प्रश्नः-
अधिकांश शिक्षकहरू भू तथा ज्योतिष विज्ञान शिक्षणलाई तुलनात्मक रूपले असजिलो मान्दछन् । भू तथा ज्योतिष विज्ञान शिक्षणका कठिनाइका क्षेत्रहरू पहिचान गरी शिक्षणलाई सहज र सरल बनाउने उपायहरू उदाहरणसहित व्याख्या गर्नुहोस् ।
उत्तरः-
विज्ञान विषयको अध्ययन-अध्यापनको क्रममा अधिकांश शिक्षकहरू भू तथा ज्योतिष विज्ञान अन्तर्गतका विषयवस्तुहरूको शिक्षणलाई तुलनात्मक रूपले असजिलो मान्दछन् । यसका प्रमुख कारणहरूमा भू तथा ज्योतिष विज्ञानका विषयवस्तुहरूलाई कम महत्व दिनु, शिक्षकहरूमा भू तथा ज्योतिष विज्ञानका विषयवस्तुहरूमा राम्रो ज्ञान एवम् दक्षता नहुनु, शैक्षिक सामग्रीहरूको प्रयोग बिना नै शिक्षण गर्नुपर्ने बाध्यता रहनु, भू तथा ज्योतिष विज्ञानलाई पाठ्यक्रमको अन्त्यमा राखिनु आदि पर्दछन् । अतः विज्ञान विषय अन्तर्गत अध्ययन-अध्यापन गरिने भू तथा ज्योतिष विज्ञानमा अध्ययन गरिने विषयवस्तुका क्षेत्र/एकाइ र शिक्षणका कठिनाइका क्षेत्रहरूलाई निम्नानुसार सङ्क्षेपमा उल्लेख गर्न सकिन्छः-
- प्राकृतिक प्रकोप (बाढी, पहिरो, भूकम्प, ज्वालामुखी आदि) शैक्षिक सामग्रीको अभाव, घटनाको प्रदर्शन गर्न नसकिने
- ब्रह्माण्ड, ग्रह, उपग्रह तथा अन्य आकाशीय पिण्ड र ग्रहण आदि वास्तविक वस्तु/घटनामा आधारित रहेर शिक्षण गर्न नसकिने; ग्रहहरू, ताराहरू र अन्य आकाशीय पिण्डहरू रातमा मात्र देखिने
- हावा, पानी र मौसम प्रयोगात्मक विधिको प्रयोग गर्न नसकिने
- जमिनको बनावट शैक्षिक सामग्रीको अभाव र प्रयोग गर्न नसकिने
भू तथा ज्योतिष विज्ञान अन्तर्गतका विषयवस्तुहरूको शिक्षणमा देखिएका माथि उल्लिखित कठिनाइका क्षेत्रहरूलाई ध्यानमा राख्दै उक्त विषयवस्तुहरूको शिक्षण सिकाइ कार्यलाई सरल र सहज बनाउन अपनाउन सकिने सम्भावित उपायहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः-
(अ)शैक्षिक सामग्री
- भू तथा ज्योतिष विज्ञान विषय/क्षेत्रका लागि शैक्षिक सामग्री पाउन कठिनाइ छ तापनि यसका लागि चित्र, पोस्टर, चार्ट, तालिका, घटना उल्लेख गरिएका चित्र, पत्रपत्रिकाको प्रयोग गर्न सकिन्छ ।
- ग्रहण शिक्षणका लागि टर्चलाइट तथा बल, ज्वालामुखीका लागि चित्र, पृथ्वी वा जमिनको बनावटका लागि चार्ट तथा चित्र, मोडेलको प्रयोग गर्नु उपयुक्त छ ।
- हावापानी, मौसम, चट्टानका लागि घटना अध्ययन, अनुभव र त्यसका क्षतिग्रस्त समाचार आदिको प्रयोग गरी शिक्षण गर्दा सहज हुने देखिन्छ।
- ब्रह्माण्ड तथा आकाशीय पिण्डहरू, पृथ्वीको इतिहास आदि विषयवस्तुको शिक्षण गर्दा चार्ट तथा मोडेल चित्रहरूको प्रयोग गर्न सकिन्छ ।
- श्रव्य-दृश्य सामग्रीको प्रदर्शन तथा अन्य सन्दर्भ स्रोत सामग्रीको समेत प्रयोग गर्न सकेमा शिक्षण सिकाइमा सहजता आउँछ ।
(आ) शिक्षण विधि
- विज्ञान विषय प्रयोगात्मक विधिमा आधारित भएर ज्ञान हासिल गर्ने विषय हो । तर भू तथा ज्योतिष विज्ञान विषय/क्षेत्रका विषयवस्तुहरू जस्तै तारा, ग्रह, ग्रहको साइज, दूरी आदि प्रयोगात्मक तरिकाले छलफल, प्रश्नोत्तर आदि विधिको प्रयोग गर्नु उपर्युक्त मानिन्छ ।
- बाढी, पहिरो, भूक्षय, वातावरणीय प्रदुषण आदि विषयवस्तु शिक्षण गर्नका लागि क्षेत्र भ्रमण, घटना अध्ययन, लघु अध्ययन, भ्रमण जस्ता विधिहरू प्रयोगमा ल्याउन सकिन्छ ।
- ज्वालामुखी, भूकम्प, पृथ्वीको इतिहास जस्ता विषयवस्तुहरू शिक्षणका लागि विद्युतीय सामग्रीको प्रदर्शन गर्ने वातावरण निर्माण गर्न सकेमा शिक्षणमा सहयोग पुग्दछ ।
केहि शिक्षासँग सम्बन्धीत जानकारीहरु !!
- पहिलो कन्या पाठशालाको स्थापना → 1980 मा भएको हो ।
- पास जाँच अड्डाको स्थापना → 1967 मा भएको हो ।
- पहिलो टेक्निकल स्कुलको स्थापना → 1967 मा भएको हो ।
- पहिलो शैक्षिक कानुन "शिक्षा ईस्तिहार 1996" → 1996
- वीर पुस्तकालयको स्थापना → 1957 मा भएको हो ।
- रानिपोखरी पाठ्शालाको स्थापना → 1934 मा भएको हो ।
- किन्डर्गार्टन स्कुल फ्रोब्रेलले → 1937 मा खोलेका थिए ।
- पेसागत मन्च भनेर → अगुवा श्रोतकेन्द्र ‘ LRC लाई भनिन्छ ।
- देशभरी अगुवा श्रोतकेन्द्र 46 वटा र 1091 वटा अन्यश्रोतकेन्द्रहरुछन् ।
- विद्यालय शिक्षक किताबखानाको स्थापना → 2054 चैत 16 गते भएको हो ।
- शैक्षिक गुणस्तर परिक्षण केन्द्रको स्थापना → 2066 कर्तिक 13 गते भएको हो ।
- उच्च मध्यामिक शिक्षा परिषदको स्थापना → 2046 फल्गुण 12 गते भएको हो ।
- कलेज अफ एजुकेसनको स्थापना → 2013 भदौ 24 गते भएको हो ।
- त्रिभुवन चन्द्र कलेजबाट त्रिचन्द्र कलेज भनी → 1980 मा नामाकरण गरिएको हो ।
- नेपालमा राष्ट्रिय साक्षरता अभियान → आ. व. 2065/66 बाट सुरु भएको हो ।
0 comments:
Post a Comment