बिधुत, खरिदार, नासु, बैक सबैको लागी उपयोगी वस्तुगत सामाग्रीहरु !!


  • नेपालमा कहिलेदेखि मादकपदार्थको विज्ञापनमा रोक लगाएको हो ?  →     वि.सं २०६६ मा
  • भारतमा भएका शिवका १२ ज्योतिलिंगमध्ये विश्वेश्वर ज्योतिलिंग वाराणसीमा,केदारनाथ ज्योतिलिंग उत्तराखण्डमा पर्दछ भने रामेश्वर् ज्योतिलिंग भारतको कुन स्थानमा पर्दछ ? →     तमिलनाडुमा
  • हाडनातामा विवाह गर्ने र न्वारन नगर्ने नेपालको कुन जनजाति हो ? →      राउटे
  • बिहे हुनुअघि नै अरुसँग करणी गरी बिग्रिएको् थाहा पाउँदा पाउँदै पनि विवाह गरी जन्मेको छोरालाई के भनिन्छ ? →      थकुल्लो
  • सन् २०१४ मार्च २ मा अमेरिकाको लस एन्जलसको डल्बी थिएटरमा सम्पन्न ८६ औं ओस्कार अर्वाडमा सर्वोत्कृष्ट निर्देशकको अवार्ड अल्फोन्सो क्युरोनले जिते भने सर्वोत्कृष्ट चलचित्र उपाधि कुन चलचित्रले प्राप्त गर्यो ? →      टुवेल्स इयर्स अ स्लेभ (हालै सम्पन्न ओस्कार अर्वाड-१०१६ को सबै जानकारी)
  • सन् २०१४ मार्च २ मा अमेरिकाको लस एन्जलसमा सम्पन्न भएको ८६ औं ओस्कार अवार्डमा सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार केट ब्लान्चेद्ले ब्लु ज्इास्मिन चलचित्रबाट प्राप्त गरिन भने सर्वोत्कृष्ट अभिनेताको उपाधि हात पार्न को सफल भए ? →       म्याथु म्याक कोनागे
  • ह्वाइट केन कुन चर्चित महिला लेखिकाको नवीनतम उपन्यास कृति हो ? →       मनिषा गौचन
  • आईसीसी ( अन्तराष्ट्रिय क्रिकेट परिषद ) को मुख्यालय यूएईको कुन सहरमा रहेको छ ? →       दुबई
  • नेपाली फुटबलमा प्रायोजनसँग क्लबको नाम जोड्ने क्लब कुन हो ? →       थ्रिस्टार
  • २०७० सालको सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र फुटबल क्लब इतिहासमै पहिलो पटक दोस्रो हुनसक्यो यसको मुख्य श्रेय मानिने प्रशिक्षक योहान कालिन कुन युरोपेली मुलुकका नागरिक हुन् ? →       स्विडेन
  • नेपालमा सन् १९७८ मा पहिलोपटक देखापरेको शक्तिशाली सरुवा रोगको नाम के हो ?   →       बुसेलोसित
  • पूर्ण खोपयुक्त घोषणा गरिएको कास्कीको कुन गाविस हो ? →       पुरनचौर
  • नेपालमा मिगौंला दान गर्नेमध्ये कति प्रतिशत महिला छन् ? →       ८० प्रतिशत
  • सामान्य तया पुलको आयु ५० बर्ष मानिन्छ भने सडकको आयु कति बर्ष मानिन्छ ? →       २० बर्ष
  • अलकत्रा र मसिनो गिटी मिसाएर गरिएको कालोपत्रेलाई के भनिन्छ ? →       ओटासिल
  • रुसका एक चौथाई अर्थात २५ प्रतिशत मानिस ५५ बर्ष नपुग्दै मृत्युवरण गर्छन,यसको मूल कारण के हो ? →      भोड्का रक्सीको सेवन
  • वि.सं १८९६ साउन १६ गते ( कैदमै मृत्यु ) निधन भएका भीमसेन थापाको जन्म कहिले भएको थियो ? →       वि.सं १८३२ साउन ९ गते
  • काँगडा युद्दमा घाइते भएका भीमसेन थापाको माहिला भाईको वि.सं १८६३ आश्विन २ गते मृत्यु भएको थियो भने भन्नुहोस, उनी को थिए ? →       काजी नयनसिंह थापा
  • राजा रणबहादुर शाहको हत्या सौतेनी भाई शेरबहादुर शाहद्दारा कहिले भएको थियो ? →      वि.सं १८६३ वैशाख १४ गते
  • मध्यकालमा दौडाह टोलीका प्रमुखलाई के भनिन्थ्यो ? →       छरिदार
  • नेपालका राणाकालका अन्तिम श्री ३ प्रधानमन्त्री मोहनशमशेर कसका छोरा थिए ? →       चन्द्र शमशेर
  • भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको हत्या कहिले भएको थियो ? →       सन् १९९१ मे २१
  • जापानले आत्मसर्मपण गरेपछि दोस्रो विश्वयुद्द कहिले टुङ्गिएको थियो ? →       सन् १९४५ अगस्ट १४
  • सन् १७७३ मा भारतबाट अमेरिका लैजाँदै गरेका तिनवटा चिया बोकेका जहाजबाट आदिबासी अमेरिकाले तिन सय ४० चियाका पेटी समुद्रमा फालिदिएको घटनालाई के नामले चिनिन्छ ? →       बोस्टन टी पार्टी
  • सत्ताको यात्रा भनेको शेरको सवारी जस्तै हो, बसिरहँदा पनि गलेर हैरानी , झर्दा आफैँ शेरको सिकार हुने भय । यो कुन अमेरिकी राष्ट्रपतिको भनाई हो ? →       रिचर्ड निस्सन
  • नेपालका परराष्ट्र सचिव अर्जुनबहादुर थापाले १२ औं सार्कको महासचिवको पदभार कहिलेदेखि सम्हालेका हुन् ? →       सन् २०१४ मार्च ३ बाट
  • संविधानसभा– २ मा एमाओवादीबाट प्रत्यक्षतर्फ चुनाव जित्ने एकमात्र महिला नेतृ को हुन् ? →       ओनसरी घर्तीमगर ( रोल्पा २ बाट निर्वाचित, उनि हाल नेपालको सभामुख रहेकी छन् )
  • संविधानसभा–२ को उपाध्यक्ष ( उपसभामुख ) मा ओनसरी घर्तीमगर कहिले निर्वाचित भएकी हुन् ?  →        वि.सं २०७० फागुन १४ गते (हाल सभामुख) 
  • एमाओवादीका तर्फबाट उपसभामुख हुने ओनसरी घर्तीमगर कतिऔं व्यक्ति हुन् ?  →       दोस्रो
  • कफीको उत्पति कुन अफ्रिकी मुलुकमा भएको हो ? →        इथियोपिया
  • विश्वमा सबैभन्दा बढी कफी उत्पादन गर्ने मुलुक कुन हो ? →        ब्राजिल
  • संसारमा सबैभन्दा बढी कफी पिउने मुलुक कुन हो ? →       फ्रिनल्याण्ड
  • विश्वमा सबैभन्दा बढी चिकेन् अर्थात कुखुराको मासु खाने मुलुक कुन हो ? →       अमेरिका
  • नेपालमा उत्पादित जुट वस्तुका लागि कति प्रतिशत बजार भारत हो ? →        ९५ प्रतिशत
  • दोलखाको जिरीमा चौरीको दूधबाट बनाइने च्योर्दोङ चीज कारखाना स्विस सरकारको सहयोगमा कहिले बनेको हो ? →        वि.सं २०३१
Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment