शहरिया विद्यार्थीहरू राम्रो श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुलाई मात्र शैक्षिक सफलता मान्छन् भने ग्रामीण क्षेत्रका विद्यार्थीका लागि पास हुनु नै ठूलो मानिन्छ । त्यसैले पनि एसएलसी नजिकिँदै जाँदा विद्यार्थीहरू अध्ययनमा बढी केन्द्रित हुन्छन् । परीक्षा आउने बेलामा मात्र किताब समाएर पढ्न कस्सिने विद्यार्थीमा परीक्षा नजिकिएसँगै तनाव पनि बढ्छ । त्यसैले नियमित अध्ययन गर्नेलाई परीक्षा सजिलो लाग्छ ।
परीक्षा शैक्षिक जीवनको महत्वपूर्ण र निर्णायक हिस्सा हुने हँदा परीक्षाप्रति सचेत हुनु त पर्छ नै, राम्रो तयारी गरेर परीक्षालाई एउटा अवसरको रूपमा उपयोग पनि गर्नुपर्छ । परीक्षाअघिका समयलाई सदुपयोग गरेर उत्कृष्टता हासिल गर्ने बाटोतर्फ अग्रसर हुनुपर्ने आवश्यकता हुन्छ । परीक्षा दिनु अघि परीक्षार्थिले ध्यान दिनुपर्ने कुराहरु निम्न छन् ।।
- मन लगाएर उपयुक्त वातावरणमा राम्रो तरिकाले पढेमा विद्यार्थीले छोटो समयमै परीक्षाको राम्रो तयारी गर्न सक्छन् ।
- आफूले पढेको कुरालाई सहज ढङ्गले बुझेर पढ्ने, बारम्बार अभ्यास गर्ने, नजानेका कुरा शिक्षक वा जान्ने साथीसँग सोध्ने ।
- समयलाई ख्याल गरेर आफैसँग टेस्ट लिने हो भने परीक्षाको तनावबाट मुक्ति मिल्छ ।
- अक्षरमा नियमित आँखा राखेर सुगारटाइ गर्नुभन्दा पहिले पाठ बुझेर पढ्ने, पाठ पढेको दुई दिनपछि त्यसका महत्वपूर्ण बुँदाहरूलाई याद गर्ने, त्यसको चार दिनपछि याद गरेको बुँदालाई नहेरी भन्ने प्रयास गर्ने र नसम्झेका बुँदालाई याद गरेर फेरि एक दुई दिनपछि नहेरी सम्झने प्रयास गर्ने ।
- केही विद्यार्थीहरू भगवान् भरोसामा जाँच दिन्छन् । जाँचमा सँगै बसेका साथीहरूको हेर्छु, वा चिट चोर्छु भन्ने भ्रममा हुन्छन् । तर, चिट चोर्ने ध्यानमा विद्यार्थीले जानेको उत्तर पनि लेख्न सक्दैन । त्यसैले ऊ असफल हुन्छ । किनकि चिटमा त सबै प्रश्नको उत्तर हुँदैन । अनि याद गरेर गएको पाठ पनि चिट चोर्ने ध्याउन्नमा बिर्सिइन्छ ।
- कोर्स बुक तथा पाठ्यक्रमसँग सम्बन्धित बाहिरी पुस्तकको राम्रो अध्ययन गरेमा परीक्षामा सहजै पास हुन सकिन्छ । पूरै दिन पुस्तकको पृष्ठ निर्रथक पल्टाउनु वा एक टपिकबाट अर्को टपिकमा भट्किनुभन्दा अलि गाह्रो लाग्ने पाठलाई प्राथमिकतामा राखेर पढ्नुहोस् ।
- नियमित सन्तुलित भोजन खानुहोस् ।
- राति चाँडै सुत्ने प्रयास गर्नुहोस् जसले तपाईं सात घन्टाको निद्रा पूरा होस् र बिहान तरोताजा महसुस गर्नुहोस् ।
- आफ्नो बोर्ड परीक्षाको प्रवेशपत्र, कम्पास बक्स आदि राति सुत्नुभन्दा अघि नै तयार गरेर राख्नुहोस् ।
- निर्धारित समयभन्दा एक घन्टाअघि नै परीक्षाभवनमा पुग्ने प्रयास गर्नुहोस् ।
- बाटोमा वा परीक्षाभवनबाहिर केही पनि नपढ्नुहोस् । साथीहरूसँग अन्तिम समयमा आएर परीक्षाका प्रश्नहरूको बारेमा चर्चा नगर्नुस् । यसले तनाव बढाउँछ । बरु त्यसको दुई दिनअघि नै छलफल गर्नुहोस् ।परीक्षाको अन्तिम समयमा तनावबाट जोगिनुहोस् ।
- पहिलादेखि बनाइएको नोट अथवा मुख्य पाठ्यपुस्तक तथा सन्दर्भ पुस्तकलाई नै बढीभन्दा बढी अध्ययन गर्नुपर्छ ।
- रुटिन बनाएर सबै विषयलाई दोर्होयाउनु राम्रो हुन्छ ।
- उत्तर लेख्नमा भन्दा रेखाचित्रको बढीे प्रयोग गर्नुहोस् ।
- अघिल्लो वर्षको प्रश्नको आधारमा नयाँ प्रश्नउत्तरको तयारी नगर्नुहोस् । यो वर्ष अर्कै प्रश्न आउन सक्छ । तर, प्रत्येक वर्ष पाठ्यक्रअनुरुपकै सजिलो सजिलो प्रश्न आउँछ । त्यसैले सबै पाठलाई ध्यानपूर्वक पढ्नुहोस् ।
क) परीक्षाको अगाडी
- समयको उचित व्यवस्थापन गरी (समय तालिकाको निर्माण गरी) सबै विषयहरुलाई बराबर प्राथमिकता दिएर अध्ययन गर्ने
- अध्ययन गरेका विषयवस्तुहरुलाई नोटको रुपमा तयार गर्ने ।
- सिकेका विषयवस्तुहरुलाई दोहो¥याउने ।
- लामा लामा परिभाषाहरुलार्ई सूत्रबद्ध गरेर याद गर्ने र सम्बन्धित समाधानहरु गर्ने ।
- बुँदा टिपोट गर्ने र त्यस्तो बुँदाको डायरी वा कपी साथमा राखेर समय समयमा अध्ययन गर्ने ।
- कुनै पनि विषयको अध्ययन गर्दा म के अध्ययन गरिरहेको छु भन्ने कुरा मनमा राखेर अध्ययन गर्ने र नबुझेसम्म निरन्तर अध्ययन गर्ने ।
- आँफूलाई प्रष्ट नभएको विषयमा गुरुहरु तथा आफ्ना अग्रजहरुसँग कुनै हिच्किचाहट नमानीकन सोध्ने बानी गर्ने ।
- साथीहरुसँग जति सक्दो पठनपाठनका विषयवस्तुहरुमा छलफल गर्ने यसरी सिकेको कुरा लामो समयसम्म स्मरणमा रहिरहन्छ ।
- आँफूलाई कमजोर छु मैले केही पनि जानेको छैन भनेर आत्मबल घटाउने सोच कहिल्यै पनि नगर्ने ।
- दिनभर आँफूले गरेका कार्यहरुको समीक्षा गर्दै भोलीको योजना तयारीका लागि राती सुत्नुभन्दा अघि नियमित रुपमा दैनिकी लेख्ने बानीको अनिवार्य विकास गर्ने ।
- जसबाट लेखन क्षमतामा बृद्धि हुनुका साथै, विषयवस्तुको ज्ञान बढ्ने, सोच्न सक्ने क्षमतामा पनि बिस्तारै परिवर्तन हुन्छ अर्थात मानसिक विकासका लागि सहयोग पुग्दछ ।
ख) परीक्षाको समयमा
- परीक्षाको डर त्रास पूर्ण रुपमा हटाउने र निर्धक्क भएर तयारी गर्ने ।
- परीक्षाको समय आउनै लाग्दा सबै विषयहरुको नमूना प्रश्नपत्रहरु हल गर्ने । नमूना प्रश्नपत्रहरु हल गर्दा परीक्षामा जसरी गरिन्छ, ठीक त्यसरी नै घरमा समयको व्यवस्थापन गरेर कुनै सहयोगी सामग्री वा पुस्तक नहेरीकन जे जस्तो जानिन्छ त्यस्तै प्रकारले हल गर्ने र सम्बन्धित विषय शिक्षकलाई परीक्षण गराउने वा आँफैले पनि मैले कस्तो गरें ? के के कुरा सुधार गर्नु पर्ने रहेछ भनेर समीक्षा गर्ने र सुधार गर्नु पर्ने कुरालाई तुरुन्तै लेख्ने र पटक पटक अभ्यास गर्ने । (भनिन्छ : “बादे बादे जायते तत्व बोध ।”)
- आफ्नो स्वास्थ्य र खानपानको विशेष ख्याल राख्ने किनकी स्वास्थ्य अवस्था सामान्य रहेमा मात्र हामी हरेक कामहरु सहज किसिमबाट गर्न सक्षम हुन्छौं । यसका लागि सबेरै उठेर व्यायम, योगा लगायतका क्रियाकलापहरु गर्ने जसले शरीरमा स्फूर्ति जगाउनुका साथै काममा एकाग्रता ल्याउनका लागि सहयोग
- गर्दछ ।
- त्यस्तै परीक्षाको समय नजिकिँदै जाँदा शरीरलाई हानी पुर्याउने खालका खाद्यवस्तुहरु नखाने मौसमअनुकुल खानेकुराहरु खाने ।
- अध्ययनसँग सम्बन्धित वा अन्य कुनै समस्या भएमा अभिभावकसँग यथाशीघ्र राख्ने र समाधान गर्ने । समस्यालाई मनमा राख्ने काम विल्कुल नगर्ने जसले मानसिक तनाबलाई बढाउने काम गर्छ ।
परीक्षा दिन जानुभन्दा अगाडीको तयारी
धेरै जसो विद्यार्थीहरुमा परीक्षाको लागी के के तयारी गर्ने भन्ने कुराको राम्रो ज्ञान नभएका कारण परीक्षामा आँफूले जानेका विषयवस्तुहरु राम्ररी लेख्न नसकेको पाईन्छ । यसकारण निम्न कुराहरुलाई परीक्षार्थीहरु र अभिभावकहरुले समेत ध्यान दिई व्यवहारमा कार्यान्वयन गरेमा वा गर्नका लागि सहयोग गरिदिनुभएमा पक्कै पनि हाम्रा नानीबाबुहरुले परीक्षामा सफलता प्राप्त गर्न सक्दछन् ।
क) अघिल्लो दिनको तयारी
- नयाँ विषयवस्तुहरु जसलाई अघिल्ला दिनहरुमा पढ्दै पढिएन भने त्यस्ता विषहरुमा अब ध्यान केन्द्रित नगरीकन आँफूले सिकेका वा जानेका विषयवस्तुहरुलाई सर्सती नै दोहो¥याउने काम गर्ने ।
- घरमा अभिभावकहरुले रमाईलो वातावरणको सिर्जना गर्नका लागि सहयोग गरिदिने कुनै प्रकारको तनाब उत्पन्न हुने खालका कृयाकलापहरु घरमा नहुनका लागि पहल गर्ने ।
- सकेसम्म परीक्षाको समयमा अभिभावकहरु आफ्ना बालबालिकाहरुसँगै बस्ने परीक्षा केन्द्रसम्म आँफैले पुर्याईदिने र उत्साह भर्ने काम गर्ने ।
- भोलि परीक्षा छ पढ पढ ….. भनेर छोराछोरीहरुलाई जबरजस्त नगर्ने स्वच्छन्द रुपमा छाडिदिने । सल्लाह मात्र दिने र निगरानी मात्र राख्ने ।
- परीक्षाको अघिल्लो दिनको खाना शरीरमा अपच हुने किसिमले नखाने । पानी प्रसस्त पिउने ।
- परीक्षाका लागि आवश्यक पर्ने सामग्रीहरु जस्तै कलम, डप्टी, जियोमेट्री बक्स, क्याल्कुलेटर र प्रवेशपत्र एकैस्थानमा ठिक्क पारेर राख्ने ।
- राती अबेरसम्म नबस्ने, सुत्नुअघि एकगिलास मनतातो पानी पिएर सुत्ने बरु विहान सबेरै उठेर आफ्नो तयारीका साथै पुनरावलोकनका कार्यहरु गर्ने । (स्मरण रहोस की परीक्षा केन्द्रमा पुगेर वा परीक्षाको दिन नयाँ कलम किन्नु हुँदैन । आँफूले लेखिरहेको कलम कम्तिमा ३ वटा जति ठिक्क पारेर राख्नुपर्छ ताकि कलमको कारणले परीक्षामा धोका नहोस्। )
ख) परीक्षा दिन घरवाट जानुभन्दा अगाडी
- विहान आफूले आस्था राखेको भगवानको आरधना गर्ने वा प्रार्थना गर्ने यसले आँपूmप्रति विश्वास जगाउन मद्दत गर्दछ ।
- विहान हल्का नास्ता खानुपर्छ भोकै परीक्षा दिन जानु हुँदैन ।
- विद्यालय पोशाक वा हल्का रङका पोशाकहरु लगाउनु पर्छ । आँफूलाई सहज हुने पोशाकको प्रयोग गर्ने ।
- परीक्षाका लागि प्रवेशपत्र लगायत अघिल्लो दिन नै तयारी गरेका सामग्रीहरु लैजान कुनै हालतमा पनि नबिर्सने ।
- सकभर सम्भव भएसम्म आफ्ना घरपरिवारका सदस्यहरुसँग नै परीक्षाकेन्द्रमा जानुपर्दछ । नभए आफ्नो मन मिल्ने साथीहरुसँगै रमाईलो कुराकानी गर्दै परीक्षा केन्द्रमा जानुपर्छ । यसरी गरिने कुराकानीहरुमा केही रुपमा विषयवस्तुहरु पनि समेटिउन ।
- पहिलो दिनमा ४५ मिनेट अगाडी र अरु दिनमा आधा घण्टा अघि परीक्षा केन्द्रमा पुग्ने गरी पूर्ण तयारीकासाथ घरवाट निस्कनु पर्दछ ।
ग) जाँदाजाँदै
- आँफूले परीक्षाको लागि आवश्यक पर्ने सामग्रीहरु वाटोमा सुरक्षितसाथ लैजानका लागि ध्यान दिनुपर्दछ ।
- मनमा कुनै पनि डर र त्रासको भावना पैदा हुने कुराहरु कत्तिपनि सोच्नु हुँदैन । सबै मैले पढेका विषयहरु त हुन् जानेकै र पढेकै पाठहरुवाट नै प्रश्नहरु आउने हुन् भन्ने कुरा मनमा सोच्नुपर्दछ ।
परीक्षा केन्द्रमा पुगेपछि के गर्ने ?
- गेटमा पुगेर सुरक्षाकर्मी वा कसैलाई प्रवेश पत्र देखाएर भित्र पस्नुपर्ने हुन्छ । त्यसैले त्यसको पूर्व तयारीका साथ गेटमा पुग्ने ।
- परीक्षा केन्द्रमा पुगेर कुनै पनि कुरा पढ्ने घोक्ने वा रट्ने गर्नु हुँदैन र साथीहरुसँग धेरै कुराकानी नगरीकन आफूँ परेको कोठा खोज्नतर्फ लाग्नुपर्छ ।
- आफ्नो कोठा पत्ता लागिसकेपछि १५ मिनेट अगावै परीक्षा हलमा पसेर आफ्नो सिम्बोल नम्बर भएको स्थानमा बस्नुपर्दछ ।
परीक्षा हलमा
परीक्षाहलमा परीक्षार्थीले विताउने तीन घण्टाको समय निकै महत्वपूर्ण हुन्छ । यस समयको सही सदुपयोग र केही सामान्य कुराको हेक्का राख्न सकिएमा परीक्षामा सोधिएका प्रश्नहरुको समाधान सहज रुपमा दिन सकिन्छ । कतिपय विद्यार्थीहरुलाई यस कुराको सही ज्ञान नहुँदा परीक्षा सकिएपछि पछुताउनु वाहेक अरु केही हुँदैन ।
क) उत्तरपुस्तिका पाएपछि
- सर्वप्रथम उत्तर पुस्तिकको अवस्था हेर्ने यदि कतै च्यात्तिएको छ वा कतै खुम्च्एिको उत्तर पुस्तिका छ भने तुरुन्त निरीक्षकलाई भनेर कपी साट्नु पर्दछ ।
- उत्तर पुस्तिकामा आफ्नो नाम नलेखीकन सिम्बोल नम्बर अंक र अक्षर दुबैमा स्पष्टसँग केरमेट
- नगरीकन लेख्नुपर्दछ ।
- सिम्बोल नम्बरलाई पुनः प्रबेशपत्र अनुसार जाँच गरि मिले नमिलेको एकिन गर्नु पर्दछ । अन्य विवरणहरुमा परीक्षाको मिति, विषय, पत्र, स्क्रिप्ट (भाषा), राम्ररी नआत्तिईकन लेख्नुपर्दछ ।
- मार्जिन मिलाउने अनि संभव भएसम्म दायाँ, बायाँ धर्का तान्ने गर्नुपर्दछ । (कपीमा नै पहिल्यै धर्का भएमा तान्नु आवश्यक छैन।)
- आफ्ना सबै सामग्रीहरुको पूर्ण रुपमा तयारी गरी राख्नुपर्दछ ।
- यी सबै काम सकेपछि धैर्य भएर प्रश्नपत्रको प्रतिक्षा गरी बस्नुपर्छ ।
ख) प्रश्नपत्र पाएपछि
प्रश्नपत्र पाएपछि प्रश्नहरु पुरा भए वा नभएको नछापिएको, काटिएको, मधुरो भएको अवस्थामा निरीक्षकलाई तुरुन्त जानकारी गराई अर्को प्रश्न लिनु पर्दछ । सवै प्रश्नहरुलाइ सर्सती एकपटक हेर्नु पर्दछ । यसरी पहिल्यै हेरीएमा ढुक्क हुन सकिन्छ र मस्तिष्कमा उत्तरको खाका पनि तयार हुँदै जान्छ ।
ग) प्रश्नहरु समाधान गर्ने क्रममा
- प्रश्न समाधान गर्नुपूर्व प्रत्येक प्रश्नहरुको प्रश्न नम्बर अनिवार्य रुपमा लेख्नु पर्दछ । प्रश्न नसारीकन उत्तर लेख्नुपर्दछ । (जस्तैः- प्रश्न नम्बर १ को उत्तर .....)
- विशेष गरी व्याकरणमा खाली ठाउँ भर्ने, सही उत्तर छानेर भर्ने जस्ता प्रकृतिका प्रश्नहरुमा भने प्रश्न लेख्ने गर्नु पर्दछ । प्रश्नमा दिईएको निर्दैशन राम्ररी अध्ययन गरी उत्तर लेख्नु पर्दछ ।
- संभव भएसम्म क्रमानुसार नै प्रश्नहरुको समाधान गर्नु राम्रो हुन्छ । कुनै प्रश्नको उत्तर नआएमा त्यसलाई छोडेर अर्को प्रश्नको उत्तर लेख्नुपर्छ त्यही प्रश्नमा नै अल्झिएर समय खेर फाल्नु हुँदैन ।
- फरक छुट्टयाई लेख्नुपर्ने, पत्र लेख्नुपर्ने, चित्र बनाउनुपर्ने जस्ता प्रश्नको समाधान सकेसम्म एउटै पेजमा अट्नेगरी लेख्नुपर्दछ । कुनै पेजमा उत्तर लेखेर थोरै मात्र ठाउँ छ भने अर्को पेजमा लेख्नुपर्दछ ।
- प्रत्येक प्रश्नको समाधान लेखिसकेपछि दुई लाईन जति छाडेर अर्को प्रश्नको समाधान लेख्नुपर्दछ । यसो गर्दा कपी सफा र आकर्षक देखिन्छ ।
- लेखनमा मसीको प्रयोगका हकमा भने सकभर नीलो मसी प्रयोग गर्दा धेरै राम्रो हुन्छ । चित्र सिसाकलमले बनाउनु पर्दछ । कलमको मसी वा कलम नै परिवर्तन गर्नुपर्ने अवस्था आएमा निरीक्षकलाई जानकारी गराएर हस्ताक्षर गराई मात्र प्रयोग गर्नु पर्दछ ।
- कुनै दुईको वा तीनको मात्र उत्तर दिनुहोस् भनिएका निर्दैशनहरुलाई राम्ररी बुझेर मात्र उत्तर लेख्नु पर्दछ नत्र अनावश्यक रुपमा बढि प्रश्नहरु हल गर्दा समय पुग्दैन । अन्य प्रश्न छुट्न सक्छन् ।
- परीक्षाहलमा साथीहरुसँग कुराकानी गर्नु हुँदैन । परीक्षाको मर्यादालाई कायम राखी उत्तर लेखनमा व्यस्त रहनु पर्दछ ।
- हाजिरी अनिवार्य रुपमा गर्नु पर्दछ हाजिरी विवरण भर्दा आफ्नो सिम्बोल नम्बर, मूल कपी नम्बर, विषय, आफ्नो नाम र हस्ताक्षरका विवरणहरु राम्ररी नआत्तिएर भर्नुपर्दछ । नबुझेमा निरीक्षकलाई सोध्नुपर्दछ ।
- जुन प्रश्न हल गरिन्छ त्यसलाई प्रश्नपत्रमा सानो ठीक लगाउनु पर्दछ । जसले गर्दा प्रश्नहरु छुट्ने सम्भावना हुँदैन ।
- कपि सकिनुभन्दा ५ मिनेट अगावै निरीक्षकसँग उठेर थप कपी माग्नुपर्दछ । पूर्ण रुपले सकिएपछि मात्र कपी माग्नु हुँदैन यसो गर्दा कपी माग्दा निरीक्षकले कपी ल्याएर दिँदा एक, दुई मिनेटको समय त्यसै खेर जान्छ । परीक्षामा सेकेण्ड समयको पनि निकै महत्व हुन्छ । अगाडी नै थप कपी मागेर निरीक्षकले कपी दिँदै गर्दाको समयमा पनि आँफूले लेख्दै गर्नुपर्दछ ।
घ) समाधान गरिसकेपछि
- सकभर समयको व्यवस्थापन गरेर अन्तिममा १० देखि १५ मिनेट बचाउँनु पर्दछ । यो बाँकी समयमा लेखेका उत्तरहरु पढ्ने कतै केही गल्ती भेटिएमा सुधार गर्ने धेरै नै शब्द गल्ती भेटिएमा धेरै फोहर नगरीकन एक लाईनले चट्ट काटेर सफा अक्षरमा लेख्नुपर्दछ । कतै केही कुरा छुट भएमा पनि लेख्न सकिन्छ ।
- खाली ठाउँमा भरेका शब्दलाई अन्डरलाईन गर्नुपर्दछ ।
- समय भएमा आफूले गरेका समाधानका उत्तरहरु (हिसाब आउने विषयहरुका हकमा) प्रश्नपत्रमा टिपोट गर्नुपर्दछ ।
- कपीको अन्तमा समाप्त, द्यभकत या गिअप, आफ्नो सम्पर्क फोन नम्बर, कपी परीक्षकहरुलाई आफ्ना कथाब्यथाहरु लेख्ने अनि मलाई जसरी पनि पास गरिदिनुहोला लगायतका अनुनय विनयका कुराहरु पटक्कै लेख्नुहुँदैन । सही उत्तर लेखिएका कपीहरुको सही रुपमा मूल्याङ्कन हुन्छन् । त्यस्ता कुराहरु लेखिएमा कुनै अर्थ रहँदैन ।
ङ) कपि बुझाउँदा
- राम्ररी सबै थप कपीहरु राम्ररी स्टिच (नथ्थी) गर्नु पर्दछ । संभव भएसम्म स्टिच मेशीन पनि आँफैले लैजाँदा राम्रो हुन्छ ।
- कपी थपीएको विवरण मूल उत्तर पुस्तिकामा उल्लेख गर्नुपर्दछ जसका लागि निरीक्षकलाई वा आँफैले पनि +१+१+१ लेख्नुपर्दछ । आँफैले लेखेमा निरीक्षकसँग रुजु गराउनु पर्दछ ।
- उत्तरकपी परीक्षाहलमा खटिएका निरीक्षलाई नै बुझाउनुपर्दछ ।
च) परीक्षाहलवाट बाहिरीनु अगाडी
प्रवेशपत्र लगायत आफ्ना सम्पूर्ण परीक्षाका सामग्रीहरु सम्झेर ल्याउनुपर्दछ ।
छ) हलबाहिर निस्केर
- परीक्षा के भयो कस्तो भयो भनेर साथीहरुसँग सामान्य रुपमा छलफल हुनु त स्वभाविकै हो तर यसमा धेरै समय खर्चिनु हुँदैन ।
- खुसी भएर मैले जे गरेको छु राम्रो गरेको छु भन्ने सम्झीएर घरतर्फको यात्रा तय गर्नु पर्दछ ।
घरमा पुगेर
परीवारका सबै सदस्यहरुलाई परीक्षामा के कस्तो भयो भनेर जानकारी दिनुपर्दछ । फ्रेस भएर आराम गरी अर्को दिनको परीक्षाको तयारीमा पूर्ववत अनुसार लाग्नुपर्दछ ।
0 comments:
Post a Comment