नेपालको सेयर बजारसँग जोडिएका केहि रोचक तथ्यहरु !!!


 सैद्धान्तिक रुपमा सेयर बजार कुनै पनि देशको अर्थतन्त्रको एउटा मानक हो । सेयर बजारको गति अनुसार त्यो देशको अर्थतन्त्र कस्तो छ भनेर विश्लेषण गर्न सकिन्छ । सेयर बजारले लिएको गतिका आधारमा धेरै देशमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) भित्रिने नभित्रिने टुङ्गो लाग्ने गरेको छ ।

सिधा अर्थमा भन्दा कुनै पनि सुचिकृत कम्पनीको सेयर स्टक बजारमा नै खरीद विक्री हुने भएकाले बजार सुचकांकमा लगानीकर्ताको आँखा अडिएको हुन्छ । अर्थव्यवस्थामा आएको सामान्यभन्दा सामान्य उतारचढावले पनि सेयर मूल्यहरुलाई प्रभावित गर्ने भएकाले स्टक बजारलाई अर्थतन्त्रको मानकका रुपमा हेरिन्छ ।
नेपाली स्टक बजारका पनि रोचक तथ्यहरु छन्, जसका बारेमा लगानीर्ताहरुलाई थाहा नहुन सक्छ ।


  • नेपाल स्टक एक्सचेन्जमा नौं वटा समूहमा २३२ वटा कम्पनीको सेयर सुचिकृत छन् । नेप्सेमा २९ बाणिज्य बैंक, ४८ फाइनान्स कम्पनी, चार होटल, १८ उत्पादनमूलक कम्पनी, दुई अन्य समूह, आठ जलविद्युत् कम्पनी, चार व्यापार कम्पनी, २२ बिमा कम्पनी र ९५ विकास बैंकको सेयरहरु सुचिकृत छन् । म्युचअल फन्डको स्किम जोड्ने हो भने सात वटा थपिन्छन् ।
  • नेपाल स्टक एक्सचेन्ज स्थापना भएको ३१ बर्ष पुरा भइसकेको छ । धितोपत्र दलालमार्फत कारोबार सुरु भएको २१ बर्ष पुरा भएको छ । नेप्सेको चुक्ता पुँजी ३० करोड रुपैयाँ छ । कम्पनीमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको ३४.६० प्रतिशत, एनआइडिसी डेभलपमेन्ट बैंकको ६.१२ प्रतिशत र सेयर ब्रोकरहरुको ०.६२ प्रतिशत सेयर लगानी छ ।
  • नेपालको सेयर बजार इतिहासमा पहिलो सेयर निस्कासन विराटनगर जुट मिल्सको भएको थियो । नेप्सेले ओभर द काउन्टर (ओटिसी) कारोबार पनि खुला गरेको छ । तर अहिलेसम्म नेपाल बैंकको एक पटक वाहेक कुनै पनि कम्पनीको सेयर कारोबार ओटिसीबाट भएको छैन ।
  • सेयर बजारलाई नियमन धितोपत्र वोर्डले गर्छ । वोर्डले नेप्सेलाई पनि नियमन गर्छ । नेप्से र वोर्ड मिलेर सुचिकृत कम्पनीहरुको नियमन तथा सुपरिवेक्षण गर्ने काम गर्छन् । अब नयाँ नियामक तथा प्लेटफर्मका रुपमा नेप्सेकै सहायक कम्पनी सिडिएस एन्ड क्लियरिङ पनि थपिएको छ । यसले सुचिकृत कम्पनीको अभौतिक सेयरको राफसाफ गर्छ । आजैका दिन (२०७२ माघ १ गते) बाट सबै कम्पनीको सेयर विद्युतीय प्रणाली मार्फत हुने व्यवस्था भएको छ, अबदेखि कागजी सेयरको दोस्रो बजार कारोबार हुँदैन ।
  •  नेप्सेमा २३२ कम्पनीको सेयर सुचिकृत भए पनि डिम्याट गर्न योग्य भने १९२ कम्पनी छन् । यि सुचिकृत सबै कम्पनीको सेयरमध्ये करिव ९८ प्रतिशत सेयरहरु विद्युतीय प्रणालीमा कारोबारका लागि डिम्याट भइसकेको छ । सेयर कारोबारका लागि ५० वटा धितोपत्र दलालहरुले अनुमति पाएका छन् ।
  • सेयर बजारलाई स्थायित्व दिनका लागि धितोपत्र वोर्डले सामूहिक लगानी कोषहरु सञ्चालनका लागि स्वीकृति दिन थालेको छ । पहिलो कम्पनी सिद्धार्थ क्यापिटल हो । बाणिज्य बैंकहहरुको सहायक कम्पनीका रुपमा अहिलेसम्म ६ वटा सामूहिक लगानी कोष कम्पनी सञ्चालमा आइसकेका छन् । नेप्सेमा सुचिकृत सेयरको चुक्ता पुँजी दुई खर्ब ६९ अर्ब रुपैयाँ नाघिसकेको छ ।
  • धितोपत्र वोर्डले तीन कारोड रुपैयाँभन्दा माथिको सेयर निस्कासन गर्नु पर्दा अनिवार्य रुपमा क्रेडिट रेटिङ गराउनु पर्ने व्यवस्था गरेको छ । यसका लागि छुट्टै कम्पनी इक्रा नेपाल नामक कम्पनी सञ्चालनमा आएको छ । धितोपत्र वोर्डको पहलमा सर्वसाधारणको पहुँचभित्र मार्केट डेप्थ आएको छ । अब नेप्सेको साइटमा हेर्न सकिन्छ ।
  • सेयरको निस्कासन तथा विक्री प्रबन्धकको काम गर्न अहिलेसम्म १६ वटा कम्पनीले मर्चेन्ट बैंकरको अनुमति लिएका छन् । निक्षेप सदस्यको प्रमाणपत्र ५३ कम्पनीले पाएका छन् । जसमध्ये ११ मर्चेन्ट बैंकर, नौं बाणिज्य बैंक, ३२ धितोपत्र व्रोकरहरु छन् । सिद्धार्थ क्यापिटलले योजना व्यवस्थापकको जिम्मेवारी पाएको छ ।
  • सेयर बजारले अहिलेसम्मकै उच्चतम विन्दु १२०६ अंक कायम भएको छ । बजारले १२१८ अंकसम्मलाई छोए पनि कारोबार बन्द हुँदा १२०५.८४ मा आएको थियो । यसअघि २०६५ भदौ १५ गते उच्चतम विन्दु ११७५ अंकमा नेप्से पुगेको थियो । सात बर्षपछि नेप्सेले नयाँ रेकर्ड कायम गर्यो । यस बर्ष विकास बैंक सुचकले बाणिज्य बैंक सुचकलाई पहिलो पटक उछिनेको छ । लघुवित्त विकास बैंकहरुको सेयर मूल्य ह्वात्तै वढेपछि बाणिज्य बैंक सुचक तल परेको हो ।
  • सेयर बजारमा सुचिकृत कम्पनीहरुमध्ये १२.५ प्रतिशत हिस्सा बाणिज्य बैंकहरुको छ । विकास बैंकहरुको ४१.३८ प्रतिशत, वित्त कम्पनीको २१.९८ प्रतिशत, बिमा कम्पनीको ९.४८ प्रतिशत बजार हिस्सा छ । यसैगरी उत्पादन तथा प्रशोधन कम्पनीको ७.७६ प्रतिशत, होटलको १.७२, व्यापार कम्पनीको १.७२, जलविद्युत्को २.५९ र अन्य समूहको ०.८७ प्रतिशत हिस्सा छ । राष्ट्र बैंकबाट स्वीकृति पाउने बैंक तथा वित्तीय संस्थाहरुको हिस्सा कुल बजारको ७५.८६ प्रतिशत छ ।


Source: bizmandu
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment