- नेपालमा पाहिने कुन मुल्यवान जडिबुटीलाई हिमालयन भियाग्रा पनि भनिन्छ? – यार्सागुम्बा [रतिकृयाको लागि अत्यन्त उपयोगी यार्सागुम्बाले फोक्सो, मृगौला, मुटु, कलेजो जस्ता शरीरका अंगहरुलाई स्वस्थ्यकर राखी रोग प्रतिरोध क्षमता बढाउछ ]
- नेपालको इतिहाशमा सुपुश्पलाई कुन वंशको राजा मानिन्छ? – लिच्छवीबंश [ जयदेव द्वितीयको पशुपतिको अभिलेख अनुसार लिच्छवी नाम गरेका राजापछी तेर्हौ पुस्तामा कामदेवजस्ता राम्रो रुपरंग भएका राजा सुपुश्प भए भनिएको छ । कतिपयले राजा सुपुश्पलाई नै नेपालको प्रथम लिच्छवी राजाको रुपमा मान्ने गरेको पाइन्छ । साथै गोपाल राजवंशावलीमा यिनलाई सुपुश्पदेव, भाषा वंशावलीमा पशुपुष्पवर्मा, र राइट वंशावलीमा पशुप्रेख्देव भनेर नामाकरण गरिएको छ] स्रोत: नेपाल सरकार सूचना विभाग
- कुन देशमा तीनजना सँगै फोटो खिच्न अशुभ मान्दछन? – भियतनाम [ ३ जना व्यक्तिको फोटो लिएमा बिचमा रहेको व्यक्ति मर्ने भन्ने अन्धविश्वास भियतनामीहरुमा रहेको पाइन्छ ]
- विश्व बौद्ध महासंघ को प्रधान कार्यालय कहाँ छ? – थाइल्याण्ड
- एशिया महादेशको सबैभन्दा कम पानि पर्ने ठाउँ कुन-कुन हो? – थार मरुभूमि र गोवि मरुभूमि
- OLED को पुरा रुप के हो? – Organic Light Emitting Diode [ यो कम्प्युटर, टिभी, मोबाइल को digital display बनाउन प्रयोग हुन्छ ]
- शितल निवाश कहिले राष्ट्रपति निवाश बनाइएको हो? – २०६५ असार २० गते शुक्रबार
- साम्यवाद मोटर चढेर आउदैन यो भनाइ कसको हो? – श्री ५ महेन्द्र वीर विक्रम शाह
- किसान ब्याट्री बनाउने नेपाली बैज्ञानिक को हुन्? – दिलिप अधिकारी
- कोशी टप्पु वन्यजन्तु आरक्षणको क्षेत्रफल कति छ? – १७५ वर्ग किलोमिटर [ वि.स. २०३२ सालमा यस आरक्ष सुनसरी, सप्तरी र उदयपुर गरेर तिनवटा जिल्लामा फैलिएको छ। सन् १९८७ रामसार सुचीमा सुचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित यस आरक्षमा विभिन्न ४८९ प्रजातीका चराहरू, २१९ को संख्यामा दुर्लभ अर्ना र ११/१२ वटा दुर्लभ डल्फीनसमेत पाईन्छ।]
- एक जोडी दम्पति पिकनिक गए ।| त्यो जोडीका ५ जना छोरा र प्रत्येक छोराहरुको ७ जना दिदिबहिनि छन् | प्रत्येक दिदिबहिनीका ३ सन्तान छन् । अब भन्नुहोस कति जना मान्छे पिकनिक गएका थिए? – २ जना पिकनिक गएका छन् [ assumption: धेरै सन्तान भएपनि एक जोडी मात्रै पिकनिक गएका छ ]
- केरा +केरा +केरा= ९, केरा+स्याउ=१३, स्याउ-सुन्तला=४, सुन्तला+केरा+स्याउ=? – १९ [ ३ केरा= ९ ; केरा=३, केरा+स्याउ=१३; स्याउ=१०, स्याउ-सुन्तला=४; सुन्तला=६, सुन्तला+केरा+स्याउ=६+३+१०=१९]
- विश्वको सबैभन्दा बढी धान फल्ने देश कुन हो? – चीन
- चाप नाप्ने एकाई कुन हो? – पास्कल
- नेपालको जस्तै आकार भएको अर्को देश कुन हो? – पोर्चुगल
- नेपालमा पहिलो संविधान सभाको निर्वाचन कहिले भएको थियो? – २०६४ चैत २८ गते
- इलामको श्रीअन्तु डांडालाई के नामाकरण गरिएको छ? – दिपेन्द्र शिखर [ नेपालको सबैभन्दा पहिले सुर्योदय हुने ठाउँ मानिएको २,३२८ मिटर अग्लो श्रीअन्तु डांडालाई ‘land of sunrise’ पनि भनिन्छ | यो इलाम जिल्लामा रहेको छ ]
- नेपालमा हिमरेखाको सबैभन्दा तल्लो भाग कुन हो? – रुपनाला [ यो ४५००(टक केसी)/४५२०(http://www.culturaltreks.com/) मिटर उचाईमा अवस्थित छ । ]
- गोग्राहा बजार भनेर कुन सहरलाई चिनिन्छ? – विराटनगर [ विराटनगरको पुरानु नाम गोग्राहा बजार हो | सन् १९१९ मा केशर समशेर राना ले यसको नामाकरण गरेका हुन् । महाभारत कालिन राजा विराटले राज्य गरेको ठाउँ मानिने विराटनगर उनकै नाम बाट नामकरण गरिएको हो । सन्दर्भ सामग्री: विकिपेडिया ]
- नेपालको नक्शासंग मिल्दो आकार भएको जिल्ला कुन हो? – बाग्लुंग
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment