के तपाईहरुलाई यि कुराहरुको जानकारी थियो ?




  • नेपालको सबैभन्दा सुन्दर झरना रूप्से झरना म्याग्दी जिल्‍लामा पर्दछ ।
  • सबैभन्दा अल्छी चरा ढुकुर हो ।
  • बिल गेट्स हाल विश्वका सबै भन्दा धनी व्यक्ति हुन् ।
  • नेपालको पहिलो विमान चालक महिला रक्षा राणा हुन् ।
  • नेपालको सबैभन्दा ठूलो ढोका नारायणहिटी दरवारको ढोका हो ।
  • श्री पशुपतिनाथ लाई कार्तिक कृष्ण अष्टमीको दिन बुद्धको मुकुट पहिराइन्छ ।
  • टुण्ड्रा वनस्पति समुन्द्र सतहबाट ५००० मिटर भन्दा माथीको उचाइमा पाइने वनस्पति हो ।
  • विश्वको ६ वटा देशहरूमा अहिले सम्म इन्टरनेट सेवा जडान भएको छैन ।
  • मर्ने बेलामा गीत गाउने चरा राजहाँस हो ।
  • दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो रेडियो सगरमाथा हो ।
  • दक्षिण एसियामा नै राजनीतिमा सबैभन्दा बढी महिला सहभागिता रहेको देश नेपाल हो ।
  • सगरमाथा मा विना अक्सिजन आरोहण गर्ने पहिलो व्यक्ति फु डोर्जे हो ।
  • संयुक्त्त राष्ट्र संघको स्थापना २४ अक्टोबर १९४५ मा भएको थियो ।
  • विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको आकार अंग्रेजी अक्षर "Y" जस्तो छ ।
  • २०१८ फिफा विश्वकप रसियामा आयोजना हुँदैछ ।
  • भारतीय रेलवेको दार्जीलिङमा चल्ने रेललाई खेलौना रेल (टोय ट्रेन) भनिन्छ ।
  • भिक्टोरिया क्रस पाउने पहिलो नेपाली कूलबीर थापा हुन् ।
  • रारा ताल नेपालको सवैभन्दा ठुलो ताल हो ।
  • खुम्बू हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो । यो ७,६०० मिटर उचाईबाट शुरू भएर ४९०० मिटर सम्मको उचाईमा बग्दछ ।
  • काग यस्तो पंक्षी हो जसले आफ्नो चारो निश्चित ठाउँमा भण्डार गरेर राख्छ र आवश्यक परेको बेलामा खान्छ ।
  • नेपालको सबैभन्दा सुन्दर झरना रूप्से झरना म्याग्दी जिल्‍लामा पर्दछ ।
  • डा. फुहररले लुम्बिनीको उत्खनन् गरेपछि सन् १ डिसेम्बर १८९६ मा भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको पत्ता लागेको थियो ।
  • स्वयम्भूको पुरानो नाम पद्मकण्ठगिरी हो ।
  • सर्वप्रथम ओलम्पिक खेल ग्रीसमा ईसापूर्व ७७६मा भएको थियो ।
  • झिङ्गे माछाको रगत रङ्गहिन हुन्छ तर जब यो बाहिर आउँछ अक्सिजनले यसलाई निलो बनाइदिन्छ ।
  • विश्वको सबैभन्दा लामो नदी नाइल नदीको लम्बाई ६६५० किलोमिटर छ ।
  • सिंगापुर ६४ वटा द्विपहरू मिलेको बनेको राष्ट्र हो र यो राष्ट्रको कुल क्षेत्रफल ७१६.१ वर्ग किलोमिटर छ ।
  • हवाइयन वर्णमालामा जम्मा १२ वटा मात्र अक्षर छन ।
  • भारत र श्रीलंका बीच समुद्रमा चुनढुङ्गाले बनेको ४८ कि मि लामो पूललाई 'एडम्स ब्रीज' वा 'राम सेतु' भन्छन ।
  • मैथली भाषा विश्वमा बढि बोलिने भाषा मध्य २६ औं स्थानमा छ ।
  • उँटको दुध जम्दैन वा फाट्दैन ।
  • जुका सबैभन्दा बढी प्रजाति भएको जीव हो ।
  • सबैभन्दा अल्छी चरा ढुकुर हो ।
  • एनसेल मोबाइल सेवाबाट विकिपीडिया जिरो प्रयोग गरेमा पैंसा लाग्दैन ।
  • पछिल्लोपटक गरिएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ५०३ गैंडाहरू रहेका छन् ।
  • सुगौली सन्धिमा हस्ताक्षर गरेर नेपालले आफ्नो एक तिहाई भू-भाग ब्रिटिश भारत समक्ष गुमाउनु परेको थियो । त्यसै सन्धिबाट सिक्किम माथिको अधिकार पनि गुमाउनु पर्‍यो ।
  • संसारका ११ प्रतिशत मानिसहरूले वाँया हातको प्रयोग गर्दछन् ।
  • अंग्रेजी भाषामा सबैभन्दा बढी प्रयोग हुने अक्षर 'इ' हो भने सबैभन्दा कम प्रयोग हुने अक्षर 'क्यु' हो ।
  • सबै महाद्विपहरूको नामको शुरू तथा अन्त्य एउटै अंग्रेजी अक्षरबाट हुन्छ ।
  • सर्वप्रथम कफी इथियोपियामा पत्ता लागेको थियो ।
  • बिक्रम सम्बत् २०५१ मा नेपालमा प्रथम पटक मिस नेपाल प्रतियोगि‍ता आयोजना भएको थियो ।
  • ल्याप्टपका आविश्कारक बिल मग्रिज हुन ।
  • सबैभन्दा बढी फिफा विश्वकप जित्ने राष्ट्र ब्राजिल हो ।
  • बिल गेट्स हाल विश्वका सबै भन्दा धनी व्यक्ति हुन ।
  • स्वीडेनकी किकी ह्याकन्सन पहिलो विश्वसुन्दरी हुन ।
  • सबैभन्दा बढी फिफा बर्ष खेलाडी हुने व्यक्ति लियोनेल मेस्सी हुन ।
  • कोरियन गायक तथा संगितकार पार्क जि-साङ्गले गाएको गित गङ्नम स्टाइल युट्युबमा सन् २०१३मा सबैभन्दा बढि हेरिएको गित हो ।
  • विश्वकी पहिलो अश्लिल चलचित्र अभिनेत्री लुइस विल्ली हुन ।
  • चर्चित सामाजिक सञ्जाल फेसबुकको शुरुवात फेब्रुअरी २००४ मा भएको हो ।
  • विश्वको सबैभन्दा ठुलो जनावर निलो व्हेल हो ।
  • सिएनएन हिरो हुने पहिलो नेपाली अनुराधा कोइराला हुन ।
  • विश्वकी प्रथम महिला प्रधानमन्त्री सिरिमावो बन्दरानाइके हुन् । उनी श्रीलंकाकी प्रधानमन्त्री बनेकी थिइन् ।
  • विश्वको सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने महिला पाकिस्तानकी बेनजिर भुट्टो २३ बर्षको उमेरमा प्रधानमन्त्री बनेकी थिइन् ।
  • विश्वको पहिलो महिला अन्तरिक्ष यात्री सोभियत संघकी भ्यालेन्तिना तेरेस्कोभा हुन् ।
  • नेपालको पहिलो विमान चालक महिला रक्षा राणा हुन् ।
  • सगरमाथा आरोहण गर्ने विश्वको पहिलो महिला जापानकी जुन्को ताबेई हुन् भने नेपालको पहिलो सगरमाथा आरोहि महिला श्रीमती पासाङ ल्हामु शेर्पा हुन् ।
  • विश्वसुन्दरी प्रतियोगिता आयोजना गर्ने प्रचलन बेलायतबाट सुरू भएको हो ।
  • नेपालको पहिलो महिला सम्पादक साधना प्रधान र कुमारी कामाक्षादेवी हुन् ।
  • नायबी शासन चलाउने पहिलो महिला रानी राजेन्द्र लक्ष्मी हुन् ।
  • रेडियो नेपालकी पहिलो गायिका कोइलीदेवी हुन् भने पहिलो गीत रेकर्ड गराउने महिला मेलवा देवी हुन् ।
  • नेपालकी पहिलो महिला मन्त्री द्वारिका देवी ठकुरानी हुन् भने पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन् ।
  • सर्वप्रथम मदन पुरस्कार पाउने महिला लेखिका पारिजात हुन् ।
  • विद्यावारिधि गर्ने पहिलो नेपाली महिला प्रभा बस्नेत हुन् भने नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला बानिरा गिरी हुन् ।
  • प्यारासुटबाट हाम्फाल्ने पहिलो नेपाली महिला सुन्दरी श्रेष्ठ हुन् ।
  • नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय सम्शेर जबरा हुन् ।
  • नेपालमा सबैभन्दा पहिलो बैंकनोट विक्रम सम्बत २००२ सालमा प्रकाशन भएको थियो ।
  • नेपालको सबैभन्दा ठूलो ढोका नारायणहिटी दरवारको ढोका हो ।
  • विश्वकै सबैभन्दा ठूलो मरूभूमि सहारा मरूभूमि हो ।
  • विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी अरूण नदी हो ।
  • धरहराको निर्माण प्रधानमन्त्री भीमसेन थापाले वि.सं. १८८२मा गराएका हुन् ।
  • तिब्बतबाट सन् १९५९ देखि भारतमा शरण लिइरहेका दलाई लामाको आश्रम भारतको धर्मशालामा रहेको छ ।
  • नेपालमा पर्वतारोहणका लागि सबैभन्दा पहिले खुला गरिएको हिमाल अन्नपूर्ण हिमाल हो ।
  • काँडे भ्याकुर नेपालमा मात्र पाइने पंक्षी हो ।
  • कलियुग पौष कृष्ण औँसीबाट सुरु भएको मानिन्छ ।
  • गणेशमान सिंहको बाल्यकालको नाम हिराकाजी थियो ।
  • नेपालको भूकम्प नजाने शहर भनेर पनौती लाई चिनिन्छ ।
  • नेपालको पहिलो प्रधानमन्त्रि भिमसेन थापा हुन्।
  • नेपालमा १८५ प्रकारका माछा पाइन्छन् ।
  • सप्तबुद्धमा कनकमुनी¸ शाक्यमुनी¸ शिखी विश्वभू¸ काश्यप, विपश्वी र ऋकुच्छन्द पर्दछन् ।
  • थर्ड पोल (Third Pole) नामले सगरमाथालाई चिनिन्छ ।
  • स्याऊ संसारमा सबैभन्दा धेरै उत्पादन हुने फल हो ।
  • म चितुवा (Panthera Uncia) नेपालको संरक्षित स्तनधारी वन्यजन्तु हो ।
  • सुगौली सन्धि सन् १८१६ मार्च ३मा नेपाल र इष्ट इण्डिया कंपनी बीच भएको थियो ।
  • माछा संरक्षण केन्द्र पोखरामा छ ।
  • गाईको ३२वटा दाँत हुन्छन् ।
  • भालुको ४२वटा दाँत हुन्छन्।
  • स्विजरल्याण्डमा प्रति वर्ष प्रति व्यक्ति १० किलो गर्न बराबरको चकलेट खान्छन् ।
  • हिमपहाडको ९०% भाग पानी भित्र हुने गर्दछ ।
  • अष्ट्रेलियालाई पहिला नयाँ हल्याण्ड भनिन्थ्यो ।
  • मानिसको औसत मस्तिष्कमा करिब ७८% पानी हुन्छ ।
  • भ्यागुताले आफ्नो आँखा खुला राखि खाना निल्न सक्दैन ।
  • हरेक दिन संसारको कुनै न कुनै देशमा विदा भएको हुन्छ ।
  • डटपेनको आविष्कारक जोन जे. लाउड हुन् ।
  • नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवा वि.सं. २०६४ असार २३ देखि प्रारम्भ गरेको हो ।
  • चियामा टेनिस नामक विषालु क्षारिय तत्व हुन्छ ।
  • खुट्टामा जिव्रो हुने जीव पुतली हो ।
  • मानिसले सबैभन्दा छिटो गर्न सक्ने काम आँखा झिम्काउने कार्य हो ।
  • जिब्रोको भित्री भागले तीतो स्वाद थाहा पाउँछ ।
  • रुघा संसारकै सबैभन्दा बढी सर्ने रोग हो ।
  • डेविड फिलो र जेरी याङ्ग याहुका संस्थापकहरू हुन् ।
  • अस्ट्रेलियाको निर्वाचनमा मत नखसालेमा ४ डलर जरिवाना तिर्नु पर्ने नियम छ ।
  • विचित्र नामको गुफा गुल्मी जिल्लामा अवस्थित छ ।
  • नेपालमा गद्य कविताको शुरुवात गर्नै साहित्यकार गोपाल प्रसाद रिमाल हुन् ।
  • जापान विश्वमा सबैभन्दा पुरानो राजतन्त्र भएको मूलुक हो ।
  • भगवान गौतम बुद्धको मृत्यु पश्चात् बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ मूल सर्वास्ति विनय हो ।
  • नेपालको चितवनमा अन्तराष्ट्रिय हात्ति पोलो खेल नियमित रुपमा हुने गर्दछ ।
  • माइक्रोसफ्ट कर्पोरेशन संसारकै सबैभन्दा ठूलो कम्प्युटर सफ्टवेयर उत्पादक कम्पनी हो ।
  • अल्वर्ट आइन्स्टाइनलाई इजरायल देशको राष्ट्रपति हुन आग्रह गरिएको थियो ।
  • चाल्र्स डार्बिनले प्राणी विकाशका सिद्धान्तलाई सबैभन्दा पहिले प्रामाणिक रुपमा व्याख्या गरेको मानिन्छ ।
  • पृथ्वीको गति भन्दा परमाणु घडी ०.९ सेकेन्डले चलाख हुन्छ ।
  • नेपाली नागरिकतामा अंग्रेजी भाषामा समेत वि.सं. २०६६ मंसीर १ देखी वितरण गर्न थालियो छ ।
  • फिलामेन्ट बत्तीको आयु १००० घण्टा हुन्छ ।
  • हवाईजहाज उड्दा प्रयोग गरिने ग्यास हिलियम हो ।
  • भारतीय संसद परिषदमा दुर्गा मल्ल (नेपाली व्यक्ति) को सालिक रहेको छ ।
  • जटापोखरी ताल सिन्धुपाल्चोक जिल्लामा पर्दछ ।
  • नेपालको सबैभन्दा होचो भाग मुसहरनिया ५९ मि. (धनुषा) हो ।
  • इतिहासका पिता भनि हेरोडोटसलाई भनिन्छ ।
  • क्यालकुलेटरका आविष्कारक पास्कल हुन् ।
  •  घरमा हुने सामान्य कुराकानीमा ३० डेसिबल ध्वनी उत्पन्न हुन्छ ।
  • नेपालको अन्तरिम संविधान, २०६३ वि.सं. २०६३ माघ १ जारी भयो ।
  • संयुक्त राष्ट्र संघको महासभाको अध्यक्ष हुने पहिलो महिला विजया लक्ष्मी पण्डित (भारतीय) हुन् ।
  • विश्वमा सबैभन्दा बढी रेमिट्यान्स आउने मुलुक भारत हो ।
  • नेपालको सम्मानार्थ नागरिकता पाउने पहिलो विदेशी सर एडमण्ड हिलारी हुन् ।
  • नेपालको सवै भन्दा बढी पानी पार्नी ठाउँ लुम्ले हो।
  • विश्वको सबैभन्दा बढी पानी पर्ने ठाँउ भारतको चेरापुञ्जी हो ।
  • विश्वमा सबैभन्दा पहिलो सुर्योदय न्युजिल्यान्डमा हुन्छ ।
  • सुर्यबाट सबैभन्दा नजिकको ग्रह बुध हो भने सबैभन्दा टाढाको ग्रह बरूण हो.
  • विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो तालको आकार अंग्रेजी अक्षर "Y" जस्तो छ ।
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment