सेभेन सी
लोक सेवा पढ्न सुरु गर्दा 'सेभेन सी'लाई आधार बनाएर अध्ययन
गर्नुपर्छ । यो जुन तहको भए पनि, वस्तुगत वा विषयगत जे भए पनि यही सुत्र प्रयोग गर्नुपर्छ ।
Ø कन्टेन्ट
कन्टेन्ट भनेको पाठ्क्रम हो । पाठ्यक्रममा के–के विषयवस्तु पढ्नुपर्छ, त्यसभित्र कस्ता प्रश्न
सोधिन्छ । वस्तुगत, विषयगतलाई ख्याल गर्दै
कन्टेन्ट ओरेन्टेन्ड भएर गहिराइसम्म जानुपर्छ ।
Ø
कन्सेप्ट
कन्टेन्ट थाहा भएपछि यसमा रहेका विषयवस्तुको
अर्थ के हो ? परिभाषा के हो ? यसको सुरुवात कसरी भयो ? रिभोलुसन कसरी भयो ? त्यसका आयाम के–के हुन् ? थाहा पाउनुपर्छ ।
Ø कोर
कुनै पनि विषयवस्तु पढेपछि यसको मुख्य तत्व के
हो भन्ने जान्न जरुरी छ । जुनसुकै विषयमा मियो के हो ? त्यसलाई थाहा पाउनुपर्छ ।
कोर कुरा थाहा पाइयो भने बढाउने, घटाउने आफ्नै हातमा हुन्छ ।
Ø कभरेज
हामीले जुन विषय पढ्छौं त्यसका विषेशता के–के हुन्, सिद्धान्त नीति, सांगठानिक व्यवस्था, कानुनी व्यवस्थाजस्ता अनेक
दायरा हुन सक्छन् । पढिरहेको विषयले कुन–कुन क्षेत्र ओगट्छ, त्यो थाहा पाउन जरुरी छ ।
धेरै आयाम, प्रकार, प्रकारमा भिन्नता हुन्छन् ।
ती थाहा पाउनुपर्छ । परीक्षामा सोधिएका प्रश्न पाठ्यक्रमअनुसार नै आउने हुन् ।
पाठ्यक्रबाहिरबाट आउँछ भन्ने होइन ।
Ø कन्टेक्ट्स
यसको अर्थ समय–सन्दर्भ हो । जुन विषय छ, त्यो विषयको अहिलेको अवस्था
के हो ? आजको इस्यु के हो ? यस्ता कुरा पाठ्यक्रममा
हुँदैनन् । आफूलाई बलियो गरी उभ्याउन वर्तमान अवस्थाबारे पनि जानकार भइरहनुपर्छ ।
जस्तैः निजामती सेवा पढ्यौं भने ग्लोबलाइजेसनमा निजामती, समावेशीमा निजामती सेवा, निजामती सेवा र इ–गभर्नेसन, निजामती सेवा र अन्य
सेवाजस्ता विषय हेर्नुपर्छ । आफ्नो मुलुको सन्दर्भमा मात्र होइन कि, विश्व परिवेशलाई नै
केन्द्रमा राखेर अध्ययन गर्नुपर्छ ।
Ø कमेन्ट
सबै विषयवस्तु पढिसकेपछि विद्यार्थी आफैंले
त्यो विषयलाई केलाउन जान्नुपर्छ । आफैं विश्लेषण गर्न सक्नुपर्छ । समस्या, चुनौती, कमजोरी पक्ष, बलियो पक्षजस्ता कुरा
सांगोपांगो केलाउन जान्नुपर्छ । सैद्धान्तिक, व्यावहारिक पक्षमा पनि अभ्यास गरिरहनुपर्छ ।
सम्भावनाका कुरा नियाल्नुपर्छ । विषयगत सन्दर्भमा कमेन्ट धेरै महत्वपूर्ण कुरा हो
।
Ø कन्फ्युज
यी
सबै भएपछि विषयवस्तुको सार के हो भन्ने कुरा थाहा पाउन जरुरी छ । विषयवस्तुको
गुदीबारे पत्ता लगाउन सक्नुपर्छ । समस्या थाहा पाइयो तर अब समाधानका उपाय के हुन
सक्छन् ? निष्कर्षमा लाग्नुपर्छ ।
सकारात्मक सोच राखी फोहोरलाई मोहरमा लैजानुपर्छ । समस्या होइन समाधान देख्न
सक्नुपर्छ । कमजोरीलाई सबल पक्षमा लैजाने कोसिस गर्नुपर्छ । चुनौतीलाई अवसरमा
ढालेर हेर्न सक्नुपर्छ । अबको समाधान या बाटो यो हुनुपर्छ भनेर भन्न सक्नुपर्छ ।
फ्रेस स्टार्ट
अध्ययन गर्न सुरु गर्दा
फ्रेस स्टार्टलाई अवलम्बन गर्नुपर्छ ।
Ø फर्ट स्टार्ट (एफ)
फर्ट स्टार्ट भनेको पढ्न सुरु गर्नुपर्छ
भन्नेमात्र होइन । पढ्न सुरु गर्दा नयाँ शैली र नवीनतम तरिकाबाट पढ्नुपर्छ भन्ने
हो । नयाँ सन्दर्भ र नयाँ विधिबाट अघि बढ्ने हो । चल्तीको नयाँ शैली के छ त्यसलाई
पछ्याउने ।
Ø रुटिन स्टार्ट (आर)
जहिले पनि योजनाबद्ध हिसाबले जानुपर्छ । रुटिन
बनाएर पढ्नुपर्छ । समय छ र पाठ्यक्रम हेरेर त्यसअनुरूप योजनाबद्ध हिसाबले जानुपर्छ
। जटिल विषयलाई धेरै समय दिने, कतिपय कुरालाई समूहमा पढ्ने गर्नुपर्छ ।
Ø स्पेसिफिक स्टार्ट (ई)
कुनै पनि विषयवस्तु पढ्दा साझा विषयलाई जहिले
पनि घोकिरहनुपर्दैन । एकचोटि पढेपछि जता पनि काम लाग्छ । जस्तैः सामान्य ज्ञान
पढियो भने खरिदार, सुब्बा, अधिकृत जता पनि काम लाग्छ ।
साझा कुरालाई एकपटक अध्ययन गर्ने र मुख्य विषयलाई विशेष ध्यान दिने गर्नुपर्छ ।
Ø होलिस्टिक स्टार्ट (एच)
एक–एक टपिक पढिसकेपछि सबै
विषयवस्तुलाई समेटेर जानुपर्छ । साझा कुरालाई एकातिर र स्पेसिफिक कुरालाई एकातिर
राखेर हेर्नुपर्छ । सबै विषयलाई एकैपटक हेर्दा कति सकिन्छ आफैं जाँच्नुपर्छ ।
वस्तुगत सामाग्री
वस्तुगत प्रश्नको तयारी
गर्दा कुनै कुरा नछुटुन्, कुनै पनि नदोहोरिऊन् भन्ने
सुत्र प्रयोग गर्नुपर्छ । कसैले पनि सबै कुरा जानेको हुँदैन । लोक सेवाले त्यस्तो
खोजेको पनि हुँदैन । त्यसैले 'लेस इन अल'मा ध्यान दिनुपर्छ । अर्थात् सबै विषयमा थोरै–थोरै जानेको हुनैपर्छ ।
जस्तैः विश्वको भूगोलबाट पाँच प्रश्न आउँछ भने ब्रह्मान्ड नै जान्न सकिँदैन ।
मुख्य कुरालाई छान्न सक्नुपर्छ । कोर्स धेरै छ भनेर आत्तिनु हुँदैन। वैकल्पिक
विषयवस्तुमा तीन 'अ'लाई ध्यान दिएर पढ्नुपर्छ ।
यो सुत्र नै सबै होइन तर अध्ययनको आधारचाहिँ हो ।
Ø अघिको → सुरुमा कस्तो थियो ? जस्तो कि, विश्वमा पहिलो र नेपालमा
पहिलो थाहा पाउने ।
Ø अहिलेको → अहिले कस्तो छ ? अन्तिम को ? अन्तिम अवस्था के छ थाहा
पाउने ।
Ø अद्वितीय → बीचमा कस्तो भयो ? बीचमा के–के भयो । सामान्य थाहा पाउने
।
समसामयिक विषयलाई अलि बढी
फोकस गर्ने । इतिहासका विषयवस्तुलाई हेर्ने । युनिक कुरा, आइक्युका कुरा थाहा पाउने।
पढेर मात्र पनि हँदैन । एक विधिसम्मत भाँतीका हिसाबले पढ्नुपर्छ । सम्झने हिसाबले
पढ्नुपर्छ ।
विषयगत सामाग्री
विषयगत प्रश्नको तयारी गर्दा
'सेभेन सी'लाई नै केन्द्रविन्दु बनाएर
पढ्ने हो । विषयको अर्थ के हो ? कसरी परिभाषित गरिएको छ ? आयाम के–के छन् ? आरम्भ कसरी भयो ? अहिले त्यसका दायरा के कति
छन् ? अहिलेको अवस्था के हो ? त्यसमा कमी–कमजोरी के छन् ? त्यसमा सुधार गर्नुपर्ने
कुरा के छ ? माटोमोटी यही परिवेशमा
विषयगत विषयलाई अध्ययन गर्नुपर्छ । जहिले पनि मौलिकपनलाई प्राथमिकता दिइएको हुन्छ
। सिलसिलेबार तरिकाले आफ्नै शैलीमा उत्तर दिन सक्नुपर्छ । गतिलो लेखका लागि 'सेभेन एस' अपनाउनुपर्छ ।
Ø स्टक्चर
छोटो वा लामो उत्तर लेख्दा दायाँ–बायाँ मार्जिन छोड्ने, राम्रो शीर्षक राख्ने, सब टाइटल राख्ने, प्याराफ्रेज गर्ने, बुलेटमा राख्ने ।
Ø स्टार्ट
लेखको सुरुवात राम्रो हुनुपर्छ । जर्नालिस्टिक
तरिकाबाट, सुरुवातमा मुख्य कुरा लेख्ने
गर्नुपर्छ । फस्र्ट इम्प्रेसन राम्रो हुनुपर्छ। यो कुरा पढ्ने बेलामै ध्यान
दिनुपर्छ।
Ø स्टाइल
लेखमा विभिन्न स्टाइल प्रयोग गर्नुपर्छ ।
जस्तैः बुलेट राख्द सफा र आकर्षक देखिन्छ । राम्रा अक्षर र शुद्धता त हुनैपर्यो ।
Ø स्टाटेजी
प्रतिस्पर्धात्मक परीक्षा भएकाले केही स्टाटेजी
पनि अपनाउनुपर्छ । जानकारीलाई बक्समा राख्ने, विभिन्न चित्र, ग्राफ बनाउने, कहिलेकाहीँ जार्गन, फ्रेजहरूलाई प्रयोग गर्ने ।
हाइलाइट गर्ने । लेख पनि एक किसिमको फेसन नै हो । ढाँचा मिलाएर लेख्नुपर्छ ।
Ø स्कोप
प्रश्नमा स्कोप लुकेको हुन्छ । प्रश्नमा के
लुकेको छ त्यो थाहा पाउनुपर्छ । जस्तैः नेपालमा पत्रकारिता क्षेत्रलाई प्रभावकारी
बनाउन के गर्नुपर्ला ? भन्ने प्रश्नमा अहिले
पत्रकारितामा प्रभावकारिता छैन र यसलाई अझ प्रभावकारी कसरी बनाउन सकिन्छ भन्ने
स्कोप लुकेको छ । हामीले जानेकै स्कोप होइन मागेको स्कोप दिनुपर्छ ।
Ø साइज
साइज भनेको प्रश्नको उत्तर कति लेख्ने भन्ने हो
। दिएको समयभित्र अंकभारका आधारमा प्रश्नको उत्तरको साइज हुनुपर्छ । थोरै अंकलाई
धेरै, धेरै अंकलाई थोरै लेखेर
हुँदैन।
Ø स्ट्रन्थ
लेख आशावादी हुनुपर्छ ।
एक्टिभभन्दा पेसिभ भ्वाइस हुनुपर्छ । अप्रत्यक्ष रूपमा बौद्धिक एप्रोज हुनुपर्छ ।
सकारात्मक निष्कर्ष दिनुपर्छ । तर जे जस्ता सिद्धान्त भए पनि पौडी खेल्न आफैं
पोखरीमा हाम फाल्नुपर्छ।
म जस्ता सेवा पारखिहरुका लागि सुझाव र तरिका अति नै उत्तम लाग्याे । अझ यस्तै अध्यान समाग्रि भविष्यमा पनि पढन पाउ ।
ReplyDeleteराम्रो
ReplyDelete