- नेवारी भाषामा नेपालको अर्थ के हुन्छ ? – ने.मध्यंपाल.देश
- काठमाण्डौ उपत्यकामा रहको पानीलाई कसले निकास दिएर बस्न योग्य बनाएको हो ? –मञ्जुश्रीले
- मञ्जुश्रीले पानी निकास दिई बस्न योग्य बनाएपछि कसले काठमाण्डौ उपत्यकामा बस्ती बसाली त्यसको पालन पोषण गरेका थिए ? –ने मुनीले ।
- नेपालमा पहिलो राज्यस्थापना कुन वंशले गरेको थियो ? –गोपालवंशीले
- गोपालवंशीका प्रथम राजा भुक्तमान हुन् भने अन्तिम राजा को हुन् ? –यक्ष गुप्त
- गोपाल वंशीले कति वर्ष नेपालमा शासन गरेका थिए ? –५२१ वर्ष
- गोपालवंश पछि नेपालमा कुन वंशले शासन ग¥यो ? –अहिर (महिषपाल)
- १११ वर्षसम्म शासन गरेको महिषपाल वंशमा कसकसले शासन गरे क्रमबद्ध भन्नुहोस् । –मूलसिंह, जयसिंह र भुवनसिंह गर ३ जनाले
- किराँतकालका प्रथम राजा को हुन् ? –यलम्वर
- कुन किराँती राजाको पालामा गौतमवुद्ध नेपाल आएका थिए ? –जितेदास्ती
- सम्राट अशोक नेपाल आउँदा कुन किराँती राजाले शासन गर्दैथिए ? –स्थुंको
- सम्राट अशोकले बनाएको शिलालेखमा कुन लिपि प्रयोग गरिएको छ ? –ब्राम्ही
- सम्राट अशोककी छोरी चारुमतिको विवाह को सँग भएको थियो ? –नेपालका देवपाल नामक एक क्षत्रीयसँग
- चारुमति र देवपालले बसाएको नगरको नाम के हो ? –देवपाटन
- किराँतहरुको राजधानी कहाँ रहेको थियो ? –शंखमुल
- पशुपति आर्यघाटको विरुपाक्षको मूर्ति कुन कालको प्रमुख कलाकृति मानिन्छ ? –किराँत
- कुन किराँती राजाको पालामा सोमवंशले नेपालमा आक्रमण गरेका थिए ? –पटुको
- किराँतकालका अन्तिम राजा कसलाई मानिन्छ ? –गस्ती
- सोमवंशको राजधानी कहाँ थियो ? –गोदावरीमा
- सोमवंशका प्रथम राजा को हुन् ? –निमिष
- सोमवंशका अन्तिम राजा को हुन् ? –भाष्कर वर्मा
- भाष्कर वर्माले कसलाई उत्तरधिकारी बनाएका थिए ? –सूर्यवंशी राजपुत भूमि वर्मालाई
- लिच्छविहरु कहाँबाट नेपालमा प्रवेश गरेका हुन् ? –वैशालीबाट
- वैशाली हाल कहाँ पर्दछ ? –भारतको मुजफ्फरपुर जिल्ला
- लिच्छविहरुको आदि पुरुष कसलाई भनिन्छ ? –सपुष्पलार्ई
- लिच्छवि कालमा राजकीय भाषा के थियो ? –संस्कृत
- लिच्छविकालमा व्यापारीक केन्द्रलाई के भनिन्थ्यो ? –द्रङ
- लिच्छवी कुलकेतु भनेर प्रशस्ती चलाई कुलको गौरव दर्शाउने राजा को हुन् ? –शिवदेव प्रथम
- नेपालका प्रथम लिच्छवि राजा को थिए ? –जयदेव प्रथम
- मानाङ्कमा के चिन्ह अंकित गरिएको थियो ? –श्री भोगिनी चिन्ह
- लिच्छवीकालमा व्यापारीहरुको समूहलाई के भनिन्थ्यो ? –सार्थ
- मानदेवको छोराको नाम के हो ? –महिदेव
- लिच्छवी राजा मानदेवले कति वर्ष शासन गरे ? –४१ वर्ष (वि.सं.५२१देखि ५६२ सम्म)
- लिच्छविकालमा कर असुल गर्ने व्यक्तिलाई के भनिन्थ्यो ? –चारभाट
- लिच्छविकालमा शुद्र जातिलाई के भनिन्थ्यो ? –चाण्डाल
- पणपुराण नामक मुद्रा प्रचलनमा ल्याउने राजा को हुन् ? –नरेन्द्रदेव
- नेपाली इतिहासको स्वर्णकाल कुन काललाई मानिन्छ ? –लिच्छविकाललाई
- नेपालमा सर्वप्रथम अभिलेख राख्ने राजा को हुन् ? –मानदेव
- नेपालमा अंशुवर्माले कति वर्ष शासन गरे ? – १६ वर्ष, (वि.सं. ६६२–६७८ सम्म)
- लिच्छविकालमा कर तथा राजस्व उठाउने निकायलाई के भनिन्थ्यो ? –कुथेर
- कैलाशकुट भवनको निर्माण कसले गरेका हुन् ? –अंशुवर्मा
- शब्दविद्या ग्रन्थ कुन लिच्छवि राजाले लेखेका हुन् ? –अंशुवर्मा
- श्री कलहाभिमानीको पद्वी धारण गर्ने राजा को हुन् ? –अंशुवर्मा
- लिच्छवी कालमा कुन लिपिको प्रचलन थियो ? –ब्राम्ही
- लिच्छविकालमा शिक्षा सम्बन्धी कार्य गर्ने संस्थालाई के भनिन्थ्यो ? –अग्रहार
- सर्वप्रथम महाराजधिराजको पद्वी धारणा गर्ने राजा को हुन् ? –अंशुवर्मा
- युवराजधिराज घोषणा गर्ने प्रथा कुन राजाको पालादेखि चलेको हो ? –अंशुवर्मा
- अंशुवर्माले छोरी भृकुटीको विहे कोसँग गरिदिएका थिए ? –भोटका राजा स्रङचङ गम्पोसँग
- राजा नरेन्द्रदेवले नेपालमा कति वर्ष शासन गरे ? –३४ वर्ष (वि.सं.७०२ देखि ७३६सम्म)
- कुन राजाको पद्वी “महाराजधिराज परमभट्टारक” थियो ? –नरेन्द्रदेव
- लिच्छवीकालमा प्रधानसेनापतीलाई के भनिन्थ्यो ? –महावलाध्यक्ष
- लिच्छविकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –महासामन्त
- लिच्छवि राजाहरुको राजधानी कहाँ रहेको विश्वास गरिन्छ ? –हाँडीगाउँ
- किराँत काल तथा लिच्छविकालमा जिल्ला स्तरीय प्रशासनिक इकाईलाई के भनिन्थ्यो ? –विषय
- नेपालका प्रथम प्रामाणिक राजा कसलाई मानिन्छ ? –मानदेवलाई
- मानदेवले चलाएको मुद्रालाई के भनिन्छ ? –मानांक
- मानगृह कसले बनाउन लगाएका हुन् ? –मानदेवले
- प्रसिद्ध चाँगुनारायणको मन्दिर कसको पालामा बनेको हो ? –मानदेव
- मल्लकालका प्रथम राजा को हुन् ? –अरिदेव (अरि मल्लदेव)
- सर्वप्रथम नेपाल आउने मल्ल राजा को हुन् ? - धर्मदत्त
- काठमाण्डौ उपत्यकामा शासन गर्नुभन्दा अघि मल्ल राजाहरु कहाँ शासन गर्दथे ? –गण्डकी पारी
- कन्तिपुरका संस्थापक राजा को हुन् ? –गुणकामदेव
- इन्द्रजात्रा कहिले हुन्छ ? – आश्विन शुक्ल पञ्चमीका दिन
- इन्द्रजात्राको चलन कसले चलाएका हुन् ? –गुणकामदेव
- गुणकामदेवले चल्तीमा ल्याएको मुद्राको नाम के हो ? –गुणाङ्क
- विष्णुमतिको किनारमा करवीर मसानको निर्माण कसले गराएका थिए ? –गुणकामदेव
- हिलेजात्रा, कृष्ण जात्रा लाखेजात्रा कुन मल्ल राजाको पालादेखि शुरु भएको हो ? –गुणकामदेव
- मल्ल वंशले कहिलेदेखि नेपालमा शासन शुरु गरेका हुन् ? –सन् ११९७ देखि
- कुन मल्ल राजाको पालामा कल्पवृक्ष मनुष्यको रुप धारण गरेर आएका थिए ? –लक्ष्मी नरसिंह मल्ल
- कुन राजाको शासनकाल मा काष्ठमण्डपको निर्माण भएको हो? –लक्ष्मी नरसिंह मल्ल
- एउटै रुखको काठबाट काष्ठमण्डपको निर्माण गर्ने व्यक्ति को हुन् ? –विशेत
- काष्ठमण्डप कुन शैलीमा निर्माण भएको छ ? –प्यागोडा
- काष्ठमण्डपको अर्को नाम के हो ? –मरु सत्तल
- सिमसिमे राजा भन्नाले कसलाई जनाउँछ ? –शिवसिंह मल्ल
- “यो राज्यमा कसैको विवेक नरहोस्” भनेर कसले श्राप दिएका थिए ? –काजी भीममल्लकी रानीले सति जानेबेलामा
- राजा प्रताप मल्लले कहिलेदेखि कहिलेसम्म नेपालमा शासन गरे ? –वि.सं. १६९८–१७३१सम्म
- १५ भाषाका ज्ञान भएका मल्ल राजा को हुन् ? –प्रताप मल्ल
- सेतो मच्छिन्द्रनाथको रथयात्रा कसले चलाएका हुन् ? –प्रताप मल्ल
- कसको शासनकालदेखि नेपालका राजाहरु बुढानिलकण्ठको दर्शन गर्न गएका छैनन् ? –प्रताप मल्ल
- रानी पोखरी, हनुमानढोकाको निर्माण गर्न लगाउने राजा को हुन् ? –प्रताप मल्ल
- छोरा चक्रपालेन्द्र मल्लको मृत्य शोकले पीडित रानी लालमतीलाई सान्त्वना दिन प्रताप मल्लले रानी पोखरीको निर्माण कहिले गरेका हुन् ? –वि.सं. १७२७
- वि.सं. १७३१ वैशाख ९ गते हरिसिद्धि नाच हेरिरहेको अवस्थामा मृत्यु वरण गर्ने मल्ल राजा को हुन् ? –प्रताप मल्ल
- प्रजाको धुरीबाट धुँवा ननिस्कुन्जले भोजन नगर्ने मल्ल राजा को थिए ? –महेन्द्र मल्ल
- तलेजु भवानीको मन्दिर कसले बनाउन लगाएका हुन् ? –महेन्द्र मल्ल
- महेन्द्र मल्लले चलाएको मुद्राको नाम के थियो ? –महिन्द्र मल्ली
- सिद्धिनरसिंह मल्लले कहाँ शासन गरेका थिए ? –ललितपुरमा
- गर्मीमा पञ्चाग्नी तापी जाडोमा खुला चोकको चिसो ढुंगामा बसी शासन गर्ने राजा को थिए ? –सिद्धिनरसिंहमल्ल
- पाटनमा सर्वप्रथम मुद्रा चलाउने राजा को हुन् ? –सिद्धिनरसिंह मल्ल
- सिद्धिनरसिंह मल्लले बनाउन लगाएको पाटनस्थित शिखर शैलीको २१ गजुर भएको मन्दिर कुन भगवानको हो ? –कृष्णको
- कात्तिक नाचको चलन कुन राजाले चलाएका हुन् ? –सिद्धिनरसिंह मल्ल
- ५५ झ्याले दरबार कसले बनाएका हुन् ? –भुपतिन्द्र मल्ल
- भुपतिन्द्र मल्लले कहाँ शासन गरेका थिए ? –भादगाउँ (भक्तपुर)
- पाँचतले न्यातपोलको मन्दिर कसले निर्माण गराएका हुन् ? –भुपतिन्द्र मल्ल
- भुपतिन्द्र मल्ल कसका छोरा थिए ? –जितामित्र मल्ल
- पशुपतिमा भारतीय भट्टबाट पूजा गर्ने चलन कसले चलाएका हुन् ? –यक्ष मल्ल
- यक्ष मल्ल कसका छोरा थिए ? – ज्योती मल्ल
- नेपाल मण्डलेश्वर भनेर कुन मल्ल राजालाई चिनिन्छ ? –यक्ष मल्ल
- काठमाण्डौ उपत्यकाका अन्तिम मल्ल राजा कसलाई भनिन्छ? –यक्ष मल्ल
- समाजलाई चार जात ३६ वर्णमा विभाजित गर्ने राजा को हुन् ? –जयस्थिति मल्ल
- जयस्थिति मल्लले नेपालमा कति वर्ष शासन गरे ? –४३ वर्ष
- गोरखानाथ र गोकर्णेश्वरमा नियमित पूजाको चलन कसले बसालेका हुन् ? –जयस्थिति मल्ल
- पशुपतिको आर्यघाट, वाग्मती किनारमा लवकुश सहित राम मन्दिर कसले बनाउन लगाएका हुन् ? –जयस्थिति मल्ल
- जयस्थिति मल्लले जमिनलाई कति भागमा विभाजन गरेका थिए ? –४ भागमा (अब्बल, दोयम, सीम र चाहार)
- रामायण र भैरवानन्द नाटक लेख्ने राजा को हुन् ? –जयस्थिति मल्ल
- राजा जयस्थिति मल्लले घरलाई कति भागमा विभाजन गरेका थिए ? –३ भाग (शहरको घर, गल्लीको घर, गल्ली भित्रको घर)
- बाली लाग्ने जग्गा नाप्नेलाई क्षेत्रकार र घर क्षेत्रका जग्गा नाप्नेलाई तक्षकार भन्ने चलन कुन राजाले चलाएका हुन् ? –जयस्थिति मल्ल
- नापतौलमा समानता ल्याउनका लागि मानापाथी, करुवा, चौथी, धार्नी, छटाक, तोलाको चलन कुन राजाले ल्याएका हुन् ? –जयस्थिति मल्ल
- राजघरानाको दाहसंस्कारमा दिपक राग र सामान्य नागरिकको दाहसंस्कारको बेला कहाल राग बजाउने थिति कुन राजाले बसालेका थिए ? –जयस्थिति मल्ल
- कुन मल्ल राजाको पालामा खस राजा जितारी मल्लले उपत्यकामा आक्रमण गरेका थिए ? –अनन्त मल्ल
- बनेपा, पनौती, नाला, धुलिखेल, साँगा आदि शहरहरुको निर्माण कसले गरेका हुन् ? –अनन्त मल्ल
- मल्लकालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो ? –चौतारा
- आफूलाई गन्धर्व गुरु भनी लेख्ने राजा को थिए ? –जगप्रकाश मल्ल
- भक्तपुरका अन्तिम राजा को थिए ? –रणजीत मल्ल
- राजर्षि भनेर कुन राजालाई चिनिन्छ ? –सिद्धिनरसिंह मल्ल
- सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ? –महिन्द्र मल्ल
- सर्वप्रथम तामाको पैसा चलनचलाउने राजा को हुन् ? – रत्न मल्ल
- इन्द्रजात्रामा कुमारीको रथ घुमाउने चल कसले चलाएका हुन् ? –जयप्रकाश मल्ल
- बालकको सालनाल काट्ने चलन सर्वप्रथम कसले चलाएका हुन् ? –अंशु वर्मा
- भक्तपुरको विस्केट जात्रा कसले चलाएका हुन् ? – जगज्योति मल्ल
- आफूलाई कविन्द्र भनेर लेख्ने राजा को हुन् ? –प्रताप मल्ल
- “हर गौरी विवाह” नाटकका लेखक को हुन् ? –जगज्योती मल्ल
- अरनिको चीन कहिले गएका थिए ? –वि.सं. १३१७ मा
- पशुपतिनाथको मन्दिर कसले बनाउन लगाएका हुन् ? –राजा प्रचण्डदेव
- बालाजुको २१ धारा कुन राजाले बनाउन लगाएका हुन् ? –जयप्रकाश मल्ल
- सर्वप्रथम शाह उपाधी धारणा गर्ने पहिलो राजा को हुन् ? –कुलमण्डन शाह
- पाटनका ६ प्रधानहरुले आँखा झिकिदिएका राजा को हुन् ? –राज्यप्रकाश मल्ल
- लिच्छविकालमा आपण कर भन्नाले कस्तो करलाई बुझिन्थ्यो ? –पसल खोल्दा लाग्ने कर
- राजा मानदेवकी प्रथम पत्नीको नाम के थियो ? –भोगीनी
- लाजिम्पाट स्थित विष्णु विक्रान्त मूर्तिको स्थापना कसले गरेका हुन् ? –मानदेव
- अमात्य भन्नाले मन्त्रीलाई बुझिन्थ्यो भने काजी भन्नाले मल्लकालमा कसलाई बुझिन्थ्यो ? –भारदार
- मल्लकालमा उभयले सैनिक अधिकारीलाई जनाउँथ्यो भने सामन्त भन्नाले कसलाई जनाउँथ्यो ? –प्रशासक
- पशुपतिमा महास्नान गर्न लगाउने राजा को हुन् ? –अभय मल्ल
- गुप्त सम्वत कसले चलाएका थिए ? –अंशु वर्मा
- अंशु वर्मा कुन वंशका राजा थिए ? –ठकुरी
- नेपालका कुन राजाको मृत्यु हुँदा ३१ रानी सति गएका थिए ? –योग नरेन्द्र मल्ल
- लमजुङ्गका अन्तिम राजा को हुन् ? – वीरमर्दन शाह
- भक्तपुर दरबारलाई पर्खाल लगाई घेर्न लगाउने राजा को हुन् ? –यक्ष मल्ल
- लिच्छविकालमा दुलाहा खोजेर ल्याई विवाह गर्ने प्रथालाई के भनिन्थ्यो ? –डोलाजी
- भक्तपुरपमा प्रत्येक नयाँ वर्ष वैशाख १ गतेका दिन आदि भैरवको रज निकाली विस्केट जात्रा मनाउने चलन कुन राजाले चलाएका हुन् ? - जगज्योति मल्ल
- आफूलाई विद्यापारंगत भनी लेख्ने राजा को हुन् ? –जितामित्र
- मल्लकालका अभागी राजा कसलाई भनिन्छ ? –जयप्रकाश मल्ल
- मल्ल राजाहरुको इष्टदेवी कुन देवीलाई मानिन्छ ? –तलेजु भवानी
- घोडेजात्राकोको प्रचलन कसले चलाएका हुन् ? –जय प्रकाश मल्ल
- सुमति कुन राजाको उपनाम हो ? –जितामित्र मल्ल
- नेपालको इतिहासमा मण्डलेशवर भनेर यक्ष मल्ललाई चिनिन्छ भने नेपालेश्वर भनेर कसलाई चिनिन्छि ?- श्रीनिवास मल्ल
- छालाको मुद्रा चलाउने राजा को हुन् ? –सिद्धिनरसिंह मल्ल
- कर्नाटक वंशका अन्तिम राजा को हु्न ? –हरिसिंहदेव
- तिरहुत वा डोय राज्यको स्थापना कसले गरेका थिए ? –नान्यदेवले
- बंगालका शासक समसुद्दिन इलियासले नेपालमा कहिले आक्रमण गरेका थिए ? –वि.सं. १४०६ मा
- द्रव्य शाहले गोरखामा कहिले शाह राज्यको स्थापना गरे ? –वि.सं. १६१६ भाद्र २५ गते
- प्रजापञ्च भन्नाले मल्लकालमा के लाई जनाउँथियो ? –गाउँ र नगरका शासक
- न्याय नपाए गोर्खा जानु भन्ने उखान कुन राजाका पालादेखि चलेको हो ? –राजा राम शाह
- मानव न्यायशास्त्रको रचना कसले गर्न लगाएका थिए ? –जयस्थिति मल्ल
- पृथ्वी नारायण शाहको जन्म कहिले भएको हो ? –वि.सं. १७७९ पौष २७ गते
- पृथ्वी नारायण शाह कहिले गोरखाका राजा भए ? –वि.सं. १७९९ मा
- पृथ्वी नारायण शाहले नुवाकोटमाथि कतिपटक आक्रमण गरे ? –२ पटक (वि.सं. १८०० र १८०१)
- नुवाकोटको माथि गोरखाले कहिले विजय प्राप्त ग¥यो ? –वि.सं. १८०१मा
- किर्तिपुरमा पृथ्वीनारायाण शाहले कहिले कहिले आक्रमण गरे ? –वि.सं. १८१४, १८२१ र १८२२ मा
- गोरखाले कहिले मकवानपुरमाथि विजय हासिल ग¥यो ? –वि.सं. १८१९ भाद्र ९ गते
0 comments:
Post a Comment