समस्या समाधानमूलक प्रश्नोत्तरः- (मा वि विज्ञान) - विद्यार्थी शिक्षण-उच्चतम अङ्क नआउनुका कारणहरू र समाधानका उपायहरु !!

प्रश्नः-
कतिपय अन्य विषयमा जस्तै विज्ञान विषयमा पनि विद्यार्थीहरूले परीक्षामा उच्चतम अङ्क प्राप्त गर्न सकेको देखिँदैन । जसलाई गम्भीर शैक्षिक क्षतिका रूपमा पनि लिइन्छ । यसरी वषौँसम्म अध्ययन-अध्यापन गर्दा पनि कहिल्यै उच्चतम अङ्क नआउनुका कारणहरू के के होलान् ? साथै प्राप्ताङ्कलाई उच्च बनाउँदै पूर्णाङ्क प्राप्त गर्ने विद्यार्थीको हैसियत बनाउनका लागि तपाईका सुझावहरू प्रस्तुत गर्नुहोस् । 


‪
उत्तरः‬-
विज्ञान विषयमा विद्यार्थीहरूले उच्चतम अङ्क प्राप्त गर्न सकेको देखिँदैन । यसलाई बिगतका बर्षहरुको एस्.एल्.सी. परीक्षाको परीक्षाफलले पनि प्रमाणित गरेको छ । यसरी वषौँसम्म अध्ययन अध्यापन गर्दा पनि उच्चतम अङ्क नआउनुमा विज्ञान विषयप्रति रुचि कम हुनु हो । जसले गर्दा विज्ञान विषयमा पोख्त भएको जनशक्ति उत्पादनमा कमि आउने र देशको आधुनिकीकरणमा दीर्घकालीन असर पर्ने निश्चित छ । अतः विद्यार्थीहरूले विज्ञान विषयमा उच्चतम अङ्क प्राप्त गर्न नसक्नुका सम्भावित ‪कारणहरूमा केहि कारणहरुलाइ हामिले‬ निम्न अनुसार प्रस्तुत गरेका छौ:-
  •  शिक्षकका समस्या  →      विषय शिक्षकको कमी, धेरै स्कूलहरूमा विज्ञान शिक्षक छुट्टै नहुनु, शिक्षकको योग्यता, सीप तथा तालिमको कमी, तालिम भएका शिक्षकको सीप कक्षाकोठामा प्रयोग नहुनु, प्रतिबद्धताको कमी, पेसामा भन्दा राजनीतिमा बढी रहर हुनु ।
  •  शैक्षिक विधिहरू  →      भाषण विधिमात्र प्रयोग नगर्नु, विद्यार्थी केन्द्रित क्रियाकलापको प्रयोग नहुनु, प्रयोगशाला नहुनु, प्राक्टिकल नगराउनु ।
  •  शैक्षिक सामग्रीहरूको कमी  →      राम्रा विज्ञान किताबहरूको प्रयोग नहुनु, विज्ञान सिकाउन ICT को प्रयोग नहुनु, भएका शैक्षिक सामग्रीहरूको पनि प्रयोग नगर्नु ।
  •  स्कूल व्यवस्थापनको कमजोरी  →      शिक्षकहरूलाई कक्षाकोठामा नै सीमित गराउने, शैक्षिक अवलोकनहरू गराउन व्यवस्था नगरिदिने ।
  •  मूल्याङ्कनमा कमजोरी  →      विद्यार्थीको निरन्तर मूल्याङ्कन नहुनु, विद्यार्थीको सिकाइ उपलब्धिमा गुणात्मक विकास गर्न नसक्नु, मूल्याङ्कनकर्ता मूल्याङ्कन गर्न तालिम नदिनु, उत्तरकुञ्जिका बिना नै कापी परीक्षण गर्ने ।
  •  विद्यार्थीहरूमा सिक्ने रहरको कमी, Rote Learning मा सिमित हुनु ।
  •  गेसपेपरको व्यापक प्रयोग हुनु ।
विज्ञान विषयको प्राप्ताङ्कलाई उच्चतम बनाउन तथा शतप्रतिशत अङ्क प्राप्त गर्न सक्ने विद्यार्थीहरूको हैसियत बनाउन माथि उल्लिखित कारणहरूलाई ध्यानमा राखी निम्नलिखित सम्भावित ‪उपाय‬हरु अथवा ‪सुझावहरूको‬ कार्यान्वयन गर्नु आवश्यक हुन्छ । 
  •  शिक्षकहरूलाई समयसापेक्ष तालिमको व्यवस्था गर्नुपर्ने, विज्ञान विषय पढाउनका लागि विज्ञान शिक्षकको आवश्यक व्यवस्था गर्नुपर्ने, तलबको राम्रो सुविधा हुनुपर्ने, शिक्षकमा शिक्षण पेसाप्रति प्रतिबद्धता हुनुपर्ने, राम्रा शिक्षकलाई पुरस्कार र नराम्रा शिक्षकलाई दण्डको व्यवस्था हुनुपर्ने, शिक्षकमा आधारभूत योग्यता हुनुपर्ने ।
  •  शैक्षिक विधिहरू  →    विद्यार्थी केन्द्रित शैक्षणिक विधिको प्रयोगमा जोड दिनुपर्ने ।
  •  शैक्षिक सामग्री  →    विज्ञान विषयको सिकाइ रुचिपूर्ण बनाउनका लागि उपयुक्त शैक्षिक सामग्रिहरूको व्यवस्था र ती सामग्रीहरू प्रयोग गर्ने सीपको विकास गर्नुपर्ने, त्यस्तै ICT प्रयोग गरेर Science Teaching गराउनुपर्ने ।
  •  स्कूल व्यवस्थापन  →    Science Teaching का लागि चाहिने आधारभूत आवश्यकताबारे प्रधानाध्यापकलाई पनि तालिम दिनुपर्ने, शिक्षकको राय सुझावसमेत लिई शिक्षणको वातावरण तयार गराउने ।
  •  विद्यार्थीमा Rote Learning भन्दा विज्ञान सिकाइको गुणात्मक विकास गर्नुपर्ने
  •  मूल्याङ्कन  →   वर्षको एकपटक मात्र मूल्याङ्कन नभई विद्यार्थीको निरन्तर मूल्याङ्कन हुनुपर्ने, मूल्याङ्कनकर्तालाई मूल्याङ्कन सम्बन्धी समयसापेक्ष तालिम दिनुपर्ने ।
  •  गेसपेपरको प्रयोगलाई निरुत्साहित गरी विद्यार्थीमा मूल पुस्तक पढ्ने वातावरण बनाउनुपर्ने साथै विज्ञान विषय प्रयोगमा आधारित विषय भएकोले अवलोकन, विज्ञान सामग्रीको प्रयोगलाई विद्यार्थी क्रियाकलापमुखी बनाई पठनपाठन गरेर सिकाइलाई रुचिपूर्ण बनाउन सकिन्छ ।




Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment