- मकवानपुरका अन्तिम राजा को थिए ? –दिग्बन्धन सेन
- गोरखाले कहिले किर्तिपुरमाथि विजय हासिल गर्यो ? - वि.सं. १८२२ चैत्र ३ गते
- काठमाण्डौका अन्तिम मल्ल राजा को हुन् ? –जय प्रकाश मल्ल
- गोरखाले काठमाण्डौ माथि कहिले विजय प्राप्त गर्यो ? - १८२५ भाद्र शुक्ल चतुर्दशी
- गोरखाले काठमाण्डौमा विजय प्राप्त गर्दा काठमाण्डौमा केको जात्रा परेको थियो ? –इन्द्रजात्रा
- ललितपुरमाथि गोरखाले कहिले विजय प्राप्त गर्यो ? –सन् १७६८ अक्टुवर ६ मा
- ललितपुरका अन्तिम मल्ल राजा को हुन् ? –तेजनरसिंह मल्ल
- गोर्खाले भक्तपुरमा कहिले विजय प्राप्त गर्यो ? –वि.सं.१८२६ कार्तिक शुक्ल द्वादशीमा
- भक्तपुरका अन्तिम मल्ल राजा को हुन् ? –रणजीत मल्ल
- पृथ्वीनारायण शाहको मृत्यु कहिले भयो ? –वि.सं. १८३१ मकर संक्रान्तिको दिनमा
- कसको शासनकाललाई नेपालको एकीकरणको स्वर्णयुग भनिन्छ ? –बहादुर शाहको नायवी काल लाई
- रणबहादुर शाहको हत्या कसले गरेका थिए ? –उनकै भाई शेरबहादुर शाह
- नेपालको पहिलो प्रधानमन्त्री तथा कमाण्डर इन चिफ को हुन् ? –भीमसेन थापा
- धरहरा तथा वागमतीको पुल कसले बनाउन लगाएका हुन् ? –भीमसेन थापा
- नेपाल अंग्रज युद्ध कहिले भएको थियो ? –वि.सं.१८७१–१८७२
- नयाँ मुलुक भनेर कुन कुन भुभागलाई चिनिन्छ ? –बाँके, बर्दिया, कैलाली, कञ्चनपुर
- ऐतिहासिक कोतपर्व कहिले भएको थियो ? –वि.सं. १९०३ आश्विन ३ गते
- ऐतिहासिक भण्डारखाल पर्व कहिले भएको थियो ? –वि.सं. १९०३ कात्तिक १२ गते
- नेपालमा सर्वप्रथम जलविद्यतु उत्पादन कहिले गरिएको हो ? – वि.सं. १९६८ सालमा
- राजा प्रताप मल्लको समयमा उनको दरबारमा आउने पादरी को हुन् ? – ग्रोवर
- नेपालमा अङ्ग्रेजी शिक्षाको प्रारम्भ कुन राणा प्रधानमन्त्रीको पालामा प्रारम्भ भयो ? – जङ्गबहादुर राणा
- लिच्छविकालमा पंच खतको मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ? –पांचाली
- नेपालमा छुवाछुतको कानूनी रुपमा अन्त्य कहिले भयो ? – वि.सं. २०२०
- भृकुटीले चीनमा साथमा लगेको चिनोको नाम के हो ? –शील मंजु
- सुन्दरी चोकको अर्को नाम के हो ? –टुसाहिटी
- पद्मा गिरि पहाडको वर्तमान नाम के हो ? –स्वयम्भू
- नेपालमा दासदासी प्रथा उन्मूलन गर्ने घोषण कहिले भयो ? –वि.सं. १९८१
- पुनेरवा दरबार रौतहटमा पर्दछ भने जगतीपुर दरबार कहाँ पर्दछ ? –जाजरकोट
- स्याङ्जा जिल्लाको पुरानो सदरमुकाम कुन थियो ? –नुवाकोट
- काष्ठमण्डप बनाउँदा प्रयोग गरिएको कल्पवृक्षको नाम के हो ? –सुरतरु
- भण्डारखाल पर्व कसका विरुद्ध रचिएको काण्ड हो ? –जङ्गबहादुर राणा
- लिच्छविकालमा राजाको इजलासलाई के भनिन्थ्यो ? –अन्तरासन
- सिम्रौनगढ राज्यका प्रथम राजा को थिए ? –नान्यदेव
- किराँतीहरुले कसलाई हटाई काठमाडौं उपत्यकामा शासन प्रारम्भ गरेका छन् ? –महिषपाल वंश
- कीर्तिपुरस्थित बाघभैरवको मन्दिर कसको पालामा बनेको हो ? –शिवदेव तृतीय
- काठमाडौंको जलविनायक मन्दिर कसको पालामा बनेको हो ? –राजा विष्णु मल्ल
- राम शाहले नगदी र जिन्सीमा कति कति प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने नियम बनाएका थिए ? –नगदीमा १०५ र जिन्सीमा २५५ भन्दा बढी
- प्राचीनकालमा प्रचलित पिण्डक, मानिका आदि शब्दले केलाई बुझाउँथ्यो ? –दण्ड जरिवाना
- प्राचीनकालमा प्रयोग हुने सार्थवाह शब्दले केलाई जनाउँथ्यो ? –व्यापारीहरुको नेता
- प्राचीनकालमा कर नगद र जिन्सी दुवै रुपमा उठाइन्थ्यो । त्यसबेला कर उठाउने व्यक्तिलाई के भनिन्थ्यो ? –चाटभाट
- नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडको स्थापना कहिले भएको थियो ? –वि.सं. १९९४
- चन्द्र कामधेनु प्रचारक महागुठीको स्थापना वि.सं. १९८३मा भएको थियो । यो कसले स्थापना गरेका हुन् –तुलसी मेहर
- नेपाल राष्ट्र बैंकको स्थापना कहिले भएको हो ? –वि.सं. २०१३
- नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर को हुन् ? –हिमालय शमशेर राणा
- नेपालमा पहिलोपटक स्थापित विदेशी बैंक कुन हो ? –नेपाल अरब बैंक लि.
- नेपाल ध्त्इ को सदस्य कहिले भएको हो ? –२३ अप्रिल २००४
- नेपाली कांग्रेसको वैरगानिया सम्मेलन कहिले भएको हो ? –सन् १९५० सेप्टेम्बर
- २००८ साल असोज १६ गतेको सल्लाहकार सभामा कति जना सदस्य थिए ? –३५ जना
- मातृकाप्रसाद कोइराला प्रधानमन्त्रीत्वमा कहिले सरकार गठन भयो ? –२००८ मार्ग १ गते
- वि.सं. २०१० सालमा मातृकाप्रसाद कोइरालाले खोलेको पार्टीको नाम के थियो ? – राष्ट्रिय प्रजा पार्टी
- जिउँदो सहिद भनेर कसलाई चिनिन्छ ? –टंकप्रसाद आचाय
- वि.सं.२०१२ माघ १३ गते गठित मन्त्रिमण्डलको नेतृत्व कसले गरेका थिए ? –टंकप्रसाद आचार्य
- डा.के.आई.सिंहको नेतृत्वमा मन्त्रिमण्डल कहिले गठन भयो ? –वि.सं. २०१४ श्रावण ११
- नेपाल राज्यको संविधान २०१५ अनुसार महासभामा कति सदस्य रहने व्यवस्था थियो ? –३६ सदस्य
- २०३६ सालको जनमत संग्रहमा निर्दल र बहुदल पक्षले कति मत प्राप्त गरेका थिए ? –निर्दल–२४,३३,४५२ (५४.७९) –बहुदल–२०,०७,९६५ (४५.२१५)
- २०४६ सालको जनआन्दोलन योजनाबद्ध रुपम कहिलेबाट सुरु भयो ? –२०४६ फागुन ७ गते
- २०४८ सालको आम निर्वाचन कहिले भयो ? –२०४८ बैशाख २९
- २०४८ सालको आम निर्वाचनपछि को प्रधानमन्त्री बन्यो ? –श्री गिरिजाप्रसाद कोइराला
- २०४८ सालको संसद्को सभामुख को थियो ? –दमननाथ ढुंगाना
- नेपालमा मध्यावधी चुनाव कहिले भयो ? –वि.सं. २०५१
- माओवादी जनयुद्धको सुरुवात कहिलेबाट भयो ? –२०५२ फागुन १ गते
- राजा ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा कहिले लिए ? –वि.सं. २०५९ माघ १९
