खरिदार तथा नायव सुब्बाको तयारीमा रहेकाहरुको लागी सहयोगी बस्तुगत सामाग्री - भाग पाँच !!

  • रातो रंगको काँच बनाउन कुन धातुको अक्साइड प्रयोग गरिन्छ ?   -कपर अक्साईड
  • प्रवेशिका परिक्षामा सामेल हुन कम्तिमा कति प्रतिशत हाजिर हुनु अनिवार्य छ ?   -70%
  • क्विक सिल्भर(Quick Silver) भन्नाले के बुझिन्छ?    -पारो (Mercury)
  • नेपालको कुन जिल्लालाई मेडिकल सिटी उपनामले चिनिन्छ ??   - चितवन
  • खड्क निशाना छापको प्रयोग कुन राणा प्रधानमन्त्रीले सुरु गरेका हुन् ??   - विर शमशेर
  • नेपालको राष्ट्रिय नीति २०६६ अनुसार १६ देखी ४० बर्ष उमेर सम्मका ब्यक्तिलाई युवा भनिन्छ भने संयुक्त राष्ट्रसंघको परिभाषा अनुसार कुन उमेरका युवा भित्र पर्दछन् ??   - १५ देखी २४ बर्ष सम्मका
  • गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा अंकित हुने नेपालका एकमात्र राजा को हुन् ??    -  बिश्वको सबभन्दा सानो सिक्का जावाको प्रकासन गरी जयप्रकाश मल्ल
  • जापानको मुद्रालाई येन भनिन्छ भने चीनको मुद्रालाई के भनिन्छ ??    -- युआन
  • विश्व साईकल यात्री पुस्कर शाहद्वारा लिखित पुस्तकको नाम के हो ??   -  संसारलाई साढेपाँच फन्को
  • "नेपाल दरबारमा कसैको पनि बिबेक नहोस" यो श्राप दिने को हुन ??   -  काजि भिममल्लकी पत्नी
  • नेपालमा हाल कति वटा जिल्लामा रेशम खेती गरिन्छ ??   - ११ जिल्ला
  • श्री ३ वीर शमशेरका बाबु जंगबहादुरका कान्छा भाइ धीर शमशेर थिए भने आमा को थिइन् ? – चन्द्रकुमारी
  • वीर शमशेरको पहिलो विवाह १५ वर्षको उमेरमा कोसँग भएको थियो ?  – मुनिन्द्र राज्यलक्ष्मी (यीनी राजा सुरेन्द्रका भाई उपेन्द्रकी छोरी थिइन्)
  • वीर शमशेरको ठिमीको नेवारी पत्नी ‘खंजन’ पछि गएर के नामले चिनिन थालिन् ?   – तोपकुमारी (उनी मुनिन्द्र राज्यलक्ष्मीसँग दाइजोसँग सुसारेको रुपमा आएकी जो अत्यन्त सुन्दर र चलाख थिइन् )
  • हाल निर्वाचन आयोग भएको भवन राणाकालमा कुन दरबारको नामले चिनिन्थ्यो ?   – चारबुर्जा दरबार
  • प्रथम विश्वयुद्ध हुँदा जर्मनीका राजा को थिए ?    – कैजर विलियम द्वितीय
  • अमेरिकी स्वतन्त्रताको घोषणाको प्रारुप कसले तयार पारेका थिए ?      – थोमस जेफरसन
  • बेलायतमा महिलाहरुलाई मतदानको अधिकार कहिले प्रदान गरिएको थियो ?     – सन् १९२८ मा
  • बेलायतको शाही निवास बकिंघम दरबार सन् १७६२ मा कुन राजाद्वारा ड्युक अफ बकिंघमसँग खरिद गरेका थिए ?    – जर्ज तृतीयद्वारा
  • अमेरिकी १३ वर्षीय बालक जोर्डन रोमेरोले सर्वाधिक कम उमेरमा कहिले सफलतापूर्वक सगरमाथा आरोहण गरेका हुन् ?    – २२ मे २०१० मा
  • विश्वमा सवैभन्दा धेरै केरा कुन देशमा उत्पादन हुन्छ ?     – भारत
  • विश्वमा तीन प्रसिद्ध फलफुल कुन कुन हुन् ?    – केरा, सुन्तला, स्याउ
  • ९० प्रतिशत पानी रहेको तरकारी कुन हो, जुन तरकारीमा ९७ प्रतिशत भिटामिन के पाइन्छ ?   – बन्दाकोभी (यस तरकारीमा प्रशस्त भिटामिन के पाइने भएकाले हाडका लागि फाइदाजनक छ)
  • मुगु जिल्लामा कहिले मोटर बाटो पुगेको हो ?    – २०६९ साल पुस १
  • हम्पाल कुन जिल्लाको सबैभन्दा ठूलो सामुदायिक वन हो ?   – पर्वत (३३४ हेक्टर क्षेत्रफलमा फैलिएको यो वन लोक्ता को लागि प्रसिद्ध छ)
  • रुकुम जिल्लाको सदरमुकाम मुसिकोटको पुरानो नाम के थियो ?    – जुम्ली खलंगा
  • माछापोखरी गुफा कुन जिल्लामा पर्दछ ?    – सुर्खेत
  • नेपालमा कति प्रजातिका वन पैदावरको निकासीमा प्रतिबन्ध लगाइएको छ ?    – १२ प्रजातिका
  • What is the next prime number after 7?      -11
  • 5 to the power of 0 equals what?    - 1
  • What is the biggest planet in our solar system?    - Jupiter
  • What is the name of the element with the chemical symbol ‘He’?     -Helium
  • True or false? Olympic gold medals contain more silver than gold.     - True
  • What is the name of the biggest part of the human brain?    - The cerebrum
  • The outside layer of skin on the human body is called the?      - Epidermis
  • सीता र रामचन्द्रबीच कुन विवाहभएको थियो ??    -- पराक्रम विवाह
  • अमेरिकाले सन् २००४ देखि ने.क.पा. माओवादीलाई आतंककारीको सूचीमा राख्दैआएकोमा कहिलेदेखि सो सूचीबाटहटाएको छ ?   - September/6/2012
  • एकजना व्यापारिले प्रती केजी रु २० को २६ केजी चामल र प्रती केजी रु ३६ को ३० केजी चामल एकै ठाउँमा मिसाएर प्रती केजी रु ३० मुल्य कायम गरी बेच्यो भने उसलाई के भयो ??     - ५% नाफा
  • टाउकोको उपचार गर्नका लागि गरिने एक्सरेलाई के भनिन्छ ??   - सिटिस्क्यान
  • अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको नयाँ अध्ययनलेनेपालको रोजगार दर कति प्रतिशत रहेको जनाएको छ ??   --  २८.९%
  • नेपाल सरकारले २०७१ -२०८० को दशकलाई कुन दशक घोषणा गरेको छ ??   - वन दशक (बजेट वक्तव्य मार्फत)
  • A ले एउटा काम १० दिनमा गर्न सक्छ र B ले १५ दिनमा गर्न सक्छ भने दुबै जना मिली सो काम कती दिनमा गर्न सक्छन ??    -- 6 दिन
  • नेपाल सरकारले २०७१ श्रावण १ गतेबाट लागु हुने गरी सम्मानीय राष्ट्रपतिको मासिक तलबमान (पारिश्रमिक) कति तोकेको छ ?     – रु. १,२०,३६०
  • नेपाल सरकारले २०७१ श्रावण १ गतेबाट लागु हुने गरी सम्मानीय प्रधानमन्त्रीको मासिक तलबमान कति तोकेको छ ?    – रु ६१,८२०
  • रुघाखोकी निको पार्न चकलेट खाने देश कुन हो ?    – मेक्सिको
  • म्यानमारको प्रजातन्त्रबादी नेतृ आङ सान सु ची चारदिने भ्रमणको क्रममा कहिले नेपाल आएकी थिईन् ?    – २०१४ जुन १५
  • वि.सं. २०३५ मा नगरपञ्चायत बनेको भरतपुर कुन वर्ष नगरपालिका घोषणा भएको हो ?   – वि.सं. २०४८
  • न्यान्सी पेलोसी कुन देशको संसदीय इतिहासमा पहिलो महिला सभामुख हुने महिला हुन् ?    – संयुक्त राज्य अमेरिका
  • कुन देशमा दुई राष्ट्रपतिले शासन गर्छन ?   – सान मरिनो
  • ती कुन अमेरिकी राष्ट्रपति हुन् जो भाषण गर्दा प्रतिमिनेट ३२७ शब्द बोल्ने गर्दथे ?    – जोन एफ केनेडी
  • एउटै व्यक्ति राजा, राष्ट्रपति र प्रधानमन्त्री हुने व्यक्ति को हुन् ?    – नरोद्दम सिंहानुक (कम्बोडिया)
  • कोसीटप्पु वन्यजन्तु आरक्षणमा पहिलोपटक कहिले चरा महोत्सव आयोजना गरिएको थियो ?    – २०६७ माघ २०–२२ सम्म
  • नेपालमा पहिलोपटक कहिले नवलपरासीको तिलकपुरमा गिद्ध महोत्सव आयोजना गरिएको थियो ?   – वि.सं. २०६७ असोज १०
  • नेपालमा फलफुलको बगैँचाले कुल १००,०९१ हेक्टरमध्ये सुन्तला जातको फलफुलको बगैँचाले कति हेक्टर क्षेत्रफल ढाकेको छ ?   – ३०,७९०.३ हेक्टर
  • एक गाँउ एक उत्पादन अन्तर्गत माछा पालनका लागि कुन जिल्ला छानिएको छ ?    – धनुषा
  • फर्पिङ जलविद्युत आयोजना नेपालको पहिलो जलविद्युत् आयोजना हो भने एसियाको कतिऔँ जलविद्युत् आयोजना हो ?     – दोस्रो
  • नेपालमा कति प्रजातिका माछालाई मार्न नपाउने व्यवस्था गरिएको छ ?   – १० प्रजाति
  • संसारमा सबैभन्दा बढी लसुन कुन देशमा उत्पादन हुन्छ ?    – चीन
  • घडी चिज र चकलेट कुन देशका प्रमुख उत्पादन हुन्छ ?    – स्विट्जरल्यान्ड
  • संसारको सबैभन्दा धेरै ट्राफिक लाइट भएको शहर कुन हो ?   – स्विट्जरल्यान्डको जेनेभा शहर
  • सन् २०१४ को स्प्रिङ सिजन (बसन्त ऋतु) मा नेपालबाट सगरमाथा आरोहण गर्ने एकमात्र आरोही ४० वर्षे चिनियाँ महिला वाङ जिन थिइन् भने भन्नुहोस् उनले कहिले सगरमाथाको आरोहण गरेकी थिइन् ?   – २३ मे २०१४
  • आजभन्दा ४५०० वर्षअघिदेखि मानिसले दही खान थालेका हुन् भने कुन युरोपेली देशबाट दहीलाई प्याकेटमा बेच्न थालिएका हुन् ?   - स्पेन
  • नेपालमा कतिदेखि कति वर्ष उमेर समूहलाई राष्ट्रका लागि योगदान पु¥याउने उत्पादित उमेर समूह मानिन्छ ?   - १५–६०
  • अनौपचारिक शिक्षा नीतिमा प्रौढ साक्षर भनेको कति वर्षदेखि कति वर्षसम्मको उमेर तोकेको छ ?   - १५–६० वर्ष
  • वरिष्ठ पत्रकार किशोर नेपालको आत्मकथा कृतिको नाम के हो ?    - मेरो समय
  • अस्ट्रेलियामा शिक्षाका लागि भित्रिने विदेशी विद्यार्थीमा नेपाल कुन स्थानमा पर्दछ ?   - पाँचौँ
  • संयुक्त राज्य अमेरिकामा शिक्षाका लागि भित्रिने विदेशी विद्यार्थीमा नेपाल कुन स्थानमा पर्दछ ?   – १० औं
  • २०७१ सालको पद्मा रामचन्द्र लघुकथा सम्मान कुन साहित्यकारलाई प्रदान गरियो ?   – प्रा. मोहनराज शर्मा 
  • पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरका पुजारी कतिजना छ ?   – १० जना 
  • पाटन कृष्ण मन्दिरको पुजारीको मासिक तलब कति रुपियाँ कति रहेको छ ?    – रु १००
  • २०६८ को जनगणना अनुसार किरात धर्म मान्नेहरुको संख्या कुल जनसंख्याको कति प्रतिशत पुगेको छ ?     – ३.१ प्रतिशत 
  • २०६८ को जनगणना अनुसार जनजातिहरुमा सबैभन्दा बढी संख्या मगरको रहेको छ । अब भन्नुहोस नेपालमा कुल जनसंख्यामा कति प्रतिशत मगर जाति छन् ?     – ७.१४ प्रतिशत 
  • नेपालमा प्रसिद्ध गायक फत्तेमान राजभण्डारीको अन्तिम एल्बम कुन हो ?    - अपुरो मन  (निधन २०७० साल भाद्र १० )
  • प्राय पहिलोपटक गर्भ बस्दा महिलाहरुलाई वाकवाक लाग्ने अवस्थालाई के भनिन्छ ?   – मर्निङ्ग सिकनेस 
  • सौर्य प्रणालीका ग्रहहरुमध्ये ग्यासै ग्यासले भरिएको एक मात्र ग्रह कुन हो ? – वृहस्पति ग्रह 
  • विश्वमा मान्छेपछि आफ्नो काममा धेरै उपकरणहरु प्रयोग गर्ने जनावर कुन हो ?   – चिम्पाञ्जी 
  • गाईको दूधमा भन्दा १० गुणा बढी फलाम तत्व कुन जनावरको दूधमा पाइन्छ ?   – उँट
  • विश्वमा सबैभन्दा बढी गोलभेडा सस वा क्याचपका रुपमा कुन देशका नागरिकले खान्छन् ?   – संयुक्त राज्य अमेरिका
  • इजरायल कहिले नयाँ राज्यका रुपमा उदय भएको हा ?     - १९४८ मे १५ मा
  • कानुनी राज्यका मान्यतालाई शासन ब्यवस्थामा सर्वप्रथम लागु गर्ने देश कुन हो ?    - बेलायत
  • चीनमा कहिलेदेखि एक सन्तानको कानुनी नियम लागु गरिएको हो ?     - सन् १९७९ देखि
  • विश्वमा प्रहरी सेवाको सुरुवात कुन देशबाट भएको हो ?    - बेलायत
  • नेपालमा कहिलेदेखि अङ्ग्रेजी भाषासमेत प्रयोग गरी नागरिकता दिन सुरु गरिएको हो ?     - २०६६ साल मङ्सिर १ (नेपालमा २००९ सालबाट नागरिकता वितरण गर्न सुरु गरिएको हो)
  • राष्ट्रिय मानव अधिकार आयोगको स्थापना कहिले भएको हो ?     - २०५७ जेठ १३
  • राणशासन कालमा नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको थियो भने यो विभाजन कुन राणा प्रधानमन्त्रीले गरेका थिए ?     - श्री ३ वीर शमशेर
  • नेपाल–अँग्रेज युद्धको विवादित स्थान स्युराज क्षेत्र कुन जिल्लामा पर्दछ ?    - रौटहट
  • आइनु जापानको प्राचीन आदिवासी हुन् भने दुसुन कुन आसियान मुलुकका आदिवासी हुन ?    - मलेसिया
  • भारतको मेन्चेस्टर भनेर कुन सहरलाई बुझाउँछ ?    - मुम्बई
  • अफगानिस्तान र भारतबीच निर्धारण गरिएको सीमारेखाको नाम के हो ?    - ड्युरेन्ड लाइन
  • कुनै समयमा चालु हुने र कुनै समयमा बन्द रहने ज्वालामुखीलाई के भनिन्छ ?    - सुषुप्त ज्वालामुखी (इटालीको विसुभिएस ज्वालामुखी र काकाटोवा ज्वालामुखी यस प्रकारका ज्वालामुखी हुन्)
  • अरनिको हिमाल (६०३९ मि.) दामोदर हिमशृँखलामा पर्दछ भने भन्नुहोस् यो हिमाल कुन जिल्लमा पर्दछ ?    - मुस्ताङ
  • जेठी बहुरानी हिमाल बझाङ र दार्चुला जिल्लामा अवस्थित छ भने भन्नुहोस् यो हिमाल कुन हिमशृँखलामा पर्दछ ?    - गुराँस हिमशृंखला
  • हाल नेपालमा साना ठूला गरी कति हिमनदी छन् ?     - ३,८०८ बटा (यसको क्षेत्रफल ३,९०२ वर्ग किमी रहेको छ)
  • साली–भिनाजुका पाइला नामक स्थान नेपालको कुन जिल्लामा रहेको छ ?    - सुर्खेत
  • २०६८ सालको जनगणनाअनुसार नेपालमा ६० वर्ष माथिका ज्येष्ठ नागरिक कति छन् ?    - २४ लाख ६९ हजार
  • भक्तपुरका अन्तिम मल्ला राजा को हुन्?   -- रणजीत मल्ल
  • सरकारी मापदण्ड अनुसार तरकारी तथा फलफुलमा विषादीको निषेध दर कतिभन्दा बढी हुनुहुँदैन ??    - ३५
  • प्रसिद्ध तिर्थस्थल लुम्बिनी कसलेपत्ता लगाएका हुन् ?     - डा. फ्युहरर
  • नेपालमा कति जिल्लामा चुरे जलाधार संरक्षण कार्यक्रम सन्चालन भएको छ ???     - 13जिल्ला
  • नेपाललाई कहिले 14 अञ्चल 75जिल्ला मा कहिले विभाजन गरिएको थियो ??    -  २०१८ बैशाख १
  • सार्कको बजेटमा नेपालको योगदान कति %रहेको छ??    - 10.72%
  • बहुचर्चित Facebook नामको सामाजिक संजालको शुरुवात विश्वमा कहिले देखी भएको हो ??    -  2004 AD
  • वि.बी.सीले कहिलेबाट नेपाली बिहानी प्रसारण सेवा सुरु गरेको हो ??    -- २०१३ अगस्ट १
  • म्याग्नाकार्टामा हस्ताक्षर गर्ने राजा को थिए ?    - राजा जोन
  • नेपालको राजधानी काठमाडौँ बाट नुवाकोट सार्ने व्यक्ति को हुन् ??    -- दामोदर पाण्डे
  • विश्वमा सबैभन्दा बढि स्थानिय समय हुने देश कुन हो ??    - रुस
  • २१ औँ राष्ट्रमण्डल खेल सन २०१८ मा कुन देशले आयोजना गर्दैछ ?  - अष्ट्रेलिया
  • नेपाल सरकारले सन् १९९८ देखि कुन अंग्रेजी महिनालाई आयोडिन महिनाको रुपमा मनाउदै आएको छ ??    - फेब्रुवरी
  • गाँउ विकास समितिको बार्षिकबजेट तथा कार्यक्रम कसले पारित गर्छ ?   -  गाउँ परिषद्
  • विश्वमा सर्वाधिक संख्यामा चरा पाइने उपत्यका कुन देशमा रहेको छ ?    - नेपाल (अरुण उपत्यका)
  • मानिसमा क्रोमोजोमको संख्या कति वटा हुन्छ ??    - २३ जोडी
  • हाल नेपालको कार्यकारिणी अधिकारकसमा रहेको छ ?    -  मन्त्रिपरिषद
  • सन् २०१८ को शीतकालिन ओलम्पिक (Winter olympic) कुन देशमा आयोजना हुँदैछ ?   - दक्षिण कोरिया
  • 'गेनिमेड' कुन ग्रहको उपग्रह हो ??    - वृहस्पती
  • नेपालमा 'राष्ट्रिय बाल दिवस'कहिले मनाइन्छ ??    -  भाद्र 29
  • सार्क कृषि सूचना केन्द्र कहाँ रहेको छ ?    -  बंगलादेश
  • रेडियो नेपाल कुन देशको सहयोगमा सञ्चालीत छ ??    -  जापान
  • काठमाडौमा वस्ती बसाउने मन्जुश्री हुन्भने शहर बसाउने को हुन् ??    -  गुणकामदेव


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment