समस्या समाधानमूलक प्रश्नोत्तरः- (मा वि विज्ञान) - विद्यार्थी शिक्षण-उच्चतम अङ्क नआउनुका कारणहरू र समाधानका उपायहरु !!

प्रश्नः-
कतिपय अन्य विषयमा जस्तै विज्ञान विषयमा पनि विद्यार्थीहरूले परीक्षामा उच्चतम अङ्क प्राप्त गर्न सकेको देखिँदैन । जसलाई गम्भीर शैक्षिक क्षतिका रूपमा पनि लिइन्छ । यसरी वषौँसम्म अध्ययन-अध्यापन गर्दा पनि कहिल्यै उच्चतम अङ्क नआउनुका कारणहरू के के होलान् ? साथै प्राप्ताङ्कलाई उच्च बनाउँदै पूर्णाङ्क प्राप्त गर्ने विद्यार्थीको हैसियत बनाउनका लागि तपाईका सुझावहरू प्रस्तुत गर्नुहोस् । 


उत्तरः‬-
विज्ञान विषयमा विद्यार्थीहरूले उच्चतम अङ्क प्राप्त गर्न सकेको देखिँदैन । यसलाई बिगतका बर्षहरुको एस्.एल्.सी. परीक्षाको परीक्षाफलले पनि प्रमाणित गरेको छ । यसरी वषौँसम्म अध्ययन अध्यापन गर्दा पनि उच्चतम अङ्क नआउनुमा विज्ञान विषयप्रति रुचि कम हुनु हो । जसले गर्दा विज्ञान विषयमा पोख्त भएको जनशक्ति उत्पादनमा कमि आउने र देशको आधुनिकीकरणमा दीर्घकालीन असर पर्ने निश्चित छ । अतः विद्यार्थीहरूले विज्ञान विषयमा उच्चतम अङ्क प्राप्त गर्न नसक्नुका सम्भावित कारणहरूमा केहि कारणहरुलाइ हामिले‬ निम्न अनुसार प्रस्तुत गरेका छौ:-
  •  शिक्षकका समस्या        विषय शिक्षकको कमी, धेरै स्कूलहरूमा विज्ञान शिक्षक छुट्टै नहुनु, शिक्षकको योग्यता, सीप तथा तालिमको कमी, तालिम भएका शिक्षकको सीप कक्षाकोठामा प्रयोग नहुनु, प्रतिबद्धताको कमी, पेसामा भन्दा राजनीतिमा बढी रहर हुनु ।
  •  शैक्षिक विधिहरू        भाषण विधिमात्र प्रयोग नगर्नु, विद्यार्थी केन्द्रित क्रियाकलापको प्रयोग नहुनु, प्रयोगशाला नहुनु, प्राक्टिकल नगराउनु ।
  •  शैक्षिक सामग्रीहरूको कमी        राम्रा विज्ञान किताबहरूको प्रयोग नहुनु, विज्ञान सिकाउन ICT को प्रयोग नहुनु, भएका शैक्षिक सामग्रीहरूको पनि प्रयोग नगर्नु ।
  •  स्कूल व्यवस्थापनको कमजोरी        शिक्षकहरूलाई कक्षाकोठामा नै सीमित गराउने, शैक्षिक अवलोकनहरू गराउन व्यवस्था नगरिदिने ।
  •  मूल्याङ्कनमा कमजोरी        विद्यार्थीको निरन्तर मूल्याङ्कन नहुनु, विद्यार्थीको सिकाइ उपलब्धिमा गुणात्मक विकास गर्न नसक्नु, मूल्याङ्कनकर्ता मूल्याङ्कन गर्न तालिम नदिनु, उत्तरकुञ्जिका बिना नै कापी परीक्षण गर्ने ।
  •  विद्यार्थीहरूमा सिक्ने रहरको कमी, Rote Learning मा सिमित हुनु ।
  •  गेसपेपरको व्यापक प्रयोग हुनु ।
विज्ञान विषयको प्राप्ताङ्कलाई उच्चतम बनाउन तथा शतप्रतिशत अङ्क प्राप्त गर्न सक्ने विद्यार्थीहरूको हैसियत बनाउन माथि उल्लिखित कारणहरूलाई ध्यानमा राखी निम्नलिखित सम्भावित उपाय‬हरु अथवा सुझावहरूको‬ कार्यान्वयन गर्नु आवश्यक हुन्छ । 
  •  शिक्षकहरूलाई समयसापेक्ष तालिमको व्यवस्था गर्नुपर्ने, विज्ञान विषय पढाउनका लागि विज्ञान शिक्षकको आवश्यक व्यवस्था गर्नुपर्ने, तलबको राम्रो सुविधा हुनुपर्ने, शिक्षकमा शिक्षण पेसाप्रति प्रतिबद्धता हुनुपर्ने, राम्रा शिक्षकलाई पुरस्कार र नराम्रा शिक्षकलाई दण्डको व्यवस्था हुनुपर्ने, शिक्षकमा आधारभूत योग्यता हुनुपर्ने ।
  •  शैक्षिक विधिहरू      विद्यार्थी केन्द्रित शैक्षणिक विधिको प्रयोगमा जोड दिनुपर्ने ।
  •  शैक्षिक सामग्री      विज्ञान विषयको सिकाइ रुचिपूर्ण बनाउनका लागि उपयुक्त शैक्षिक सामग्रिहरूको व्यवस्था र ती सामग्रीहरू प्रयोग गर्ने सीपको विकास गर्नुपर्ने, त्यस्तै ICT प्रयोग गरेर Science Teaching गराउनुपर्ने ।
  •  स्कूल व्यवस्थापन      Science Teaching का लागि चाहिने आधारभूत आवश्यकताबारे प्रधानाध्यापकलाई पनि तालिम दिनुपर्ने, शिक्षकको राय सुझावसमेत लिई शिक्षणको वातावरण तयार गराउने ।
  •  विद्यार्थीमा Rote Learning भन्दा विज्ञान सिकाइको गुणात्मक विकास गर्नुपर्ने
  •  मूल्याङ्कन     वर्षको एकपटक मात्र मूल्याङ्कन नभई विद्यार्थीको निरन्तर मूल्याङ्कन हुनुपर्ने, मूल्याङ्कनकर्तालाई मूल्याङ्कन सम्बन्धी समयसापेक्ष तालिम दिनुपर्ने ।
  •  गेसपेपरको प्रयोगलाई निरुत्साहित गरी विद्यार्थीमा मूल पुस्तक पढ्ने वातावरण बनाउनुपर्ने साथै विज्ञान विषय प्रयोगमा आधारित विषय भएकोले अवलोकन, विज्ञान सामग्रीको प्रयोगलाई विद्यार्थी क्रियाकलापमुखी बनाई पठनपाठन गरेर सिकाइलाई रुचिपूर्ण बनाउन सकिन्छ ।




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment