लोकसेवा मोडलका प्रश्न र समाधान

 सार्वजनिक प्रशासनमा नेतृत्व विकासको फेरिँदो प्रवृत्ति एवं सवालहरूका सम्बन्धमा चर्चा गर्दै सफल नेतृत्व विकासका लागि अपनाउनुपर्ने रणनीतिबारे सुझाब प्रस्तुत गर्नुहोस् । 



कुनै पनि संगठनको अगुवाइ गर्ने कला नै नेतृत्व हो । नेता हुनु एउटा कुरा हो भने नेतृत्व क्षमता विकास हुनु भनेकोचाहिँ सफल नेता बन्ने पूर्वाधार हो । सार्वजनिक निकाय वा कार्यालयको प्रमुख वा सो कार्यालयको महाशाखा प्रमुख वा शाखा प्रमुखलाई पनि सापेक्षिक रूपमा नेतृत्वको स्थानमा राखेर हेर्न सकिन्छ ।

नेतृत्व विकासको फेरिँदो रूप
पारिवारिक वा वंशीय नेतृत्वबाट क्षमता तथा लोकप्रियतामा आधारित नेतृत्वमा रुपान्तरण,
विगतमा व्यक्ति विशेषले हाँक्ने नेतृत्व हाबी भएकोमा केही व्यक्ति वा समिति वा टोलीले अगुवाइ गर्ने शैलीको प्रयोग,
विचार लाद्नेभन्दा पनि Convince and inspire  गर्ने शैलीको प्रयोग,
नैतिकवान् नेतृत्व र आध्यात्मिक नेतृत्वको अभ्यास प्रारम्भ,
सम्पर्क सञ्जाल निर्माण गर्ने र भर्चुअल वृत्त निर्माण गरी सूचना धेरैमा पु-याउने शैलीको प्रयोग,
संवेगात्मक बौद्धिकता (Emotional intelligence)को प्रयोग,
नेतृत्वलाई परिभाषित गर्ने, नेतृत्व व्यवहारको खोजी गर्ने र अन्तरक्रिया  गर्ने,
जोखिम, अनिश्चितता, जटिलता र अन्योल Vulnerability, Uncertain, Complex and Ambiguous (VUCA_ Situation मा अगुवाइ गर्न सक्ने क्षमता वा कलाको माग तथा विकास गर्ने कार्यक्रम प्रयोगमा । 
वर्तमानमा रहेका नेतृत्व विकाससम्बन्धीप्रमुख सवाल
नेतृत्व पाउनु, नेतृत्व कौशल सिक्नु र व्यवहारमा उतार्नु गरी तीनवटै पक्षको सन्तुलन मिलाउनु अति आवश्यक छ ।
नेतृत्व लिने व्यक्ति र व्यवस्थापक एउटै हुन्छ वा फरक हुन सक्छ भन्ने बहसको विषय छ । तथापि व्यवस्थापकीय कौशलका रूपमा नेतृत्वलाई लिनुपर्छ भन्ने गरिन्छ । 
नेतृत्व कौशल भनेको व्यक्तिगत रूपमा र समूहगत रूपमा पनि मूल्यांकन हुने विषय हो ।
कारोबारी नेतृत्वभन्दा अगाडि बढेर रुपान्तरणकारी नेतृत्वको खोजी ।
कामको प्रकृति र संगठनमा रहने स्थानअनुसार पनि नेतृत्वको उपयुक्त मोडलको चयन आवश्यक पर्छ । 
नेतृत्वका बाधक तत्वहरु न्यूनीकरण र साधक तत्वहरुको  प्रवद्र्धन निरन्तर प्रक्रियाका रूपमा रहनुपर्छ । 
नेतृत्व लिनु भनेको अरूलाई सबल बनाई विकल्प तयार गर्नु पनि हो । 

