केहि वस्तुगत सामग्रीहरु !! (सबैको लागी )


  • रेडियो नेपालमा सर्वप्रथम देउडा गित रेकर्ड गराउने व्यक्ति को हुन ?  ➤   महाशंकर सापकोटा(वि.सं. २०१९)
  • झापाको भद्रपुरको पुरानो नाम के हो?  ➤  धुपगाछी(वि.सं. १९७६ मा केशरसमसेरले गोग्राहवजारलाई विराटनगर र धुपगाछिलाई भद्रपुर नामकरण गरेका हुन।)
  • कृष्ण विनोद कृतीका लेखक को हुन?    ➤   कृष्ण प्रसाद कोइराला
  • पहिरी जातिमा एसएलसी पास गर्ने प्रथम व्यक्ति को हुन ?    ➤   गिरी पहरी
  • वर्षमा १ दिन मात्र (श्रीपञ्चमीका दिन) विवाह गर्ने कुन जाति हो?    ➤   वलामी
  • नवलपरासी जिल्लास्थित रामग्राम स्तुप पत्तालगाउने व्यक्ति को हुन?    ➤  डा. हवे (सन् १८९८ मा)
  • दार्जेलिङको चौरस्तामा राखिएको आदिकवि भानुभक्तको सवैभन्दा ठूलो ९ फिट अग्लो मुर्तिका मुर्तिकार को हुन?     ➤  मृगांक पाल
  • साहित्यकार सरुभक्तको वास्तविक नाम के हो ?     ➤  भक्त वहादुर श्रेष्ठ
  • काठमाण्डौ नगरको साचो वनाउने व्यक्ति को हुन?    ➤  स्वस्तीरत्न शाक्य
  • नेपालमा आँखा प्रत्यारोपण गर्ने प्रथम डाक्टर को हुन?     ➤    राम प्रसाद पोखरेल
  • राणाकालमा कर्मचारीलाई खुसी पार्न दिइने दस्तुरलाई के भनिन्थ्यो ?    ➤   पानफुल
  • नेपालमा नोटको प्रचलन कहिले बाट सुरु भएको हो ?   ➤   वि.स २००२ असोज १
  • Blue chips के संग सम्बन्धित छ ?    ➤   शेयरबजार
  • डाइनेटिक्स भनेको के हो ?   ➤  मानवमष्तिक सम्बन्धि बिज्ञान
  • ISO 14000 के सङ्ग सम्बन्धित छ ?   ➤   वातावरण व्यवस्थापन
  • Green Gold के सङग सम्बन्धित छ ?    ➤    चिया
  • Cotopaxi के सङग सम्बन्धित छ ?   ➤    ज्वलामुखी
  • CEDA के सङग सम्बन्धित छ ?    ➤    आर्थिक बिकास र प्रशासन
  • बडका इतबार चाड कुन जाती सङ्ग सम्बन्धित छ ?    ➤   थारु
  • `युजी ९९´ के सङ्ग सम्बन्धित छ ?    ➤   गहुँ बालीमा लाग्ने घातक रोग
  • धान नाचमा गाइने गीतलाई के भनिन्छ ?   ➤    पालम

Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment