- कुनै एक नेपालको शिक्षाको राष्ट्रिय उद्देश्य लेख्नुहोस् । → व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक एकतालाई सुदढ बनाउने
- सार्क राष्ट्रहरुमध्ये पाकिस्तानमा विद्यालय तहको शिक्षालाई कति तहमा बाडिएको छ ? → ५
- गोरखा स्कुल हङकङमा अध्ययन गर्ने विद्यार्थीका निम्ति वि सं २०३० सालदेखि खोलिएको एसएलसीको परीक्षा केन्द्र कति सालमा बन्द गरिएको थियो ? → वि सं २०५५
- जेन्डर शब्दले कुन चाहि अवस्थालाई बुझाउछ ? → महिला पुरुषबीचको सामाजिक अवस्था
- राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८, २०३२) अनुरुप साधारण मावि र व्यवसायिक माविका माध्यमिक तहमा कति कति प्रतिशत व्यवसायिक शिक्षा सिकाउने उद्देश्य राखिएको थियो ? → साधारण माविमा २० प्रतिशत र व्यवसायिक माविमा ३०/४० प्रतिशत
- माध्यमिक शिक्षा सहयोग कार्यक्रम (२००३ २००८) को उद्देश्य के हो ? → माध्यमिक शिक्षाको समता र पहुचमा सुधार
- राष्ट्रिय पाठ्यक्रम प्रारुप २०६३ ले आधारभूत तहको कति कक्षासम्म उदार कक्षोन्नति क्रमिक रुपमा लागु गर्ने उल्लेख गरेको छ ? → कक्षा १ देखि ७ सम्म
- राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०४९ अनुसार माध्यमिक शिक्षाका सन्दर्भमा नेपाली विषय अन्तर्गत संस्कृतलाई कुन रुपमा समावेश गर्ने व्यवस्था हुनुपर्ने सुझाव गरिएको थियो ? → सहयोगीका रुपमा
- किशोरावस्थाको खास विकासात्मक कार्य कुन हो ? → मातापिता एवम् अन्य वयस्कहरुबाट संवेगात्मक आत्मनिर्भरता प्राप्त गर्न
- प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ अनुसार निरन्तर विद्यार्थी मूल्यांकनका लागि कति वटा मापदण्डलाई आधार मान्ने व्यवस्था गरिएको छ ? → ५ वटा
- नेपालको संविधान २०७२ मा व्यवस्था भएबमोजिम कसलाई आफ्नो भाषा, लिपि संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण र संवद्र्धन गर्ने हक हुनेछ ? → नेपालमा बसोबास गर्ने प्रत्येक समुदायलाई
- जिल्ला शिक्षा समितिमा पदेन बाहेक मनोनित सदस्यको संख्या कति किटान गरिएको छ ? → ८
- शिक्षक सेवा आयोगको अध्यक्ष नियुक्ति गर्ने सिफारिस समितिमा कस-कसको प्रतिनिधित्व रहने व्यवस्था छ ? → लोकसेवा आयोगका अध्यक्ष, त्रिविविका उपकुलपति र शिक्षा सचिव
- समुदायद्वारा सञ्चालित विद्यालय व्यवस्थापन जिम्मा लिने निकायको काम, कर्तव्य र अधिकारमध्ये कुनै एक उल्लेख गर्नुहोस । → विद्यालयको सुधार गर्न आवश्यकताअनुसार विशेषज्ञ नियुक्ति गर्ने
- शिक्षा नियमावली २०५९ (संशोधनसहित) अनुसार कक्षा ६ देखि १० सम्म सञ्चालन भएको विद्यालयमा कम्तीमा कति जना शिक्षक हुन’पर्ने व्यवस्था गरिएको छ ? → ९ जना
- विद्यालय व्यवस्थापन समितिको कार्यभित्र नपर्ने कुनै एक कार्य के हो ? → विद्यालय सञ्चालनका लागि प्राप्त साधन र स्रोत स्थिर राख्ने
- शिक्षकको नोकरी अवधि गणना सम्बन्धमा कुनै द्विविधा उत्पन्न भएमा त्यस्तो नोकरी अवधि यकिन गरी शिक्षक किताबखानालाई सिफारिस गर्न जिल्ला स्तरमा गठित तीन सदस्यीय नोकरी अवधि निर्धारण समितिको अध्यक्ष को हुन्छ ? → जिल्ला शिक्षा अधिकारी
- शिक्षक पदका लागि उम्मेद्वार हुन नपाउने कुनै एक अवस्था ? → नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएको
- शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधनसहित) अनुसार पिछडिएको क्षेत्र भन्नाले तलको कुनचाहि जिल्ला पर्दैन ? → मनाङ
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment