मध्यमाञ्चल विकास क्षेत्रमा सोधिएका प्रश्न-उत्तर:
- शिक्षक सेवा आयोग नियमावली २०५७, शिक्षा ऐन २०२८ (संशोधनसहित) को कुन दफाले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले बनाएको हो ? → दफा १९
- शिक्षा ऐन २०२८ (संशोधनसहित) मा गाउँ शिक्षा समितिको अध्यक्षमा को रहने व्यवस्था गरिएको छ ? → गाउँ विकास समितिको अध्यक्ष वा अध्यक्षको काम गर्न तोकिएको व्यक्ति
- राज्यले नागरिकहरुका बीच धर्म, वर्ण, जाति, लिङ्ग, उत्पति, भाषा र वैचारिक आस्था वा ती मध्ये कुनै कुराको आधारमा भेदभाव गरिनेछैन– भनी नेपालको अन्तरिम संविधान २०६३ को कुन मौलिक हकमा भनिएको थियो ? → समानताको हक
- कुनै प्राथमिक तहको शिक्षक २५ वर्ष सेवा अवधि पूरा गरी अवकाश हुँदा निजको आखिरी महिनाको तलब भत्ता रु १८,००० रहेछ भने उसको मासिक निवृतिभरणको रकम कति हुन आउछ ? → रु ९,०००
- विद्यालय व्यवस्थापन समितिको अध्यक्षको राजीनामा कसले स्वीकृत गर्दछ ? → सम्बन्धित जिल्ला शिक्षा समितिले
- शिक्षक सेवालाई समावेशी बनाउन सामुदायिक विद्यालयमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने शिक्षक दरबन्दीमध्ये ४५ प्रतिशत पद समावेशी समूहका लागि छुट्याइएकामा सोको कति प्रतिशत महिलाका लागि छुट्याइएको हुन्छ ? → ३३ प्रतिशत
- सार्वजनिक शैक्षिक गुठीका रुपमा सञ्चालित विद्यालयले उत्तराधिकारी तोक्दा कुन निकायबाट स्वीकृत लिनुपर्ने व्यवस्था छ ? → शिक्षा मन्त्रालय
- तलका मध्ये कुन क्षेत्रमा घुम्ती विद्यालय बढी आवश्यक हुन्छ ? → भौगोलिक रुपमा विकट हिमाली क्षेत्रमा
- शिक्षक सेवा आयोगमा लिइने प्रतियोगितात्मक परीक्षाका लागि अन्तर्वार्ताको पूर्णांक कति हो ? → २५ अङ्क
- मातृभाषामा शिक्षासम्बन्धी व्यवस्था गर्ने सम्बन्धमा शिक्षा ऐन २०२८ (संशोधनसहित) मा भएको प्रावधान तलका मध्ये कुनचाहि हो ? → प्राथमिक तहसम्मको शिक्षा मातृभाषामा दिन सकिनेछ
- सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) ले प्राथमिक तहको कुल भर्नादर कति पुर्याउने लक्ष्य राखेको छ ? → १०४
- शैक्षिक प्रणालीमा निर्णयात्मक मूल्यांकनको प्रमुख उद्देश्य कुन हो ? → विद्यार्थीको शैक्षिक उपलब्धिको प्रमाणीकरण गर्नु
- प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ ले कक्षा १–३ को गणित विषयलाई कुल पाठ्यभारको कति भार छुट्याइएको छ ? → ६
- विद्यालयमा वार्षिक शैक्षणिक योजना निर्माण गर्ने मुख्य जिम्मेवारी कसको हो ? → शिक्षक
- तल दिइएकामध्ये आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम (१९९९–२००४) को उद्देश्य कुन रहेको छ ? → शिक्षामा पहुँच बढाउने
- राष्ट्रिय शिक्षा पद्दतिको योजना (२०२८–२०३२) मा निर्धारित विद्यालय तहको शिक्षाको संरचना तलकामध्ये कुनचाहिं हो ? → ३+४+३
- स्थानीय पाठ्यक्रम निर्माणका चरणहरुको उपयुक्त क्रम तलकामध्ये कुन हो ? → आवश्यकता पहिचान, उद्देश्य निर्धारण, विषयवस्त’ छनोट, सिकाइ उपलब्धी निर्धारण, शिक्षण प्रक्रिया, विद्यार्थी मूल्यांकन
- तल दिइएका मध्ये कुनचाहिं नेपालको प्राथमिक शिक्षाको उद्देश्य हो ? → आधारभूत भाषिक तथा गणितीय सीप विकास गर्नु
- प्राथमिक तहमा बहुकक्षा शिक्षण भन्नाले तलकामध्ये कुन हो ? → एकै शिक्षकबाट एकभन्दा बढी कक्षामा एउटै समयमा शिक्षण गर्ने तरिका
- मानव विकासका चरणहरुमध्ये पूर्ववाल्यवस्था भन्नाले तलकामध्ये कुन अवस्थालाई बुझाउँछ ? → २ वर्षदेखि ६ वर्षसम्म
पश्चिमाञ्चल विकास क्षेत्रमा सोधिएका प्रश्न-उत्तर:-
- विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र सदस्य छनोट गर्ने प्रयोजनका लागि विद्यार्थीका अभिभावक भन्नाले ककसलाई जनाउछ ? → बाबु, आमा, बाजे र बज्यै
- शिक्षा ऐन २०२८ (संशोधनसहित) अनुसार शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यको सिफारिस गर्न गठित समितिको अध्यक्षमा को रहने व्यवस्था छ ? → लोकसेवा आयोगको अध्यक्ष
- नेपालको संविधान २०७२ मा कुन मौलिक हक अन्तर्गत प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भएबमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ ? → शिक्षा तथा संस्कृतिसम्बन्धी हक
- अभिभावक शिक्षक संघमा बढीमा कति सदस्य रहने व्यवस्था शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले गरेको छ ? → ११ सदस्य
- शिक्षा नियमावली २०५९ (संशोधनसहित) ले एक शैक्षिक सत्रमा काम गर्ने दिन कम्तीमा कति दिन हुनुपर्ने व्यवस्था गरेको छ ? → २२० दिन
- शिक्षक सेवा आयोग नियमावली २०५७ कहिलेदेखि लागू भएको हो ? → २०५७/७/२४
- शिक्षकले एक वर्षभरिमा कति दिन बिरामी बिदा पाउन सक्ने व्यवस्था छ ? → १२ दिन
- नेपालको अन्तरिम संविधान २०६३ ले व्यवस्था गरेका बालबालिकाको हक तलकामध्ये कुन होइन ? → आधारभूत शिक्षा पाउने हक
- खुला प्रतियोगिताबाट रिक्त शिक्षक पदपूर्ति गर्दा विज्ञापन भएको कति अवधिमा स्थायी नियुक्तिका लागि सिफारिस गर्न‘पर्ने व्यवस्था छ ? → ६ महिनाभित्र
- जिल्ला शिक्षा समितिको सचिव को हुने व्यवस्था छ ? → जिल्ला शिक्षा अधिकारी
- राष्ट्रिय शिक्षा पद्धतिको योजना (२०२८–२०३२) मा व्यवस्था भएको प्राथमिक विद्यालय तहको संरचना तलकामध्ये कुन हो ? → १–३
- दैनिक पाठयोजनाका अङ्गहरुको क्रम तलकामध्ये कुन हो ? → उद्देश्य, सामग्री, क्रियाकलाप, मूल्याङ्न र गृहकार्य
- तलकामध्ये कुन चाहिं पूर्व प्राथमिक शिक्षाको उद्देश्यभित्र पर्दैन ? → भषिक तथा गणितीय सीप विकास गर्ने
- उत्तरबाल्यावस्थाका विशेषताभित्र तलकामध्ये कुन चाहिं पर्दैन ? → खेलौनाको उमेर
- सबैका लागि शिक्षा कार्यक्रम (२००४–२००९) मा कतिओटा उद्देश्य राखिएका छन् ? → ३ ओटा
- आधारभूत तथा प्राथमिक शिक्षा कार्यक्रम (१९९९–२००४) अन्तर्गत राखिएको संस्थागत क्षमता अभिवृद्धि गर्ने उद्देश्य पूरा गर्न कतिओटा कार्यक्रमका क्षेत्रहरु निर्धारण गरिएका थिए ? → ४ ओटा
- तलकामध्ये कुन चाहिं सबैभन्दा बढी विद्यार्थी केन्द्रित विधि हो ? → छलफल विधि
- वर्तमान प्राथमिक तहको पाठ्यक्रम अन’सार कक्षा ४ र ५ को नेपाली विषयको पाठ्यभार कति छ ? → ८
- तलका मध्ये कुन चाहिं योजनाले विद्यालयको सम्पूर्ण वार्षिक गतिविधिलाई प्रतिनिधित्व गर्छ ? → वार्षिक कार्यपात्रो
- बहुकक्षा शिक्षण भन्नाले के बुझिन्छ ? → धेरैओटा कक्षाका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखी अध्यापन गराउने
0 comments:
Post a Comment