नेपालमा नेतृत्व विकासका क्षेत्रमा चाल्नुपर्ने कदमहरू

  • कामको प्रकृति र व्यक्तिको कार्यानुभव हेरी नेतृत्वको जिम्मेवारी दिइनुपर्ने,
  • व्यक्तिबाट समूह वा संगठन तहसम्म पनि मूल्य शृंखला निर्माण गर्ने,
  • आफूलाई चिन्ने, परिस्थितिको जानकारी राख्ने र अरूलाई अगुवाइ गर्ने कार्यबीच सन्तुलन कायम गर्ने क्षमता विकासमा जोड दिने,
  • अध्ययनशीलता विकासलाई स्थान दिने, एउटा भनाइ पनि रहेको छ कि Readership and Leadership goes side by side.
  • संगठनात्मक संस्कृतिको नदेखिने तह अर्थात् values, norms, faith  संगठनका सदस्यको अनुमानलाई सक्दो बुझेर अगुवाइ गर्ने रणनीति अवलम्बन गर्ने,
  • नेतृत्व गर्ने व्यक्तिमा काम गर्ने अधिकार, जिम्मेवारी, जवाफदेहिताका साथसाथै सूचनाको स्रोतमा पहुँच र दिएको काम गर्ने क्षमतासमेत हुनुपर्छ । 
  • आत्मसचेतना वा जागरणको बढीभन्दा बढी प्रयोग, जसमा योग गर्ने, ध्यान गर्ने विषय पर्छन् ।
  • असल कार्यसंस्कृतिको विकास, समयपालना र समयको असल व्यवस्थापन कलाको व्यवहारमै विकास । 
  • आ–आफ्नो कार्यक्षेत्रको सीमा र अन्तरसम्बन्ध बुझेर तदनुकूल कार्यसम्पादन गर्ने ।
  • Vision, mission, goal, strategy, activities, action plan  अनुसार परिणामको तहमा पुग्ने र प्राप्त उपलब्धिलाई बजारीकरण गर्ने । 

अन्तमा
नेतृत्व विकास जन्मजात हुनेभन्दा पनि समयक्रममा कामबाट र क्षमता विकासका अवसरबाट विकसित हुने हो । नयाँ–नयाँ चुनौतीको सामना गरी परिणाम निकाल्न साधक हुने नेतृत्व नै अहिलेको माग हो । संगठनहरूले पनि यही मर्मबमोजिम नेतृत्व चयन, विकास र प्रयोग गर्नु जरुरी छ ।


कम्प्युटर सँग सम्बन्धित 100+ कोर्स र अन्य कार्यको लागी सम्झनुपर्ने ठाँउ

Microsoft  | Veloces | Certiport जस्ता प्रसिद्द संस्थाको नेपालको राष्ट्रिय पार्टनर । 

𝗗𝗘𝗘𝗣 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲 (𝗗𝗲𝗲𝗽 𝗜𝗧 & 𝗖𝗼𝗺𝗽𝘂𝘁𝗲𝗿 𝗧𝗿𝗮𝗶𝗻𝗶𝗻𝗴 𝗜𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗲)

(𝗡𝗲𝗮𝗿 𝗣𝗼𝗸𝗵𝗮𝗿𝗮 𝗠𝗲𝘁𝗿𝗼𝗽𝗼𝗹𝗶𝘁𝗮𝗻 𝗪𝗮𝗿𝗱 𝗡𝗼. 𝟴 𝗢𝗳𝗳𝗶𝗰𝗲, 𝗧𝗵𝗶𝗿𝗱 𝗙𝗹𝗼𝗼𝗿)

Phone No.: 061-550521

Mobile No.: 9856025421 (Viber | WhatsApp) | 9824138027

Web: www.deepci.com.np

email: info@deepci.com.np


Share on Google Plus

About Dinesh Lamichhane

"राम्रो भोलिको लागि, आज सिकौं र सिकाऔं" भन्ने उध्येश्यका साथ संचालित, यो बल्ग शिक्षा, सञ्चार, जागरूकता, जानकारी, समन्वय, पुस्तकहरु, कक्षाहरू, आदि र समग्रमा लोकसेवा र कलेजको विद्यार्थी सँग सम्बन्धित ब्लग हो। देशमा बढीरहेको बेरोजगारी र नेपाली प्रशासनमा कमजोर कर्मचारी को समस्यालाई ध्यानमा राखी यो बल्ग निर्माण गरिएको हो । यहाँ हामी सके सके-सम्म सम्पुर्ण बिषयबस्तुहरु समावेस गर्ने प्रयास गरिरहेका छौ। जस्ले गर्दा कुनैपनि लोकसेवाको तयारी गरीरहेका र कलेज पढ्दै गरेका विद्यार्थीहरुलाई धेरै उपयोगी हुनेछ भन्ने हाम्रो विश्वास रहेको छ। तपाईपनि आ-आफ्नो ठाँऊबाट हामीलाई सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ । तपाई सँग एदी कुनै लोकसेवाको लागी सहयोगी सामाग्रीहरु साथै बिभिन्न संकायका शैक्षिक सामाग्रीहरु छन् भने हामीलाई lcdinesh57@gmail.com र dineshlamichhane57@gmail.com मा मेल गरी सहयोग गर्न सक्नुहुन्छ ।
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment