपरिवेक्षण गर्ने सम्बन्धमा रहेको प्रावधानबारे लेख्नुहोस ।
३. लेखा भन्नाले के बुझिन्छ? यसका उदेश्यहरु लेख्नुहोस । साथै एकोहोरो र दोहोरो लेखा प्रणालीबीच फरक छुट्याउनुहोस् ।
४. ह्राशकट्टी भनेको के हो? ह्राशकट्टी गर्ने विधिहरु लेख्नुहोस ।
५. सुचना प्रविधि नीति, २०६७ अनुशार सुचना प्रविधि नीति सम्बन्धि योजना तर्जुमा एवं कार्यान्वयन गर्न गठित समितिको गठन बारे लेख्नुहोस | सोहि नीतिमा उल्लेख गरिएका रणनीति तथा कार्यनीतिबारे लेख्नुहोस ।
द्वितीय पत्र
पूर्णअंक: १०० समय : ३ घण्टा
१. द्वन्द भन्नाले के बुझिन्छ? द्वन्दका सकारात्मक र नकारात्मक असरहरुबारे लेख्नुहोस । द्वन्द समाधान गर्न अपनाउनुपर्ने रणनीतिहरुबारे लेख्नुहोस ।
२. पत्र व्यवहार भनेको के हो? पत्र व्यवहारको महत्व एवं उद्देस्य लेख्नुहोस । पत्र व्यवहार गर्दा ध्यान दिनुपर्ने कुराहरु लेख्नुहोस ।
३. मानव संसाधन व्यवस्थापनको परिचय दिदै मानव संसाधन व्यवस्थापनको विशेषता एवं उद्देश्य लेख्नुहोस ।
४. राष्ट्रिय बाणिज्य बैंकको काम कारवाही संबन्धमा विवेचना गर्नुहोस ।
५. २०६४ असारमा १० वटा कर्जाको वक्यौता रकम (रु. लाखमा) देहाय बमोजिम रहेको छ । ५६०, १२०, ३००, २२०, ३९०, ४२०, १६०, क , १८०, ६० । यी १० वटा कर्जाको कुल वक्यौता रु २६०० लाख रहेको छ | उपरोक्त विवरणको आधारमा देहायको प्रश्नको उत्तर दिनुहोस ।
(क) ‘क’ को मान कति होला?
(ख) औसत प्रति कर्जा वक्यौता कति होला?
स्रोत: ज्ञानसागर
0 comments:
Post a Comment