- दरबार हत्याकाण्ड कहिले भयो ? –वि.सं. २०५८ ज्येष्ठ १९
- ०६२/०६३ को जनआन्दोलन कसको नेतृत्वमा भएको थियो ? –नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला
- ०६२/०६३ को जनआन्दोलनको परिणामस्वरुप तत्काल के भयो ? –प्रतिनिधिसभाको पुनर्बहाली
- माओवादी र सरकारबीच बृहत शान्ति सम्झौता कहिले भयो ? –०६३ मंसिर ५ गते
- प्रथम निर्वाचित प्रधानमन्त्री बी.पी.कोइरालाकी धर्मपत्नी सुशिला कोइरालाको कहिले निधन भयो ? –२०६४, असार २९ गते
- चौबीसे राज्य भनेर कुन क्षेत्रलाई चिनिन्छ ? –गण्डक क्षेत्र
- ‘लाइब्रेरी पर्व’ कुन राणा प्रधानमन्त्रीको कार्यकालमा भएको होे ? –श्री ३ भीमशमशेर
- सरकारी कार्यालयहरु १ बजेदेखि ४ बजेसम्म र शनिबार बिदा दिने चलन कुन राणा प्रधानमन्त्रीको पालमा प्रारम्भ भएको हो । –श्री ३ भीमशमशेर
- सर्वसाधारण जनताको छोराबाट नेपालमा २००७ सालपछि प्रधानमन्त्री हुने पहिलो व्यक्ति को हुन् ? –मातृकाप्रसाद कोइराला
- डा.के. आई. सिंहको वास्तविक नाम के हो ? –कुँवर इन्द्रजित सिंह
- नेपालमा दलमाथिको प्रतिबन्ध फुकुवाको घोषणा कहिले भयो ? –२०४६ चैत्र २६
- नेपाली कांग्रेसमा नेता कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा संयुक्त मन्त्रिपरिषद्को गठन कहिले भयो ? –२०४७ बैशाख ६
- नेपाल–चीनबीच सम्पन्न वेत्रावती सन्धि कहिले भएको थियो ? –वि.सं.१८४९ फागुन २२
- नेपाल–अंग्रेजबीचको युद्ध कहिले सुरु भएको थियो ? –१ नोभेम्बर, सन् १८१४
- कसको शासनकालमा नेपालले भारतबाट बिनाभन्सार हातहतियार ल्याउने सुविधा प्राप्त गरेको थियो ? –वीरशमशेर
- राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरद्वारा कहिले दास प्रथा (करिया मोचन) अन्त्य गर्ने घोषणा गरे ? –वि.सं. १९८१ मंसिर १४
- चन्द्रशमशेरको घोषणामा कमारा–कमारीको संख्या कति रहेको उल्लेख पाइन्छ ? –५१,५१९
- नेपालमा सती प्रथाको अन्त्यको घोषणा कहिले भयो ? –२८ जुन १९२० (वि.सं. १९७७)
- नेपालको रक्सौलदेखि अमलेखगञ्जसम्मको २९ माइल लामो रेलमार्ग ल्न्च् ९ल्भउब िन्यखभचलmभलत च्बष्धिबथ० को उद्घाटन कहिले गरिएको थियो ? –१९८३ फागुन ५
- नेपालमा सर्वप्रथम राजनीतिक दलको रुपमा ‘प्रचण्ड गोर्खा’ को स्थापना कहिले भएको थियो ? –वि.सं. १९८८
- ‘लाइब्रेरी पर्व’ पोलाहा गरेबापत दण्डको आधा रकम पुरस्कार पाउने व्यक्ति को थिए ? –रामचन्द्र अधिकारी
- नेपालमा सर्वप्रथम कर्मचारीको हड्ताल कहिले प्रारम्भ भएको हो ? –जेठ १९ वि.सं. २००९
- वीरपुस्तकालयका प्रथम लाइब्रेरियन को हुन् ? –पं केदारनाथ
- सिंहदरबारबाट नेपालमा रेडियो प्रसारण कार्य कहिलेदेखि सुरु भएको थियो ? –वि.सं. २००७ चैत २०
- नेपालभरका कार्यालयहरुमा अनिवार्य नेपाली भाषाकोे प्रयोग गर्ने निर्णय कहिले भएको होे ? –१४ आश्विन२६
- २०१६ सालमा प्रतिनिधिसभाको प्रथम बैठकको अध्यक्षता गर्ने व्यक्ति वा सभामुख को हुनुहुन्थ्यो ? –कृष्णप्रसाद भट्टराई
- राजा महेन्द्रउपर महोत्तरीमा बमद्वारा आक्रमण कहिले गरिएको थियो ? –२०१८ माघ ९
- नेपालमा जनमतसंग्रहको घोषणा कहिले गरिएको थियो ? –२०३६ जेठ १०
- जनआन्दोलन २०४६ सालपछिको पहिलो निर्वाचित मन्त्रिमण्डलको गठन कहिले भयो ? –२०४८ जेठ १५
- बहुदलीय व्यवस्थाको पुनस्र्थापना कहिले भयो ? –२०४६ चैत
- ऐतिहासिक जनआन्दोलन कहिले सुरु भएको थियो ? –२०४६ फागुन ७
- बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि प्रतिनिधिसभाको लागि पहिलो आमनिर्वाचन कहिले भयो ? –२०४८ बैशाख २९
- प्रतिनिधिसभाको विघटनपछि पहिलो मध्यावधि निर्वाचन कहिले भयो ? –२०५१ कात्तिक २९
- शाहकालमा सरकारी, कर्मचारीका साथै केही खास कामका लागि नियुक्त कर्मचारीहरुलाई समेत जागिरको रुपमा दिइने जग्गालाई के भनिन्छ ? –किपट
- कर्मचारीलाई दिइने जग्गासम्बन्धी प्रमाणपत्रलाई ‘लालपुर्जा’ भनिन्थ्यो भने त्यस्तै सैनिक रेजिमेन्टलाई दिइने कागजलाई के भनिन्थ्यो ? –धनी पूर्जा
- प्रशाासनिक दृष्टिकोणले राणाकालमा सम्पूर्ण देशलाई कतिवटा जिल्लामा विभाजन गरिएको थियो ? –३२ वटा
- जंगी र निजामती कर्मचारीहरुलाई रकम सापटी दिन प्रबन्ध मिलाउने अड्डालाई के भनिन्थ्यो ? –तेजारथ अड्डा
- बौलाहा राजा भनेर कसलाई चिनिन्छ ? –लक्ष्मीनर सिंह मल्ल
- लिच्छविकालमा जागिर तथा तलब दिने सरकारी अड्डालाई के भनिन्थ्यो ? –वृत्ति अधिकरण
- लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –महासामन्त
- आफूलाई टक, मुद्रा आदिमा सङ्गीत पारङ्गत भनी लेख्ने राजा को हुन् ? –जितामित्र मल्ल
- पृथ्वीनारायण शाहको पहिलो विवाह कहाँ भएको थियो ? –मकवानपुर
- देव शमशेरले चलाएको १२ बजे तोप पड्काउने चलन कहिलेदेखि बन्द भयो ? –२०४५ बैशाख १
- “मलाई सिनो खाने कुकुर नसम्झ, म बाघको डमरु हुँ” यो भनाई कसको हो ? –अमरसिंह थापा
- भीमसेन थापाको जन्म भएको स्थान कहाँ हो ? –गोर्खाको बोर्लाङ
- भक्ति थापा कुन युद्धसँग सम्बन्धित् छन् । –देउथल
- नेपालमा छुवाछुतको कानूनी रुपमा अन्त्य कहिले भयो ? –वि.सं. २०२०
- कुन मल्ल राजाले आफ्नो राज्य विस्तार गरी भोटसम्म पु¥याए ? –प्रताप मल्ल
- भृकुटीले चीनमा साथमा लगेको चिनोको नाम के हो ? –शील मंजु
- बहादुर शाहकी पत्नीको नाम के हो ? –विद्यालक्ष्मी
- तनहुँ राज्यका संस्थापक राजा को हुन् ? –भृगु सेन
- सर्वसाधारणले राणकालमा कर्मचारीलाई खुसी पार्न चढाइने दस्तुरलाई के भनिन्थ्यो ? –पानफूल
- प्रधानमन्त्री भीम शमशेरले वि.सं. १९८८ मा कसको अध्यक्षतामा उखडा जाँच कमिशन गठन गरेका थिए ? –तेज शमशेर ज.ब.रा.
- कोशी सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने महावीर शमशेर हुन् भने गण्डक सम्झौतामा नेपालको तर्फबाट हस्ताक्षर गर्ने को थिए ? –सुवर्ण शमशेर
- वि.सं. १९९० सालको भूकम्पमा परी कति व्यक्तिको मृत्यु भयो ? –१६,८७५ जना
- सदर चिडियाखानाको स्थापना कहिले भएको हो ? –वि.सं. १९९८
- नेपालको सबैभन्दा पुरानो नहर कुन हो ? –चन्द्र नहर
- पशुपतिनाथको अगाडिको बसाहा कसले बनाएको हो ? –जगत्जंग
- देउथल युद्धसँग सम्बन्धित व्यक्ति को हो ? –भक्ति थापा
- कुन राजाले बुढानिलकण्ठको विशाल मूर्ति निर्माण गराएका हुन् ? –लिच्छवि राजा जिष्णुगुप्तले
- सोमवंशी प्रथम राजा निमिष थिए । चौथो सोमवंशी राजाले पशुपतिनाथ मन्दिरको जीर्णेद्धार गराई सुनको छानो हाल्नुको साथै सुनको गजुर बनाएका थिए । ती राजाको नाम के थियो ? –राजा पशुप्रेक्षदेव
- कुन मल्लराजाको शासनकालपछि नेपाल विभिन्न राज्यमा टुक्रिएको थियो ? –यक्षमल्ल
- वि.सं. १४०६ मंसिरमा बंगालका शासक समसुद्दिन तुगलकले नेपाल उपत्यकामा आक्रमण गर्दा नेपालमा कसले शासन गर्दथ्यो ? –राजा जयदेव र देवल देवीको संयुक्त शासन
- गोर्खाका प्रथम शाहवंशीय राजा द्रब्यशाहले खड्का राजाहरुलाई पराजय गरी कहिले गोेरखाका राजा भए ? –वि.सं. १६१६ भाद्र २५ गते
- तलेजु भवानी देवीलाई काठमाडौं उपत्यकामा लिएर आउने हरिसिंह देव कुन राज्यका राजा थिए ? –डोयराज्य
- नेपालको राजगद्दीमा बस्ने प्रथम नारी को हुन् ? –नायकदेवी
- नेपालका कुन मल्लराजाले रजस्वला नभएकी नाबालिकालाई बलत्कार गर्दा ती बालिकाको मृत्यु भएकोले सो पापबाट मुक्त हुन पशुपतिमा तीन महिनासम्म बसी कोटीहोम गराएका थिए ? –राजा प्रताप मल्ल
- नेपालमा कुन राजाको पालादेखि बुढानिलकण्ठको दर्शन गर्न नजाने चलन छ ? –राजा प्रताप मल्ल
- पाटनको शिखर शैलीको २१ गजुर भएको भव्य श्रीकृष्णको मन्दिर कुन राजाले बनाएका हुन् ? –सिद्धिनरसिंह मल्ल
- पृथ्वीनारायण शाहकी आम कुन राज्यकी राजकुमारी थिइन् ? –पाल्पाकी
- पृथ्वीनारायण शाहले कान्तिपुरका राजा जयप्रकाश मल्ललाई पराजित गरी कहिले कान्तिपुर राजसिंहासनमा बसे ? –१८२५ आश्विन १३
- काठमाडौं उपत्यकाभित्रको भक्तपुरलाई पृथ्वीनारायण शाहले वि.सं. १८२६ मंसिर १ गतेमा आफ्नो अधिनमा ल्याएका थिए भने भक्तपुरका राजा रणजित मल्ल उनको नाताले के पर्दथे ? –मितबाबु
- काठमाडौं उपत्यकाको कुन चाहीं राज्य बिना युद्ध नै पृथ्वीनारायण शाहले आफ्नो हात पारे ? –ललितपुर
- रणबहादुर शाहको हत्या उनकै सौतिनी भाइ शेरबहादुर शाहले वि.सं. १८६३ बैशाख १४ गते गरे भने शेरबहादुर शाहको हत्या कसले गरेका थिए ? –भिमसेन थापा
- बासठ्ठी हरण काण्ड कहिले भएको थियो ? –वि.सं. १८६२
- भिमसेन थापाको जन्म वि.सं. १८३२ मा गोर्खाको वोर्लाङ भन्ने ठाउँमा भएको थियो भने यिनकी माता को हुन् ? –सत्यरुपा
- नेपालको इतिहासमा सबैभन्दा कम उमेरमा राजगद्दीमा बस्ने राजा को हुन् ? –गिर्वाणयुद्ध
- कुन राजको पालामा नेपाल र अंग्रेजबीच सुगौली सन्धि भएको थियो ? –गिर्वाणयुद्ध
- वि.सं. १८१४ मंसिर १० गते सुरु भएको नालापानीको युद्धमा नेपालका तर्फबाट नेतृत् वगर्ने बलभद्र कुँवर थिए भने अंग्रेज तर्फको नेतृत्व कसले गरेका थिए ? –जिलेस्पी
- वीर अमरसिंह थापालाई मलाउँको युद्धमा ठूलो प्रलोभन देखाई आपूतर्फ मिलाउन प्रयास गर्ने अंग्रेज कुटनीटिज्ञ को थिए ? –अक्टरलोनी
- वि.सं. १८७२ मा भएको सुगौली सन्धिमा नेपालबाट गजराज मिश्रले र इष्ट इण्डिया कम्पनीका तर्फबाट कसले हस्ताक्षर गरेका थिए ? –जनरल ब्राड शाँ
- माथवरसिंह थापालाई नेपालमा बोलाएर प्रधानमन्त्री बनाइएपछि राजाबाट प्रदान गरिएकोपदवी केथियो ? –कलाबहादुर
- जंगबहादुर राणाका मातापिता को को हुन् ? –बालनरसिंह कुँवर र रक्षाकुमारी
- वि.सं. १९०३ कार्तिक महिनामा भण्डारखालको भोजमा निम्त्याई जंगबहादुर राणाको हत्या गर्ने रानी राजेन्द्रलक्ष्मीको योजनाको सुइको जंगबहादुरसम्म पु¥याउने ब्यक्ति को थिए ? –पण्डित विजयराज
- नेपालको नयाँ मुलुक भनेर कुन कुन क्षेत्रलाई चिनिन्छ ? –बाँके, बर्दिया, कैलाली, कन्चनपुर
- नेपालमा चर्खा प्रचार गरी स्वदैशी भावना जगाउन प्रयास व्यक्ति को थिए ? –तुलसी मेहर श्रेष्ठ
- लाइब्रेरी पर्वमा राणाहरुलाई सुइको दिने ब्यक्ति को थिए ? –रामचन्द्र अधिकारी
- नेपालका कुन राणा प्रधामन्त्री पद त्याग गरेर एकान्त जीवन बिताई पछि राजर्षि महाराका नामले प्रसिद्ध भए ? –जुद्ध शमशेर
- वि.सं. २००७ फागुन ७ गते देशमा प्रजातन्त्रको सुत्रपात हुँदा नेपालका कुन राणा प्रधामन्त्री थिए ? –मोहन शमशेर
- नेपालको पहिलो आम निर्वाचन कहिले सम्पन्न भयो ? –वि.सं. २०१५
- लिच्छवीकालमा परमान भन्नाले के बुझिन्थ्यो ? – सैनिक
- लिच्छविकालका अन्तिम राजा को हुन् ? – जय कामदेव (प्रथम जयदेव हुन्)
- जङ्गबहादुर राणाको पालामा स्थापित भ्रष्टाचारसम्बन्धी हेर्ने अड्डालाई के भनिन्थ्यो ? – धर्मकचहरी
- लिच्छवि कालमा पञ्चखतको मुद्दा हेर्ने अड्डालाई के भनिन्थ्यो ? – पाञ्चाली
- सुगौली सन्धि कहिले भएको थियो ? – ३ मार्च १८१६
- डोय राज्यका अन्तिम राजा को हुन् ? – हरिसिंह देव
- लिच्छवि राजा अंशुवर्मालाई महासामन्तको पदवी कुन राजाले प्रदान गरेका थिए ? – शिवदेव प्रथम
- लिच्छवीकालीन समाजमा कति वर्ण व्यवस्था थिए ? –४ वर्ण १८ जात
- २००७ सालमा परराष्ट्रमन्त्री को थिए ? –मोहनशमशेर
- श्री ५ को सरकारले कमैयाहरुको कहिले मुक्त ग¥यो ? –वि.स. २०५७
- सर्वप्रथम नेपालले संयक्त अधिराज्यसँग दौत्य सम्बन्ध स्थापना गरेको थियो भने नेपालसँग दौत्य सम्बन्ध स्थापना गर्ने दोस्रो देश कुन हो ? – संयुक्त राज्य अमेरिका
- पृथ्वी नारायण शाहको पहिलो विवाह कहिले भएको थियो ?- वि.सं. १९९४
- प्रताप मल्लका रानीको नाम के हो ? –रुपमती र राजमती
- नेपालले कहिलेदेखि ओलम्पिकमा भाग लियो ? –सन् १९६४ टोकियो ओलम्पिक देखि
- नेपालमा सबभन्दा पहिले स्थापना भएको पार्टी (दल) कुन हो ? –नेपाल प्रजापरिषद्
- नेपालको इतिहासमा भण्डारखाल पर्व कहिले भएको थियो ? –वि.सं. १९०३ कार्तिक १२
0 comments:
Post a Comment